खोज खबर ३३७
हरुवा कुकुर ले झै
केहि समय अगाडी देखि उखानका माहिर तथा हठी को पराकाष्ठी ठानिने नेपालका बर्तमान
प्रधान मन्त्रि के.पी. शर्मा ओलीले अन्ततः आफ्नै दलको बहुमत भएको प्रतिनिधि सभा
बिघटन गर्ने सिफारिस गरी मिति२०७७ साल पौष ५ गते राष्ट्रपतिबाट प्रतिनिधि सभा
बिघटनको घोषणा भएको छ। ऐ पौषको ७गते बेलुका ८ बजे सम्म आइ पुग्दा नेकपा दुइ चिरा
भइ एकातर्फ ओलीको नेतृत्व र अर्कातर्फ माधव नेपालले नेतृत्व गरेका खवरहरु आइ रहेका
छन। दुबैले नेकपा आफुहरु भएको पनि दावी गरी रहेका छन । ओलीले त्यति साह्रै औपचारिक
शिक्षा प्राप्त नगरेका भए पनि राजनीतिक सुझबुझका धनी‚ जेल नेल खाएका ‚आफ्नो सम्पुर्ण जीवन
नै राजनीतिमा अर्पण गरेका ‚प्रखर बक्ता र विगतका
उनका कृयाकलापले राष्ट्र वादी समेत कहलिइ बिगतको आम निर्वाचनमा जनताको बिश्वास
पाएका ‚ उनकै नेतृत्वमा नेकपा नामक एकता बद्ध बृहद
राजनैतिक दल बनाएका र झण्डै दुइ तिहाइको बहुमतबाट प्रधान मन्त्री बनेका तथा
अन्तर्राष्ट्रिय रुपमा समेत परिचय बनाएकाले के.पि. शर्मा ओलीले यस्तो काम गर्लान
भन्ने कोहि कसैले पनि चिताएका थिएनन। बिभिन्न समयका बिबिध संकटबाट आफ्नो राजनीतिक
दललाइ बचाउदै आएका नेकपाका अध्यक्षको हैसियतले
ऐलेको समस्या पनि सहज किसिमले समाधान गर्ने छन भन्ने कुरामा जन्ता बिश्वस्त थिए । तर
हुने कुरा भएन नहुने कुरा भयो। यो बिघटनलाइ लिएर संबिधानका जानिफकारहरुले गैर संबैधानिक तथा संबैधानिक कुक‚ कानूनी
राज्यको अपहरण‚ जनमतको अपहेलना‚संघिय लोकतान्त्रिक
गणतन्त्रको अपमान ‚ प्रजातन्त्रको दुहायी‚ पदको
चरम दुरुपयोग‚ दुषित राजनीतिको हतकण्डा‚
संघियता तथा बहुदलियताको अबिश्वसनियता जस्ता कुराहरु भनि रहेका छन। त्यसै गरी मुलुकका
अन्य राजनैतिक दलहरुले पनि यो कार्यको खुलेरै बिरोध गरि रहेका छन। अधिकारवादी सहित
भै जनताहरु विरोधका लागि सडकमा ओर्लि सकेका छन। त्यसै गरी कानूनका ज्ञाताहरुले
सम्मानित सर्बोच्च अदालतमा दर्जनौ रीट जाहेर गरी प्रतिनिधि सभालाइ ब्युताउने प्रयास पनि भै रहेको छ। यस बिषयमा अबस्य पनि
न्यायालयले संबिधानको मूल्य मान्यता र मर्म तथा ब्यबस्था अनुसार उचित निर्णय त
दिने नै छ। अनि नेपाली जन्ताले कानूनी शासनको प्रत्याभुती अबश्यै गर्ने छन।
यस भन्दा अघी सम्म संबिधानमा के लेखिएको छ भनेर
चासो नदिने सामान्य नागरिक देखी बौद्धिक
ब्यक्तित्व समेतले हाल नेपालको संबिधान २०७२को धारा ७६ र ८५ लाइ खोजी खोजी दोहोर्याइ
तेहर्याइ हेरी रहेका छन। हेर्न नजान्ने ले पनि ती धाराहरुमा के लेखिएको छ हेर हेर
भनि सोध र खोज गरि रहेका छन। ती सबैलाइ केलाउदा बर्तमानको अवस्थामा प्रधान
मन्त्रीले प्रतिनिधि सभालाइ बिघटन गर्नु पर्ने अवस्था कहि कतै पनि देखिदैन । किनकी
आफै अध्यक्ष रहेको राजनीतिक दलको आन्तरिक बिबाद तथा किचलोलाइ दलको बिधान‚ बिच
बिचमा भएका संझौता‚ समझदारी आदिलाइ आन्तरिक रुपमा ब्यापक किसिमबाट छलफल र परामर्श गरी मन
माझी आबश्यक परे लेनदेन समेत मिलाइ आफ्नो राजनैतिक दल लाइ अझ शसक्त‚ जुधारु
र सबै कार्यकर्तालाइ समान रुपले एकताबद्ध गरी लैजान अध्यक्षबाटै जति सक्दो छिटो पहल
वा प्रयास गर्नु पर्नेमा झन त्यसको विपरितमा काम हुनु भनेको राजनैतिक दरिद्रता र
दुषित मनशाय स्वभाविक रुपमै देखिन्छ ।
राजनैतिक दलहरुमा नेता कार्यकर्ता र समर्थक वा
सामान्य जन्ता वा नागरिकको विचमा नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्दछ। राजनैतिक
दलहरुको सबै भन्दा महत्वपूर्ण सम्पत्ति र शक्ति भन्नु नै कार्यकर्ताहरु हुन । तर
तिनिहरु कसैका खोकिलाका मात्र देवता भने होइनन । नेताहरु भनेका समझदार र
समन्वयकारी हुन । उनिहरुमा जन भावना
अनुसार आफ्नो संगठनलाइ कुशलता पूर्वक हाक्न सक्ने क्षमता र सिप हुनु पर्दछ। त्यसै
गरी उनिहरु अत्यन्त विवेकशिल‚ सहनसिल ‚समझदारी र धैर्य पनि
हुनु पर्दछ। बुद्धिमत्ता का साथ संगठनलाइ अघि बढाउन सक्ने हुनु पर्दछ । उनिहरु
निस्वार्थी वा पक्षपात रहित बन्न सक्नु पर्दछ।कहिल्यै पनि एक आपसको आन्तरिक बेमेललाइ
कार्यकर्ता बिच जान दिनु हुदैन । सधै कार्यकर्ता बढाउने तर्फ दत्तचित्त रहनु पर्दछ।
जति धेरै कार्यकर्ता भए त्यति धेरै राजनितिक दल मजबुत हुन्छ । कार्य कर्तालाइ
आकर्षण दिन सक्नु र संरक्षण गर्न सक्नु राजनैतिक दल वा त्यसको प्रमुख नेताको कला
वा विषेशता नै हो । यदी केहि कार्यकर्तालाइ
नजिक र केहिलाइ टाढा गरियो र उनिहरुबिच
एकता र मेल मिलाप भएन ‚ एक अर्कालाइ होच्याउने तथा गालि गलौज
गर्ने वा असहयोग गर्ने संस्कार बढ्दै गयो भने अति नै प्रेम सम्बन्ध भए पनि त्यो
बिषमा परिणत हुन बेर लाग्दैन। त्यस पछी त त्यो राजनैतिक दलको अवसान भयो भनि जाने
हुन्छ। यो इश्वरिय वाक्य हो । कसैले स्विकारे पनि नस्विकारे पनि। त्यसैले कुनै पनि
राजनीतिक दल समृद्ध वा दिगो बन्न वा संगठनलाइ निर्विवाद सँग हाक्न नेता तथा
कार्यकर्ताको उचितरुपमा ब्यबस्थापन गर्न सक्नु पर्दछ। यहि समस्या हाल नेकपामा
देखिएको यसका बिष्लेशकहरुले औल्याइ रहेका छन। यसै गरी राजनैतिक दलको अर्को महत्वपूर्ण पक्ष हो विचार वा
सिद्धान्त तथा नीति र कार्यक्रम को साथै संगठन।
कार्यकर्ताहरु बिचार वा सिद्धान्तबाट बाधिएका हुन्छन भने संगठनका माध्यबाट
परिचालित वा गतिशिल हुन्छन ।ती कार्यकर्ता जतिसुकै भए पनि समस्या हुदैन तर
नेतृत्वले तिनीहरुको ब्यबस्थापन गर्न नसक्नु नै हालको नेकपाको समस्या हो भनी सबैले
बुझनु पर्ने भएको छ । यसबाट के बुझिन्छ भने राजनीति भनेकै सहि बिचार वा
सिद्धान्तका साथ उपलब्ध प्रविधि‚ साधन र स्रोत‚ नेता र
कार्यकर्ता तथा समर्थकहरुलाइ उचित किसिमले ब्यबस्थापन गर्ने‚ सिप जागर र जोस‚
लगनशिलता ‚ उत्तरदायित्व अनुशासन र नैतिकता उचित ठाँउमा
उपयोग गर्न सक्ने ब्यबस्थापकिय कला रहेछ।
जसको अभावमा संगठन नै ध्वस्त हुदो रहेछ । त्यसैले सहि राजनीति र नेतृत्व गर्ने
नेताको नेपालमा अभावै रहेछ।
त्यसै गरी नेतृत्व ले सुशासन भनेको के हो भन्ने कुरा स्वमूल्यांकन नगरी
वरपरका आसे पासेको कुरामा बिश्वास गरी छिटो छरितो र गुणस्तरिय रुपमा कार्यसंपादन
गर्न नसक्नु‚
समयको उचित ब्यबस्थापन गर्न नसक्नु ‚ब्यक्तिगत गुटगत
स्वार्थलाइ प्रश्रय दिनु‚ पदिय लोभ लालचा तथा रिस रागमामा बढी
ध्यान केन्दित गर्नु ‚ जन्ताले दिएको मैन्डेडको बेवास्ता गरी धैर्यताको बाँध फुटाइ आमाको काँखमा बसी मामाको
आख्यान गर्नु नै आजको प्रमुख समस्या बनेको पाइएको छ। हेर्दै जाऔ यसले मुलुकमा के
के संकट निम्त्याउने छ ‚ यसको भागिदार को को हुने छन‚ यसले
क-कसलाइ अवसर प्रदान गर्ने छ र को को इतिहास कै कलंक बनी हरुवा कुकुरले झै गरी ङिच्च दारा देखाइ टाँग मुनि पुच्छर हालेर भाग्नु पर्ने छ ।
अस्तु. .
बुद्धि सागर बराल
बेसिशहर ८ लमजुङ
मितिः-२०७७/९/७