खोज खबर ३३५
तिललाइ पहाढ ...
मानिस स्वभाविक रुपमै
स्वार्थी हुन्छ । एक अर्काको रीस र डाह गर्ने हुन्छ। अर्काले प्रगति गरेको सहन
सक्दैन। अनि लोभि पनि हुन्छ। सबै किसिमका धन सम्पत्ति‚ पद प्रतिष्ठा र मान मर्यादा आफै सँग मात्रै
राख्न चाहन्छ। अनी बाकी रहेकामा पनि आफ्नै नाता गोता कुल कुटुम्बमा राख्न चाहन्छ।
त्यस पछी बाँकी रहेका पत्रंपुष्पं आफ्ना
चाकडीबाद‚ पछौटे र समर्थकलाइ
दिन्छन ।अनि कदं कदाचित रही हाले मात्र हामी जस्ता सोझा
सिधा सामान्य नागरिकमा आइ पुग्दछ। पौराणिक
काल भनौं वा सनातन काल देखि नै चलि आएको यो चलन ‚समयले जति सुकै फडको मारोस ‚ राजनैतिक रुपमा जती सुकै परिवर्तनहोस वा सभ्य
भएका छौ भने पनि कायमै रहेको छ। बुद्धिको केहि बिकास भए जस्तो देखिए पनि विवेक‚ ब्यबहार तथा चरित्र र नैतिकताको ह्रास भएकै छ।
जति भने पनि जनताले आत्म संमान र आत्म गौरबको अनुभुति गर्न सकेका छैनन । पक्ष होस
वा प्रतिपक्षका होस माथिका भनाउदा बाट नै सानोतिनो र अनाबश्यक कुरामा पनि बखेडा
निकाली तीललाइ पहाड बनाउने चलन पनि छुटेको छैन। जनमतको दुरुपयोग गरी जनतामा
नकारात्मकता फैलाइ के निहुँ पाँउ कनिका बुकाउ भन्ने भनाइलाइ सार्थकता दिइ रहेकै छन ।
साच्चि नै भन्नु
पर्दा परिवर्तनलाइ समय सापेक्षरुपमा अगाल्दै सिप र प्रविधिको बिकास गरी आधुनिक राज्य
एउटा नैतिक र चारित्रिक संस्था बन्न सक्नु पर्दछ । ब्यक्तिको बैयक्तिक
स्वतन्त्राको रक्षा गर्दै जन्तालाइ गाँस बाँस र कपासको ब्यबस्था गर्दै राज्यका
नीति नियमको पालना गराउन सक्ने हुनु पर्दछ ।युक्ति बुद्धि र विबेक संगत रुपमा राज्य संचालन गर्नु
तथा परि आउने समस्यालाइ सहज किसिमले कसैको पनि मन नदुखाइ समाधान गर्न सक्ने हुनु
पर्दछ। नागरिकलाइ कर्तव्यको बोध गराइ निर्बिबाद रुपमा अधिकारको हस्तान्तरण गर्न
सक्ने तथा शक्तिको सहि उपयोग गर्न सक्ने हुनु पर्दछ । छर छिमेकहरु सगँ गहिरो र
बिश्वास योग्य सम्बन्ध स्थापित गर्न सक्नु पर्दछ। राज्य जन्ताकोलागि हो । जन्ता यो
मुलुकका मालिक हुन र सरकार सेवक हो भन्ने
कुरा अनुभुति गराउन सक्ने हुनु पर्दछ। राज्यको आधार नै जन्ताको बल हो भन्ने कुरा
पनि सत्ताधारीले नै देखाउन सक्ने हुनु पर्दछ। त्यसै गरी नैतिकताको मार्ग अवलम्बन
गर्नु नै सहि राजनीति हो भन्ने कुरा पनि बुझाउन सक्नु पर्दछ । राज्यमा उपलब्ध साधन
र स्रोतको अनाबश्यक रुपमा दोहन गरिनु हुन्न र कहिल्यै पनि भ्रष्टाचार र
कमिसनतन्त्रलाइ प्रोत्साहन गरिनु हुन्न । अनि मात्र जन बिश्वास कायम रहन जान्छ।
जन्ताले स्वयम कर्तब्ध बोधको अनुभुति गर्दछन। अनि आफ्नो आर्थिक ‚ सामाजिक‚ राजनैतिक तथा सांस्कृतिक बिकासका लागि आ-आफ्ना संगठन मार्फत
निस्कन्छन । हजारौ हजार शहिदहरुको बलिदानीबाट भर्खरै मात्रै नेपाली जन्ताले
निरंकुसता र सर्वसत्तावादी सोचबाट मुक्ति पाएका त छन तर पनि एक आपसको पदिय लोलुपता
र अहंकारवादी सोच तथा चिन्तन बोकेका सत्ताधारी कै कारण फेरी प्रतिकृयावादीहरु
सलबलाएका छन। यो उनिहरुको कर्तव्य नै हो । सत्तामा रहनेले अर्कालाइ गालि
गर्नुपूर्व आफ्ना वानी ब्यहोरालाइ सुधार्न सक्नु पर्छ। भित्र जे सुकै भए पनि बाहिर
धैर्य र सहनशिलताका साथ समन्वय र एकता कायम गरी शान्ति र अमनचयन कायम गराउन जोड
दिनु पर्दछ। अरुलाइ नैतिकतामा ल्याउन पहिला आफु नैतिक बन्नु पर्दछ। तर..... हामी .
. .नेपालीमा. . .
नामले मात्र र सेतो कागजमा कालो अक्षरले लेख्दैमा तथा आकाश र
पाताललाइ जोडी दिन्छु भनेर बोल्दैमा सबैकुराको समाधान हुदो रहेनछ। नत्र आज नेपालको
हालत कस्तो भै सक्थ्यो होला । आज
नेपाली मात्रको आज सम्मको अथक प्रयास स्वरुप प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्र ‚ अन्य राजनैतिक
पार्टी र सत्ताधारी राजनैतिक दलमा देखिएको मेरा गोरुका वाह्रै टक्का भन्दै १९ बाट
३८ बनाउदै गएर हुन गएको बेमेलका कारण संकटमा पुगि सकेको छ। कस्ता सल्लाहकारहरुको
झुण्डले बेरिएको छ सत्ता कुन्नी मुलुकको ब्यथा तथा अवस्था र परिस्थिति बुझ्न
नसक्ने । एउटा आगो हुदा अर्कोलाइ पानी बनाउन नसक्ने। राजनैतिक अस्थिरताका कारणले
पिल्सिएका जन्तालाइ अझै पनि राहत पुर्याउनु को सट्टा झन आहात गराउने ।
लोकतान्त्रिक प्रक्रियामा छलफल र बाद बिवाद हुनु स्वभाविकै भए पनि पानी बारा बार
को स्थिति आउनु‚ बैठक बसी आफ्ना कमि कमजोरीलाइ सच्याएर
आत्मआलोचना गर्दै जानुको सटटा बैठक मै
नबसी हुँकार र गर्जन निकाली झन बल्झाउन अघी सार्नु भनेको दुःखद कुरा बनेको छ। नेता
भनाउदाले के बुझ्न जरुरी छ भने माला र खादा भनेका अस्थायी हुन। सधैको लागि जन्ताले
ती पदहरु सुम्पेका होइनन । अनि के शास्वत हो भन्ने सम्झनु पर्दछ भने जनताहरु सधै
भरी कुनै पनि एउटै ब्यक्तिको दलाल होइनन र सधै एउटैको पछी मात्र पनि लाग्दैनन ।
उनिहरुमा मूल्यांकन गर्ने अथाह शक्ति हुन्छ। तर काम गर्नेले नै गल्ति गर्ने हो ।
गल्ति औल्याइ दिने ब्यक्तिलाइ गुरुको रुपमा धारण गर्न सक्नु ‚ गल्ति वा कमजोरीको महशुस गर्न सक्नु र कमजोरीलाइ
सच्याउदै जानु नै ऐले सम्मका महान दार्शनिकहरुले महानता मानेकै छन।
यसो हुन नसक्नुका भागिधार वा
बनी सकेको साधनलाइ संरक्षण गर्न नसकी वरपर घुमेर सबै ठीक छ हजुर भनि चाकडी र
चाप्लुसी गरी चुडकी बजाउने नै हुन सक्दछ भनी जन्ताले अनुमान गरि रहेका छन।
किनकी यस मुलुकमा बि.सं.१९९७ सालमा जुद्ध
समशेरको एकतन्त्रिय शासन कालमा होस ‚ त्यस पछीको प्रजातन्त्र वा राजतन्त्रमा
होस वा संशदिय र संवैधानिक राजतन्त्रको समयमा पनि यस्तै छोटे र
भै- फुट्टे राजाहरुकै कारण मुलुकले सही मार्ग अवलम्वन गर्न नसकेको रहेछ भनी
जानिफकारहरुले भनि रहेका छन।
हुन त यहा बि.सं १९५८ सालमा मान्छेले बोकेर
ल्याएको एउटा मोटर थियो र त्यो मोटर चालक गोपाल खोपासेले २० वर्ष पछी मात्र
लाइसेन्स पाएको अभिलेखहरुबाट देखिदा आज ११९ वर्षमा यातायात ब्यबस्था बिभागको वेभ
साइडका अनुसार आ.ब. २०४६-४७ बाट आ.ब. २०७५-७६ सम्म आइपुग्दा.यो मुलुकमा ३५लाख३९ हजार ५१९ जति सवारी साधन र ३०लाख जति
सवारी साधन चलाउने प्रमाण पत्रवाला भए पनि र मुलुकका ७७ जिल्ला मध्ये हुम्ला बाहेक
७६ जिल्लामा मोटर पुगेको छ। यहि अनुपातमा शिक्षा र स्वास्य तथा संचार क्षेत्र
लगायत अन्य क्षेत्रमा पनि केहि प्रगति र विकास भएको भए पनि यो स्वभाविक
प्रक्रियाबाट मात्र भएको देखिन्छ । यहा कुनै योजनाबद्ध‚ नीतिगत‚ ब्यबस्थित चिन्तन र ब्यबस्थापनको कारणले भने हुदै होइन रहेछ।
रचनात्मक र सृजनात्मक काम भन्दा नेताहरुको काम भनेको कमिसन र पदकोलागि कल झगडा
गर्ने बिवाद निकाल्ने ‚ टुक्रिने र
टुक्राउने मात्र रहेछ। त्यसै गरी केहि बाहेक कर्मचारीको काम भनेको आजै हुने कामलाइ
भोली भनी बाहिर हुदा नहुदा गफ गरी घाम तापेर बसी
१०-५ बजाउने भन्दा अरु केहि देखिदैन । देशले ऐले सम्मै नैतिकवान‚ सच्चा देशभक्त र राष्ट्रवादी न नेता पाएको रहेछ‚ न कर्मचारी। सबै चाकडीवाद र चाप्लुसी वादी
रहेछन। यीनको ब्यबहारबाट यो मुलुकका कुनै पनि नागरिक सन्तुष्ट हुन भने सकेका छैनन
।
बाँदरले जसरी सानो घाँउ हुदा
पनि कोट्याइ कोट्याइ ठूलो बनाउछ राजनीतिज्ञको स्वभाव पनि त्यस्तै रहेछ । सानो तिनो
कुरामा पनि तिललाइ पहाड बनाउन कोसिश गर्दा रहेछन। आफु पनि उचित काम नगर्ने र
अरुलाइ पनि गर्न नदिने तथा आफु पनि घर नबनाउने र अरुको घर पनि भत्काउन कोसिस गरी
रहने रहेछन। त्यसै गरी सत्ता बाहिर हुदा
के के न गर्छु भनी हुँकार झीक्ने र सत्तामा पुगे पछी विवेकहिन बनी आँखा पनि नदेख्ने र कान पनि
नसुन्ने हुदा रहेछन। अस्तु . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ.
मितिः-२०७७/८/२३