खोजखवर३४८
हाम्रो कानूनका विशेषता‚ क्रमस...
सामान्यतया परापूर्वकाल देखि
विश्वमा प्रचलित देवानी कानूनका सिद्धान्तहरु लाइ आत्मसाथ गरी नेपालमा हाल प्रचलमा
रहेको मुलुकी देवानी संहिता २०७४मा पनि कानूनको अज्ञानता क्षम्य नहुने‚ सार्वजनिक हितविपरित हुने गरी काम गर्न नपाउने‚ कानून विपरितको काम अमान्य हुने‚ गल्ति गर्नेले क्षती व्यहोर्न पर्ने‚ अरुलाइ दुःख दिने गरी काम गर्न नहुने‚ गल्तिको फाइदा लिन नपाउने ‚प्रभावमा रहेका व्यक्तिको हित विपरित हुने गरी गरिएको काम अमान्य हुने‚ प्रत्येक व्यक्तिले अन्य व्यक्तिको ब्यक्तित्वलाइ स्विकार गर्नु
पर्ने‚ प्रत्येक ब्यक्तिले आफु रहे बसेको ठाँउको समुदाय वा छिमेकीलाइ हानी
नोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्ने‚ देवानी दायित्वबाट कसैले पनि छुटकारा नपाउने ‚कानून विपरितका प्रथा वा परम्परालाइ मान्यता नदिइने र विषय वा प्रसंग
अनुसार विदेसीकोहकमा पनि समान रुपमा लागु हुने ब्यबस्था भए अनुसार मुलुकमा रहेका
राजनीति कर्मी प्रशासक तथा सर्वसाधारण ब्यक्तिले समेत कानूनका यी सिद्दान्त र
मुलुकको कानून जान्नै पर्ने हुन्छ ।
१.शेषपछीको बकस पत्र
गर्ने व्यक्तिले जुनसुकै बखत आफुले गरेको शेष पछीको बकसपत्रका शर्त संशोधन वा
बकसपत्र रद्ध गर्न सक्ने ।
२. करार गर्न असक्षम ब्यक्ति बाहेक अन्य जुनसुकै ब्यक्तिले आफ्नो हक
र स्वामित्वको संपत्ति एक वा एक भन्दा बढी ब्यक्तिलाइ अलग अलग वा संयुक्त रुपमा
कानूनको रित पुर्याइ लिखत गरी हतान्तरण गर्न सक्ने ।
३. सगोलका अंशियारको
लिखित मञ्जुरी नलिइ सगोलको सम्पत्ति कसैलाइ हस्तान्तरण गर्न नपाउने ।
४. एउटा ब्यक्तिलाइ
हस्तान्तरण गरी सकेको सम्पत्ति दोहोरो पारी अन्य ब्यक्तिलाइ हस्तान्तरण गर्न नहुने
।
५. नेपाल सरकारको
पूर्वस्विकृति नलिइ कुनै विदेशीलाइ अचल संपत्ति हस्तान्तरण गर्न नपाइने ।
६. गैर आबाशिय
नागरीकता प्राप्त गरेको व्यक्तिलाइ अचल संपत्ति हस्तान्तरण सम्बन्धि ब्यबस्था
प्रचलित कानून बमोजिम हुने ।
७. कुनै पनि ब्यहोराले
अचल संपत्ति हस्तानतरण गरी दिएको लिखत‚ भोग दृष्टी
वा लखबन्धगी लेखि दिएको लिखत‚ अचल
सम्पत्तिको शेष पछीको दान वा बकस पत्र‚ अचल
सम्पत्ति सट्टापट्टा गरेको कागज ‚ अंशबंण्डा
वा अंश छोडपत्रको कागज मानो छुट्टीएको वा मानो जोडिएको लिखत ‚गुठी स्थापना गरेको लिखत‚ मासिक एक
लाखरुपैया भन्दा बढी घर बहाल लिनु दिनु गरेको कागज ‚ अचल संपत्ति फलोपभोग गरेको कागज तथा अन्य कानून बमोजिमका पारित गर्नु
पर्ने सबैलिखतहरु सम्बन्धित कार्यालयमा गइ पारित गराउनु पर्दछ ।
८. घरसारमा भएको लिखत
दर्ता गराउनु पर्ने र चेकबाट भएको भुक्तानीलाइ पनि लेनदेन भएको मानिने ।
९.कामको अनुपातमा
ज्याला दिनु पर्ने ।
१०. यदि कोहि कसैले
कसैलाइ घरेलु सहायकको रुपमा काममा लगाउन चाहेमा उसलाइ चलन चल्तिको ज्याला मजुरी
मासिक वा वार्षिक रुपमा दिनु पर्ने र साथै दिनमा ३ पटक खाजा खाना र मौसम अनुसारका
कपडा आवास शौचालय बाथ रुमको उचित ब्यबस्था गरी १८ वर्ष भन्दा कम उमेरको भए
अध्ययनको समेत व्यबस्था गर्नु पर्ने ।
११. चौध वर्ष उमेर
नपुगेका नावालकले गरेको दुष्कृति वापत निजको वावु आमाले दायित्व ब्यहोर्नु पर्ने र
पशुले गरेको हानी नोक्सानी वापतको क्षति पनि पशु धनीले व्यहोर्नु पर्ने ।
१२.कुनै घर बाट कुनै
किसिमको फोहर मैला वा वस्तु फलेको कारणबाट कसैलाइ हानी नोक्सानी भएकोमा सम्बन्धित
घर मुलीले दायित्व व्यहोर्नु पर्ने । त्यसै गरी कसैको सम्पत्तिमा कोहि ब्यक्ति
अनधिकृतमा प्रवेश गर्दा हानी नोक्सानी हुन गएमा त्यसको दायित्व प्रवेश गर्नेले
ब्यहोर्नु पर्ने ।
१३. कोहि कसैले त्रुटीपुर्ण
उत्पादन गरी कुनै बस्तु वा सेवा विक्रि वितरण गर्दा त्यस्को कारणले कोहि कसैको जीउ
ज्यान वा सम्पत्ति उपर हानी नोक्सानी भएमा त्यस वापत उत्पादकले दायित्व व्यहोर्नु
पर्ने ।
१४.कम्तिमा एक पक्ष
विदेशी रहेको बैवाहिक मातृक अंश अपुताली सम्पत्ति दुष्कृति लेनदेन करार अनुचित
संबृद्धि बसोवास मृत्युलगायतका बिषय सगँ
सम्बन्धित कारवाहि र किनारा गर्ने अधिकार नेपालको अदालतलाइ हुने ।
१५. कानूनी हक ‚दायित्व‚ हैसियत‚ पद‚ पारिवारिक सम्बन्ध
वा सम्पत्ति‚ नाताकायम वा
सम्बन्ध विच्छेद‚ दस्तुर ‚पारिश्रमिक‚ तलव भत्ता वा
ज्याला‚ अंश‚ अपुताली‚ दान बकस ‚संरक्षक‚ माथवर ‚मातृक वा पैत्रिक
अख्तियारी‚ धर्मपुत्र वा
धर्मपुत्री‚ कुनै करार ‚अर्धकरार वा अनुचित संबृद्धी अन्तर्गतको कुनै हक वा दावी‚ दुष्कृति ‚अर्धदुष्कृति वा
त्रुटीपुर्ण‚ उत्पादन सम्बन्धि
हक वा दावी सुविधाभार‚ क्षतिपुर्ति तथा
देवानी प्रकृतिका अन्य कुनै पनि विषयका मुद्धाहरु र कानून बमोजिम फौजदारी मुद्धाको
रुपमा परिभाषित गरिएका बाहेकका मुद्धाहरु देवानी मुद्धाहरु हुन ।
१६. कुनै विषयमा हक
बेहकको प्रश्न उठेमा त्यस्तो प्रश्नको निरुपण ‚नाताकायम र सम्बन्ध विच्छेद वा कानूनी हक को विषयको निरुपण नियमित
अदालतबाट मात्र हुने ।
१७. यदि कुनै अदालत
निकाय वा अधिकारीलाइ मुद्धामा कारवाहि सुनुवाइ र किनारा गर्ने अधिकार भएको तर
त्यस्तो अदालत वा निकाय गठन नभएको वा अधिकारी नतोकिएको अवस्थामा त्यस्तो अदालत वा
निकाय गठन नभए सम्म वा अधिकारी नतोकिय सक्क त्यस्तो मुद्धाको कारवाइ सुनुवाइ र
किनारा गर्ने अधिकार पनि जिल्ला अदालतलाइ नै हुने ।
१८. घर व्यबहारमा हुने
सबै किसिमका लेनदेन सम्बन्धि‚ सम्पत्ति
हस्तान्तरण वा धितो बन्धक दिने‚ धर्मपुत्र
वा पुत्री‚ करार‚ अख्तियारनामा‚ मञ्जुरनामा‚ सरकारी कार्यालय वा संगठित संस्थामा पेश हुने‚ अदालतमा पेश हुने फिराद पत्र ‚प्रतिउत्तर पत्र‚ पुनरावेदन
पत्र‚ निवेदन पत्र र कानूनी हक वा दायित्व सृजना गर्ने अन्य जुनसुकै कागज
पत्रलाइ लिखत भनिन्छ।
१९. लेख्न पढ्न नसक्ने
ब्यक्तिलाइ लिखतमा सहि गराउदा त्यस्तो ब्यक्तिले चाहेमा निजले रोजेको वा चाहेको
ब्यक्तिको रोहवरमा गराउनु पर्ने ।
२०. पचास हजार रुपियाँ
भन्दा बढी रकम लेनदेन गरी घरसारमा तयार भएको लिखत स्थानिय तह वा त्यसको वडा
समितिको कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।
बुद्धिसागर बराल
अधिबक्ता
मितिः-२०७७सालचैत्र २४ गते मंगलबार।