खोज खबर ३५१
हाम्रो कानूनको विशेषता . . . .
. . अंश
अंश बण्डा गर्नु पर्ने सम्पत्ति कोहि
कट्ठैले पनि लुकाउन र छिपाउन पाउदैन । यदि कुनै अंशियारले अदालतलेफाँटवारी मागेका
वखत आफ्नो नाममा रहेको बण्डा हुने सम्पत्ति लुकाएको वा छिपाएको कुरा पछी ठहरेमा
त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति
लिन पाउदैन अन्य अंशियारले अंशभाग लगाइ लिन पाउँछ । तर मानो छुट्टिए पछी
आर्जेको सम्पत्ति भाग लाग्दैन र दपोट पनि ठहर्दैन । त्यसैगरी मोहि हक लेखिएको
जग्गा पनि बण्डा लाग्दैन । एसरी नै एका सगोलको अंशियारको नामा दर्ता रहेको
सम्पत्ति एकासगोल कै अर्का अंशियारलाइ लिखत गरी दिएको अवस्थामा पनि अंश दपोट गरेको नहुने । तायतादी
फारममा देखाइएको सम्पत्तिलाइ पनि दपोट गरेको नमानिने र नीजि आर्जन भनि प्रमाणित
सम्पत्ति आफूखुस गर्न पाउने हुदा त्यसलाइ पनि अंश फाँटवारीको तायदातीमा नदेखाए पनि
दपोट नहुने ।
कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति
कानून बमोजिम अंशियारको हक नपुग्ने भइ निजले भोग गर्न नपाएमा त्यस बराबरको
सम्पत्ति सबै अंशियारबाट समानुपातिक हिसावमा शोधभर्ना गर्नु पर्ने । यसै गरी
अंशियारहरु बिच आपसी सहमति भएकोमा बाहेक कुनै अंशियारले अंशबण्डाबाट प्राप्त गरेको
कुनै सम्पत्ति अंश बण्डा भए पछी बिग्रे नासेको वा मन नपरेको कारण देखाइ अन्य अंशियारसँग सट्टापट्टा गर्न पाउदैन ।यदि
कुनै अंशियारले अंश बण्डा हुने सम्पत्ति धितो बन्धक राखेको रहेछ भने र त्यो
कुरा प्रमाणित हुन आयो भने अदालतले सबै
अंशियारहरु मञ्जुर भएमा सगोलको सम्पत्तिबाट त्यो फुकुवा गराइ अंश बण्डा गरी दिन्छ
यदी मञ्जुर हुन नसकेमा घरको मुख्य भइ काम गर्ने ब्यक्तिले धितो बन्धक राखेको वा एका घरका उमेर पुगेका अरुले मुख्य भइ काम काज
गर्ने ब्यक्तिको समेत सहिछाप गरी अंश बण्डा गर्नु पर्ने सम्पत्ति धितोबन्धक
राखेकोमा सगोलको सम्पत्तिबाट फुकुवा हुने गरी अदालतले अंश बण्डा गरी दिनेछ । अन्य
अवस्थामा कुनै अंशियारले अंश बण्डा हुने सम्पत्ति धितो वन्धक राखेको थाहा भएमा
अदालतले निजको अंश भागमा पर्ने सम्पत्तिबाट फुकुवा हुने गरी अंश बण्डा गरि दिन्छ ।
यदी अंश मुद्धामा नालिस गर्ने ले अंश पाउने
देखियो भने सम्पत्तिको फाँटवारी पेश भइ सके पछी आफ्नो भागमा पर्ने सम्पत्तिको
आयस्ता रोक्का गरी पाँउ भनि अदालतमा निवेदन दिएमा अदालतले निजले पाउने अंश भाग
जत्तिको सम्पत्ति वा त्यस्को आयस्ता कानूनको रित पुर्याइ अंशबण्डा नभए सम्मका लागि
रोक्का राख्न सक्दछ ।अंश बण्डा गर्दा सबै अंशियारलाइ बाटो वा निकासको समस्या नहुने
गरी गर्नु पर्दछ । अंश बण्डा गर्दा कुनै साहुको ऋण सगोलबाटै तिर्न पर्ने सहेछ भने
सम्बन्धित साहु सँग छलफल गरी निजको मञ्जुरी लिइ कसले कुन साहुको कति ऋण तिर्ने हो
अंश बण्डाको लिखत मै उक्त कुरा उल्लेख गर्नु पर्दछ । साहुको मञ्जुरी नलिइ कुनै
अंशियारलाइ सगोलको ऋण तिर्ने गरी बण्डा गरेमा र पछी साहुले मञ्जुरी नगरेमा सबै
अंशियारलाइ सगोलको ऋण बरावर भाग लाग्दछ ।
यदि कदं कदाचित अंश नपाउने ब्यक्तिले अंश पाउँ
भनि नालिस गरेको ठहरेमा अदालतले मिसिलबाट
बिगो खुल्न आएमा बिगो र बिगो खुल्न नआएमा
निजको हैसियत बिचार गरी नालिस गर्ने
व्यक्तिबाट मनासिव क्षति पूर्तिको रकम प्रतिवादीबाट भराइ दिने छ । कुनै ब्यक्तिबाट अंश रकम वा खर्च भराइ दिने गरी
अदालतबाट फैसला भएकोमा तद अनुसार नपाएमा
सो कुरा खुलाइ मुद्धा छिन्ने सुरु अदालतमा
निवेदन दिएमा र पक्षहरु उहि भएमा
अदालतले फैसला बमोजिम यथासक्य छिटो छीटो अंश खर्च वा रकम भराइ दिन्छ । त्यति हुदा
पनि अंश खर्च वा रकम नदिएमा त्यसबापत अंश खर्च र रकम दिनु पर्ने ब्यक्तिबाट
निवेदकलाइ अदालतले मनासिव माफिकको क्षतिपुर्ति समेत भराइ दिनु पर्ने व्यबस्था छ ।
अंश बण्डाको बिषयमा नालिस उजुर गर्नु पर्दा निम्नानुसारको हद म्याद भित्र गर्नु
पर्दछ ।
क)
अंश बण्डा नै नभएको वा अंशबण्डा हुदा गोश्वाराको
लिखत भएको र लिखत नभए पनि हिसाव गरी दुवै पक्षले
भोग गरेकोमा जहिले सुकै पनि नालिस गर्न सकिन्छ ।
ख)
अंश
बण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिना भित्र नालिस गर्न
सकिन्छ ।
ग)
सम्पत्ति
लुकाए वा छिपाए तथा दबाएको सम्बन्धमा अंशियारको जीवन काल सम्म नालिस गर्न सकिन्छ ।
घ)
माथिका बाहेक अन्य अबस्थामा त्यस्तो काम
कारवाइ भए गरेको मितिले ६ महिना भित्र
नालिस गर्न सकिन्छ ।