खोज खबर ३४३
बेइमानीले
बेइमानीलाइ नै
झुठो तग्दैन सत्य डग्दैन
भन्दै सधै न्याय र सत्यको जित हुन्छ भन्थे
बुढा पाकाहरु । त्यो आज सत्य सावित भएको छ २०७७ साल फाल्गुण
११गतेसर्वोच्च अदालतले गत पौष ५ गते प्र.म.के.पि. ओलीले गरेको प्रतिनिधि सभाको बिघटनलाइ पुनर्स्थापना
गरि दिए पछि। हाम्रो धर्म शाश्त्रले पनि त्यस्तै संकेत गरेको थियो ।सत्ययुगमा
राम्रो ‚ जनहितकारी‚ गुणी र सद्भावी ब्यक्तिलाइ भगवानले पनि चिनी
रहेका हुन्थे र उनैले बिभिन्न देवी र
देवताको माध्यमबाट रक्षा गरिन्छन भनिन्थ्यो यो पनि खाली मित्थ्या जस्तो लागेको
थियो । तर हामीले थाहै पाएका रहेनछौ ऐले त
कली युग पो रहेछ ।
यो कलीयुगमा त जनतामात्र नभइ देवताका
देवता पनि निरिह र शक्तिहिन भएका रहेछन अहंकारीका सामु। दिन दहाडै आफु बिक्री र
अपमानित भै क्रेता र विक्रेताका विचमा काटा काट र मारा मार हुदा पनि केही पनि
बोल्न र गर्न नसक्ने अवाफ बनी सकेका रहेछन । धर्म र अधर्म‚ नैतिकता र अनैतिकता तथा कर्म र अकर्म के हो त्यो
पनि छुट्टयाउन नसक्ने भै सकेछन।लामा पादरी
र पुजारी तथा मुल्लाह लगायतका ले दीनदुःखी भक्तहरुलाइ आफ्नै अगाडी आशिर्वादको
बहानामा बलात्कार गरि रहदा पनि देखेको नदेखे झै गरी अझ बलात्कारी कै पक्षमा लाग्ने
आँट गरि रहेका देखिन्छन। श्री पेचमा गएर
कली ले बास गरि सकेर होला झन नेपालमा ऐले त असत्य अन्याय अत्याचार र अधर्मको
कुराले मात्र स्थान पाउने गरेको छ।
झुठ जालझेल जालसाजी ठगीले मात्र अग्रस्थान
लिदै खुरापाती‚ चाकडी र तिलकडम तथा
दलाली वा भनसुन‚ आय तथा पदिय
स्रोतका प्रमुख मार्ग बनेका रहेछन। आजको यस्तो अवस्था हुने बुझेरै होला ततःकालिन समयमै भविष्यबक्ता ‚ अजर र अमर सर्जक महाकवि लक्ष्मी प्रसाद देवकोटा
ले पनि जीवनको अन्तिम समयमा आएर “आखिर
श्री कृष्ण रहेछ एक‚ न ज्ञान भो न भक्ति भो विवेक” भनेका रहेछन। कली युगका राज नेताको बिशेषता नै
ढाटछल रहेछ । त्यसमा पनि मिचाहा र ठेलाहाहरुको ।
अध्यारोलाइ उज्यालो र उज्यालोलाइ अध्यारो भनि रहन सक्ने । लाज शरम पचाउन
सक्ने । देखेको पनि देखिने भन्ने र आफैले लेखेको पनि मैले लेखेको हैन भन्न सक्ने ‚नैतिकता गुमाउन सक्ने । अवसरलाइ पहिलो हतियार
बनाइ संबिधान र ऐन कानुनलाइ खोल्तिमा हाली
आफै कोहोलो हाल्न सक्ने। ठूलाबडा र जान्ने सुन्ने कहलिने रहेछन ।बिश्व बिद्यालयबाट
प्राज्ञता हासिल गरेका अनुभव र सिपबाट
खारिएका सोझा सिझा र सज्जन‚ जालझेल
नजान्ने तथा सत्य र न्यायको पक्षमा बोल्ने
र लाग्ने जति सबैको शिर ठाडो पार्न अवरोध गर्दा रहेछन। इमान ‚ ज्ञान ‚सिप र क्षमताले भरिपूर्ण तटष्थ तथा स्वतन्त्र र निष्पक्ष बिचारका धनी
जति वाहिरिनु पर्ने हामिले त थाहै पाएका रहेनछौ। आउरे वाउरे र भुइफुट्टे नेता जती
माला माल र तानातान भएका रहेछन भने जन्ता
जति भनाभन र हानाहान गर्न थालि सकेका रहेछन। अब छिटै महाभारत सुरु हुने संकेत आइ
सकेको पनि देखिएको थियो । कतिका वंशै नास हुन्थे होलान त कति हिमालको शिखरमा चढन
सफल हुने थिए । यो रमिता कहाँ के कसरी बसेर सुरक्षित साथ हेर्न सकिन्छ र यसको अवतरण के कसरी होला त्यसको लागि
स्थानको खोजी गर्नु पर्ने भएको छ भनि मानिसहरु कुराकानी गरी रहन्थे । महाभारतको
युद्ध कसरी भएको थियो होला‚ कौरव र
पाण्डब कस्ता थिए होलान भनेर कल्पना गर्दा गर्दै त आफ्नै अगाडीपो जाल र झेलका
मतियार सहित नायक र खल नायक भै देखिएका छन। श्री कृष्णले झै रथ हाक्न तछाड र मछाड
छ । तर अन्त्यमा श्री कृष्णको पनि के कसरी
अवसान भएको थियो भन्ने कुरा चाही कसैले पनि हेक्का राखे जस्तो भने पाइएको थिएन । महाभारतको
युद्ध जसरी न्याय र अन्यायको लागि थियो भनिय पनि आखिर जन्ताको लागि मात्र नभै सत्ताको लागि पनि थियो । त्यसै गरी यसैको झल्को मेटिने गरी दोश्रो पटक नेपालबाट
महाभारतको युद्धको श्री गणेश हुने
निश्चितै देखिन्थ्यो। यसका पारखीहरुले अहिले सम्म यो कति समय पछी टुंगिएला‚ मुलुकले के कति क्षति व्यहोर्नु पर्ला वा कति
मानिस हताहत होलान वा नहोलान भन्ने अनुमान समेत गर्न लागि सकेको देखिन्थ्यो । कौरव
र पाण्डवका नेतालाइ त केहि हुदैन थिय होला उनिहरु अवश्य पनि वंकर भित्र रहने थिए ।तर
यसैवाट जन्तामा उत्तेजना फैलाइ दिएर जति जिव्रो चलाइ दिए पनि हुनेलाइ त केहि भएन तर
सडकमा ओर्लिएर ज्यान फाल्ने भनेका अबुझ र अर्काको लह लहैमा लागि अन्धा जस्तै बनी
नेताको जयजकार गरी भोक भोकै हिडने जन्ता नै हुन । ऐले सम्म जे जस्तो सुकै राजनैतिक
ब्यबस्था आए पनि र नेताहरुले राज्यको बागडोर समाल्दा पनि हातलाग्यो शुन्य भएको र
यहा साढेको जुधाइ बाच्छाको मिचाइ हो भन्ने
जान्दा जान्दै पनि आँखा चिमलेर दृष्टी बिहिन ले हात्तिलाइ छामे जस्तै गरी जन्ताहरु
हिडेको देख्दा भने अचम्म लागेको छ । के को लागि र कसका लागि यो भै रहेको छ बुझ्न
कठिन भै रहेको छ । जन्तालाइ जनार्दन भनिन्छ ।
त्यसैले उसले बिवेक र बुद्धिको
प्रयोग गरी सत्य र असत्य तथा न्याय र अन्याय छुट्याउछ भनिन्छ । तर ऐलेको नेपालका
केहि जन्ताको क्षमता र बिवेक हेर्दा जनार्दन भन्न सुहाउने जस्तो पनि देखिएको छैन ।
बालबालिका दिन दहाडै बलात्कृत भएका छन ।
निरअपराधी मानिसको हत्या भएको छ। अपराधिहरु खुलम्खुला हाँक दिदै हिडि रहेका छन ।
तिनै अपराधीको अझ सजाँय मा छुट गरिएको छ। भ्रष्टाचारले संस्थागत रुप लिएको छ ।
आर्थिक कमजोर भएका वा रोजगारी नभएका जन्ताको हात मुख जोर्नै समस्या छ । उपचारको
कुरै नगरौ । नेतालाइ विदेशमै गएर उपचार गर्ने ब्यबस्था छ भने जन्ता सगँ सिटामोल
समेत किन्ने पैसा छैन। सरकारी अस्पताल भनिएका जतिमा न राम्रो ब्यबस्थापन छ न औषधी
छ।न राम्रो उपचार हुन्छ। प्राइवेटमा जाने हो भने सिप र प्रविधि त छ तर उपचार गर्न
लाग्ने रकम सुन्दा गेटबाट भित्र पस्नै सकिदैन । उपचारै गर्न नसकेर कैयौ जनताको सडक मै हताहत भै सकेको छ । शिक्षा को र
सुरक्षाको पनि त्यस्तै अवस्था छ । न उपयुक्त ऐन कानूनको व्यबस्था छ न गुणस्तरिय
शिक्षाको । न सुरक्षाको । भ्रष्टाचारले मुलुकको जरा खोतली सकेको छ यसको कुनै खोज तलास र छानबिन हुदैन तर कुर्सिमा
बस्नेको कुर्ल्याइ र जनताको पछ्याइ देख्दा लाज लाग्ने गरेको छ । तर के गर्नु हावा
पानी र माटो नै त्यस्तै भै दिए पछी र बेइमानीले बेइमानीलाइ नै खोजी दिए पछी कसैको
केहि लाग्ने रहेनछ। अस्तु . .. .
बुद्धि सागर बराल
बेसिशहर ८ लमजुङ ।
मितिः-२०७७।११।११