।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

खोज खबर ३५४

               हाम्रो कानून . .. .. लेनदेन सम्बन्धी

 मानिस सामाजिक प्राणि हो ता पनि आफ्ना सबै किसिमका आबश्यकता र चाहना उ एक्लैले पुरा गर्न सक्दैन ।  मानिसमा प्रकृतिले सबै किसिमको ज्ञान सिप र क्षमता समान रुपमा नदिएको कारणले उ अरुमा निर्भर हुनै पर्दछ । त्यसैले मानिसको  ब्यबहार संचालन गर्न वा जीवन यापनको लागि एक आपसमा भएका  चल अचल सम्पत्ति लगायतका आबश्यक चिज बस्तु र रकमहरु वा ऋण धन लेनदेन सर सापट सट्टा पट्टा  वा हस्तान्तरण कुनै सर्त राखी गर्नै पर्ने हुन्छ। यो प्रचलन मानवको सृष्टी भए देखि नै भएको पाइन्छ। यसरी दुइ वा दुइ भन्दा बढी ब्यक्तिहरु बिच कुनै सर्त राखी कुनै रकम वा बस्तु लिनु दिनु गरेमा त्यस्तो कार्यलाइ निजहरु बिच लेनदेन भएको मानिने र रकम वा बस्तु लिनेले रकम वा बस्तु दिनेलाइ त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्ने नेपालको हाल प्रचलनमा रहेको मुलुकी देवानी संहिता २०७४को दफा ४७४ मा गरिएको छ । कुनै ब्यक्तिले कुनै किसिमले कसैलाइ कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएको मा त्यस्तो ब्यक्तिले ऋण लिए सरह मानिने छ र पछी यसै परिच्छेदको कानूनी व्यबस्था बमोजिम सम्बन्धित ब्यक्तिलाइ फिर्ता गर्नु पर्ने ब्यबस्था ऐ ऐनको दफा ४७५ मा छ । यसै गरी कानून बमोजिम कसैले पनि लिखत नगरी लेनदेन गर्न नहुने र लेनदेन गर्दा लेनदेन गर्ने ब्यक्तिहरुको नाम थर उमेर ठेगाना तथा बाबु आमा बाजे बज्यैको नाम बिबाहित भएको भए पति पत्नीको नाम  समेत उल्लेख गर्नु पर्ने  लेनदेन गर्नु परेको रकम कारण र परिणाम तथा ब्यहोरा त्यस्तो बस्तुको मूल्य फिर्ता गर्ने समय वा मिति ब्याज लिने वा नलिने र लिने भए  दर निर्धारित समयमा नबुझाएमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा लिखत गरेको ठाँउ र मिति आदि खुलाउनु पर्ने कुरा ऐ ऐनको दफा ४७६ र ४७७ मा उल्लेख छ । यसरी नै साहुले ऋणीबाट साँवा रकमको  वार्षिक दश प्रतिसत भन्दा बढी रकम ब्याज दर किटान गरे पनी र नगरे पनी  लिन नपाइने  र लेन देन हुदा लिखतमा ब्याज लिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट ब्याज लिन नपाउने तथा ब्याजको ब्याज लिन नपाउने र साँवा भन्दा ब्याज बढी लिन नपाउने कुरा ऐ ऐन कै दफा ४७८  ४७९ ४८० र ४८१ मा उल्लेख छ । सावाँ र ब्याज लिदा र दिदा ऋणीले साहुलाइ साँवा र ब्याज दुवै चुक्ता गरेमा साहुसँग भएको लेनदेनको लिखत च्याति वा त्यस्तो लिखतमा रकम असुल गरेको व्यहोरा लिखतको कुनै ठाँउ वा पिठमा खुलाइ साहुले सहिछाप गरी ऋणीलाइ लिखत फिर्ता गर्नु पर्दछ । यदि साँवा र व्याज दिदा सो लिखत फेला नपरेमा साहुले सोहि व्यहोरा जनाइ यो मितिमा यति रकम बुझी लिएको भनी भर्पाइ गरी ऋणीलाइ दिनु पर्दछ तर साँवा मध्ये केहि रकम बुझाउदा साहुले ऋणि सगँ कुन मितिमा के कति रकम बुझको हो त्यसकुरा लिखतको पिठमा खुलाइ ऋणिको सहिछाप गराइ र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भर्पाइ गरी ऋणीलाइ दिनु पर्ने छ । 

   घर सारमा भएको लिखतको अवधी बढीमा १० वर्षको हुने तर १० वर्ष अवधी भित्र ऋणिले साँहुलाइ साँवा वा ब्याज मध्ये केहि रकम बुझाएमा वा अवधि थप गरेमा त्यसरी साँवा वा ब्याज बुझाएको वा म्याद वा अवधी थप गरेको मितिले अर्को दश बर्षको अवधी थप हुने कुरा ऐ ऐनको दफा ४८२ देखि ४८४ सम्ममा उल्लेख छ  । यदि कोहि कसैले असक्षम वा अर्धसक्षम ब्यक्तिसँग लेनदेन गरेको भए त्यसले मान्यता नपाउने र त्यसै गरी कसैले कुनै ब्यक्ति सँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा  घरको मुख्य ब्यक्तिको सहिछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणिको हक नपुगे सम्म साहुले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराइ लिन पाउदैन तर घरको मुख्य भइ काम गर्ने ब्यक्तिले त्यस्तो रकम तिरि दिएमा लिन पाउछ । यदि कुनै ब्यक्तिले ऋणिसगँ रकम लिन नसक्ने भएमा दश वर्ष भित्र साहुले ऋणी उपर नालिस गरी आफ्नो हक कायम गरी राख्नु पर्दछ । हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगे पछी साहुले निजबाट कानून बमोजिम आफ्नो रकम भराइ लिन पाउनेछ । रकम भराइ लिनको लागि असामिको हक पुगेको मितिले नालिस गर्ने हद म्याद सुरु हुने कुरा ऐ ऐनको दफा ४८५ र ४८६मा उल्लेख छ ।

      एकासगोलका उमेर पुगेका ब्यक्तिले घरको मुख्य ब्यक्तिको मञ्जुरी नलिइ सगोलको कुनै सम्पत्ति सट्टा पट्टा गर्न नहुने।  गरेमा मान्य नहुने र ३५ दिन भित्र आफ्नो सम्पत्ति फिर्ता लिन सक्ने तर आफ्नो निजी सम्पत्ति सट्टा पट्टा गर्न भने मञ्जुरी लिन पर्ने छैन  । यदि कोहि कसैले रित पुर्याइ लिखत गरेको छैन तर बैंकिङ कारोवार विनिमय अधिकार पत्र  चेक भौचर वा बहि खातामा लेखिएको ब्यहोराबाट कुनै ब्यक्तिसँग लेनदेन भएको कुरा देखिन आयो भने अदालतले त्यस्तो लिखत बैंकिङ कारोवार विनिमेय अधिकार पत्र चेक भौचरबाट वा बहि खातामा लेखिएको आधारमा नालिस गर्ने ब्यक्तिलाइ ऋणिबाट त्यस्तो रकम भराइ दिन सक्ने ब्यबस्था ऐ ऐनको दफा  ४८७ र४८८ ले गरेको छ ।

  यदि कुनै कारणबस घरसारमा बनाएको कागत वा लिखत हरायमा वा कावु बाहिरको परिस्थिति परी नासिएमा साहुले सोहि ब्यहोरा खुलाइ लिखत हराएको वा कावु बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिन भित्र सम्बन्धित स्थानिय तहमा निवेदन दिनु पर्दछ । स्थानिय तहले पनि लिखत गरि दिने ब्यक्ति जिवित भए निजलाइ र नभए निजको नजिकको हकवाला लाइ सात दिन भित्र झिकाइ निजले मञ्जुर गरे  साविक बमोजिमको लिखत तयार गराइ त्यस्तो लिखत प्रमाणित गरी निवेदन दिने ब्यक्तिलाइ दिनु पर्ने तर त्यस्तो हकवालाले लिखत गर्न मञ्जुरी नगरेमा साहुले त्यस्तो म्याद नाघेको पैतिस दिन भित्र लिखत हराएको वा कावुँ बाहिरको परिस्थिति परेको प्रमाण देखाइ हकवालालाइ नालिस गरी आफ्नो हक कायम गर्नु पर्दछ। कुनै कारणबस लेनदेन गरेको बस्तु कच्चा भै भोग गर्न नसक्ने भएमा लेनदेन गरेको मितिले ३५ दिन भित्र त्यस बस्तु दिने ब्यक्तिलाइ जानकारी गराइ त्यस्तै अर्को वस्तु सगँ सट्टा पट्टा गरि लिनु दिनु पर्दछ नभएमा आफ्नो बस्तु यथास्थितिमा फिर्तालिइ तःत सम्बन्धमा भएको लिखत निष्क्रिय पार्नु पर्दछ । तर यथा स्थितिमा नभएमा वा नासिएमा फुटेमा वा बिग्रेमा त्यस बस्तुको प्रचलित मुल्य बराबरको रकम भोगवाला वा स्वामित्ववालालाइ बुझाउनु पर्नेछ नबुझाएमा त्यसबाट मर्का पर्ने ब्यक्तिले त्यस्तो वस्तुको रकम र आफुलाइ भएको नोक्सानी वापत मनासिव माफिकको क्षतिपुर्तिको लागि उजुर गरी भराइ लिन पाउने छ। यदि कसैले असक्षम वा अर्ध सक्षम ब्यक्तिको सम्पत्ति आफ्नो गराउन हिनामिना वा नोक्सान गर्न वा विगार्न लेनदेन गरेको वा ब्याजको ब्याज लिएको वा ब्याजमा दश प्रतिसत भन्दा बढी लिएको बिषयमा हदम्याद लाग्ने छैन भने अन्य कुनै कारवाहिबाट मर्का पर्ने ब्यक्तिले नालिस गर्न छुट्टै हद म्याद तोकिएकोमा सोहि बमोजिम लिखतमा उल्लेख भएकोमा सो अवधी नाघेको मितिले र लिखत नभएकोमा वा अन्य अबस्थामा मुद्दा गर्नु पर्ने कारण परेको मितिले एक वर्ष भित्र उजुर गर्नु पर्ने कुरा उक्त ऐनको दफा ४८९ देखि ४९२ सम्ममा ब्यबस्था गरीएको छ ।

                                                            बुद्धिसागर बराल

                                                          बेसिशहर ८ लमजुङ

 मितिः२०७८।०२।११

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |