मानिस‚ सम्पत्ति र कानून
मानिस समाज बिना बाच्नै नसक्ने वा उसको अस्तित्व नै नरहने हुदा
राजनीति शास्त्रका पिता मानिने अरस्तुले मानिसलाइ सामाजिक प्राणि मानेका छन ।
समाजमा रहदा उसको जीवन रक्षाको लागि खाद्ध्य पदार्थ‚ लगाउनको लागि लत्ता कपडा‚ गहना गुरिया‚ बस्नको लागि घर‚ खेतिपातीको लागि जिमीजग्गा र दैनिक आबश्यकता
पुर्तिको लागि अन्य नाना थरिका चिज वा बस्तुहरुको आबश्यकता पर्दछ। यस्ता मानिसले
उपभोग गर्न ‚खरिद गर्न‚ बिक्री वितरण‚ गर्न तथा हक हस्तान्तरण गर्न सकिने लगायत
कारोवार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने नगद लगायतका सबै प्रकारका चल र अचल तथा भौतिक बस्तु वा कार्यलाइ सम्पत्ति मानिने भनि हाल
प्रचलनमा रहेको मुलुकी देवानी संहिता २०७४ को दफा २५१ मा उल्लेख छ।त्यसै गरी
डा०स्वामी प्रपन्नाचार्य द्वारा लिखित वेदमा के छ भन्ने पुस्तकको पेज ७४ मा
सम्पत्ति भन्नाले साम्पत्तिक अधिकार
बुझिन्छ । सम्पत्ति अन्तरण हुन सक्ने हुनाले अधिकारको ध्योतक मानिन्छ ।
सम्पत्तिमा मुर्त-अमुर्त दृश्य- अदृश्य
अधिकार सम्मिलित हुन्छ। प्राचिनकालमा हिन्दुहरुमा घर जग्गा जमिन सुन चाँदी पशु आदि
बस्तुभाँउको अतिरिक्त पुत्र पुत्रीहरुलाइ पनि सम्पतिका रुपमा गणना गरिन्थ्यो भन्ने
उल्लेख छ । यसै गरी बिधि शास्त्री
बेन्थमले स्वामिको आफ्नो सेवक एवं पिताको
आफ्नो पुत्र प्रतिको अधिकारलाइ पनि सम्पत्ति मानेका छन भने अर्का राजनीतिक चिन्तक
हब्स भन्दछन प्रत्येक मानवलाइ आफ्नो जीवन र सम्पत्ति सबै भन्दा प्यारो लाग्दछ।त्यसैबाट
लोभ लालचा माया ममता उत्पन्न हुन्छ ।अनि त्यो प्रेम र जीवनको साधन बन्दै यी दुवै
सम्पत्ति बन्दछन । यसरी हेर्दा सम्पत्ति भित्र ब्यक्तिगत हक अधिकार लगायत ऋण धन
अंश तथा कपिराइट लगायतका सबै बस्तुहरु समावेस हुने बुझिन्छ । यसरी हेर्दा मानिस र
सम्पत्ति एक अर्काका पुरक वा पर्यायको रुपमा रहेको बुझिन्छ। बिना सम्पत्ति मानिसको
जीवन नै असंभव रहेछ। त्यसैले यसको संकलन‚ संरक्षण र सम्बर्धनमा मानिसहरु निरन्तर रुपमा लागेका पाइन्छन ।सहज
किसिमबाट होस वा असहज किसिमबाट होस मान ‚मर्यादा र प्रतिस्ठा‚ इज्जत र नैतिकता गए जाओस तर पनि मानिसको तन मन
धन सम्पत्तिमै रहेको हुन्छ। बिवाद र मुद्धा
मामिला गर्नै परे पनि उ पछी हटदैन। कसै कसैको त सम्पत्तिकै कारण ज्यानै गै सकेको
पनि पाइन्छ। त्यसैले मानवमात्रको लागि यस्तो अपरिहार्य धन र सम्पत्तिको बिषयमा
राज्यबाट के कस्ता कानूनीव्यबस्था गरिएको छ त्यस बिषयमा सजग र सतर्क रहनु तथा
जानकारी राख्नु नागरिकको जिम्वेवारी‚
दायित्व र कर्तव्य नै भएकोले यहा केहि चर्चा गरिएको हो।
हाल हाम्रो मुलुकमा प्रचलनमा रहेको मुलुकी
देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १५ को दफा २५१ देखि ४९२ सम्ममा सम्पत्ति
सम्बन्धि कानूनको ब्यब्यस्था गरिएको छ ।
सबै दफाको बिषयमा यहा उल्लेख गर्न संभव त छैन तर पनि केहि को बिषयमा यहा चर्चा गरिएको छ । दफा
२५२ मा भौतिक वा अभौतिक‚ मुर्त वा अमुर्त
जुनसुकै अवस्थामा भएको भए पनि सम्पत्ति चल र अचलको रुपमा रहेको मानिने छ भन्ने
उल्लेख छ भने दफा २५३ मा देहायका सम्पतिलाइ अचल मानिएको छ।
क.
घर वा
जमिन वा सो सगँ जोडिएको संरचना ।
ख.
घर वा
जमिनसंग स्थायी रुपमा आबद्ध भएको कुनै बस्तु ।
ग.
जमिन
सँग आबद्ध रहेको खानी ढुंगा वा खनिज जन्य बस्तु ।
घ.
प्राकृतिक
स्वरुपमा रहेको पानी भू-सतह तथा भूमिगत रुपमा रहेको पानी ।
ङ.
नदी ताल
तलैमा तैरने गरी स्थायी रुपमा बनाइएका घर वा अन्य संरचना ।
च.
जमिनमा
खडा भएका रुख बिरुवा वा फलफुलका वोट वा त्यस्ता रुख विरुवा वा फलफुलका बोटमा फलेका
फल वा फुलेका फुल जमिनमा फलेको वाली ।
छ.
अचल
सम्पत्ति सँग आबद्ध रहेको कुनै चल सम्पत्ति ।
यसरी नै दफा २५४ले नगद वा नगद सरह कारोवार हुने बस्तु वा बिदेशी
मुद्रा सुन चाँदी जवाहरत रत्न सुन चाँदीबाट बनेका गर गहना वा बहुमुल्य पत्थर यी
माथिका बाहेक एक ठाँउबाट अर्को ठाउमा ओसार पसार गर्न सकिने अन्य बस्तु ऋण पत्र
प्रतिज्ञापत्र विनिमयपत्र प्रतित पत्र वा
अन्य विनिमय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ बौद्धिक सम्पत्ति धितोमा
रहेको हक ब्यापारिक ख्याति र अचल सम्पत्ति बाहेकका अन्यलाइ चल सम्पत्ति मानेको छ।
दफा २५५ मा स्वामित्वको आधारमा निजी सगोलको संयुक्त सामुदायिक सार्वजनिक सरकारी र
गुठी सम्पत्ति भनि वर्गिकरण गरिएको छ।दफा २५६ मा कुनै ब्यक्तिको नाममा रहेका र
त्यसबाट बढे बढाएको देहाय अनुसारको सम्पत्ति निजी सम्पत्ति मानिनेछ भनि उल्लेख
भएको छ।
क.आफ्नो
ज्ञान सीप वा प्रयासबाट आर्जन गरेको ।
ख.दान
बकस वा अपुताली स्वरुप प्राप्त गरेको ।
ग.
चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको ।
घ.पारिश्रमिक उपदान निवृतभरण उपचार खर्च संचय
कोष बिमा वा अन्य सामाजिक सुरक्षणबापत प्राप्त गरेको।
ङ.बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त
गरेको ।
च.कानून
बमोजिम मानो छुट्टिइ भिन्न बसेको अवस्थामा वा त्यसरी मानु नछुट्टिए पन खति उपति
आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुन सुकै तवरले प्राप्त गरेको।
छ.महिलाले विवाह पुर्व आर्जन गरेको प्राप्त
गरेको वा बिबाह हुदाका वखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको
।
ज.
महिलालाइ पति वा पति तर्फका सबै अंशियारहरुको मञ्जुरिले निजको एकलौटी हक हुने लिखत
गरि दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति ।
झ.कानून
बमोजिम कुनै ब्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको।
यसै गरी
दफा२५७ मा पुर्ख्यौलीबाट प्राप्त निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति अंशियारले सगोलको खेति उद्धयोग
व्यापार ब्यबसायबाट आर्जन गरेको वा सो बाट बडे बढाएको सम्पत्ति कानून बमोजिम भिन्न
भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा बडे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको
सम्पत्तिहुने र बमबु आमा छोरा रछोरी बिच अंश बण्डा गर्ने प्रयोजनको लागि बाबु
आमाले कमाएको आर्जन गरेको सम्पत्ति समेत
सगोलको सम्पत्ति हुने ब्यबस्था छ। दफा २५८
मा एका सगोलका अंशियारहरु बाहेक दुइ वा दुइ भन्दा बढी ब्यक्तिहरुको नाममा रहेको वा
त्यसबाट बडी बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिने ब्यबस्था छ।
यसबाट
कुन कुन सम्पत्ति निजी हो र कुन कुन सम्पत्ति सगोल वा संयुक्त हो पत्ता लगाइ
आ-आफ्नो सम्पत्ति को उपयोग तथा संरक्षण गर्न मद्धत मिल्ने छ। अस्तु
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः-२०७७ भाद्र २३ गते