।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Friday, August 20, 2021

 

 खोज खबर ३६५

     हाम्रो कानून….. मुद्दा दोहोर्याउने तथा पुनरावलोकन

  हामी  सभ्य र सुसंस्कृत विचार र भावना बोकेका मानिस। सबै कुराको चिन्तन मनन र अध्ययन तथा अनुसन्धान गर्न सक्ने चेतनशिल प्राणि ।संविधान तथा ऐन कानून निर्माण गरी जानी बुझीकन मुलुकलाइ नै हाँक्न तयार र हाँकी रहेका छौ हामी। तर पनि काम कारवाहि गर्दा गर्दै र बुझ्दा बुझ्दै पनि यदाकदा भ्रममा परेर होस वा दवावमा परेर होस तथा प्रभावमा परेर होस गल्ति र कमजोरी गरी रहेका हुन्छौ । आम जनताको मनसायको प्रतिनिधित्व गराउदै आफैले निर्माण गरी तद अनुकुल काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दा गर्दै पनि निजी स्वार्थ तथा लोभ र लालचामा फसी संबिधान र ऐन कानूनको उल्लंघन गरी सबैको अगाडी आफुले आफ्नै  धज्झी उडाइ रहेका हुन्छौ। जीन्दगी भर कमाएको मान मर्यादा इज्जत र साँखलाइ छिन भरमा स्वाहा पारी रहेका छौ। आफुले गल्ती गरी अरुलाइ दोष दिइनै रहन्छौ । यसले गर्दा सच्चा र इमान्दार तथा न्यायको पक्षमा वकालत गर्ने मानिसहरुको समेत हुर्मत गै अपमानित हुन परिरहेको छ। संबैधानिक सर्वोच्चताको अपमान र ऐन कानूनको अपव्याख्या भएको छ। हुदा नहुदा कुरा लिएर अदालत धाउनु नेपालीको पेशा नै बन्न थालेको छ भने कानून ब्यबसायिको रोजगारी थपिएको छ। अदालतले आफ्नो नियमित काममा ध्यान पुर्याउनै पाएको छैन। सबैलाइ पाच्यहुने क्रियाकलापले मात्र मानिसहरु महान बन्छन नकी स्वार्थ लम्पटबाट। अरुको मान र  मर्यादा बाट मात्र आफ्नो पनि मान र मर्यादा हुन्छ। अरुलाइ प्रदान गरेको सहयोग र सद्भावबाट आफुले पनि सद्भाव र सहयोग पाइन्छ भन्ने कुरा नेतृत्व लिन चाहनेले कहिल्यै भुल्नु हुदैन ।एक पटक सबै घोर्ले हुन्छन स्याल मात्र होइन। त्यसै गरी अर्को के कुरा समेत भुल्नु हुदैन भने मानिस ले गुन लगाउने भनेको वा अवसर दिने भनेको एक पटक हो सधैं होइन र सक्दैन पनि।साम्प्रदायिक अहंकारी र मेरो गोरुका बाह्रै टक्का भन्ने मानिस कहिल्यै पनि लामो समय सम्म टिक्दैन । आश्वासनको पछी लाग्नेलाइ बिचबाटोमै छोडी उ अलप हुन्छ। यो सत्य र शास्वत पनि हो।बुझक्कडका लागि ।

      ऐले नेपालको राजनीति रीटको रुपबाट  अदालत धाउने , मुद्दा मामिला गर्ने, दोहोर्याउने र पुनरावलोकन गर्ने भन्नेमा अल्झिएकोले यसै प्रसंगमा सर्वोच्च अदालतले के कस्तो अवस्थामा मुद्दा दोहोर्याइ वा पुनरावलोकन गरी हेर्न सक्दछ र हाम्रो वर्तमानको मुलुकी देवानी कार्यविधि संहिता २०७४को दफा २१९ र २२० मा यस सम्बन्धि के कस्तो ब्यबस्था छ भन्ने तर्फ ध्यान दिउँ की जस्तो लागेको छ।

दफा २१९ मुद्दा दोहोर्याउनेः()  कानून बमोजिम सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने मुद्दामा उच्च अदालतले गरेको फैसला वा अन्तिम आदेशमा सर्वोच्च अदालतले देहायका अवस्थामा दोहोर्याइ हेर्न सक्छ।

(क)  उच्च अदालतको फैसला वा अन्तिम आदेशमा संबैधानिक वा कानूनको व्याख्यामा गम्भिर त्रुटि भएको ।

(ख) सर्बोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालना नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको।

(ग)  सरकारी वा सार्वजनिक सम्पत्ति सम्बन्धि विवाद समावेश भएको मुद्दामा मिसिल संलग्न प्रमाणको उचित र सहि मूल्यांकन नभएको कारणले त्यस्तो सम्पत्ति हिना मिना वा क्षति भएको वा त्यस्तो संपत्तिमा अनधिकृत रुपमा ब्यक्ति बिषेशको स्वामित्व वा भोग कायम भएको वा

(घ)  बालक महिला अपांग भएका ब्यक्ति मानसिक रोगबाटपिडित वा पचहत्तर वर्ष उमेर पुरा गरेको ब्यक्तिको उचित प्रतिनिधित्व हुन नसकी इन्साफमा तात्विक असर गरेको ।

() उच्च अदालतबाट मुद्दा फैसला भएको थाहा पाएको मितिले पैतालिस दिन भित्र त्यस्तो निर्णय गर्ने उच्च अदालत मार्फत वा सर्वोच्च अदालतमा मुद्दा दोहोर्याइ हेर्नको लागि निवेदन दिन सकिन्छ।

() उपदफा २ बमोजिम दिने निवेदनका साथ तोकियबमोजिमका विवरण तथा कागजात संलग्न गर्नु पर्दछ।

() उपदफा २ बमोजिम मुद्दा दोहोर्याइ हेर्नको लागि निवेदन प्राप्त भएमा सर्वोच्च अदालतले उच्च अदालतको फैसला वा अन्तिम आदेशमा उपदफा १ बमोजिमको अवस्था रहे नरहेको सम्बन्धमा सुनुवाइ गर्ने छ।

()  उपदफा ४ बमोजिम सुनुवाइ गर्दा उच्च अदलतको फैसला वा अन्तिम आदेशमा उपदफा १ बमोजिमको कुनै अवस्था रहेको देखिएमा सर्वोच्च अदालतले मुद्दा दोहोर्याइ हेर्नको लागि त्यस्तो मुद्दाका अन्य पक्षलाइ झिकाउने आदेश गर्नेछ।

() उपदफा २ बमोजिम मुद्दाका अन्य पक्ष उपस्थित भएमा सर्बोच्च अदालतले निजलाइ समेत राखी मुद्दाको सुनुवाइ गरी फैसला गर्नेछ।

दफा २२० पुनरावलोकन सम्बन्धि ब्यबस्थाः

१.       कुनै अदालतबाट फैसला वा अन्तिम आदेश गरी सकेको मुद्दा सोहि अदालतबाट पुनरावलीकन गरिने छैन।

२.      उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि सर्वोच्च अदालतले प्रचलित कानूनको अधिनमा रहि देहायको अवस्थामा आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्न सक्नेछ।

क.     मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण वा तथ्य मुद्दाको किनारा भए पछि मात्र सम्बन्धित पक्षलाइ थाहा भएमा वा अन्य कुनै किसिमले पत्ता लागेमा वा

ख.    सर्बोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकुल फैसला वा अन्तिम आदेश भएको देखिएमा ।

३.      सर्बोच्च अदालतबाट भएको फैसला वा अन्तिम आदेशमा उपदफा २ बमोजिमको अवस्था विद्यमान भएमा त्यसको कारण खुलाइ सर्बोच्च अदालतका न्यायाधिशले  अन्तिम आदेश वा  फैसलामा हस्ताक्षर गरी प्रमाणिकरण गरेको मितिले ६० दिन भित्र सर्बोच्च अदालतमा निवेदन दिनु पर्ने छ र खण्ड ख बमोजिमको अवस्थामा निवेदन दिएको भए त्यस्तो नजिर वा सिद्धान्तको प्रतिलिपि समेत संलग्न गर्नु पर्दछ।

४.     उपदफा ३ बमोजिम प्राप्त भएको निवेदनको ब्यहोरा जाचँबुझ गर्दा मनासिव देखिएमा सर्बोच्च अदालतले त्यस्तो मुद्दा पुनरावलोकन गर्न आदेश दिनेछ।

५.     देहाएको अवस्थामा सर्बोच्च अदालतले आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने छैन ।

.एक पटक त्यस्तो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गरी सकेको।

. बृहत पूर्णइजलासबाट फैसला वा अन्तिम आदेश भएको ।

. संबैधानिक इजलासबाट निर्णय वा फैसला भएको।

. यो ऐन प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम मुद्दा दोहोर्याइ फैसला भएको वा दफा २१९ बमोजिम दोहोर्याइ हेरिएको मुद्दामा उच्च अदालतको इन्साफ सदर भएको वा दोहोर्याइ हेर्ने निस्सा नभएको ।

   यसरी सर्बोच्च अदालतले मुद्दा दोहोर्याइ हेर्दा वा पुनरावलोकन गर्दा जुन आधारमा मुद्दा दोहोर्याइ हेर्न वा पुनरावलोकन गर्न आदेश दिएको छ सोहि आधार र संबद्ध बिषयमा मात्र सिमित रहि मुद्दाको किनारा गर्नु पर्दछ।

                                                    बुद्धिसागर बराल

                                                  बेसिशहर ८ लमजुङ

 मितिः२०७८।४।२६

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |