।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Thursday, July 22, 2021

 

    खोजखबर ३६१            

                       कानून व्यवसायी

  जो सुकैले पनि अरुलाइ कर्तब्यपथमा हिडाउनु छ भने सर्वप्रथम आफु कर्तव्य पथमा हिडनु पर्दछ। अरुको गल्ति र कमजोरी मात्र केलाउन चाहनेले आफुले गर्ने गरेका गल्ती र कमजोरीलाइ सर्वप्रथम केलाएर मात्र अघी बढने प्रयास गर्नु पर्दछ । त्यसैले आज म आफै पनि एउटा कानून ब्यबसायी भएको हैशियतले कानुन ब्यबसायीको बिषयमा हुने गरेको पक्ष र विपक्ष तथा प्रशंसा र अफवाह वा आचार शंहिताको बिषयमा चर्चा र परिचर्चा गर्ने जमर्को गरेको छू। यसलाइ अन्यथा नलिइदिनु हुन अनुरोध छ। किनकी कानून ब्यबशायीहरु भनेका कलम र वाकपटुताको आधारमा देश र जनता तथा राज्यलाइ संबिधान बमोजिम न्यायिक मार्गमा डोर्याउने ब्यबस्थित गर्ने तथा सुब्यबस्था कायम गराउने सचेत महत्वपूर्ण तथा विद्वत वर्ग हुन ।

      कानून ब्यबसायीलाइ वकिल ,न्यायिक तथा अर्धधन्यायिक निकायमा वकालत गर्ने कानूनी हैसियत भएको ब्यक्ति, वरिष्ट अधिबक्ता र अधिबक्ता तथा अन्य कानून ब्यबसायी  प्रचलित कानून बमोजिम कानून ब्यबसायिमा दरिएको ब्यक्ति, कुनै अदालतमा कुनै ब्यक्तिको प्रतिनिधित्व गर्न कानूनले अधिकार दिएको ब्यक्ति आदि भनी  परिभाषित गर्ने गरिएको छ। यसबाट के बुझिन्छ भने कानून ब्यबसायी एउटा सार्वजिक र सामाजिक अभियन्ता हो । परिआउदा देशलाइ कानूनी सिद्धान्त तथा कानूनी शासनमा डोहोर्याउने शसक्त साधन हो। लोकतन्त्रको पक्षधर तथा आधार स्तम्भ हो। शक्तिहिनको लागि शक्ति हो भने पिडितको लागि मित्र हो। पिडकको लागि प्रतिपक्ष हो । अदालतको लागि असल सहयोगि हो। देश र दुनियाका लागि पहरेदार हो। संबिधान र ऐन कानूनको परिपालक पनि हो। अदालत ले सबैको घर घरै पुगेर न्याय दिलाउन सक्दैन । कानून ब्यबसायीले अदालतमा प्रवेश गराइ दिए पछी मात्र न्याय दिलाउने हुदा कानून ब्यबसायी र अदालतलाइ एउटै सिक्काका दुइ पाटाको रुपमा पनि ब्याख्या गरिने गरेको पाइन्छ।

      नेपालमा कानून ब्यबसायिको इतिहास प्रधान न्यायालय ऐन २००९ बमोजिम प्रधान न्यायालयको स्थापना भए पछी मात्र सुरु भएता पनि समय समयमा लोकतन्त्र र स्वतन्त्रताका निमित्त कानून ब्यबसायी द्वारा गरिएको योगदानले कानून ब्यबसायको इतिहासले गौरवमय स्थान ओगटेको छ। न्यायपालिका न्यायको शुद्ध आधारशिलाको रुपमा सम्मानित हुन सक्दछ भने कानून ब्यबसायिको संस्था पनि मुद्दाका पक्षहरुको पक्षमा निडर र बिश्वासी ब्यक्तित्वको रुपमा स्विकार गरिएको हुन्छ। यसरी स्विकारयोग्य हुनको लागी कानून ब्यबसायिले पनि केहि आचार सम्बन्धि नियमको अधिनमा बस्नु पर्दछ। पक्ष र विपक्षका साथै अदालत प्रति पनि इमान्दार पुर्वक आफ्नो कर्तव्यको पालना गर्नु पर्दछ। आफ्नो ब्यबसाय प्रतिको प्रतिवद्धता, ज्ञान, सिप र क्षमता तथा निपुर्णताको आधारमा अबस्था र परिस्थितिअनुसार सेवा र शुल्क लिन सक्ने भए पनि पेशाको गौरवको निमित्त पनि निशुल्क सेवा र परोपकारको क्षेत्रलाइ पनि स्थान दिनु पर्दछ। धनी र प्रभावशालीको मात्र नभइ गरिव र अशक्तलाइ पनि समय दिइ कानून ब्यबसायिको इमानदारितालाइ बिश्वब्यापी तथा सर्वोत्कृष्ट बनाउन सक्नु पर्दछ। यसैलाइ लिएर नेपालमा कानून ब्यबसायीको हक हितको संरक्षण गर्न नेपाल कानून ब्यबसायी परिषद ऐन २०५० जारी भै २०५१साल भाद्र २७ गतेबाट कार्यान्वयनमा आएको छ। उक्त ऐनले यस भन्दा अगाडी बनेको कानून ब्यबसायी ऐन २०२५ बमोजिम बनेका वरिष्ट अधिबक्ता अधिबक्ता र अन्य कानून ब्यबसायीमा दरिएका कानून ब्यबसायिलाइ पनि मान्यता दिएको छ। यदाकदा कानून ब्यबसायिलाइ  जानी नजानी कोहि कसैले  अनाबश्यक रुपमा आरोप प्रत्यारोप लगाउने र दोष दिने गरेता पनि  बिना आधार कारण तथ्य र प्रमाणबिना कुनै पनि कानून ब्यबसायिलाइ कानूनी लिखत तयार पार्न र बहस पैरवी गर्न छुट नभएको हुदा यस्ता आरोप र प्रत्यारोप नलगाउनु हुन तथा शंका र उपशंका नगर्नु हुन समेत सबैसगँ अनुरोध छ। साथै जुन पक्ष आफु अन्यायमा परेको तथ्य लिएर सर्व प्रथम कानून ब्यबसायी समक्ष पुग्दछ उसैको पक्षमा काम गरिदिनु पर्ने उसको कर्तब्य भएकोले कोहि कसैलाइ कहि कतै अन्यथा भए जस्तो लागे पनि यसलाइ पेशागत दायित्व र मर्यादा  सम्झनु पर्दछ ।यस बिषयमा पनि कसैले अन्यथा सोची दिनु हुदैन। यसै गरी कानून ब्यबसायिले अनिवार्य रुपमा पालना गर्नु पर्ने गरी २०५१साल भाद्र १ गतेबाट लागु हुने गरी निम्नानुसारका पेशागत आचार संहिता बनाइएको छ।

१.       कानून व्यबसायिले नैतिकताका आधारभुत सिद्धान्तको प्रतिकुल हुने गरी कुनै कार्य गर्नु हुदैन।

२.      झुट्ठा मुद्धा चलाउन पक्षलाइ प्रेरणा दिनु हुदैन ।

३.      कसैलाइ दुःख दिने वा प्रतिशोध लिने उद्धेश्यले मुद्धा सृजना गर्नु हुदैन ।

४.     मुद्धा टुंग्याउने प्रकृयामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले अदालतलाइ अशहयोग गर्नु हुदैन।

५.     न्यायिक प्रकृयालाइ दुरुपयोग गर्न वा गराउन हुदैन ।

६.      सत्य कुराको बयान वा बक पत्र गर्न गराउनबाट पक्षलाइ रोक्न हुदैन।

७.     न्याय प्रशासन सगँ सम्बन्धित कामकारवाहिका सिलसिलामा अदालत वा न्यायाधिस वा कानून ब्यबसायी प्रति अनास्था पैदा हुने किसिमका झुट्ठा प्रचार प्रसार गर्न हुदैन ।

८.      आफुले गर्न नभ्याउने वा नसक्ने अवस्था परी मुद्धा फिर्ता गर्नु पर्दा सामान्यतया अर्को कानुन ब्यबसायी मुकरर गर्न नभ्याउने गरी फिर्ता गर्न हुदैन ।

९.      संघ संस्थाको रकम मास्न खान हुदैन।

१०.   अदालतमा कालो कोट सहितको पुर्ण पोशाकमा ठिक समयमा उपस्थित हुने इजलास तथा विपक्षीका कानून व्यबसायी प्रति संमानजनक ब्यबहार गर्ने एक अर्का प्रति लाञ्छना नलगाउने रिस राग द्वेष नराख्ने अदालतका कर्मचारीहरु प्रति सौहाद्रपुर्ण ब्यबहार गर्ने शिष्टतापुर्वक बोल्ने र आफ्नो पालोमा उचित ढंगले बोल्ने जस्ता अनुशासनका नियम नतोडने ।

११.   आफ्नो पक्षलाइ फाइदा पुर्याउन जानी जानी कायम नरहेको नजिर र मुद्दामा लागु नहुने खारेज चएको वा संशोधन पूर्वको कानूनको अदालतमा जिकिर लिन नहुने ।

१२.   मिसिलमा नभएको तथ्य जानी जानी बहसमा प्रस्तसत गर्न नसुने ।

१३.  आफु साक्षी रहेको लिखत सगँ सम्बन्धित मुद्दामा कानून ब्यबसायिका रुपमा संलग्न हुन नहुने।

१४.  पक्षले मुद्धामा उपलब्ध गराइएका जानकारीको गोपनियता भंग गर्न नहुने ।

१५. व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा परिपत्र समाचार प्रकाशन विज्ञापन र पत्राचार जस्ता काम गर्न नहुने र साथै ठूलो साइन बोर्ड आदि राख्न नहुने ।

१६.   पक्ष सगँ प्रतिशतमा पारिश्रमिक लिने वा ठेक्का पट्टा बोल कबुल गरी मुद्दा लिन नहुने।

१७. अदालतको समयमा मादक वा लागु पदार्थ सेवन गरी उपस्थित हुन नहुने ।

१८.  मुद्दाको हारजितको आधारमा आफ्नो पारिश्रमिक तथ गर्न नहुने ।

१९.   परिषदले  मागेको समयमा झुट्टा विवरण नदिने ।

२०.  आफु सगँ काम गर्ने लेखन दास वा आफुले गरेको मश्यौदा बाहेक अरुले तयार गरेको मश्यौदामा सहि नगर्ने।

२१.  मुद्दा प्राप्त गर्न दलाल नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइ दिए वापत कसैलाइ पनि दलाली दस्तुर दिन नहुने ।

२२. चल अचल सम्पत्ति हस्तान्तरण सम्बन्धिकाममा दलाली गर्न नहुने ।

२३. एकै मुद्दामा पक्ष र विपक्ष दुवैका तर्फबाट स्वयम मशौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुदैन र आफुसँग काम गर्नेलाइ पनि जानी जानी बहस पैरवी गर्न गराउन हुदैन ।

२४. पक्षले दिएको लिफामा तमसुक करारनामा आदि खडा गरी आफुलाइ फाइदा वा पक्षलाइ बेफाइदा हुनेकाम गर्न हुदैन।

२५.पक्षले दिएको सद्दे लिखत बिपक्षी सगँ मिलि बिगारी प्रमाण नलाग्ने वा काम नलाग्ने तुल्याउन हुदैन ।

२६.   पक्षले दिएको लिखत समेत अन्य प्रमाण बिपक्षीलाइ फाइदा पुर्याउने उद्देश्यले उपलब्ध गराउन हुदैन ।

२७.भ्रष्टाचार गर्न गराउन हुदैन।

२८.  नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुदैन ।

२९.  वरिष्ठ अधिवक्ताले कुनै पनि मुद्दामा इजलासमा बहस गर्दा कम्तिमा एकजना अधिबक्तालाइ ब्यबसायिक रुपमा संलग्न नगराइ उपस्थित हुनु हुदैन र सामान्यतया प्रसाशकिय अड्डामा बहस पैरवीका लागि पनि उपस्थित हुनु हुदैन ।

                                                       बुद्धिसागर बराल

                                                     बेसिशहर ८ लमजुङ।

 मितिः२०७८।०३।२९

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |