।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Friday, August 20, 2021

 

खोजखबर ३६६

                      हाम्रो कानून…. म्याद वा तारिख

   प्रकृतिको सृजना अचम्मको छ। यस व्रम्हाण्डमा रहेका कुनै पनि चिज वा बस्तु सदाका लागि  यहा रहि रहन पाउदैनन। प्रकृतिले नै कुन चिज वा बस्तु कति समय वा हद म्याद सम्म यहा रहन पाउने भन्ने निर्धारण गरी दिएको हुन्छ। यस्तो नभएको भए आज यहा के कस्तो अशान्ति र अव्यबस्था तथा अनिर्णय हुन्थ्यो होला त्यस्को अहिले परिकल्पना नगरौं। यहि कुरालाइ मनन गरी बिश्वका सबै मानवले पनि राज्य संचालन गर्न निर्माण गरिने संविधान तथा ऐन कानूनमा सिमा वा हद म्यादको ब्यबस्था गर्न थालेका हुन।यसै क्रममा विगतका नेपालका संबिधानमा उल्लेख गरिय जस्तै गरी नेपालको वर्तमानको संविधान २०७२ धारा २० को उपधारा ८ मा पनि प्रत्येक व्यक्तिलाइ निज विरुद्ध गरिएको कारवाहिको जानकारी पाउने हक हुनेछ भन्ने ब्यबस्था गरिएको र त्यसैको उपधारा ९ मा प्रत्येक ब्यक्तिलाइ स्वतन्त्र निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुनेछ भन्ने ब्यबस्था गरिय अनुसार कुनै पनि ब्यक्ति उपर गरिएको कारवाहिको जानकारी सो ब्यक्तिलाइ दिनु पर्ने संबैधानिक प्रावधान अनुसार कोहि कसैले आफु अन्यायमा परे वा पिडित भए भनि अरु कसैको नाममा अड्डा अदालतमा कुनै निवेदन पत्र, फिरादपत्र वा मुद्दा दर्ता गरी सके पछी त्यसैको एक प्रति नक्कल संलग्न राखि सम्बन्धित अड्डा वा अदालतले तिम्रो नाममा फलानाबाट  यस्तो किसिमको मुद्दा यस अड्डा वा अदालतमा मिति यतिमा दर्ता गरेकाले आफ्नो भएको सबुद प्रमाण सहित आफ्नो भएको सत्य र तथ्य कुरा उल्लेख गरी प्रतिउत्तरपत्र लिएर यती दिन भित्र यस अड्डा वा अदालतमा सम्पर्क राख्न आउनु होला। नआए कानून बमोजिम हुनेछ भनी बिपक्षीका नाममा अड्डा वा अदालतले जारी गरिने रितपूर्वकको सूचनालाइ म्याद भनिन्छ। यो म्याद वादी आफैले पनि वा कानून ब्यबसायि मार्फत  पनि प्रतिवादीलाइ बुझाउन सकिन्छ।यसोहुन नसकेमा अदालत स्वयंबाट फिरादपत्र दर्ता भएको तिन दिन भित्र म्याद जारी गरी बाटाको म्याद बाहेक २१ दिन भित्र प्रतिउत्तर पेश गर्न प्रतिवादीका नाममा ३ प्रति म्याद  तामेल गर्न तामेलदारदाइ पठाउनु पर्दछ। तामेलदारले अदालतबाट बुझेको म्याद बाटाको म्याद बाहेक साधारणतथा ७ दिन भित्र तामेल गर्नु पर्दछ। तामेलदारले म्याद तामेल गर्दा तामेली सम्बन्धि कार्यविधि अपनाउनु पर्दछ। अन्यथा तामेलदारलाइ जरिवाना हुनुको साथै म्याद पनि बदर हुन्छ। त्यसै गरी अड्डा वा अदालतबाट झगडियालाइ एक पटक अड्डा वा अदालतमा हाजिर भै सकेपछी फेरी यो मितिमा हाजिर हुन आउनु होला भनि तोकिएको मितिलाइ तारिख भनिन्छ भने उक्त कुरा लेखिएको सानो पुस्तिकालाइ तारिख पर्चा भनिन्छ।

      म्याद वा तारिखको ब्यबस्थाले बास्तविक रुपमा को कति मात्रामा अन्यायमा परेको हो वा होइन तथा पिडित हो वा होइन भन्ने कुरा निर्क्यौल गर्न मद्धत गर्दछ।त्यसै गरी अड्डा अदालतलाइ पनि मुद्धालाइ प्रकृयामा लगि प्रमाण तथ्य र कारणको पहिचान गरी छीटो र छरितो सगँ मुद्धालाइ टुंग्याउन सहयोग पुर्याउछ। त्यसैले मुद्धा मामिलाको रोहमा म्याद वा तारिखको अहं भूमिका रहन्छ। यसैलाइ मध्य नजर गर्दै नेपालमा हाल प्रचलनमा रहेको मुलुकी देवानी कार्यविधि संहिता २०७४को  परिच्छेद ८ को दफा ९९ देखि ११८ सम्म म्याद तथा म्यादतामेली सम्बन्धि ब्यबस्था र परिच्छेद २१ को दफा २२२ देखि २२८ सम्ममा म्याद तथा तारिख थमाउने  सम्बन्धी ब्यबस्या गरिएको छ।यस अनुसार कसैले पनि कुनै मुद्दाको सम्बन्धमा अदालतबाट दिएको म्याद वा तारिख गुजार्न नहुने। यदि कुनै कारण बस कुनै मुद्धामा आफ्नो कावु बाहिरको परिस्थिति उत्पन्न भै तोकिएको म्याद वा तारिखका दिन अदालतमा उपस्थित हुन नसकी म्याद वा तारिख गुज्रेमा गुजार्ने पक्षले म्यादको हकमा १५ दिन सम्म एक पटक र तारिखको हकमा बढीमा दुइ पटक २१ दिन सम्म थमाउन पाउने ब्यबस्था छ। मुद्दाका पक्षले तारिख गुजारेकोमा पटक कायम गर्दा म्याद थमाएको पटक कायम नगरी तारिख गुजारेको मात्र हिसाव गरी पटक कायम गर्नु पर्दछ र दिन गणना गर्दा म्याद वा तारिख गुज्रेको दिनको भोलिपल्ट देखी थमाउन पाउने दिन सम्मको दिन गणना गर्नु पर्नेछ। यदि अदालतबाट कुनै मुद्दामा पुःन इन्साफ गर्न मातहत अदालतमा मुद्दा पठाएकोमा वा मुलतवी रहेको मुद्दा जगाइ कार्यवाहि गर्दा अघि थामे थमाएको म्याद वा तारिखको पटक कायम गरिने छैन। कसैले देहाय बमोजिमको कावु बाहिरको परिस्थिति उत्पन्न भइ म्याद वा तारिख गुज्रिएको कुरा उल्लेख गरी देहाय बमोजिमको अवधिभित्र थमाउन सम्बन्धित अदालतमा निवेदन दिएमा अदालतले त्यस्तो गुज्रेको म्याद वा  तारिख थमाउने आदेश दिनेछ।

(क)    म्याद वा तारिखमा हाजिर हुनु पर्ने ब्यक्तिको कोहि मरी निजको समुदायमा रहेको रीत परम्परा अनुसार आफै किरिया वा शोक वरण गरी कस्नु परेको कारणबाट म्याद वा तारिख गुज्रिएको भए त्यसरी मृत्यु भएको मितिले बाटोको म्याद बाहेक एक्काइस दिन ।

(ख)    म्याद वा तारिखमा हाजिर हुनु पर्ने महिला सुत्केरी भएको कारण म्याद वा तारिख गुज्रिएको भए निज सुत्केरी भएको मितिले बाटोको म्याद बाहेक ४५ दिन।

(ग)    बाढी पहिरो हिमपात हादिबाट बाटो बन्द भइ वा कर्फ्युको घोषणा भएको वा अन्य कुनै कारणले सार्वजनिक यातायातको साधन बन्द भएको कारण म्याद वा तारिख गुज्रेको भए बाटो खुलेको वा सार्वजनिक यातायातको साधन खुलेको मितिले बाटोको म्याद बाहेक ७ दिन।

(घ)    म्याद वा तारिखमा हाजिर हुनु पर्ने ब्यक्तिलाइ कसैले अपहरण गरी लगेको  वा शरिर बन्धक बाएको कारण म्याद वा तारिख गुज्रेको भए अपहरण वा शरिर बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक १० दिन।

(ङ)    भुकम्प ज्वालामुखी आदि जस्ता विपद परेको कारण म्याद वा तारिख गुज्रेकोमा त्यस्तो विपद भएका मितिले बाटोको म्याद बाहेक १० दिन।

(च)    कुनै दुर्घटनाका कारण अचेत भइ वा अचानक कुनै गम्भिर रोगका कारण हिडडुल गर्न नसक्ने भइ अस्पतालमा  भर्ना भइ उपचार गर्नु परेको अवस्थामा त्यस्तो कारण परेको मितिले बाटोको म्याद बाहेक १५ दिन।

कुनै अदालतमा मुद्दाको कारवाहि चलिरहेको अवस्थामा त्यस्तो मुद्दाको फैसला नहुदै मुद्धाको कुनै पक्षको मृत्यु भएमा वा कुनै दुर्घटनाको कारण अचेत भइ वा अचानक कुनै गंभिर रोगलागि हिडडुल गर्न नसक्ने भइ अस्पतालमा भर्ना भइ उपचार गर्नु परेको अवस्थामा त्यस्तो कारण परेको मितिले बाटोको म्याद बाहेक १५ दिन सम्म पनि होस ठेगानामा नरही वा निज बेपत्ता भएको मितिले बाटोको म्याद बाहेक २१ दिन भित्र म्याद वा तारिख थमाइ मुद्दा सकार गरी पाउन निजको संरक्षक वा निज नभएमा नजिकको हकवालाले अदालत समक्ष निवेदन दिन सक्नेछ। उक्त कुरा जाँचबुझ गर्दा उचित देखेमा अदालतले म्याद वा तारिख थामी दिन सक्नेछ। बाटाको म्यादको हिसाव गर्दा यातायातको नियमित सेवा चलेको ठाँउमा रेल वा बसबाट आउदा वास्तविक लागेको दिन र त्यस्तो रेल वा बस नचलेको ठाँउको लागि १५ किलोमिटरको एक दिनको दरले हिसाव गरिन्छ भने १५ किलो मिटर भन्दा कम दुरीलाइ १ दिनको म्याद कायम गरिन्छ।तर जम्मा १५ किलोमिटर भन्दा घटी दुरीको बाटोलाइ भने बाटाको म्याद दिइदैन। थमाउन पाउने अवधी सम्म मुद्दाको किनारा गरिदैन।

                                                       बुद्धिसागर बराल

                                                     बेसिशहर ८ लमजुङ

 मितिः२०७८।५।१

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |