।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 21, 2021

 

  खोज खबर ३४४

                       दृष्टि विहिन ले . . .

  सच्चिदानन्द सरस्वती खप्तड बाबाका अनुसार विचार अदृष्य हुन्छ । यसलाइ चर्म चछु द्वारा देख्न सकिदैन। हुन त यसमा विषेश रुप र रंग तथा जीवन शक्ति पनि हुन्छ। यसको उत्पत्तिको स्वरुप अती शुक्ष्म परमाणु मय हुन्छ र यि जत्तिको वेगवान संसारमा अन्य कुनै वस्तु हुदैन। पृथ्वीमा भएका सबै चिज वा वस्तु भन्दा शक्तिसाली र बलशाली विचार नै हुन्छ । एक अमेरिकी बैज्ञानिकका अनुसार एक सेकेण्मा प्रकाशको गति १८६००० माइल भए भै विचारको गतिको प्रवाह ४००००नील देखि७००००निलमाइल सम्म पनि हुन सक्छ। विचारको वेग दिनमा भन्दा रातमा बढी हुन्छ। यसलाइ कसैले रोक्न सक्दैन त्यसै कारण जति पनि राम्रा र वेगवान विचारहरु रातको समयमा प्रस्फुटित भएर विद्वान तथा वैज्ञानिकहरुवाट आएको पाइन्छ। शरिर मरे पनि विचार र चिन्तन मर्दैन । यसैका कारण हाम्रा असंख्य विद्वत पुर्वजहरु को भौतिक शरिर हाम्रा सामु नभए पनि उनिहरुको विचार भने यथावत रहि रहेको छ। तिनैको आधारमा संसार चली रहेको छ । विचारहरु मष्तिस्कबाट निस्कने हुन्छन। यिनिहरु राम्रा भए भने सबै जनजनको भलो हुन्छ भने विचार दुषित भयो भने आफुलाइ त के कुरा वरपरका समेतलाइ दुषित वनाउछ जसरी एउटा कुहिएको आलुले थैला भरिका आलुलाइ दुषित बनाउछ। त्यसैले भनिन्छ जस्तो विचार त्यसै प्रतिफल ।

  ऐले नेपाली जनमा यहि विचारमा खडेरी परेको छ। हामी सबैले चिन्तक र विचारकको रुपमा नेतालाइ लिने गरेका छौ ।उसले कागले कान लग्यो भन्यो भने पनि हामी आफ्नो कान न छामी कागको पछी पछी कान खोज्न दगुर्ने गरेका छौ । आफु सगँ पनि विचार विवेक र बुद्धिहुन्छ भन्ने कुरा थाहा पाएकै छैनौ । नेता शब्द जत्ति लोकप्रिय छ त्यति नै अलोकपृय पनि छ भन्ने पनि बुझेकै छैनौ । नेता भनेका ताल परे तिवारी नत्र गोतामे बनी दिन्छन भन्ने पनि थाहा पाएकै छैनौ। नेता हौ भन्ने ले नै तपाइ हामी सबैलाइ जालमा पारी पुरा गर्नै नसकिने आश्वासनहरु बाढी गुमराहमा राखी सिद्धान्त र नीतिमा चलखेल गरी बिक्री बितरण गरी आज सम्मै भ्रममा पारी बत्तिमा पुतली होमिए झै गरी होमी रगतमा होली खेली अनाथ र अपांग पारी भडखालोमा हाली रहेको हामिले बिर्सि रहेका छौं। असल र सक्षम नेता हुन त  विवेक र विचारवान ५०सौं वर्ष पछी सम्मको जन्ताको भविष्य दृष्टिगत गर्न सक्ने जन्ता समूह र संस्था तथा राज्यको विनापुर्वाग्रहि भै जिम्मा लिन सक्ने विधि विधान नीति नियम संबिधान र ऐन तथा कानून अनुसार चल्न सक्ने वा नेतृत्व लिन सक्ने हुनु पर्दछ। परिवर्तनसिल र सिर्जनसिल अग्रगामी र क्रान्तिकारी तथा भिजिनरी मिसिनरी र कार्यकारी समेतको भूमिका निर्वाह गर्न सक्ने हुनु पर्दछ। त्यसै गरी  बिश्वासिलो निष्ठावान जवाफदेही र इमान्दार पनि हुनु पर्दछ । बोल्दा र काम गर्दा मर्यादाको ख्याल गरी सबैमा सहयोग र सद्भाव राख्न सक्ने तथा शुद्ध आचरण र स्वभाव भएको पनि हुनु पर्दछ भन्ने बुझ्नु पर्ने देखिन्छ। तर हालको परिप्रेक्षमा हेर्ने हो भने नेपालमा यस्तो राजनीतिक नेता बत्तिबालेर खोजे पनि पाइन सक्ने अवस्था भने देखिदैन । जतिसुकै क्रान्ति र प्रतिक्रान्ति गरेको हुँ प्रगतिसिल र आधुनिक तथा भौतिकबादी र आदर्शवादी हुँ भने पनि आखिरमा गएर साम्प्रदायिक र पक्षपाती देखिइ रहेकै छन।जातिवाद र ब्यक्तिवादका कोशे ढुंगा बनेकै छन। तेरो र मेरो भन्न छोडेका छैनन। हुन त यहाका आशामुखी र निर्वाहमुखि नेतालाइ पनि थाहा होला विचारकै आधारमा मानिसहरु ठूला नितिज्ञ ‚‚ज्ञानी महान र महात्मा बनेका हुन । अजर र अमर पनि बनेका छन । विचारले नै मानिसलाइ एकत्रित गर्दछ। शुरा र शक्तिशाली पनि बन्दछन । विचारको उपज नै आबिष्कार र अनुसन्धान हो ।  विकास परिवर्तन र प्रगति हो । तर्क र सृजना तथा छलफल र वार्तालाप आबिष्कारका जननी हुन । विचार बाटै मानिस समाज र राज्य संचालन हुन्छ । लोभ लालचा इर्ष्या र डाहले मन भित्र भित्रै जलि विचारलाइ दुषित पार्दछ अधो गतिमा लैजान्छ।चलेको गोली र बोलेको बोली फेरी फर्केर आउदैन। त्यसैले बोली निकाल्दा सजकता अपनाउनु पर्दछ। मानवको जिब्रोमा हड्डी हुदैन तर यसले हजारौं जिव्रोलाइ तोडन सक्दछ। धैर्यता मानवको महान गुण हो भने यहि नै क्रोध र इर्ष्याको औषधी पनि हो । मानव भए पछी अरुको विचार भावना योग्यता र दक्षताको पनि कदर गर्न जान्नु पर्दछ । सबैको सहयोग एकता र मित्रता राजनैतिक सफलताको द्योतक र बल पनि हो । इर्ष्या र अहमता अज्ञानताको सूचक हो । बिचार र चिन्तनमा विचलन आएका नेताहरुमा स्थिरता हुदैन।पदलोलुप हुन्छन। काममा नियमितता र लगनशिलता हुदैन । उत्साह र उमंग पनि हुदैन । मधुरता र सरलताको त कुरै छोडौं। सत्य तथ्य र एकाग्रताको पनि कुरै नगरौं। अझ एकता धैर्यता र दृढताको पनि प्रसंगै नउठाउँ। दया माया र शुद्धता तथा क्षमाशिलताको पनि कुरो नगरे हुन्छ। जब यी सबै कुराहरुलाइ बिर्सि दिन्छौ त्यहा निरंकुशताको जन्म हुन्छ। अनि निरंकुशताले क्रमैले लोकतन्त्र प्रजातन्त्र गणतन्त्र वा जनतन्त्र जे जे नामाकरण गरिए पनि सबैलाइ ध्वस्त बनाउछ भन्ने आदि आदि।

      नेपालका नेता हुँ भन्नेलाइ अझै पक्कै पनि थाहा हुन पर्ने हो Sermon on the Mount  भन्ने इसाइहरुको धार्मिक ग्रन्थमा उल्लेख भएका तलका कुराहरु 

If a man smite there on one check turn to him the other also.

Love your enemies

Bless them that cures

Do good to them who hate you”.

  यसै गरी राजनीतिक बिचारक विलिफ ले भनेका कुराः सत्तामा पुगे पछी बुद्धिमानले पनि विद्वता गुमाउछ भन्ने र अब्राहम लिंकन ले एउटा कुशल शासकलाइ देशको भविष्यको बारेमा चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाइ केवल आगामी  चुनावको मात्र भन्ने कुरा।

  यसरी हेर्दा सक्षम सबल र दक्ष नेता हुनको लागि भिजनमिसन र गोल स्पष्ट भएका करिष्मा बचाउन सक्ने प्रत्येक कृया कलाप गर्दा योजनाबद्ध रुपमा  होस पुर्याएर काम गर्न सक्ने बौद्धिकता र नैतिकता चाहिने रहेछ। तर हामिले आज सम्म मानी आएका र भोगि आएका नेताको सत्तामा रहदाको बडप्पन घुर्की र फुर्की वा चाल चलन ब्यबहार वा विचार देख्दा उदेक लागेको छ। उनिहरु सधै त्यही पदमा रहने जस्तै वा देश नै उनिहरुकै प्याओ जस्तो ठानी प्रतिफल बिनाको बिचार ल्याएको पाइन्छ। यसरी हामिहरु सबैको आज सम्मको परिश्रम र पसिना तथा सबै लगानीलाइ हावाले उडाएर लगेको देख्दा भने. . . .खोलाको ढूंगामा गएर दुःख पाइस मंगले आफ्नै ढंगले भनी टाउको ठोकी ठोकी चिच्च्याइ दिउ की भन्ने विचार त आउछ तर एक्लो बृहस्पति झुठा भने झै एउटाले मात्र  चिच्च्याएर   केहि हुनेवाला देखिएन सबै दृष्टि बिहिनले हात्तिलाइ छामे जस्तो भैदिए पछि। अस्तु. .  

                                                          बुद्धिसागर बराल

                                                       बेसिशहर ८ लमजुङ ।

 मितिः-२०७७/११/१८

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |