खोजखबर३४७
हाम्रो कानुनको विशेषता ‚ क्रमश ∙∙∙∙ ∙∙∙
(कानुनी राज्य लोकतन्त्र को प्राण हो। यसको संरक्षण र संवर्धनका लागि तथा ब्यक्ति
सभ्य र सुसंस्कृतिक बन्न कम्तिमा पनि आफ्नो मुलुकको कानूनी ज्ञान हुनु अनिवार्यता हुन्छ ।
त्यसैगरी कानूनको अज्ञानता क्षम्य पनि नहुने हुदा सबैले तल उल्लेखित बिषय बस्तुमा ध्यान पुर्याउदा उपयुक्त नै हुने) ।
१.
पतिले
सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाः̵
̶ पत्निले पतिको मञ्जुरी नलिइ
लगातार तीन वर्ष वा सो भन्दा बढी समय देखि अलग बसेमा ।
̶ पत्नीले पतिलाइ खान लगाउन नदिएमा वा घरबाट निकाला गरी दिएमा ।
̶ पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरु कुनै ठुलो शारिरिक वा मानसिक
कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा ।
̶ पत्नीले अन्य पुरुष सगँ यौन सम्बन्ध
राखेको ठहरेमा ।
२.
पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने अवस्थाः̵
̶ पतिले पत्नीको मञ्जुरी नलिइ लगातार तीन
वर्ष वा सो भन्दा बढी समय देखी अलग बसेमा ।
̶ पतिले पत्नीलाइ खान लगाउन नदिएमा वा
घरबाट निकाला गरि दिएमा ।
̶ पतिले पत्नीको अङ्ग भङ्ग
हुने वा अन्य कुनै ठुलो शारिरीक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल
प्रपञ्च गरेमा ।
̶
पतिले अर्को बिबाह गरेमा ।
̶
पतिले अन्य महिला सँग यौन सम्बन्ध राखेको ठहरेमा ।
̶
पतिले पत्नीलाइ जबरजस्ती करणी गरेको ठहरेमा ।
३.
सम्बन्ध विच्छेद गर्न लाग्ने समयः̵
̶ सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले
अदालतमा निवेदन दिनुपर्ने ।
̶ पति र पत्निले मेलमिलाप गर्न मञ्जुर नगरेमा
निवेदन परेको एक वर्ष पछी अदालतले सम्बन्धविच्छेद गराइ दिने ।
४.
अन्यथा प्रमाणित गरेकोमा बाहेक बिबाह भएको
मितिबाट एकसयअसी दिन पछी र पतिको मृत्यु भएको वा बैवाहिक सम्बन्ध अन्त्य भएको
मितिबाट दुइसय बहत्तर दिन भित्र जन्मिएको शिशु बिवाहित पतिबाट जन्मिएको अनुमान
गरिने ।
५.
पति पत्नी विच अन्यथा सहमति भएको वा विवाह
गर्नु अगाडी कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनु पर्ने मनासिव कारणभइ
कुनै पुरुषले त्यस्तो महिला सगँ बिबाह गरेकोमा बाहेक बिबाह भएको एकसय असी लिन अगाडी
नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाइ पतिले र त्यस्तो शिशुको जन्महुनु अगाडी नै
पतिको मृत्यु भै सकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्ने ।
६.
पिता र माताको ठेगान नभएको शिशु आफ्नो
छोरा वा छोरी हो भनी दावी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको
मितिले दुइ वर्ष भित्र गरि सक्नु पर्ने ।
७.
पितृत्वको ठेगान नभइ जन्मेको शिशुको
पितृत्व दावी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुइ वर्ष भित्र गरी सक्नु
पर्दछ ।
८.
पति पत्नीको मञ्जुरीले अन्य कुनै
ब्यक्तिको वीर्यवाट कृत्रिम गर्भादान कृया वा प्रणालीबाट जन्मिएको शिशु बिबाहित
पतिबाटै जन्मिएको मानिने र सोहि बमोजिम निजको पितृत्व निर्धारण हुने ।
९.
नाबालक छोरा छोरी‚
आमा बाबुको सुपरिवेक्षण‚ निगरानी‚ नियन्त्रण‚ संरक्षण वा
अख्तियारी अन्तर्गत रहने र त्यस्ता नावालकले आमा बाबुले कानून बमोजिम दिएको आज्ञा
आदेश वा निर्देशनको पालना गर्नु पर्ने ।
१०.
पति पत्नी बिचको बैबाहिक सम्बन्ध अन्त्य
भए पनि निजहरुबाट जन्मिएका छोरा छोरीको बाबु आमामाथिको कानूनी अधिकार र निज
प्रतिको बाबु आमाको दायित्व कायमै रहने ।
११.
छोरा छोरीले आफ्ना आमा बुबालाइ आदर तथा
सम्मानका साथ व्यवहार गर्नु पर्ने ।
१२.
छोरा छोरीले आमा बाबुलाइ एका सगोलमा बसेको
वा भिन्न भइ सकेको जे सुकै भएता पनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार
आबश्यक हेरचाह स्याहार सम्भार औषधोपचार वा
रेखदेख
१३.
आमा बाबुले पनि आफ्ना छोरा छोरी उपर
प्रयोग गर्न सक्ने अख्तियारी र जिम्वेबारी पुरा गर्नु पर्ने तथा भेदभाव गर्न नहुने
।
१४.
आमा बाबुले छोरा छोरा र छोरी छोरी बिच पनि
भेदभाव गर्न नहुने ।
१५.
आमा बाबुले छोरा छोरी शारिरिक वा मानसिक
रुपमा अपांग वा अशक्त भएमा विषेश सहुलियत र संरक्षण प्रदान गर्नु पर्ने ।
१६.
छोरा वा छोरीहुने ब्यक्तिले समेत धर्म
पुत्र वा धर्मपुत्री राख्न सक्ने । तर जिल्ला अदालतबाट प्रमाणिकरण गराउनु पर्ने ।
१७.
सगोलको सम्पत्ति अंश बण्डा गर्ने
प्रयोजनको लागि पति पत्नी बाबु आमा छोरा छोरी अंशियार मानिने र सबै अंशियार समान
हकदार हुने ।
१८.
अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार
गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाइ समेत
समान अंशियार मानी निजको अंश भाग छुट्टयाएर मात्र अंशबण्डा गर्नु पर्ने ।
१९.
अंश नपाउनेले अंशपाँउ भनी झुटटा उजुर
गरेको ठहरेमा प्रतिवादीलाइ क्षतिपुर्ति तिर्नु पर्ने ।
२०.
कुनै व्यक्तिलाइ सगोल वा नजिकको हकवालाले स्याहार संभार नगरेमा
त्यसको अपुताली स्याहार संभार गर्ने ब्यक्तिले पाउने ।
२१.
सरकारी सार्वजनिक सामुदायिक वा गुठीको
जग्गा र करार वा अन्य कानूनद्वारा छुटटै ब्यबस्था भएकोमा बाहेक कुनै ब्यक्तिले
अर्को ब्यक्तिको चल सम्पतिको हकमा तीन वर्ष र जमिनको हकमा तीसवर्ष भन्दा बढी समय
देखि त्यस्तो संपत्ति वा जमिन आफ्नै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यसता
सम्पत्ति वा जमिनमा निजको प्रतिकुल भोगाधिकार रहेको मानिने ।
२२.
कोहि कसैले पनि अन्य ब्यक्तिको बाटो वा
निकास बन्द गरी आफ्नो जग्गाको साँधमा कुनै काम वा निर्माण गरी वा अन्य कुनै पनि
तवरलेकसैको सम्पत्ति विगार्न नपाइने र कानून बमोजिम बाहेक मञ्जुरी नलिइ अरुको घर
कम्पाउडमा प्रवेश गर्न नहुने ।
२३.
आफ्नो जग्गामा इनार वा कुवा खन्दा
सधियारको जग्गाबाट कम्तिमा एक मिटर दुरी कायम हुने गरी जग्गा छोडनु पर्ने र रुख वा
विरुवा लगाउदा अन्य व्यक्तिको घर जग्गा वा कुनै सम्पत्तिलाइ असर पर्ने गरी लगाउन
नहुने ।
२४.
अन्य व्यक्तिको सम्पत्ति च्यापी मिचि वा
अन्य कुनै तवरले खिचोला वा अतिक्रमण गर्न नपाइने ।
२५.
सँधियारको जग्गा तर्फ झ्याल वा ढोका राखी
घर बनाउदा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोडनु पर्ने ।
२६.
आफ्नो घर वा वलेसीबाट अर्काको घर जग्गा वा
सार्वजनिक बाटोमा पानी झार्न नपाइने । क्रमश∙∙∙
बुद्धि सागर बराल
अधिवक्ता
मितिः̵ फागु पुर्णिमा २०७७
बेसिशहर ८ लमजुङ।