खोज खबर ३३२
माथि नै धमिलिए पछी
. .
. . .
राजनीतिलाइ एकाथरी
मानिसहरुले अन्धो हुन्छ भन्ने गरेका छन किनकी एउटा राजनैतिक चिन्तन वा दर्शन
बोकेको मानिसले वरपरका छर छिमेक परिवार वा साथिभाइहरु पनि देख्दैन र चिन्दैन पनि ।
त्यसै गरी अर्का थरी मानिसहरुले भन्ने गरेका छन राजनीति एक नसा हो यो लागु
पदार्थको सेवन गरे जत्तिकै लाग्छ । आफ्नो बिचार र चिन्तन तथा आफुलाइ चित्त बुझेको
दर्शन प्रति ज्यानै जान परे पनि पछी हटदैन । यसै क्रममा एक पटक माहात्मा गांधिले
भनेका थिए“ I CAN
ALSO TESTYFY THAT I MAY LIVE
WITHOUT AIR AND WATER BUT NOT WITHOUT
HIM. YOU MAY PLUG OUT MY EYES BUT THAT
NOT KILL ME. YOU MAY CHOP OF MY NOSE , BUT THAT WILL NO KILL ME, BUT BLAST MY
FAITH IN GOD AND I AM DEAD . ” यसबाट मानिसहरु आफ्नो सिद्धान्त र दर्शन प्रति
कति लालायत हुदा रहेछन भन्ने थाहा हुन्छ। यवं प्रकारले उस्तै उस्तै राजनीतिक दर्शन
चिन्तन र बिचार तथा सिद्धान्तका अनुयायी
वा मन पराउनेको समूह मिली नीति निर्माण गरी राजनैतीक दलहरु निर्माण भएका हुन्छन।
यिनै राजनैतिक दलहरुले समय सामयिक रुपमा सुधार वा परिवर्तन गरी अपनाउदै आएका नीति
दर्शन वा सिद्धान्तलाइ राजनैतिक वादहरु भनिन्छ। हाल बिश्वमा यस्ता वादहरु
सामान्यतया पूँजीवाद, समाजबाद, फेवियनबाद,
व्यक्तिवाद, अराजकताबाद,
राष्ट्रवाद ,गान्धिवाद ,आदर्शवाद, बहुलवाद,
लोकतान्त्रिक समाजबाद, साम्यवाद तथा पर्यायवरण संरक्षणवाद आदिको नामबाट
परिचित छन । यिनै वादको आधारमा बिश्वका अधिकांश मुलुकले बिकास उन्नति र प्रगती गरि
रहेका छन। तर हाल सम्म पनि नेपालको जस्तो कुनै पनि मुलुकमा
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक दर्शनको राज्य ब्यबस्था जस्ताको तस्तै नभै रहेको अवस्थामा नेपालका प्रजातान्त्रिक
बिचारधारा र साम्यबादी बिचारमा आस्था भएका राजनीतिक दलहरुको मिलो मतोमा संघिय
लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्था लागु त गरे तर यस बिषयमा के गर्दा र भन्दा के
हुन्छ भन्ने ज्ञान सिप र क्षमता नभएका र शत्रुको हाँस्ने आफ्नो पतन हुने अवस्थाको समेत आँकलन सम्म गर्न
नसक्ने ब्यक्तिहरुको बाहुल्यता भै शत्तासिन हुन पुग्दा र सैद्धान्तिक रुपमा
अपरिस्कृत र असंवेदनशिल ब्यक्तिको हातमा डाडु पनियो पुग्दा भाग बण्डा कै बिषयमा
कलह र विग्रह हुदै अहिले राज्य वानरको हातमा नरिवल भएको छ। मियो बिनाको दाँइ भै
रहेको छ ।दिनहुँजसोको घोचपेच र षडयन्त्र तथा दाउपेच र शक्तिको पनि शक्ति देखाउने
प्रयास गर्दा ब्यबस्था नै धरापमा परेको नेपाली जनताले अनुभव गरि रहेका छन।न
सैद्धान्तिक मतभेदका कुरा छन न बिरोधका। तर कतिखेर के हुन्छ अनुमान भन्दा बाहिर छ।
हुन त भिरको डिलमा पुगेको गाइलाइ फर्काउन नसक्ने भए पछि राम राम भन्नु सिवाय के नै
उपाय हुन्छ र । गन्तब्यमा पुग्ने नपुग्ने
अनिर्णयका साथ सकि नसकी उकालोमा कालो धुवाँको मुस्लो छोडदै थानकोटको उकालोमा चढदै
गरेको थोत्रो गाडी जस्तै बनेको छ अहिले मुलुक। अनि नेता जती त्यहि गाडीका ड्राइभर।
न भित्र बलियो छ न बाहिर। पुरै पर निर्भरतामा अढेर सियो सम्म आज सम्म पनि बनाउन
नस्कने नेताहरु भनाउदाको गुड्डि हकाइ देख्ता दिग्दार देखिएका छन जन्ता। यीनै
नेताहरुले देखि रहेकै छन ३४ वर्षिय राष्ट्रपति मरिनले हाँकेको फिनल्याण्ड‚ ३९ बर्षिय प्रधान मन्त्रि ज्यासिन्दा अर्दनले
हाकेको न्युजिल्याण्ड‚ ४२ वर्षिय
राष्ट्रपति जेलेस्किले हाँकेको युक्रेन ‚४९ वर्षिय प्रधान मन्त्रि जस्टिन ट्रुडोले हाकेको क्यानडा र ५१ वर्षिय
प्रधान मन्त्री स्कट मोरीसनले हाँकेको क्यानडा
तर हाम्रा भने बूढो गोरुले गाइलाइ ओगटे झै सबै पद जति ओगटी राख्ने काम भने
देखिने किसिमबाट केहि पनि गर्न नसक्ने तर सबै ६० वर्ष काटेका ।सरकारको यस्तो हालत।
सधैका बालक र सधैका कुकुर र बिराला ।
साच्चि नै भन्ने हो भने कछुवाको
गतिमा रहेको मुलुकलाइ चितुवाको गतिमा पुर्याउने बाचा बन्धनका साथ अघि बढ्नु
पर्नेमा म्याद सकिएको औषधीले काम नगरे
जस्ता शारिरिक र मानसिकतामा दुर्वल नेताले देश हाक्छु भन्नु, पेन्सन खाने बेलाका मानिस बिद्यार्थी नेता बन्नु, ६०वर्ष
कटेका युवा नेता बन्नु, आर्यघाट तर्फ लैजाने बेलाका बृद्ध बुढा
पाका राजनैतिक दलको प्रमुख भै रहन खोज्नु, दिशा र मार्ग बिहिन भै अन्त्यष्ठी गरी सकेको
सिद्धान्लाइ फलोअप गरि रहनु, चिट्ठा परेको सम्झी
डाडु पनियो अव कहिल्यै पनि हातमा नपर्ने
सम्झी फुत्काउनै नखोज्नु , राष्ट्रियतालाइ शत्तामा उक्लने भर्याङ बनाउनु, भ्रष्टाचारी भनी जनताबाट ट्याक लागि सकेका तथा
बारम्बार जनताबाट पछी हटाइएका नेतालाइ लाज शर्मै नमानी उच्च पदमा पुर्याउन कोसिस
गरि रहनु , पुराना र जेल नेल खाएकालाइ त्यसै छोडी ,जी हजुर सबै ठीक ठाक छ भनी अघि पछि हिडने अरौटे
भरौटै र कुरौटैलाइलाइ मात्र काखीँ च्याप्नु , जघन्य
अपराधीलाइ पनि सजायँमा छुट गराउन प्रयास गरि रहने तथा देश र जनताको मानसिकता र
हविगत थाहा नपाउने राजनीतिक संस्कार यथावत नै छ । यसैका कारण अन्तर्राष्ट्रिय
रुपमा मुलुक प्रतिको बिस्वास र छवी ओरालो लागि रहेको छ।
खुट्टामा लगाउने चप्पल समेत अरुले किनिदिएको
कुरा बिर्सि नमच्चिने पिङको सय झडका देखाउदै सत्तामा प्रवेश गरेका र भदौमा आँखा
फुटेको गोरुले सधै हरियो देख्छ भनेझै समयले धेरै कोल्टे फेरी देश र जनतालाइ ढाकेको
र बिश्वास गरेको भनिएको सूर्य अस्ताउन लागि सक्यो। बसेको डुंगा डुब्न निमेष मात्र
बाँकी छ तै पनि झुट अहंकार र घमण्डमा बिद्यावारिदी गरेका मियो लाइ थाहै छैन। आफु
मोरे पछी डुमै राजाको आशय झल्काइ रहेका छन।
अहिले नेपाली जन मानसको टोल
टोल र गल्लि गल्ली तथा चोक चोकमा कुरा कानी र छलफल भै रहेको छ नेपालको राजनीति हिजो देखि आज सम्म पनि एउटा
फोहोरी र विस्वाशै गर्न नसकिने खेल रहेछ ।सबै पद आफु र आफ्नैलाइ मात्र राख्न
खोज्ने‚ संस्कार बिहिन राजनीति। त्यसमा पनि खोलाको
पानी बारम्बार माथि का ले नै धमिल्याइ दिए पछी कसरी तलको पानी सङलने ।कसरी आश्था र
बिश्वास राख्ने ।किन त्यहा संलग्न हुने।बिनाशका लागि मुठ्ठि कसेर बसेका सगँ कसरी
बिकाशको आशा राख्ने । नीतिहरुको पनि नीति राजनीतिको यस्तो हविगत ले कसरी जनताको
चित्त बुझ्ने । धमिलिएको पानीमा माछा मार्ने गरेकालाइ त ठिकै होला तर अरु के
गर्लान । अस्तु. . . . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः-२०७७।७।२५ गते