।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, October 28, 2020

 

   खोज खबर ३३०

                         नेता बन्न सजिलो छैन

       यति खेरको अवस्थालाइ हेर्दा म  हाल कुनै पनि नेपालका राजनैतिक दल बिशेष सँग आबद्ध छैन र कुनै पनि राजनैतिक पद सगँ जोडिएको पनि छैन । हिजोको अवस्थामा राजनीतिक शास्त्रको  अध्ययन र प्राध्यापन गर्दै आएको भए पनि हाल स्वतन्त्र रुपमा अधिबक्ता भै कानून ब्यबसाय गर्दै आएको छु । गरिव असहाय र अशक्तको पक्षमा तथा न्यायको पक्षमा वकालत गर्दै आएको छु। कहिले काहि समय सापेक्षरुपमा मुलुकमा  भए गरेका र घटेका घटनाहरुको बिषयमा आफ्नो व्रम्हले देखेका र जाने बुझेका कुरा वा बिचार र चिन्तनलाइ जानी नजानी सबै जन्ताहरु बिच पुर्याउने आफ्नो दायित्व सम्झी पुर्याउदै आएको पनि छु। साहित्य र ब्याकरणको पारखी नभएको कारण कतिपय स्थानहरुमा भाषा र शैलीहरु नमिलेका पनि हुन सक्दछन। यस प्रति म सबै सगँ क्षमा याचना पनि गर्दछु । यसै  प्रसंगमा हाल विजया दशमी वा बडा दशै २०७७को उपलक्ष्यमा नेपालका सत्ताधारी दल नेकपाका एक एक प्रभावशाली नेता हरिबोल गजुरेल सगँ पत्रकार ऋषि धमलाले गरेको कुराकानी को भिडियो सहितको लेख २०७७साल कार्तिक ११ गते को साथिखबर भन्ने पत्रिकामा रहेछ। त्यहा भनिएको थियो दशै मान्नेहरु कोहि पनि कम्युनिष्ट हुनै सक्दैनन नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको त्यस भनाइ र लेखाइले मेरो मनलाइ आकर्षित गर्यो। यसमा कोहि कसैलाइ परिलक्षित गर्ने लक्ष्य भने छैन ।तर पनि त्यसै बिषयमा नितान्त ब्यक्तिगत रुपमा चर्चा र परिचर्चा गर्ने  चाहना भयो।

  के साच्चिकै हिजो हामिले अध्ययन र अध्यापन गर्ने गरेका कम्युनिष्ट बिचारधारा र हाल नेपालमा प्रचलनमा रहेका साम्यवादी वा कम्युनिष्ट हौं भन्ने राजनीतिक दल वा ब्यक्ति सँग मिल्दो जुल्दो छ वा छैन ।नेपालमा कम्युनिष्टको लागि वातावरण अनुकुल छ वा छैन । हालको नेकपाको विधान र कार्यशैली नेता र कार्यकर्ता तथा शुभचिन्तकको  व्यबहार सगँ मिल्छ वा मिल्दैन  आदि इत्यादिको बिषयमा । हुन त वर्तमानको परिस्थितिले सबैलाइ आ-आफ्ना बिचार र चिन्तनलाइ प्रवाह गर्न छुट दिएको छ ता पनि दलिय शासन ब्यबस्थामा पार्टी पद्धतिको ख्याल गर्नु पर्ने की नपर्ने । अनि समयले के लाइ स्विकारेको छ भन्ने कुरा नेताहरुले बुझ्न पर्ने की नपर्ने ।

   राजनीति र राज्यको सुरुवाति अबस्थालाइ नियाल्दै जादाँ भेट्टाउन कठिन परेता पनि  राज्य र राजनीतिक चिन्तनको जन्मदाता भनेर युनान वा ग्रिसलाइ मानिएको छ। त्यसैले भनिदै आएको छ  राजनैतिक चिन्तनको क्रमबद्ध बिकास पनि ग्रिसबाटै भएको हो । त्यसैले ग्रिसबाटै बैज्ञानिक रुपमा राजनैतिक चिन्तनको बिबेचना र बिश्लेषण तथा आबिस्कार भएको कुरामा पनि दुइमत देखिदैन । यसैलाइ पुष्टि गर्दै राजनैतिक चिन्तक वार्कर ले भनेका छन Political thought begins with the Greeks.Its origin is connected with the calm and clear rationalism of the Greek mind.

ग्रिकबासीहरुले मानिस सम्बन्धि गहिरो अध्ययन र अनुसन्धान गरे पछि मात्र मानिस एक राजनैतिक र सामाजिक प्राणि हो भनेर निष्कर्स निकालेका थिए। अनि मात्र आफ्ना चिन्तनहरुलाइ वैज्ञानिक स्वरुप दिदै राजनैतिक शब्दहरुको ब्याख्या र विष्लेशण गरी तिनलाइ मौलिकता दिइ चिन्तनलाइ नैतिकतामा आधारित गरी भौतिक एवं सांसारिक दृष्टकोण र विवेकवादी चिन्तनमा जोड पुर्याएका थिए। न्यायमा बिश्वास राख्दै गुण नै ज्ञान हो भनि मान्दथे । तर उनिहरुमा हटन नसकेको चिन्तन के थियो भने समानता दास प्रवृति र स्थानिय भावना । पछी यिनै कुरामा ध्यान पुर्याउदै प्लेटोले आदर्श राज्यको परिकल्पना गरेका थिए। पछी असफल भए पछी प्लेटोले ३८ वटा ग्रन्थहरु लेखेका र २८ वटा त प्रमाणित नै भएका थिए। यिनै मध्येका  The Republic  , The statesman  , The Laws  पछी बिश्व प्रसिद्ध भए। त्यतिबेला नै प्लेटोले आदर्शराज्यको स्थापनाको लागि न्यायमा आधारित साम्यवादी सामाजिक ब्यबस्थाको परिकल्पना गरेका थिए । जहा सैनिक तथा शासक वर्गमा सम्पत्ति र श्री मतीको  साम्यवाद हुनु पर्ने र राज्य नियन्त्रित शिक्षा ब्यबस्था हुनु पर्ने उल्लेख थियो । यस बिषयमा व्यापकरुपमा आलोचना भए पछी उनि पछी हटेका थिए। यसै बिषयलाइ लिएर पछी कार्ल माक्सले धेरै कुराहरुमा समय सापेक्ष रुपमा परिमार्जन गरी आफ्ना चिन्तन बिचार र भावनाहरुलाइ लिखित रुपमा सार्वजनिक गरे। त्यसैलाइ हाल सम्म पनि साम्यबाद भनिन्छ। त्यस साम्यवादका प्रमुख सिद्धान्तहरुमा पूजिँवादको विरोध गर्नु , वर्ग संघर्षमा बिश्वास गर्नु , धर्मको विरोध गर्नु, बल र हिंसाको समर्थन गर्नु,  क्रान्तिको अनिवार्यता ,शक्ति सरकारको मुख्य आधार, भण्डाफोरमा जोड दिने र वैचारिक स्वतन्त्रताको अभाव आदि थिए । यसैलाइ लिएर साम्यवादीहरु ब्यबहारिक हुन्छन, तथ्यको आधारमा सोच र विचार गर्दछन, पूँजिबादी कला र साहित्यमा तथा धर्म ,अहिंसा , इमान्दारिता र दयाहरुमा बिश्वास गर्दैनन,  जे जस्तो परिस्थिति छ र जे भन्दा र गर्दा उचित हुन्छ त्यहि गर्दछन । अनात्मवादी र भौतिकवादी हुन्छन, धर्मको विरोध गर्दछन, धर्म मान्दैनन एक दलिय शासन रुचाउछन ,वर्गिय संरचना बिखण्डन हुन्छन,  क्रान्तिमा मात्र जोड दिन्छन , बढी बलको प्रयोग गर्दछन,  हिंसामा मात्र बिस्वास गर्दछन भन्ने जस्ता धारणा बाहिर आए पछी पासविक प्रवृति बढने, बर्तमानको प्रविधिको बिकासको क्रममा श्रमजिविको विचमा  वर्ग संघर्ष हुन नसक्ने जस्ता बिचारहरु आइ ब्यापक विरोध  हुन थाल्यो। त्यसमा पनि मार्क्स र एंगेल्सले पछी आएर राज्यलाइ एउटा वर्ग द्वारा अर्को वर्गको शोषण गर्ने संस्था मान्नु, सत्ताधारी दलको सम्पत्ति  र उनिहरुको मात्र राज्यले संरक्षण गर्नु,  गरिव तथा निर्बलियालाइ सुरक्षा दिनुको सट्टा उल्टै सजाय गरिनु तथा वर्ग बिहिन समाजको परिकल्पना गरिनुले जनतामा नकारात्मक प्रभाव देखिदै आएको अवस्थालाइ मनन गरी लेनिनले समाजमा रहेका लोभी पापी दुष्ट र अपराधी प्रकृतिका मानिसबाट जनतालाइ संरक्षण दिनको लागि राज्यको आबश्यकता पर्दछ भनि केहि बोली र ब्यबहार फेरेका थिए। पछी यी बिचार र चिन्तनमा आमूल पररिवर्तन गरी माओले माओवादको रुपमा ढाले। यो बिचारले केहि समय काम गरे पनि यो सदाको लागि उपयुक्त नहुने ठहरका साथ पछी देङ र हालका सिङले पनि धेरै परिवर्तन गरी पहिलेको साम्यवादी अवस्थालाइ धेरै नै खुम्च्याइएको अवस्थामा छ। यसै गरी नेपाल लगायतका कतिपय स्वतन्त्र र प्रजातान्त्रिक परिपाटी अपनाएका मुलुकमा पनि  परिवर्तित अबस्थालाइ मूल्यांकन गरी संसदिय दल बनाएर  निर्वाचन मार्फत जनताको बिश्वास  जिति  बहुमत प्राप्त गरी कम्युनिष्टहरुले सरकार चलाउदै आएका छन। यसरी समय सापेक्ष रुपमा कम्युनिष्टहरुले तथा साम्यबादी भनाउदा हरुले शासन गर्दै आएको अवस्था र मुलुकभरका जनता हाल सम्म पनि कुनै न कुनै धर्म संस्कार आस्था र संस्कारमा आबद्ध भै रहेकै अवस्थामा  र तिनैको मतबाट सत्ता चलाइ रहेको अवस्थामा सत्ताधारी दल कै प्रभावकारी नेताको रुपमा परिचित हरिवोल गजुरेलबाट माथि उल्लेख भए बमोजिमको बिचार प्रबाह  भएको देख्दा ८० प्रतिसत भन्दा बढी जन्ता जसले हिन्दु दर्शनमा आधारित बिजया दशमी वा बडा दशै मनाएका छन। कम्युनिष्टको नाउँमा झण्डै दुइ तिहाइको बहुमत दिइ त्यहि दललाइ सत्तामा पुर्याएका छन। उनिहरुको मनमा ठूलो चोट परेको महशुस भएको छ। कम्युनिष्टले धोखा दिएको महशुस गरेका छन । यसका नेताहरुको बोली र वचनमा तथा ब्यबहारमा मेल खाने रहेन छ। पद पाउदा एउटा र नपाउदा अर्को कुरा गर्दा रहेछन। जनता को चाहना र आबश्यकता बुझ्ने क्षमता रहेनछ। समय सापेक्ष हुन नसक्ने रहेछन । जनतालाइ ढाँट र ढुट गरेर भने पनि सधै आफैमात्र पदमा रहि रहन चाहने रहेछन । आफु पदमा नहुदा अनेकका घुर्कि र फुर्की देखाउनु उनिहरुको चलनै रहेछ। त्यसैले जनताले अहिले भनी रहेका छन ए नेताहरु हो बोल्दा र काम गर्दा बिचार पुर्याउनु होस। समयले धेरै कोल्टे फेरी सकेको छ ।आफु आएको र वसेको स्थानलाइ नै धरायसी बनाउन नखोज्नु होस। जनताको नजर वा दृष्टकोणबाट गिर्ने कोसिस नगर्नु होस। नेता हुँ भन्न त सजिलो छ तर वास्तविक नेता हुन र गरिपुर्याउन भने सजिलो छैन । अस्तु   .  . . . . ..  . . . ..  

                                                       बुद्धि सागर बराल

                                                      बेसिशहर ८ ,लमजुङ

 मितिः-२०७७/७/१२

Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |