खोज खबर ३३८
काल
पल्किएको
हुन त कागलाइ बेल पाकेर हर्ष न बिष्मात भए पनि
मैले त नेपालको
यस भन्दा अघिको राजनीतिक परिवेसलाइ केलाउदा र २०७७ साल पौंष ५ गते प्रतिनिधि सभा
बिघटन नहुदै मेरा नियमित लेख मै भनि सकेको थिए नेपालमा अव राजनैतिक अस्थिरता र
संकट हुने वाला छ। नेपालमा गोर्भाचोभ को जन्म हुने वाला छ भनेर । लेखले वास्तबिकता
र सारतत्व लिइ सकेको हुदा यस बिषयमा बढी ब्याख्या गरी रहन आबश्यक परेन। वर्तमानको
परिप्रेक्षमा नेपाल र नेपालीको लागि जे कुरा नभए हुन्थ्यो भन्ने सोचिएको थियो तर त्यो भै छाड्यो ।जति तिहाइ भए पनि केहि हुदो
रहेन छ। अब यस बिषयमा पनि कुरा नउठाउदै
उचित होला । भोलीको लागि नेपालीले एउटै कुराको चिन्ता गर्नु पर्ने कुरा के आयो भने
यो मुलुक यस भन्दा अघिका यस्तै यस्तै गोर्भाचोभहरुकै कारणले नै बिग्रिएको रहेछ र
भोली पनि यो पुस्ता रहिन्जेल यसै गरी बिगारी रहने छन। यस बिषयमा यस मुलुकका कुनै
पनि राजनीतिक दल अछुतो र गंभिर रहेको पनि
देखिएन । त्यसैले कोहि कसैले पनि पानी माथिको ओभानो छु भन्न पर्ने अवस्था पनि छैन
।सबैले आ-आफ्नो अनुहार देखाइ सकेका छन र सबैको खुट्टि पनि थाहा भै सक्यो।सधै यसरी नै
मुलुकलाइ अस्थिरता र अन्यौलमा राखी धमिलो पानिमा माछा मार्न पल्केका स्वार्थी लोभी
पापी र अवसरवादी रहिन्जेल मुलुकले कहिल्यै पनि उन्नति प्रगति गरी सभ्य बनी अघि बढन सक्ने रहेनछ
भन्ने वर्तमानका घटना र परिघटनाले छर्ल्याङ पारी सकेको छ । स्वार्थ पुर्तिको लागि
सत्ता र शक्तिको आडमा मानिसहरु दिनलाइ रात र रातलाइ दिन वा रातोलाइ कालो र कालोलाइ
रातो हो भनी हो मा हो मिलाउन पनि पछी पर्दा रहेनछन । डेनिश लेखक Hans christian
Andersen द्वारा लिखितThe Emperors New clothes भन्ने
लेख ७ अप्रिल १८३७ मा Copenhegen
मा The little Mermaid भन्ने पत्रिकामा C.A.Reitzed ले झण्डै ३ सय वर्ष अगाडी त्यसै छपाएका रहेनछन। जुन कथा त्यति
बेलै १०० भन्दा बढी भाषाहरुमा उल्था गरिएको थियो। नैतिकता र इमान्दारिता तथा
बिश्वसनियता गुमाउन बेरै लाग्ने रहेनछ। कहाँ पुग्ने लक्षका साथ हिडेका मानिस कहाँ
पुगि सके कसैलाइ थाहै छैन। अझै पनि घुर्कि र फुर्कि तथा दवाव र अभाव यथावत
देखिन्छ। पद भन्ने चिज अन्धो र वैरो हुने रहेछ। पदको लागि मानिस पशु भन्दा पनि तल ओर्लेर काम
गर्न तत्पर हुदा रहेछन।जुनथालमा खाना खायो त्यहिथालमा दिशा समेत गरि दिने रहेछन पद
पाए पछि मानिसहरुले । पशुको तहमा ओर्लि सके पछी उनिहरुमा लाज सरम तथा नैतिकताको एक
क्लेस पनि रहने रहेनछ । २१सौं शताब्दिमा आएर बल्ल तल्ल हजारौ हजार शहिद भएर बनेको नेपालको
संबिधान तथा ऐन कानून त खाली ठूलाका लागि देखाउने दाँत र अशक्त र कमजोरका लागि
बन्धन मात्र रहेछन।के के न गर्यौ भनेर नेपाली जन्ताले जनक्रान्ति र संघर्ष गरी
संघिय लोकतान्त्रिक गणतन्त्र ल्यायौ भनि नाक नफुल्याए पनि हुने रहेछ। त्यसै गरी यो
मुलुकका अधिकारवादी‚ बौद्धिक र जानिफकार
भनिने तथा कानूनका ज्ञाताले पनि हामी न्याय र स्वतन्त्रता तथा समानताका पक्षपाती
वा पहरेदार हौं भनि नभने पनि हुने भएको छ।हाल सम्मका प्रयोग अध्ययन र अनुभवले नै
फेल खाए पछी । जसलाइ बिश्वास गरिएको थियो
उहि अबिश्वासी र जो रक्षक हो उहि भच्छेक भै दिए पछि अरुको केहि लाग्ने रहेनछ ।मूर्ख
देखि दैव डरा त्यसै भनिएको रहेनछ। मानिसहरु ताक परे तिवारी नत्र गोतामे बन्न बेरै
लगाउदा रहेनछ। राजनीतिमा आचार‚ निष्ठा‚ नैतिकता ‚इमान्दारिता‚ बिश्वास‚ प्रतिवद्धता र सिद्धान्त भन्ने कुरा हराइ सकेको
रहेछ। यहि कारणले गर्दा नेपालका बौद्धिक जमात जति सके सम्म विदेशतिर पलायन हुने
गरेका रहेछन । यहा रहेका जति सबै काल्पनिक
आदर्शता तथा आशा र भरोसा देखाउन माहिर भए पनि सबै एउटै ड्याङका मुला रहेछन। केहि
भने अझै पनि मौकामा चौका हान्न नक्कली कागहरु भन्दा पनि बढा चतुर रहेछन। कहिले काही यिनिहरुले आफ्नो बंशजको गुण र
स्वभावलाइ पछ्याएर. . . खाइदिए पनि केहि पट्याइ हाल्न सकिन्छ की भनी जानी जानीकन
पनि होस्तेमा हैसे मिलाइ केहि झार्ने आशामा अरौटे भरौंटै र पछौटैहरु अन्ध भक्त भै
तछाड र मछाड गरी लंकी र झम्कीका साथ पछी पछी दौडि रहेका पनि देखिएका छन । यस्ता
लम्पट र विवेकहिन सगँको कुरा केहि पनि छैन ।
यसरी राजनीतिलाइ नियाल्दा अरु
मुलुकमा त के कस्तो ब्यबस्थित र संस्कारयुक्त तथा ब्यबहारिक राजनीति छ त्यो बुझ्न
भने पाइएको छैन तर नेपालमा भने यो सिद्धान्त वा संस्कार बिहिन फोहोरी खेल र
अवसरवादको परिचायक बनेकोछ। यहा न सिद्धान्तको विषयमा बिवाद देखिन्छ न नीति कार्यक्रमको
विषयमा । न जन्ताको शिक्षा स्वास्थ्य र सुरक्षाको आबश्यकताको विषयमा । खाली पद र
प्रतिष्ठा तथा सुविधा को विषयमा मात्र चियो चर्चो गरिन्छ । झुट र फुटलाइ हतियार
बनाइ कसले नाम मात्रको भए पनि ठूलो समुह बनाएर देखाउने भन्ने होडबाजी गरेको
देखिन्छ। यसले गर्दा केहिमा अल्पकालिन रुपमा खुसी देखिए पनि दीर्घ कालिन रुपमा
दुखी नै बनाउने संकेत गरेको छ । खुसी हुनेले पनि बुढी मरी भन्दा पनि काल पल्किएको
छ। कति बेला आफैलाइ आक्रमण गर्ने वा खाने
हो भनि सतर्क रहनु पर्ने बेला भएको
देखिन्छ। बुझ्नेलाइ यति भए पुग्ला । आजलाइ धेरै किन र ।अस्तु . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मिति२०७७/९/१४
साँझ५.४५ बजे