।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

 खोज खवर ३४५

                               भुइमा धसिएर.  . .

           मानवको  मष्तिष्कले गर्ने काम सोंच विचार र संवेग तथा  मन र उसले ब्यक्तिगत र सामाजिक रुपमा देखाउने मानसिक प्रकृया तथा व्यवहारको अध्ययन गरी बिश्लेषण गर्ने शास्त्रलाइ मनोविज्ञान भनिन्छ। यसलाइ अर्को अर्थमा आत्माको बिज्ञान को रुपमा( As a  science of soul) पनि लिइन्छ।त्यसै गरी मनोबिज्ञानलाइ बैज्ञानिक अनुशासन र भविष्यद्रष्टा मन मष्तिस्क र चेतनाको बिज्ञान पनि भनिन्छ। मनोवैज्ञानिक रुपमा नियाल्दा  मानिस एउटा सामाजिक सोच विचार चिन्तन र सृजना गर्न सक्ने प्राणी हो। बिचार र उसको व्यवहार  कै कारण मानिस गुणी र अवगुणी तथा दुषित र स्वच्छ पनि बन्दछन । हामी को हौं र कहाँबाट आयौं र अहिले हाम्रो अवस्था कस्तो छ भनि बुझ्न र जान्न चाहन्छौं । त्यसैको आधारमा धेरै मानिसहरु  निराशावादी भन्दा पनि आशावादी हुन्छन । केहि न केहि परिश्रम गरेर होस वा कुनै न कुनै क्षेत्रलाइ अगालेर वा अनुसन्धान गरेर भने पनि आफ्नो भविष्यलाइ उज्वल राख्न चाहन्छन । कोहि अध्ययन र पठन पाठनमा उत्कृष्ठता हासिल गर्ने आशा गर्दछन भने कोहि धन सम्पत्तिका भोका हुन्छन। कोहि उच्च राजनैतिक पद प्रतिष्ठा मान मर्यादा र इज्जतका लोभी हुन्छन। कोहि दानी र आत्मज्ञानी पनि हुन्छन। तर कोहि कोहिको मन चुलबुले भइ छिन छिनमा परिवर्तन भइ रहने र केहि पनि निर्णय गर्न नसक्ने निराशावादी पनि हुन्छन। धेरै जसो मानिसहरुको मन अरुलाइ अपमान गर्न खसाल्न  मनोबल गिराउन लागि परि रहन्छन। अनि आफै मात्र योग्य र सक्षम हुँ भन्ने अहंकार र घमण्ड गरी रहन्छन। अर्काले गरेका काम र बोलेका बोलिमा चित्त बुझाउदैनन । राम्रो नराम्रो समय सन्दर्भ वा असन्दर्भ सबलता र सक्षमताको पनि ख्याल गर्दैनन। आफुले गरेका गल्ति र कमजोरीको समिक्षा नै नगरी एकोहोरो रुपमा भदौमा आँखा फुटेको गोरुले झै गरी एकोहोरि रहन्छन । मानिसहरुमा देखिने यस्तै यस्तै मनोबैज्ञानिक प्राकृतिक बिबिधताका कारणले एक आपसमा बैमनश्य फुट बिग्रह कल झगडा र मत मतान्तर हुने गर्दछ।एकतामा अनेकतागएर बस्दछ। प्रत्येक बिषय बस्तुमा आरोप र प्रत्यारोप दैनिकी बन्दछ।एउटाका राम्रै चिन्तन विचार काम र कुराहरु पनि नराम्रा बन्दछन । अनि मानविय मुल्य र मान्यतालाइ बिर्सेर सत्यलाइ असत्य र असत्यलाइ सत्य भन्न थालिन्छ। त्यस पछी त झन धर्म र कर्म बिर्सेर बोली चाली र ब्यबहार पतोन्मुख हुदै रीस राग र द्वेषमा अल्झिएर  मानविय मुल्य मान्यता र सद्भाव तथा माया ममता समेत तोडी असभ्य पशुको श्रेणिमा पुगेको थाहै हुदैन रहेछ। सबैको हाइ हाइ भएको ब्यक्ति छिनभरमा बाइ बाइ हुन्छ।  जुन जुन भौगोलिक स्थानका वा मुलुकका मानिसमा राजनैतिक रुपमा यस्तो आचरण र स्वभाव देखिन्छ त्यहा नैतिकता नियमितता सत्यता सभ्यता स्थायित्व भन्ने बस्तुले अग्रता लिन सक्ने रहेनछ। त्यहि कोटीका जनतामा हामी नेपाली परेका रहेछौ । हाम्रो ज्ञानको ज्योतिको साथै आँखाको ज्योति समेत गुमेको असभ्यता र अस्थिरताको भुमरीमा रहनु परेको स्थानाभिषेकको कारणले नभै व्यक्ति विशेकको कारणले रहेछ ।  विश्वले ज्ञान र विज्ञानको तथा प्रविधिको विषयमा गरेको चरमोत्कृष्ट प्रगति र उन्नतिलाइ टुलु टुलु हेरेर बस्ने वाहेक केहि गर्न नसकि कर्म र भाग्यलाइ दोष दिइ हाल सम्म पनि पनि अध्याराको अध्यारैमा रहेका रहेछौ।

 जसरी आमाको वात्सल्यता बुझन सक्ने क्षमता वास्तबिक आमामा मात्र रहन्छ  त्यसै गरी त्यस मुलुक र जन्ताको आकाश वा छाताको रुपमा रहेको राजनैतिक आबश्यकता चाहना र बास्तविकता भित्रैबाट बुझ्न सक्ने  राजनैतिक नेतृत्व चाहिने रहेछ । जसरी मौरीले आफ्नो नेतृत्व गर्न आफुहरु मध्येबाटै रानीको छनौट गरी उसैको नेतृत्वमा एकता कायम गरी गोल बन्द भै रहन्छन र अमृत रुपी महको उत्पादन गर्दछन। त्यस्तो  देख्ने र बुझने हामी सबै छौ । यहि ज्ञान अरुलाइ बाड्न पनि तयार छौं तर ब्यबहारमा उतार्न भने हामी बिकसित प्राणीको रुपमा हौं भने पनि सकेका छैनौ । किनकी हामीमा सद्भाव सहिष्णुता र सहयोगको भावना कम छ । एकता भन्दा अनेकता रुचाउछौ। जुटन भन्दा फुटन रुचाउछौ ।फराकिलो मनोविज्ञानको घेरालाइ नै संकृणतामा लगेर विलिन गराउछौं। मित्रता बढाउने भन्दा पनी शत्रुता बढाउनामा उद्धत रहन्छौ । सत्ता र शक्तिमा मात्र ध्यान पुर्याउछौ। सत्ता र शक्ति भनेका चल हुन र यी सधै आफै सगँ मात्र रहदैन भन्ने सोच बिचारै गर्दैनौ । बिषयको विशिष्टता प्रभावकारिता र ज्ञान बिकास गर्न तिर लाग्दैनौं। कसरी जन्तालाइ  राज्यको बिकास र प्रगति तर्फ उन्मुख गराउन वा उत्प्रेरित गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिदैनौं।आफूले गरेको नेतृत्व कति सफल र कति असफल भएको छ र कति उचाइ बढेको छ वा छैन  भनेर सिंहावलोकन गर्दैनौ ।बोली बचनले सूचना र  संचारमा के कति कौशल बढेको छ भनेर पुनरावृति गर्दैनौ। समय सानदर्भिक निर्णय भएको छ वा छैन तथा आफ्नै स्मृतिमा सुधार भएको छ छैन ख्याल गर्दैनौ । मुलुकको संचालनमा प्रभाकारी रुपमा वित्तिय निर्णय भएको छ छैन वा कार्य क्षमतामा सुधार भएको छ छैन भनि मनो वैज्ञानिक रुपमा विश्लेषण गर्दैनौं। अधिक उत्पादन कागजमा मात्र हो की फिल्ड मै हो त्यस तर्फ पनि ध्यान दिदैनौं। आखिरमा गएर न आफ्नै विचारलाइ परिष्कृत गर्न सकेका छौं न आफैलाइ राम्ररी बुझ्न सकेका छौ । आफ्नै धोती फूस्केर नांगै हुदा र दुनियाँले हास्यपात्र बनाउदा पनि ख्याल गर्दैनौ। खाली अन्यौल र अस्थिरताको भुमरीमा मात्र अल्झन र अल्झाउनजानेको नेपालको हालको ब्यक्तिवादी राजनैतिक मनोविज्ञानको ब्यबहारिक पक्षलाइ केलाउदा मान्छेको भिडभाड गराउन भडकाउन र झुक्याउन तथा टुट फुट र गुट बनाउन वा अपराधिलाइ छुट दिन  र राजनीति दृष्टिबिहिन हुन्छ र राजनैतिक मनोविज्ञान बिक्षिप्त ब्यबहार देखाउने साधन मात्र हो भन्ने शन्देस दिन भन्दा अरु केहि जाने जस्तो लागेको छैन । सम्पुर्ण चराचर ब्रमाण्डको बिषयको ज्ञानको परिचालन गर्ने मानव को मनोभाव वा मनको बिज्ञान एक बैज्ञानिक नैतिक र जीवनभरको अनुशासन पनि हो । यसैलाइ रथमा राखि गुडाउने राजनैतिक मनोबिज्ञान मै धमिरा लागी भुइमा धसिएर चल्न नसके पछी  रथ माथि बस्ने जन्ता र मुलुकको हालतको झन के वयान गर्ने । अस्तु. .  

                                                                                           बुद्धिसागर बराल

                                                                          बेसिशहर ८ लमजुङ

 मितिः-२०७७/१२/३

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |