खोजखबर
३४२
आँधी र
हुरीवाद
नेपालमा
वि.सं. २०७७ साल पौष ५ गते राजनीतिको आँधी र हुरीका साथ ज्वालामुखी बिश्फोटन
भएको छ । त्यसैको कारण मुलुकमा राजनैतिक रुपमा भुकम्प को कंपायन भै रहेको छ। पुष-माघमा पर्नु पर्ने
पानी लाइ चैत्ते हुरीले उडाइ दिएर मुलुकलाइ उजाड बनाइ आतंकित
बनाएको छ। जन्ताहरु कता जाँउ कता जाउ के गरुँ के नगरु भएका छन। जहा जाँउ जता जाँउ तछाड र मछाड गरी पक्ष र विपक्षी भइ बिशाल जन
उपस्थितिका साथ मुर्दाबाद र जिन्दावादका नारा तथा भाषणहरु घन्काएका छन। चौताराका
पेटी र सडकहरुमा राताम्य झण्डाहरु फर्फराइ रहेका छन ।सबैमा आफ्नै बासुरी आफ्नै धुन
बजि रहेका छन। कसैलाइ डी भी र कसैलाइ चिट्ठा परेको अनुभव भएको छ भने कोही निरास
देखिन्छन।गाडीको लर्को र तिनिहरुले उडाएको धुलोको कारण बजारिया दिक्क भै सकेका छन
भने सडक वरपर बसि साध्य छैन । साना देखि ठूला सम्म कोरोनाको कहरको वास्तै नगरी स्वा-
स्वा र फ्वा- फ्वा गरी दौडि रहेका छन । सबै राजनीतिकदलका नेता कार्यकर्ता र अन्य
नागरिकहरुले समेत रोजगारी पाएका छन । हिँउदको समय भएर होला टाढा टाढाबाट गाडी रिजर्भ गरेरै भए पनि कसले कति
सम्म‚ आफ्ना हिजो सगँ सगै काँधमा काँध मिलाएर होस्तेमा
हैसे का साथ चिन्तन मनन र बिचार विमर्स गरेका‚ हासेर खेलेर खाएका बसेका र सगसगै हुर्केका तथा बाँची बसि रहे भोली पनि सहपाठी हुन सक्ने लाइ
ढाडै भाच्चिने वा हाडै मक्किने गरि मान
मर्दन‚ गाली गलौज र बदनाम गर्न सक्दा रहेछन भनी सुन्न र
हेर्नको लागि सकि नसकी जुलुस र सभामा सहभागि भै रहेका छन । त्यसै गरी उनिहरु एक
आपसमा खुसु खुसु वात मार्दै भनि रहेका
देखिन्छन मुलुक र हामिले त्यसै दुख पाएका रहेनछौ । साचोँ अर्थमा भन्ने हो भने
नेपालमा जतिसुकै जन आन्दोलन र संघर्ष गरे पनि हाल सम्म पनि राजनीतिक संस्कार र
पद्धतिको प्रादुर्भाव नै भएको रहेनछ । जन्ताको भावना र प्रतिनिधित्व गर्न नसक्ने
राज्य कहिल्यै पनि गणतान्त्रिक वा लोकतान्त्रिक हुन सक्दो रहेनछ । हुन त यहाँ
लोकतन्त्रका पर्यायवाची तथा गणतन्त्रका अनुयायी हौं भनेर फलाक्तै हिडने गरेका
राजनैतिक दलहरु पनि पाइन्छ । ती फलाक्दै हिडने कोहि कसैमा पनि न लोकतान्त्रिक
भावना पाइयो न गणतान्त्रिक । अझ साच्चै भन्ने हो भने नेपालका राजनैतिक दल हरु
मध्येको नेपाली कांग्रेस ले आफु प्रजातन्त्रको पहरेदार हुँ भने पनि उसमा आज सम्म
पनि सच्चारुपमा प्रजातान्त्रिक मुल्य मान्यता र संस्कारको बिकास भै सकेको रहेनछ ।
त्यसै गरी नेपालमा कम्युनिष्ट हौं भन्ने पनि कम्युनिष्ट होइन रहेछन । यी सबै
नक्कली र अवसरवादी रहेछन।लोभी पापी र पदका भोका रहेछन । जन्तालाइ भ्रममा पार्न
माहिर रहेछन। यिनिहरुमा त झन न नैतिकता रहेछ
न आत्म संम्मान। न बिश्वास न संयम । न धैर्यता । न परिस्कृत बिचार। यिनिहरु
त खाली जन्तालाइ दण्ड ‚ दवाव र बाधा
उत्पन्न गर्ने साधन मात्र रहेछन। खाली राज्यलाइ गलत र परम्परागत शैलीमा ढाल्न
बाहेक केहि जानेका रहेनछन । हातमा सत्ता आए पछी त झन के गरौं र कसोगरौं भनि
बाँदरले हातमा नरिवल खेलाए झै गरी जन्ताको सार्वभौम अधिकारलाइ कुण्ठित गरी‚ जनमतको अवमुल्यन गरी ‚संबिधानलाइ रद्धिको टोकरीमा मिल्काइ सर्वसत्तावाद
लागु गर्न चाहदा रहेछन। नागरिकको न यहाँ वाक स्वतन्त्रताको रक्षा गरिएको छ न
समानता र सुरक्षाको। न रोजगारको उचित ब्यबस्था । लाखौं लाखलाइ बिदेसीको सेवा गर्न
पठाइ प्राप्त भएको रेमिटेन्समा आफुले दाइ हाल्दा रहेछन। एकतालाइ अनेकतामा बदली
खाली देखावटी र आश्वासनवादको सिरानी हाली जन्तालाइ ठगि रहेका रहेछन। सत्ता भने पछी
नैतिकताको त कुरै छोडौ लाज सरम केहि नमानी पदमा जुगो टासिए झै टासिइ सडकमा नांगै
सुत्न पनि पछी पर्दा रहेनछन।
हुदा नहुदा काम गर्ने अनि
त्यसको पछाडी राष्ट्रियता झुण्ड्याइ दिए पछि सबै कुरा ठीक हुन्छ भन्ने सोच्दा
रहेछन । न राष्ट्रियताका दुइ तत्वहरु मानव
र उसको भावनाको कदर गर्नु पर्छ भन्ने थाहा छ न संस्कार र संस्कृतिको‚ न भाषा
र रिती रिवाज तथा सभ्यता र धर्मको । न
एकताबद्ध भइ समूहमा रहदा एकात्मक भावनाको बिकास हुन्छ अनि राष्ट्रियताको जन्म
गराउछ र त्यस पछी राष्ट्रियताले मानिसहरुलाइ एउटै सुत्रमा बाध्दछ भन्ने थाहा छ। त्यसै
गरी मानिसहरु समुह समुहमा विभक्त भै राजनितिक स्वरुपको निर्माण हुन्छ भन्ने । हामी
सबैलाइ त्यसमा पनि बढी सत्ता हाक्ने लाइ के थाहा हुनु पर्दछ भने राष्ट्रियताका मुल
तत्व भनेका भौगोलिक एकता ‚ जातिय
एकता सांस्कृतिक एकता‚ भाषागत एकता ‚ धर्मगत एकता ‚ राजनितिक प्रेरणाहरुको एकता ‚ आर्थिक हित ‚ साझा बिषय
तथा सार्वजनिक हित आदि हुन । तर
जातियतालाइ मात्र बिचार गर्ने हो भने बिश्वमा त्यस्तो राष्ट्र देखिएको छैन जहा एक
भन्दा बढी जातिहरु नमिसिएको वा एउटा मात्र जातिले राज्य गरेको होस। यसै बिषयलाइ
लिएर रैम्जे म्योर भन्दछ“ There is
no nation in the world that is not of mixed race and there has been race
Which has succeded including members
within a single nation unity.”
त्यसैले
हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने यो मुलुक कुनै एउटा मानिस र जातिको मात्र
होइन सबैको साझा हो। कसैले म राष्ट्रवादी
हुँ भनेर मात्र हुदैन राष्ट्रबादी भएको ब्यबहार बाटै देखिनु पर्दछ ।उसले मुलुकलाइ
सर्व प्रथम बिदेशी दासता वा पर निर्भरताबाट मुक्त वा स्वतन्त्र गराइ आत्म निर्भर
गराउन सक्नु पर्दछ। सामाजिक एकिकरण गर्न सक्नु पर्दछ। त्यागको भावनाको बिकास
गराउनु पर्दछ । आर्थिक बृद्धिका साथै राजनैतिक एकता कायम गराउन सक्नु पर्दछ अनि
मात्र म राष्ट्रवादी हुँ भन्दा उचित हुन्छ । तर यहाँ देश प्रेम र राष्ट्र भक्तिको
सट्टा नाजीवादको बिकास गराइएको छ । दाजु र भाइलाइ एक आपसमा भिडाइएको छ र लडाइएको छ।
जात्रे वनि पक्षपात मनोमानी तन्त्र र
साम्राज्यबादलाइ प्रोत्साहन गरिएको छ। बिश्व शान्तिमा बाधा पुर्याइएको छ र साथै
अन्तर्राष्ट्रय सहयोग र सद्भावमा समेत अवरोध ल्याइएको छ । त्यसैले जसले जे भने पनि
यो राष्ट्रवाद होइन रहेछ यो त खाली आँधी र हुरीवाद रहेछ । यो आँधी र हुरीवाद ले
अझै क-कस्लाइ कहाँ पुर्याउने हो।कतिले आकाश छोलान त कतिले पाताल । कति समुन्द्र
बन्लान त कतिपय खहरे । यसैको कारण मुलुकको अवस्था के हुने हो त्यो भने हेर्न बाकीँ
छ । अस्तु . .
बुद्धिसागर बराल
बेसिशहर ८ ‚लमजुङ
मितः-२०७७/१०/२०