खोज खबर
३३६
यो
ख्याल ख्याल हैन
मेरो घरको करेसा वारिमा आज
भन्दा करिव ४-५ वर्ष अगाडी सारेको सप्तरंगी फुलको बोट छ ।त्यो फूल वर्षको एक पटक
दशै ताका फुल्ने गर्दछ । त्यतिबेला वा फूल फुलेको बेलामा एउटै बोटमा बिभिन्न
किसिमका रंगिन फूलहरुले रंग बदलेको देख्दा बाटो हिडने जति सबैले एक टक लगाएर हेरेर
एक आपसमा फूलको बिषयमा गुन गुनाउदै जान्थे । त्यसमा पनि बिहान सुर्योदयमा सेतो
देखिने फूलले रंग परिवर्तन गर्दै भोलीपल्ट बिहान पुग्दा वा २४ घण्टा हुदा त रातो
भएर खसि पनि सकेको हुने हुदा त्यसमा हुने परिवर्तन देखेर वा त्यसको रहस्य पत्ता
लगाउन नसकेर म दंग परी मानवको जिवन पनि यस्तै परिवर्तनशिल छ भन्ने सोचि रहन्थे । मानिसले
पनि समय समयमा रुप रंग र अनुहार तथा बिचार र भावनाहरु फेरी रहन्छ। कहिले एउटा
बस्तु तथा विचार र भावना सगँ सकारात्मक
बन्दछ त्यसैको गुणगान गाउदै जय जकार गर्दै हिडदछ। सहयोग सद्भाव र सौहार्दता देखाउदै
शान्त भएको वातावरण पनि देखाउछ भने केहि समय पश्चात त्यसैको घमसान सगँ विरोध र
घृणा पनि गर्दछ । यसरी हेर्दा मानिसको आफ्नै संसार हुदो रहेछ। अर्को तिर उसमा
अनगिन्ति चाहना र इच्छाहरु समुन्द्रमा उठने ज्वार जस्तै उठेर संवेगात्मक रुपमा
समेत आउदा रहेछन। बाल‚ युवा र वृद्ध
हुदाका ब्यबहार र भावना पनि अलग अलग हुदा रहेछन। तिनको प्राप्तिको लागि धैर्यतालाइ
लत्याउदै रीस‚ राग र क्रोधको
माध्यमबाट संघर्ष गर्न तयार पनि हुदा रहेछन। त्यसैको फल स्वरुप मानिस मानिसको
बिचमा द्वन्द को सुरुवात हुदो रहेछ। एक आपसमा घृणा अबिस्वास र असहयोग बढ्दै जादा
तनावहरु सृजना हुदा रहेछन। अनि उनिहरुमा प्रतिद्वन्दता यश र भय उत्पन्न हुदा
रहेछन। जसका कारण जीवनभर एक आपसमा संघर्षै संघर्ष भै रहने रहेछ। शान्तिको कामना र
चाहना राख्दा राख्दै पनि अशान्ति भै रहने रहेछ । अनि मानिस व्यक्तिवादी‚ स्वार्थी‚ डरपोक र प्रतियोगी बनी रहदा रहेछन। त्यसै गरी आफ्नो स्वार्थ पुरा
गर्न मानिस झगडालु बनी झुठ र फुट लगायतका जे पनि गर्न अघी सर्दो रहेछ। आफुले गरेका
असल कार्य तथा कुकृत्यको उसलाइ थाहा हुदा
हुदै पनि कुकृत्यलाइ लुकाइ अरुका सामुन्ये शाखिल्य बन्नलाइ राम्रा कामहरुको मात्र
वखान गर्न थाल्दो रहेछ। यस्तै यस्तै मानवको हृदयमा रहेका इच्छा र अनिच्छाले नै
सम्पुर्ण सामाजिक तथा राजनैतिक ढाँचाको निर्माण को साथै समाज कल्याणको लागि भनौ वा
समाजको आबश्यकता र चाहना पुरा गर्नको लागि समाज समाज विच सामन्जस्यता कायम भै राज्य
र संप्रभुताको जन्म हुदो रहेछ। अनि राज्य मानिसको लागि हो मानिस राज्यका लागि होइन
भन्ने धारणाको बिकास हुने रहेछ। राज्यको सफलता भन्नु नै सबैको एकता र सहमति तथा
सहभागिता रहेछ। जन्ताको लागि राज्यले लाभ हुने कार्य गरेमा मात्र जन समर्थन
प्राप्त हुदो रहेछ। मानिसहरु कुनै पनि किसिमको निरंकुशता र दवाब तथा प्रभाव मन
पराउदा रहेनछन । सदा सर्वदा स्वतन्त्रता र समानताका पक्षमा अडिग रहदा रहेछन। असल शासन ब्यबस्थामा शासकलाइ भन्दा पनि बढी
महत्व सत्य तथ्य र समाजलाइ दिन चाहदा रहेछन। जति धेरै मानिसहरु मिलेर संबिधान ऐन
कानून र नियमहरुरु निर्माण गर्दछन र त्यसको त्यति नै मात्रामा कार्यान्वयन भएको
पाएमा उनिहरु सन्तुष्ठ तथा खुसिहुदा रहेछन। त्यसरी नै मानिस आफ्नै भावना र चिन्तनमा डुबि रहदा उसका दिन पनि सप्तरंगि फूल जस्तै गरी
बिभिन्न रुप रंग जस्तै परिवर्तन हुदै पत्तै नपाइ ओइलाएर जाने रहेछ । मानिसलाइ जन्मे
पछि मोर्नु पर्छ भन्ने थाहा छ । उहि २-४ दिन ढिलो र चाडो मात्र हो। यस्तो एकवारको
जुनिमा किन एक आपसमा इर्ष्या क्रोध र वैमनस्य राख्ने। बिवाद गर्ने कल झगडा गर्ने
अनि लोभ लालचामा फस्ने भन्ने कुरा माथि देखि तल सम्मकाले सोच बिचार गरि दिने हो
भने नेपालको हालको सत्ताधारीमा देखिएको किचलो बैमनस्य र सधैको कटाक्ष समाप्त भै
अबश्य पनि सहि जनतन्त्रको उपयोग भएको महशुस हुने थियो। बिपक्षीहरुको पनि सहि सुझाव
र सल्लाहलाइ पनि मनन गरी अघी बढ्दा देशमा शान्ति र सुब्यबस्था कायम गर्न सहज हुने
थियो भन्ने बुझनु पर्दछ । मुलुक सबैको हो
। सधै एउटैको हातमा मात्र डाडु पनियो आउदैन । राजनैतिक सिद्धान्तको विषेशता नै यहि
। यो चक्रिय हुन्छ र सबै सगँ घुमि रहन्छ।
तर हाम्रो मुलुकका राजनैतिक
दलहरुको संस्कार राजनैतिक चरित्र र आचरणलाइ केलाउने हो भने कतिपयले सप्तरंगी फुल
जस्तै रुप रंग र स्वरुप फेरी रहेका
देखिएका छन। जति सुकै रुप रंग फेरिए पनि
पार्टीको सुरुवात देखि अन्त्य सम्म नै प्रमुख पदमा आफै रहन पाए हुन्थ्यो
भन्ने धारणा राख्दछन।
परिवर्तन हुदै २१सौं
शताव्दिमा आइ पुग्दा समेत हाम्रो मुलुकका नेतामा न व्यक्तिगत चिन्तनमा सुधार हुन
सकेको छ न मुलुकको लागि चिन्तन गर्ने राजनैतिक संस्कार र सभ्यताले स्थान ग्रहण
गर्न सकेको छ । आरोप र प्रत्यारोप तथा गुट र फुटले कहिल्यै पनि र कुनै पनि
राजनैतिक दललाइ फाइदा पुर्याउदैन भन्ने शास्वतलाइ सबैले बुझेकै छन तर पनि अहंकार र
घमण्डको हतियारलाइ भने त्याग गर्न खोजेको पाइदैन । यहि नै नेपाल र नेपाली जनताको
दुखद पक्ष हो । यो भनेको प्रजातान्त्रिक वा जन तान्त्रिक युग हो । यसमा सबैले
आ-आफ-ना बिचार र भावनाहरु राख्न पाउछन र
पाउनु पर्ने नै हुन्छ । सबै सगँको छलफल र बिचार विमर्श बाट निस्केको बिचार नौनी
जत्ति कै नरम र महत्वपुर्ण हुन्छ भन्ने कुरा कोही कसैले पनि नबिर्सी पारिवारिक र कुर्सिमोहलाइ
प्राथमिकता नदिने हो भने कुनै पनि समस्याको समाधान खोज्न अन्यत्र जानु पर्दैन।
नत्र रुप रंग र भेष तथा बोली बचन जति सुकै राम्रो भए पनि सप्तरंगी फूल जस्तै २४
घण्टैमा ओइलाएर झर्नु पर्ने हुन्छ। ऐले सम्मको तपाइहरुको मिहिनेत त्याग र बलिदान सबै निष्फल बन्नेछ। जनताले तपाइहरुको साथ छोडे पछी तपाइका झुण्डहरु
मह निकालिएका चाका तथा ओइलाएको साँग जस्ता बन्ने छन। अनि नेपालीले पुःन पौष १ गते
सम्झने छन । सत्तामा तपाइहरुको मोहियानी हक कायम हुने छैन। काला गए गोरा आउछन
भन्दै जिन्दावाद र मुर्दावादका नारा मुलुकभर घन्किने छन। त्यस पछी तपाइहरुको
सत्ताधारी घमण्ड र पारिवारिक पदको मोह
समेत मणि निकालिएका अश्वस्थामा जस्ता बन्नेछन। यो ख्याल ख्याल हैन। अवसरलाइ फुटबल
नबनाउनु होस। जुँगाको लडाइ पनि नबनाउनुहोस। सबैको गुदीँ र टेक्ने स्थान पनि पहिचान
भैसकेको छ । चेतना भया। राजनीति गर्ने हरुले मौकैमा सोंच नपुर्याउने हो भने ।
अस्तु . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
दिनांक – २०७७ पौष १ गते