खोज खबर ३६२
याद
गरी राख्नु
कहिले काहि नभनौ भनेको कुरा पनी भन्नु पर्ने रहेछ र लेख्न मन
नलागेको कुरा पनि लेख्न पर्ने रहेछ। केहि दिन अघी देखी मलाइ नेपालको षडयन्त्रले
भरिएको धमिलिएको र घृणित तथा घिन लाग्दो र टिठलाग्दो राजनिति तथा
यहि राजनीति संचालन गर्दै आएका राज नेता हौं भन्ने गरेका नायक र महानायक तथा
खलनाएक महानुभावहरुको गतिविधि र चाल चलनलाइ नियाल्दा राजनीति र नेताको प्रसंग आउने
बित्तिकै समाचारै भए पनि बहिस्कार गर्दै आएको थिए। यसरी रहदा बस्दा पनि चित्त शान्त भने हुदो रहेनछ।समुदायमा
रहदा बस्दा आफु राजनीतिकर्मी नभए पनि मनमा अनेक किसिमका तर्क र वितर्कहरु आइ रहने
रहेछन। नसुनौ भन्दा पनी सुनिदो रहेछ र नदेखौं भन्दा पनी देखिदो रहेछ। मानिसले
धैर्यता र नैतिकता गुमाए पछी वा नांगै
हिडेर नांगै छैनस भन्ने रमितेलाइ अघिपछी लगाइ लाजसरम पचाए पछी । त्यसै गरी सहनशिलतालाइ लुकाए पछी तथा बुद्धि र विवेकलाइ
बन्धकीमा राखे पछी । राजनीतिक कर्मी हुँ भने पछी जे बोले पनी र जे गरे पनि हुदो
रहेछ। मानिसहरुले अचम्म मान्दै भन्ने गरेका छन बुद्धिमान कहलिएका अरुलाइ उपदेश
दिदै आएका र विवेकी भनिएकाहरु पनि मुर्ख देखी दैव पनि डराउछ भन्ने भनाइलाइ साथ लिइ
दम्भ र घमण्डको अगाडी गरुडको छाँयामा परेका सर्प समान हुदा रहेछन।पेटमा एउटा कुरा
र बाहिर अर्कोकुरा बोल्ने गर्दा रहेछन। आफ्नै पोल्टाको लप्सी अर्काको पोल्टामा
पुगि सक्दा पनि थाहा नपाउनु तथा त्यसै गरी सगरमाथाको शीरबाट एकैचोटी समुन्द्रको
पिधमा पुग्दा पनि चेत नआउनु भनेको अचम्मै हो भनी मानीसहरुले भनि आएका छन। जुनसुकै
कुराको पनि एक सिमा र हदसम्म मात्र उसको क्षेत्र हुन्छ जसरी दुध उम्लिए पछी भुइमा
पोखिन्छ। पोखिइ सकेको दुध के फेरी भदालोमा फर्काएर जस्ताको तस्तै गरी ल्याउन
सकिन्छ र। उम्लिनु पूर्व नै सतर्क हुनु पर्ने हैन। हाहा र हुहु गरी आएका नयाँ र अवसरवादीलाइ त
थाहा भएन भएन तर राजनीति नै गरेर जुँगा र दाह्री फुलाएका र कानूनका विज्ञ हुँ
भन्नेलाइ यत्ति पनि थाहा हुन पर्ने हो की होइन ।
घुर्की फुर्की र दवावले
तथा हप्काएर र दप्काएर अहिलेका कोहि पनि मानिसलाइ नजिक्याउन सकिदैन जसरी दया माया
धैर्यता सहयोग सद्भाव र सहिष्णुताबाट सकिन्छ। नैतिकता इमान्दारिता र बिस्वाशबाट
सकिन्छ ।मुर्ख्याइबाट नभै बुद्धि विवेक र व्यबहारबाट नजिक्याउन सकिन्छ। तित्राको
मुख नै बैरी हो भन्ने कुरा सदा सर्वदा चिन्तन र मनन गर्नु पर्दछ।थोरै बोलेर धेरै
काम गर्दा राम्रो हुने बिज्ञहरुले बताउदै आएका पनि छन। आफ्नो मात्र बिचारले काम
नगर्ने र पहुँच नपुग्ने स्थानमा अरुको बिचारको पनि कदर गरी स्थान ग्रहण गराउनु
पर्दछ। शक्तिमा रहदा साथिभाइ आफन्त र इष्टमित्र तथा शुभ चिन्तक पनि नचिन्ने। साथि
र सहयोगीको फोन पनी नउठाउने। शुभकामना दिन फोन गर्दा भेट पनी नदिने अनि पछी आएर
मलाइ अशहयोग गरे भन्न पनि लाज नमान्ने । यसैको लागि हो त जन्ताले बलिदानीका साथ मत
दिएको। यस्तै हुन्छ राजनीति गर्छु भन्नेको धर्म ब्यबहार तथा आचरण। मानवको सम्पुर्ण
जीवन नैतिकतामा अडेको हुन्छ । आफैले जन्माएर हुर्काएर यौवन अबस्थामा पुर्याएर केहि
कामै गर्न नपाउदै अवसान गराउदा कत्ति पनी पश्चताप नहुनु भनेको मानविय आत्मा होइन।
त्यसमा पनि राजनीति सदै अवसरवादको घोडा चढेर आउछ भन्ने कुरा दशकौं वर्ष राजनीति
गरेका र जेल र नेल खाएका हौं भन्नेले बुझ्न पर्ने की नपर्ने । त्यसै गरी जीवनमा
अवसरहरु कमै मात्र आउछन र त्यसको सहि उपयोग गरेमा मात्र सहज र स्थायित्वको सृजना
हुन्छ भन्ने सम्म पनि नबुझ्नेले किन राजनीति गर्न र नेतृत्व लिन कस्सिने ।अर्को
तिर पद शक्ति र सम्पत्ति सधै एउटैको हातमा रहदैनन। यिनिहरुको स्थायित्व हुदैन ।
केहि समयमात्र टिकाउनको लागि भने पनी उपयोग गराउनेमा धैर्यता इमान्दारिता र एकता
कायम गरी राख्न सक्ने क्षमता हुनु पर्दछ।
सहनशिल र बुझक्कड तथा समयमै निर्णय गर्न सक्ने पनि हुनु पर्दछ ।
एक हातले मात्र ताली
बज्दैन। एक थोपा पानीले मात्र पनि सागर बन्दैन । त्यसै गरी एकजना ब्यक्तिले मात्र
पनि राजनितिक दल बन्दैन र बनाएको पनि होइन । लाखौं लाखको प्रयत्न र धेरै समयको
अन्तरालले मात्र राजनीतिक दलले सक्षमता लिन्छ। तर जुटन जति कठिन हुन्छ फुटन त्यो
भन्दा कैयौं गुना सजिलो हुन्छ। यो कुरा नबुझ्ने मानिस नेता नै होइन र हुनै सक्दैन
।आन्तरिक रुपमा वाद बिवाद र बिचारको मन्थन गरी साथिहरु भित्रबाटै समाधानको मार्ग
खोज्नु पर्दछ गालि गलोज र तछाड मछाड गरेर होइन। राजनैतिक दलहरुले आफ्नो मुल्य र
मान्यता आफैले कायम गराउनु पर्दछ । त्यहाँ उत्पत्ति भएको विवाद आफुबाट समाधान हुन
नसके सहज कर्ताको माध्यम बाट पनि समाधान गर्नु पर्दछ। नत्र यसले संक्रामक रोग
जस्तै रुप लिन सक्दछ। कहिले काही राजनीतिमा आँधी र हुरी पनि आउन सक्दछ। त्यति बेला
एउटा आगो र अर्को पानी भै दिएका सहजै किसिमबाट समाधान हुन सक्दछ नत्र त्यसले केहि
न केहि क्षती गराए रै छोडछ। त्यसैले राजनेता हुँ भन्नेले अत्यन्त संयमी हुनै
पर्दछ। घुर्की फुर्की र दवावले अहिलेका कोहि पनि नजिकिदैनन। बन्दुक हातमा भैन्जेल
मात्र दवाव र प्रभावले काम गर्दछ। यिनै कुराहरुको कमी र कमजोरीका कारण आज नेकपा
एमाले भन्ने पार्टी त ठूलो की म ठूलो भन्दा भन्दै क्षत विक्षेतको अवस्थामा पुगेको
छ। नेताहरु कता जाउँ कता जाँउ हुदा हुदै
जता मल्कु उतै ढल्कु भए।अजिंगर जस्तो संरचना धरतिमा विलय भयो। कोहि बाहिरिय कोहि
भित्रिय कोहि वेवारिसे बनि सडकमा मिल्किएका छन। अन्य दुरुत्साहि र रमितेहरु
बहुदलिय जनवादको प्रतिफल भनि खासखुस गरि रहेका छन।आफैबाट सुरु भएको बहुदलिय
जनवादलाइ ध्वस्त बनाय भनिरहेका छन।हिजोको जस्तो संरचना बनाउन अब पशुपतिनाथ नै बनेर
आए पनि कठिन छभनी यस्तो घटना घटाउने वा यसमा सहभागि हुने सबै नेता प्रति खेद प्रकट
गरी रहेका छन। धन्य नेता ज्युहरु तपाइहरुको
सपना त पुरा भयो तर ३ करोड जन्ताको सपना भने अधुरै रह्यो। नउठाउनु पर्ने कुरा उठायौ।
आउरे वाउरे र धुपाउरेको पछी लाग्यौं ।स्वार्थन्ध भयौं। अरु कोहि कसैलाइपनी मानिस
हुन भन्ने नै ठानेनौं। एमाले लाइ जनताको नजरबाट गिरायौं र निल्नु न ओकल्ने बनायौं।
नगर्नु पर्ने काम गर्यौ । तिम्रा पछाडी अब
जिउदाका जन्ति र मर्दाका मलामी समेत हुने छैनन। याद गरी राख्न्नु । अस्तु।
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः२०७८।४।४