।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

  खोज खबर ३५३

                   हाम्रो कानून.  . .जग्गा आवाद भोग चलन र दर्ता

     मानिसको रहने जीउने र बाच्ने आधार भनेकै बास गास र कपास हुन । यि मध्येको बासको लागि प्रमुख सम्पत्ति भन्नु नै जग्गा जमिन हो । जग्गाजमिन  बिना को मानिस सगँ उसको आफ्नै घर घडेरी टहरा तथा बासस्थान हुदैन । त्यस्ता मानिसलाइ भूमिहिन वा सुकुम्बासी पानि भनिन्छ ।उसले सार्वजनिक वा अरुको हकभोग र स्वामित्व भएको घरटहरा वा जग्गामा आश्रय लिनु पर्ने हुन्छ। त्यो आश्रय अस्थायी रहन्छ वा आश्रय दिने व्यक्तिको इच्छा सम्म मात्र उ त्यहा रहन पाउछ तर अन्य ब्यक्तिको हक भोग र स्वामित्व भएको जग्गामा निजको मञ्जुरी नलिइ आवाद वा भोग चलन गर्न गराउन निषेध गरिएको छ । त्यसको कारणले उसलाइ जिन्दगिभर आत्मग्लानी भइ रहन्छ ।कतिखेर यहाँबाट निस्कन पर्ने हो भनेर। छर छिमेक सगँ पनि प्रफुल्ल भएर वातचित मार्न तथा रहन बस्न सक्दैन ।त्यस कारण हाम्रो नेपाली संस्कारमा जे जसरी भए पनि वा दुःखजेलो गरेर भए पनि बासस्थान वा घर घडेरीको जोहो गर्ने परम्परा रहि आएको छ । यहि घर घडेरीको जो हो गर्न लाइ मानिसहरु जतिसुकै दुःख र कष्ट झेलेर भए पनि स्वदेशमा होस वा विदेशमा गएर पैसाको ब्यबस्था गरी घर घडेरी किन्नमा तल्लिन रहन्छन ।किनकी घरकटेरा वा टहरा नहुने मानिस सामाजिक रुपमा अलिकति अपहेलित वा असक्षम देखिने  परम्परागत संस्कारले गर्दा । यस विषयलाइ लिएर बिभिन्न मुलुकहरुमा बिभिन्न किसिमले ब्याख्या र बिष्लेशण गरिए ता पनि निचोड भने एकै किसिमको पाइन्छ । जस्तै हरेक व्यक्तिले आफ्ना छिमेकिको जग्गा नमिचि आफ्नो जग्गा आफुले सके सम्म  राम्ररी उपभोग गर्नु पर्दछ( Every one ought  so to improve his land as not to injury his neighbour,s) भन्ने रोमन कानूनको सिद्धान्त छ भने अरुलाइ क्षती नपुर्याइ आफ्नो सम्पत्तिको उपभोग गर्नु पर्दछ भन्ने कमन ल को सिद्धान्त छ । यसै सगँ मिल्दो जुल्दो गरी नेपालको वर्तमान को मुलुकी देवानी संहिता २०७४को दफा २८७ देखि २९८ सम्ममा नेपाली जन्ताले के कसरी जग्गा जमिनको आवाद भोग चलन तथा दर्ता गर्न सकिन्छ भन्ने विषयमा ब्यबस्था गरिएको छ । यस अनुसार कोहि कसैले पनि अन्य ब्यक्तिको हक भोग र स्वामित्वको जग्गा निजको मंजुरी नलिइ आवाद गर्न वा भोग चलन गर्न वा गराउन नहुने यदि कसैलाइ जग्गा जग्गा गर्न अन्य ब्यक्तिको जग्गाबाट कुलो वनाउनु पर्ने भइ जग्गा मागेमा सम्बन्धित जग्गा धनिले  उपयुक्त ठहर्याएको ठाँउ बाट त्यस्तो ब्यक्तिलाइ कुलो बनाउनको लागि जग्गा दिनु पर्ने कुलो वनाउन दिए वापत कुलो बनाउने ब्यक्तिले सट्टा जग्गा वा प्रचलित मुल्य वा मनासिव माफिकको क्षतिपुर्ति सम्बन्धित जग्गाधनीलाइ दिनु पर्ने । तर सार्वजनिक वा सरकारी जग्गाबाट कुलो बनाइएको छ भने  कुलोमा परेको जग्गा वापत सट्टा जग्गा जग्गाको मुल्य वा क्षतिपुर्ति भने दिन पर्दैन । कसैले पनि आफ्नो जग्गामा उत्पत्ति भएको पानी भनि वा त्यसबाट बगेको नदी वा खोला भनी सम्पूर्ण पानी तल्लो तटवर्ति जग्गा धनीले प्रयोग गर्न नपाउने गरी वा त्यस्तो खोलामा रहेका जलचरहरु बाच्न नसक्ने गरी वा पर्यावरणमा प्रतिकुल असर पर्ने गरी प्रयोग गर्न पाउदैन ।यसै गरी कसैले पनि पहिले वनाइ संचालनमा रहेको कुलो द्वारा सिञ्चित खेतमा पानी सारभुत रुपमा कम हुने गरी त्यस भन्दा माथि नयाँ कुलो बनाउन पाउदैन। कुलो बनाउनको लागि जुन व्यक्तिले श्रम वा रकम लगानी गरेको छ सोहि व्यक्तिले जग्गा आवाद गर्नको लागि कुलोको पानीमा प्राथमिकता पाउछ  तर परापूर्वकाल देखि भागवण्डा गरी पानीको प्रयोग गर्दै आइएको छ भने सोहि अनुसार कुलोको पानी उपयोग गर्न पाउछन । पानी उपयोग गर्ने ब्यक्तिलाइ पानी पर्याप्त भए पछी वा पानी नचाहिने भएमा जुनसुकै ब्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आवाद गर्नलाइ कुलोको पानी उपयोग गर्न पाउछ । कुनै ब्यक्तिको जग्गा सिंचित भै बढी भएको पानी अर्को ब्यक्तिको जग्गामा बगेकोमा भने जग्गाधनीको कुनै दावी लाग्दैन अनुमति विना पनि पानी उपयोग गर्न सकिन्छ ।

   कुनै ब्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य ब्यक्तिले समेत प्रयोग गर्दै आएको भए त्यस्तो जग्गा धनीले कुलो उपभोग गर्ने ब्यक्तिको सहमति बिना साविकको कुलो अन्य ठाउँमा फेरवदल गर्न पाउदैन । नयाँ कुलो वनाउदा वा साविक देखिको पुरानो कुलो मर्मत सम्भार गर्दा  त्यस्तो कुलोको पानी उपयोग गर्ने सबै ब्यक्तिहरुले आ-आफ्नो जग्गाको अनुपातमा आबश्यक श्रम वा खर्च गर्नु पर्दछ । खर्च नब्यहोर्ने व्यक्तिले त्यस्तो कुलोको पानी उपयोग गर्न पाउदैन । यदि जग्गा आवाद गर्न कुलो वनाउने वा पानी उपयोग गर्ने सम्बन्धमा सम्बन्धित जग्गा धनी र उपयोग गर्ने बिच छुट्टै सहमति भएको भए सोहि सहमति  बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिन्छ ।

      कुनै जग्गाको बीचमा नदी वा खोला पसि वरिपरी जग्गा भएमा वा कुनै जग्गालाइ नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडे पछी  त्यस्तो जग्गा सम्बन्धित ब्यक्तिको नै हुन्छ । निजले आवाद गर्न पाउँछ । तर कसैले पनि अन्य ब्यक्तिको हकको जग्गा आफ्नो नाममा भने दर्ता गराउन पाउदैन । कुनै जग्गाको दर्तावाला मरी आफ्नो नाउँमा नामसारी गराउनु परेमा वा कुनै जग्गा कुनै ब्यहोराले आफ्नो हक हुन आइ दाखिल खारेज गर्नु परेमा  सम्बन्धित ब्यक्तिले त्यस्तो काम भएको पैतिस दिन भित्र मालपोत कार्यालयमा निवेदन दिइ नामसारी दाखिल खारेज गराउनु पर्दछ । उक्त म्याद नाघे पछी कुनै ब्यक्तिले नामसारी दाखिल खारेजीको लागि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधी ब्यतित भएता पनि  एक सय रुपिया दस्तुर लिइ त्यस्तो जग्गा निवेदकको नाममा नामसारी दाखिल खारेज गरि दिनु पर्दछ । यि माथि उल्लेख गरिएका काम कारवाहीवाट मर्का पर्ने व्यक्तिले  त्यस्तो काम कारवाही भए गरेको थाहा पाएको मितिले छ महिना भित्र नालिस गर्न सक्ने छ ।

  यो संहिता लागु हुनु अघिको प्रचलित मूलुकी ऐनको जग्गा मिच्नेको १ नं मा पनि एकाको हकको जग्गा अर्काले चापी मिची घुसाइ खान नहुने र कसैको जग्गा अर्को कुनै ब्यक्तिले अतिक्रमण गर्न घुसाउन र हस्तक्षेत गर्न नहुने र गरेमा यसलाइ जग्गा मिच्ने (Encroachment of land)  भनिन्थ्यो । यसै गरी उक्त मुलुकी ऐनको जग्गा आवाद गर्नेको ४ नं र मालपोत ऐन २०३४को दफा २४ मा पनि के कस्तो जग्गा आवाद गर्न हुदैन भन्ने पनि ब्यबस्था गरिएको छ ।

                                                             बुद्धिसागर बराल

                                                        लमजुङ बेसिशहर न.पा.८

मितिः२०७८/०१/२८

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |