।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Tuesday, November 3, 2020

 

  खोज खबर ३३१

                        नेपालमा पुःन संकट   

 नेपालमा वि.सं. १९९३ सालमा सर्वप्रथम प्रजापरिषदको २००३सालमा नेपाली राष्ट्रिय कांग्रेस २००५सालमा नेपाली कांग्रेस २००६ सालमा नेपाल कम्युनिषट पार्टी र २००७सालमा गोर्खा परिषद जस्ता राजनैतिक दलको जन्म भएता पनि २००७सालको राजनैतिक परिवर्तन पछी मात्र बैधानिकता पाएका थिए। २०१७सालमा गएर फेरी राजनैतिक परिवर्तन भै निर्दलिय पंचायती ब्यबस्थाको सुरुवात भएकाले सक्रिय रुपमा नभै लुकिछिपी आन्तरिक रुपमा राजनैतिक दलहरुले केहि काम गर्दै गर्दाको अवस्थामा २०४६सालको आन्दोलनले पुनः दलिय ब्यबस्थाको सुरुवात भै रहेको अवस्थामा हाल सम्म आइपुग्दा निर्वाचन आयोगका अनुसार १६० वटा राजनैतिक दलहरु निर्वाचन आयोगमा दर्ता भै हाल १३२वटा राजनैतिक दलहरु अस्तित्वमा रहेको देखिन्छ। हालको क्रम अनुसार क्रम संख्या १ मा नेपाल मदजुर किसान पार्टी मिति २०७३।८।३०मा क्रम संख्या ३८मा मिति २०७३।८।३० मै नेपाली कांग्रेस र क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा मिति २०७५।२।२३ मा दर्ता भएका देखिन्छन । सबै भन्दा अन्तिममा वा २०७७।४।२० मा आएर नेपाल कम्युनिष्ट पार्टी मार्क्स बादी लेनिनवादीको नाममा दर्ता भएको पाइएको छ ।  यी सबै रानीतिक दलको उद्ध्येश्य नीति र कार्यक्रम तथा विधानलाइ नियाल्दा सबैले नेपाल र नेपाली जन्ताको हित कल्याण र भलाइका लागि काम गर्ने प्रण पनि गरेको पाइन्छ। सबैले भन्ने गरेका छन निर्वाचनमा जो जसले जिते र हारे पनि मुलुकको हित भलाइ र रक्षार्थ राज्य संचालन सहमति र सहयोगको आधारमा गर्नु पर्दछ। सबैमा एकता र भाइ भाइको सम्बन्धको बिकास गर्नु पर्दछ। जनसहभागिगाको बलमा आधारित भइ लोकतान्त्रिक मार्गबाट कल्याणकारी राज्यको परि कल्पना गरी शिक्षालाइ गुणस्तरिय बनाउनु पर्दछ। स्वास्थ्यलाइ न्युन स्तरका जनताको पहुँच सम्म पुर्याउनु पर्दछ। सामाजिक सुरक्षाको दायित्व सरकारले नहिच्किचाइ लिनु पर्दछ । कल्याणकारी लोकतान्त्रिक दर्शन खाली राजनीति सँग मात्र जोडिनु हुन्न समाजको समग्र बिकास सगँ जोडएको हुनु पर्दछ।   ऐलेको सम सामयिक परिस्थिति लाइ बुझेर स्वार्थी लोभि र अन्यायी परिस्थितिलाइ अगाल्दै आएको निजी करणको उदारवाद र  सामुहिकतालाइ मात्र जोडदिने सिर्जन हिन उदासिन  अदुरदृष्टि तथा अनुदारवादी र  परम्परागत समाजबाद को ढर्रामा जोड दिदा  बजार कमजोर हुन गै हसोत्साहि हुने हुदा  यि दुवैलाइ यो भूमिले सहन गर्न सक्ने देखिदैन । यहा न बजारलाइ पुरैलगाम लगाउन सक्ने परिस्थिति छ न पुरै लगाम छोडि दिने अबस्था छ। न राजनीतिले स्थायित्व लिन सकेको छ न आर्थिकले । यसरी हेर्दा मुलुक ऐले पुरै संक्रमण कालिन अवस्थामा गुज्रि रहेको सोतह देखिइ रहेको छ। धनी र गरिव बिचको खाडल कम गर्ने  तथा बिकास र परिवर्तनलाइ एकसाथ लैजाने कुनै र कसैले पनि कार्यक्रम ल्याउन सकेको छैन। संघिय लोकतान्त्रिक गणतन्त्रको नाम जपेर वा आदर्श छाटेर र भाषण ठोकेर तथा कागजमा लेखेर मात्र केहि हुने वाला छैन । त्यस अनुसारको आचरण र ब्यबहार गर्न सकिएन भने। आज नेपाली जनतालाइ चाहिएको छ योग्यता र दक्षता तथा ब्यबसायिक सिप अनुसारको रोजगारी। उच्च स्तरको दक्षता हासिल गर्ने प्रविधि। गाँस वास र कपास सहितको शिक्षा स्वास्थ्य र सुरक्षा । जसले समाजलाइ सचेत बनाउदै ब्यक्तिको ज्ञान गुन र सिप तथा क्षमता र आत्म विश्वासलाइ बिकास गराउदै लान सकोस । जन सहभागितामा जोड दिदै आर्थिक समानता कायम गरी मध्यबर्गिय समाजमा रुपान्तरण गर्न सकोस। समाजलाइ तनाव र बिभाजनबाट मुक्त गर्न सकोस । समावेसिकरणको नीति अवलम्वन गरी राज्यमा पछी परेका समुदाय वर्ग र जाति लिंगलाइ राजनीतिको मुल धारमा ल्याइ स्थापित गर्न सकोस। निजित्व र सामुहिकतालाइ सगँसगै लैजाने परिपाटी बनाउने सक्ने परिस्थिति निर्माणहोस । नियमित र निष्पक्ष निर्वाचन। समानता र स्वतन्त्रता। समावेसिकरण। भ्रष्टाचारलाइ शुन्य सहन शिलता गराइ पारदर्शिता ।  निर्विवाद सूचनाको हक। जवाफदेहिता आदिको ग्यारेन्टी देखिन सक्ने ब्यबस्था होस। तर यस्तो खुबी राख्न सक्ने क्षमता नेपालका कुनै पनि राजनीतिक दलमा देखिदैन । सबैको खुट्टीको पहिचान भै सकेको छ। आफ्नो आँगको भैसी नदेखी अरुको आँगको जुम्रा देख्ने प्रचलन छ। आफुले आफैलाइ उत्कृष्ट भनि फलाक्दै हिडे पनि दोष र खोट रहित कोहि कुनै पनि देखिन सकेका छैनन। दलिय ब्यबस्थाको सूत्रपात भएको ७० वर्ष भै सक्दा र राजनैतिक दलको संख्या बढेर १६० पुग्दा पनि अझ सम्म पनि परिपक्व हुन नसक्नु भनेको यहिका राजनैतिक दलहरुको असक्षमताका कारण ले नै हो भन्न हिच्किच्याउनु पर्ने अवस्था छैन । राजनीतिक दलहरुमा नीति प्रधानहुनु पर्नेमा ब्यक्ति प्रधान हुनु। त्यसमा पनि बोलाइ र गराइमा एक रुपता नहुनु। पदलाइ हत्याउनका लागि अनेकका जालझेल षडयन्त्रको सहारा लिनु । नाताबाद र कृपावादलाइ प्रश्रय दिनु आदिले नेतामा असक्षमा देखाइ रहदा पनि लाज शर्म नमान्नु।

 अझ आजका जल्दा र बल्दा तथा ठूला र सक्षम भनिएका राजनैतिक दल र वारम्वार मुलुकको जिम्मा लिएका सबैलाइ समेटेर मुलुको बिकासमा समर्पित भै आफ्ना खुवी र क्षमता देखाउने बेलामा बिधान र समझदारीलाइ एकातिर पन्छाइ  नेपाली कांग्रेस र नेकपा नेताहरुमा आन्तरिक रुपमै दैनिक रुपमा देखिएको र सुनिएको विघटनको धम्की किचलो वाद बिवाद सडक मै छछल्किदा र जन्ता निरास र उराठ भै भडकि रहदा पनि जिम्वेवारी लिएका ब्यक्तिमा अलिकति पनि  पिर चिन्ता तथा आभास नहुनु र आफ्नै घमण्ड वा अहंकारले बेरिइ रहनुले मुलुक झन वर्वाद त हुने हुने होइन भन्ने शंका जनताले गर्न बाध्य भएका छन । यस्तो ब्यबहारले राजनीतिक दलकै कारण मुलुकमा पुनःसंकट नआउला भन्न सक्ने अवस्था छैन । अस्तु  .......  . .

                                                    बुद्धिसागर बराल

                                                   बेसिशहर ८ लमजुङ

 मितः-२०७७।७।१७

 

  

Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |