।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

 खोजखवर ३५०

                                       हाम्रो कानूनका विशेषता ……….. अंश

   विकसित तथा पश्चिमी मुलुकहरुमा  शिक्षा स्वास्थ्य र सुरक्षाको बिषयमा सरकारले दायित्व लिने हुदा पैत्रिक सम्पत्तिमा सन्तानहरुको खासै दावी नहुने हुनाले  अंश लगायतका  बिषयमा खासै बिवाद भएको पाइदैन।पेशा र व्यबशाय लगायतका विषयमा सक्षम र सिपयुक्त भय पछि छोराछोरीहरु आफ्नो व्यबस्थापनमा लाग्दछन ।तर हाम्रो नेपाली समाजमा भने परम्परा देखि नै पैत्रिक सम्पत्ति आफ्ना दर सन्तानमा हस्तान्तरण गर्दै लैजाने  तथा सन्तानको लागि भनि सम्पत्ति जम्मा गरि दिने चलन  र शिक्षा स्वास्थ्य तथा सुरक्षाका  विषयमा पनि सरकारले जिम्मा नलिने प्रचलन भएकाले बढी मात्रामा  परिवारको विचमा एक आपसमा सम्पत्ति को विषयलाइ लिएर बेमेल विवाद र झैझगडा हुने कारणको रुपमा दाजुभाइ र बाबा आमा तथा दिदीबहिनीहरु विच हुने अंशबण्डा लाइ लिन सकिन्छ । नेपालमा हाल प्रचलनमा रहेको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १० मा अंशबण्डा सम्बन्धी ब्यबस्था गरिएको छ । यसमा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति पत्नी बाबु आमा छोरा छोरी सबैलाइ अंशियार मानी अंशको समान हकदार कायम गरेको छ । अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाइ समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्दछ। यदि गर्भवती महिलाबाट जिउदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंशभागबाट अन्य अंशियारले पुःन बराबरी भाग पाउदछन । कानुन बमोजिम बिबाह हुन नसक्ने बिबाह भएको नमानिने वा बैबाहिक सम्बन्ध अन्त्य भएका दम्पत्तीबाट जन्मिएका छोरा छोरीले त्यसता बाबुआमाबाट अंश पाउछन । यदी बाबु को पहिचान भएको छैन भने त्यसता छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउछन । कोहि कसैको प्रकाश नगरी राखेको पत्नीबाट छोरा छोरी जन्मेमा बाबु वा पति मोरे पछी ती छोरा छोरी र पत्नीले बाबु वा पतिको अंशमा दावी गर्न पाउदैनन ।

    सगोलमा बसेका दाजुभाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउछन। यदी कुनै ब्यक्तिको एक वा एक भन्दा बढी पत्नी भएमा निजहरुले आफ्नो पतिको भागबाट मात्र अंश पाउछन । त्यसै गरी कुनै ब्यक्तिले पत्नी र छोरा छोरी सँग अंशबण्डा गरी भिन्न भए पछी अर्को पत्नी राखेमा वा बिबाह गरेमा ती पत्नीबाट जन्मेका छोरा छोरी वा ती पत्नीले पति वा बाबुको अंशभागबाट मात्र अंश पाउछन ।

 सगोलका सम्पत्ति भएका पति पत्नी वा बाबु आमा तथा छोरा छोरीले पति पत्नी छोरा छोरी र बाबु आमालाइ आफ्नो इज्जत आमद अनुसार खान लाउंन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको ब्यबस्था गर्नु पर्दछ । यदी त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले अंशलिइ भिन्न हुन सक्दछ । तर अंशियारहरुको बिचमा सहमति भएमा निजहरु जहिलेसुकै पनि अंश लिइ भिन्न हुन  सक्दछन । पति वा पत्नीले पत्नी वा पतिलाइ घरबाट निकाला गरी दिएमा वा शारीरिक र मानसिक यातना दिएमा पनि अंश लिइ भिन्न हुन सक्दछन ।त्यसै गरी विधवाले पनि जहिले सुकै आफ्नो अंश लिइ भिन्न हुन सक्छिन तर अर्को बिबाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो तर्फको छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा आफैले लिन पाउने ब्यबस्था छ ।

  कुनै अंशियारले आफ्नो अंश आंशिक रुपमा लिइ वा नलिइ वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिइ अंश छोडपत्र गर्न सकेता पनि अंश छोडपत्र गर्दा कुनै अंशियारको पति पत्नी वा उमेर पुगेका छोरा छोरी भएमा त्यस्ता पति पत्नी वा छोरा छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्दछ तर नावालक अंशियारको अंश हक भने छोडपत्र गर्न सकिने छैन । यसरी अंश छोडपत्र भएमा निजको अंश भए सरह मानिने छ। अंश छोडपत्र गर्दा वा अंश बुझिलिनु पर्दा अंशियार आफै उपस्थित हुनु पर्दछ वा निजले कानून बमोजिमको अधिकृत वारेस नियुक्त गर्नु पर्दछ । अंश बण्डा गर्दा सगोलको सम्पत्ति तथा ऋण घटि बढी नहुने गरी असल कमसल मिलाइ सबै अंशियारको मञ्जुरी अनुसार र त्यसो हुन नसकेमा गोला हाली गर्नु पर्दछ। यदी कुनैमा विबाद परेमा त्यसलाइ छोडी अन्य सम्पत्ति बण्डा गर्न सकिन्छ ।

 अंशबण्डा गर्दा अंशियारको नाम थर उमेर ठेगाना तथा आमा बाबु र बाजे र बज्यैको नाम अंशियारले पाउने सम्पत्ति अंशियारको नाममा भएको ऋणधनको रकम बण्डा गर्दा कुनै अंशियार सगै बस्ने भए सो कुरा बाबु आमा वा पति पत्नीको शेष पछी कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए सो कुरा बण्डा गर्नु पर्ने सम्पत्ति कुनै अंशियारले नलुकाय वा नछिपाएको कुरा कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा वा अन्य आबस्यक कुराहरु उल्लेख गरी अंशबण्डाको लिखत पारित गराउनु पर्दछ ।घरको मुख्य भै काम गर्ने ब्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाइ मात्र दिन पाउदैन तर सबै अंशियारको मञ्जुरी लिइ कुनै सम्पत्ति कुनै अंशियारलाइ दिन सक्दछ । त्यसै गरी आफ्नो अंश भागमा पर्ने हद सम्मको सम्पत्ति अन्य अंशियारको मञ्जुरी नभए पनि कुनै अंशियारलाइ दिन सक्दछ। कुनै अंशियारले आफ्नो अंशभाग छुट्टयाइ भिन्न हुन चाहेमा अन्य अंशियार सँग आफ्नो मानो छुट्टियको मिति उल्लेख गरी आफ्नो र थाहा पाए सम्म अन्य अंशियारको नाममा रहे भएको अंशबण्डा हुने सम्पत्ति र ऋण धनको फाँटवारी खुलाइ नालिस गर्नु पर्दछ । मानो छुट्टिएको मिति कायम गर्दा मानोछुट्टिएको लिखतमा उल्लेख भएको वा अंशियारहरु बिच मानो छुट्टिएको सम्बन्धमा कायम भएको वा फिराद गरेको अघिल्लो दिन तथा बिबाहित छोरीको हकमा निजको बिवाह भएको दिनको मिति वा दिनलाइ कायम गर्नु पर्दछ । कुनै अंशियारका बिच मात्र मानोछुट्टिएको लिखत भएको रहेछ भने त्यस्तो लिखत रजिष्ट्रेसन भएको वा पारित भएको मिति देखिमात्र लागु हुन्छ भने फाँटवारी खुलाउन नसकेमा कारण समेत खुलाउनु पर्दछ ।यसरी नालिस परेमा सम्बन्धित ब्यक्तिले पनि नालिस गर्ने ब्यक्तिलाइ अंश दिनु पर्ने वा नपर्ने कुरा खुलाइ र अंश दिन मञ्जुरी भएमा आफ्नो नाममा रहे भएको सम्पत्ति र ऋणधन समेत को फाँटवारी अदालतमा प्रतिउत्तर दर्ता गर्दाका बखत पेश गर्नु पर्दछ । फाँटवारी पेश गर्दा जग्गा रहेको ठाँउ कित्ता नं क्षेत्रफल घरको कवल नाल तला कच्चि पक्की र त्यसको अनुमानित मुल्य चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मुल्य नगद भए त्यसको विवरण बैंक मौज्दात सेयर डिवेञ्चर ट्रेजरी विल भए त्यस सम्बन्धि बिवरण पशुधन भए त्यसको विवरण र मुल्य सुन चाँदी जवाहरत भए त्यसको विवरण र अनुमानित मुल्य सवारी साधन भए त्यसको विवरण र अनुमानित मुल्य यी बाहेक अन्य सम्पत्ति भए त्यसको विवरण र अनुमानित मुल्य समेत खुलाउनु पर्दछ । क्रमस…………

                                                     बुद्धिसागर बराल

                                                  बेसिशहर ८ लमजुङ

 मितिः २०७८।०१।१४

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |