।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, August 24, 2021

 

 खोज खवर ३६७

                          करार  के हो ?

     कुनै दुइ पक्ष मिली कुनै काम गर्न वा नगर्नको लागि गरिएको सहमति लाइ संझौता भनिन्छ । यस्ता संझौता मध्ये कतिपय संझौता कानून द्वारा लागु गर्न सकिने र कतिपय संझौता आपसी समझदारी र विस्वासमा अडेका हुन्छन जसलाइ कानूनले मान्यता दिएको हुदैन । कानूनले मान्यता नदिएका संझौतालाइ कार्यान्वयन गर्न सकिदैन भने कानूनले मान्यता दिएका संझौतालाइ कार्यान्वयन गर्न सकिन्छ। किनकी यिनमा अधिकार र दायित्वको सृजना भएको हुन्छ।एकको अधिकार अर्कोको दायित्व र अर्कोको दायित्व एकको अधिकार हुन्छअनि त्यो कार्यान्वयन गर्न सकिन्छ । यस्ता कानून द्वारा कार्यान्वयन गर्न सकिने संझौतालाइ करार भनिन्छ । त्यसैले भनिने गरिएको छ सबै करारहरु संझौता हुन तर सबै संझौता करार होइनन  यसैक्रममा नेपालको करार ऐन २०५६ मा दुइ वा दुइ भन्दा बढी ब्यक्तिहरु बीच कुनै काम गर्न वा नगर्नका लागि कानून बमोजिम कार्यान्वयन गर्न सकिने कुनै संझौता भएमा करार भएको मानिने छ भनिएको छ। यसको प्रयोजनका लागि एक ब्यक्तिले अर्को ब्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावमा त्यसरी प्रस्तावित ब्यक्तिले स्विकृत जनाए पछी करार भएको मानिन्छ र करार भएपछी करारका पक्षहरु विच बाध्यात्मक कानूनी सम्बन्ध कायम हुन्छ। पौराणिक काल देखिनै नेपालमा करार सम्बन्धि ब्यबहार र कार्य हुदै आएता पनि संवत २०२० साल भाद्र १ गते अघि सम्म नेपालको प्रचलित कानूनमा करार सम्बन्धि छुट्टै ब्यवस्था थिएन। २०२०साल भाद्र १ गतेबाट लागु भएको मुलुकी ऐन लेनदेन ब्यबहारको ३७ नं मा करार वा संझौताको बिषयमा केहि ब्यबस्था  भएको र २०२३ सालमा १९ दफाको छोटो करार ऐन जारी भै करार कानूनको सुत्रपात भएको थियो। पछी यहि ऐनलाइ खारेज गरी करार ऐन २०५६ लागु भएको हो। यसरी करार सम्बन्धि कानूनको अभाव भै रहेकोमा नेपालको करार ऐन बेलायती करार कानून बाट प्रभावित भएकोले ब्याख्यात्मक सन्दर्भमा बेलायती अदालत, भारतिय अदालत तथा बिकसित मुलुकहरुबाट प्रतिपादित सिद्धान्तहरुको सहारा लिइ नेपालका अदालतहरुले फैसला गर्ने गरेका थिए । यसले एकातिर बिकसित, विश्वमा खारिएका अवधारणा अनुसार नेपाली समाजलाइ हिडन सहयोग पुगेको थियो भने अर्को तर्फ नेपालको करार कानूनको अभ्यासलाइ अन्तर्राष्ट्रिय ब्यबसायी जगतले पनि मान्यता दिदै आएको थियो ।

      करारमा खास गरेर प्रस्ताव र स्वीकृति शब्दको महत्वपूर्ण स्थान रहन्छ। प्रश्तावकले जुन अर्थमा बिषयबस्तुलाइ लिएको छ त्यहि अर्थमा प्रश्तावित ब्यक्तिले पनि लिएमा वा सहमति दिएमा स्विकृति भएको मानिन्छ। यहि कानून बमोजिम हुने स्वीकृति वा सहमतिबाट करारको जन्म हुन्छ। यसै गरी विधिशास्त्रिय अवधारणामा पनि करारमा संझौता र दायित्व गरी दुइ प्रमुख तत्वहरु रहेका हुन्छन। संझौता कानुन द्वारा लागु हुन्छ भने दुइ वा दुइ भन्दा बढी ब्यक्ति वा पक्षबाट दायित्वको सृजना हुन्छ। खास गरेर करारको मुख्य कार्य भनेको पक्षहरुका विचमा भएका संझौतामा उल्लेखित दायित्वहरुको कार्यान्वयन गर्न पक्षहरुलाइ बाध्य पार्नु र पक्षहरुको भविष्यका योजनाहरुलाइ अघी बढाउन प्रोत्साहन गर्नुको साथै संभावित परिस्थितिलाइ पहिचान गरी त्यसबाट पर्न सक्ने क्षती वा असुबिधालाइ न्युनिकरण गर्न योजनाबद्ध ब्यबस्था मिलाउनु हो। यसका अलावा करारले कारोवार तथा विनिमयको मुल्य निर्धारण, सम्बन्धित पक्षका कर्तब्य र उत्तरदायित्वहरु तथा उनिहरुले चाहे अनुसारको परिपालनाको स्तरलाइ निर्धारण, पक्षहरुबिच कारोवारमा उत्पन्न हुन सक्ने संभावित आर्थिक जोखिम वा नोक्सानीलाइ पक्षहरु विच अग्रिमरुपमा बाँडफाँड गर्न सक्षम,  करारिय दायित्वहरु पुरा नगरेको कारणबाट पर्न गएको क्षतिपुर्तिको लागि पिडित पक्षलाइ उपचारको प्रबन्ध तथा सहभागि पक्षहरुका आपसी द्वन्दात्मक स्वार्थहरुका विच सामन्जस्यता गरी उनिहरुलाइ निस्चित उद्देश्यमा पुर्याउने काम पनि गर्दछ।  करार बैध हुनका लागि  सक्षम दुइ पक्ष, कानूनी सम्बन्ध सृजना गर्ने मनसाय, प्रस्ताव र स्विकृति , स्वतन्त्रसहमति, प्रतिफल, करारिय क्षमता, बैधानिक उद्धेश्य, कानून सम्मत दायित्व, करार परिपालनाको संभावना, स्पष्ट र निस्चित तथा कानून सम्मत जस्ता तत्वहरु हुनु पर्दछ। नाबालक र होस ठेगानामा नभएको तथा असक्षम ब्यक्ति करार गर्न योग्य हुदैन। उनिहरुसगँको करार संरक्षक वा माथवर सगँ गर्न सकिन्छ। कानूनी ब्यक्तिको तर्फबाट करार गर्नु पर्दा त्यस्तो ब्यक्तिको ब्यबस्थापन तथा संचालन गर्न अधिकार प्राप्त संचालक वा संचालकहरुको निर्णय वा निजको अख्तियार प्राप्त ब्यक्तिले गर्नु पर्दछ।

      यस ऐनको अधिनमा रहि करारको स्वरुप वा विषय बस्तु छनौट गर्न करारका सर्त तथा करार उल्लंघन भए वापत उपचारको प्रकृति निर्धारण गर्न र करार बमोजिमको बिबाद समाधान गर्ने उपाए निश्चित गर्न करारका पक्षहरु स्वायत्त हुन्छन।

      करारलाइ निम्न प्रकारमा बिभक्त गर्न सकिन्छ ।

.करारको बैधताको आधारमाःबैध करार, बदरहुने करार, बदर गराउन सकिने करार, गैर कानुनी करार र लागु नहुने करार

. करार निर्माणको आधारमाःब्यक्त ,अब्यक्त र अर्धब्यक्त ।

. पक्षको करारमा रहेको दायित्वको आधारमाःएक पक्षिय करार र द्विपक्षिय करार ।

. करार परिपालनको आधारमाः कार्यान्वयन भैसकेको र गर्न बाकी करार।

५ सर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करार ।

.सांयोगिक करारः भविष्यमा कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएमा त्यस्तो घटना नघटे सम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुदैन । करारको ब्याख्या यसका पक्षहरुको सामुहिक मनसाय बमोजिम हुन्छ। यदि मनशाय स्थापित हुन नसकेमा सामान्य समझको ब्यक्तिले पक्षको हैसियतले सामान्य अवस्थामा दिन सक्ने मनशायको अर्थ बमोजिम करारको ब्याख्या गरिन्छ। तर करारका कुनै एक पक्षको कथन र आचरण अर्को पक्षले थाहा पाएको वा थाहा पाएको मान्न सकिने अवस्था भएमा त्यस्तो पक्षको  मनशाय बमोजिम ब्याख्या गरिन्छ। त्यसै गरी करारमा प्रयोग गरिएका शब्दहरुलाइ प्रभावकारी बनाउने गरी ब्याख्या गरिन्छ। यसरी माथि उल्लेख भएअनुसार भए गरेको कामकारवाहिबाट मर्का पर्ने ब्यक्तिले मुद्दा गर्नु परेको कारण उत्पन्न भएको मितिले दुइ वर्ष भित्र नालिस गर्न सक्दछ।

      यसरी हेर्दा मानव जीवनका राजनैतिक ,सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका सम्पुर्ण कानून सम्मत गतिविधिहरु तथा कृयाकलापहरु करारिय स्वभावका हुदा करार के हो भन्ने विषयमा सबैले केहि न केहि ज्ञान लिदा उपयुक्त नै होला । अस्तु ।

                                                           बुद्धिसागर बराल

                                                         बेसिशहर ८ लमजुङ

  मितिः २०७८। ५।८

 

 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |