खोज खवर ३४९
हाम्रो कानूनको विशेषता ‚ क्रमस
....
मानिसलाइ शारीरिक रुपमा
हेर्दा र परिक्षण गर्दा उ हिंस्रक प्राणि जस्तो नभए ता पनि उ कहिले काही सत्ता‚ शक्ति‚ सम्पत्ति र सन्तानको कारणले हिंस्रक बन्ने गरेको छ । एक आपसमा तनाव
कलह र विग्रह वा झगडा गर्न तत्पर रहन्छ । यी मध्येमा पनि मानिस मानिसका बिच बढी
झगडा र तनाव श्रृजना गराउने तत्वको रुपमा हाल सम्पति रहेको छ । सम्पत्ति कै कारण
विदेशिनु र कतिपयले त ज्यानै समेत गुमाउनु परेको छ । त्यसैले यसलाइ वर्तमान र
भविष्मा कसरी संरक्षण र ब्यबस्थापन गर्न सकिन्छ भनेर बिचार गर्न के लाइ सम्पत्ति
भन्ने र हाल नेपालमा प्रचलित मुलुकी देवानी संहिता २०७४मा के कस्ता सम्पतिलाइ के कसरी कानूनी रुपमा मान्यता
दिइएको छ भन्ने कुरा नेपालमा रहने होस वा विदेशमा रहने होस सबैलाइ यस सम्बन्धि चासो
र ज्ञान हुन अनिवार्य नै हुन्छ । मानिस जति सुकै स्वाभिमानी र आत्माअभिमानी भए पनि
उ आफैले आफ्ना जीवनका सम्पूर्ण आबश्यकताहरु पुरा गर्न सक्दैन । केहि न केहि भौतिक
र जैबिक बस्तुहरुको सहयोग लिनै पर्ने कुरा
भने शास्वत छ । प्राण बचाउन खाद्य पदार्थ‚ आँङ ढाक्नको लागि कपडा वस्त्र वा आभुषणहरु‚ बासस्थानको लागि घर र जग्गाहरु तथा स्वास्थ्य र सुरक्षा लगायतका
अन्य दैनिक आबश्यकताका बस्तुहरु । यी चिज वा बस्तुहरुलाइ मानिसहरुले परोक्ष
अपरोक्ष वा मुर्त र अमुर्त रुपमा तथा दृश्य र अदृश्य रुपमा आफ्नो पंजा भित्र वा
अधिकार भित्र समेटेका हुन्छन । यिनिहरुकै
संरक्षण र सम्बर्धन गर्दा गर्दै ति चिज वा बस्तुहरु मानिसका सम्पत्तिमा रुपान्तरण
हुन्छन । परापुर्वकालमा हिन्दु संस्कारमा घर जग्गा‚ जमिन‚ सुन‚ चाँदीँ ‚पशु लगायत छोरा र छोरीलाइ समेत सम्पत्तिको रुपमा
लिने चलन थियो । यसै क्रममा महान राजनैतिक चिन्तक लकले ब्यक्तिमा निहित अधिकारलाइ
पनि सम्पत्तिको रुपमा लिनु पर्ने धारणा राखेका थिए भने महान विधि शास्त्री
बेन्थमले मालिकको आफ्नो सेवक र पिताको पुत्र प्रतिको अधिकारलाइ पनि सम्पत्तिको
रुपमा लिनु पर्ने धारणा ब्यक्त गरेका थिए । यसै क्रममा अर्का महान राजनैतिक चिन्तक
रुसोले मानिसको जीवनमा सबै भन्दा प्यारो बस्तु भन्नु नै उसको जीवन र सम्पत्ति हो
भनेका छन । यसरी सम्पत्तिको ब्यापक रुपमा परिभाषित गर्दा माथिका विषयबस्तु लगायत
मानिसका सबै कानूनी अधिकार पनि सम्पत्ति भित्र समाविष्ट पर्ने देखिन्छ ।
शायद यि सबै कुराहरुलाइ अध्ययन गरेर होला
नेपालमा २०७५ साल भाद्र १ गतेबाट लागु हुने गरी जारी भएको देवानी मुलुकी संहिता
२०७४ को भाग ४ परिच्छेद १ को सम्पत्ति सम्बन्धि सामान्य ब्यबस्था को दफा २५१ मा
उपभोग गर्न‚ खरिद बिक्री वा
अन्य तवरले हक हस्तान्तरण वा कारोवार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद बस्तु वा कार्यलाइ सम्पत्ति मानिने छ
भनि उल्लेख गरिएको छ । दफा २५२ मा भौतिक वा अभौतिक मुर्त वा अमुर्त जुनसुकै
अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा
अचलको रुपमा रहेको मानिने छ भनिएको छ। त्यसै गरी घर वा जमिन वा सो सँग जोडिएको
सरचना वा तिनै सगँ स्थायी रुपमा आबद्ध रहेका कुनै बस्तु जस्तै खानी ‚ढुंगा वा खनिज बस्तु‚
प्राकृतिक रुपमा रहेका पानी‚ भू-सतह‚ भुमिगत रुपमा रहेको पानी ‚ नदी ‚ताल तलैयामा तैरिने गरी बनाइएका
घर वा अन्य संरचना ‚ जमिनमा
खडा भएका रुख बोट बिरुवा‚ फलफूल र जमिनमा
फलेका वाली तथा अचल सम्पत्ति सगँ आबद्ध रहेका कुनै चल सम्पत्तिलाइ अचल सम्पत्ति
मानिने भनी दफा २५३मा उल्लेख छ भने दफा
२५४ मा नगद वा नगद सरह कारोवार हुने बस्तु वा विदेशी मुद्रा सुन‚ चाँदी‚जवाहरात ‚रत्न ‚सुन चाँदीबाट बनेका गहना वा बहुमुल्य पत्थर लगायत एक ठाँउ बाट अन्यत्र
ओसार पसार गर्न सकिने अन्य बस्तु ‚ऋणपत्र‚ धितो पत्र ‚ प्रतिज्ञा पत्र‚ विनिमय पत्र‚ प्रतित पत्र वा अन्य विनिमय अधिकार पत्र वा
त्यबाट प्राप्त हुने लाभ बौद्धिक सम्पत्ति‚ धितोमा रहेको हक ‚ ब्यापारिक ख्याती वा गुडविल तथा अचल सम्पत्ति
बाहेकका सबै अन्य सम्पत्तिलाइ चल सम्पत्ति भनिन्छ भनी उल्लेख गरिएको छ । दफा २५५
मा सम्पत्तिको स्वामित्व वा त्यसको प्रयोगको स्वरुपको आधारमा निजी ‚सगोलको‚ संयुक्त ‚सामुदायिक ‚सार्वजनिक ‚ सरकारी र गुठीको सम्पत्ति भनि वर्गिकरण गरिएको छ
।यसरी नै दफा २५६ मा कुनै ब्यक्तिको नाममा रहेको देहायको सम्पत्ति वा त्यसबाट बढे
बढाएको सम्पत्ति त्यस्तो ब्यक्तिको निजि सम्पत्ति मानिने भनिएको छ ।
क.
आफ्नो
ज्ञान सीप वा प्रयासबाट आर्जन गरेको ।
ख.
दान बकस
वा अपुताली स्वरुप प्राप्त गरेको ।
ग.
चिट्ठा वा उपहार स्वरुप प्राप्त गरेको ।
घ.
पारिश्रमिक उपदान निवृतिभरण उपचार खर्च सञ्चय
कोष बिमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको ।
ङ.
बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको ।
च.
कानून
बमोजिम मानो छुट्टिइ भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति
आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको ।
छ.
महिलाले
विवाहपूर्व आर्जन गरेको प्राप्त गरेको वा विवाह हुदाका बखत माइतीबाट प्राप्त गरेको
सम्पत्ति वा त्यसबाट बढे बढाएको ।
ज.
महिलालाइ
पति वा पति तर्फका सबै अंशियारहरुको
मञ्जुरिले निजको एकलौटी हक हुने गरी लिखत
गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र
त्यसबाट बढे बढाएको सम्पत्ति ।
झ.
कानून बमोजिम कुनै ब्यक्तिको मात्र नीजि
सम्पत्ति हुने उल्लेख गरेको ।
यसरी
कुनै पनि ब्यक्तिले आफ्नो निजी सम्पत्ति यस ऐनको अधिनमा रही आफुखुसी गर्न पाउने छ
भने तल उल्लेखित सम्पत्ति सगोलको मानिने ब्यबस्था छ ।
१.पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति
निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति अंशियारले सगोलको
खेती उद्योग व्यापार ब्यबसायबाट आर्जन
गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।
२.कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्निले कमाएको वा त्यसबाट
बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुने ।
३. अन्यत्र जे सुकै लेखिएको भएता पनि बाबु आमा र छोरा छोरी बीच अंश
बण्डा गर्ने प्रयोजनको बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति
मानिने छ ।
यसै गरी एका सगोलका
अंशियारहरु वाहेक दुइ वा दुइ भन्दा बढी व्यक्तिहरुको नाममा रहेको वा त्यसबाट बढे
बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिने ब्यबस्था छ । क्रमश . .. . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ ।
मितिः-२०७७/१२/३१