आज अन्तर्राष्ट्रिय
बाल दीवस˙?
आज
बि.सं.२०७७ सालको भाद्र २९ गते बिहान ३.३०वजेको समय। मेरो बेलुका अली छिटै सुत्ने
र बिहान सबेरै उठने वानी २०२१ सालमा लमाबी
गाँउशहरको कक्षा छ मा अध्ययन गर्न थाल्दाको पहिलो दिन Talk and Tale र Everest Reader अध्यापन गर्न सुरु गर्दा गुरुले सर्व
प्रथम Early to bed and
early to rise , makes a men healthy wealthy and wise भनि
सुरु गर्नु भए देखी त्यहि नियममा आधारित भै म हाल सम्म पनि बेडमा सुत्न
छीटो जाने चलन ले गर्दा निन्द्राले छोडी सकेको थियो।कोठामा रातो कम पावर भएको चिम
बलि रहेको थियो। चारै तिर चकमन्न थियो।गर्मिका कारण कोठामा रहेका सबै झ्यालहरु
खुलै हुदा जुरुक्क उठेर झुल भित्रैबाट सडक
तिर हेरे। सडक बत्तिका कारण सबै तिर उज्यालो थियो । झम झम पानि परिरहेको ले मजुवा
खोला अनेकको आबाजका साथ सुसाइ रहेको थियो। मनमा अनेकका तर्क र बितर्कहरु नखेलाउ
भन्दा पनि ओइरिएर आउन थाले। आफ्नो बाल्य कालको अवस्था । अनि बाबा आमा र
हजुरबुबाहरु पनि यसै गरी केहि रात छदै उठेर ढिकी जातो पानी पधेरो र बस्तुभाउको
धन्दामा लागेको अवस्था । अनि तमाखु कंकट र सिगरेट जस्ता बस्तुको प्रयोग गर्दै अनेकका
बिचार र चिन्तन गर्दै गर्दा किन उहाँहरु यति छिटै उठनु परेको होला भन्ने गरेको
अवस्था। बिद्धयालयमा अध्ययन गर्दा साथिभाइहरु सगँ भएका वार्तालाभ । ठेलो हान्ने‚ पौडी खेल्ने‚ उकाली र ओराली गर्दा ठिनो‚ डण्डीवियो‚ भलिवल र कवर्दी जस्ता खेलकुद खेलेको अवस्था र
गुरुहरुले हामी त यस्तो भइयो तिमिहरु राम्रो र असल बन्नु पर्दछ। कोही कसै प्रति इख
र द्वेष राख्नु हुदैन। कसैलाइ पनि जिस्क्याउने तथा कल झगडा गर्नु हुदैन। कसैको
केहि चिज वा बस्तुमा लोभ लालचा राख्नु हुदैन। अनि चोरीचारी पनि गर्नु हुदैन।
साथिभाइ र छरछिमेक सगँ मिलेर बस्नु पर्छ । आपत र विपदमा सबैको सहयोगि बन्न सक्नु
पर्दछ। बाबु‚ आमा र गुरुले भनेको
मान्नु पर्दछ। बिद्या नै सबै धन हरु भन्दा ठूलो धन हो। यसले विनय र नम्रता प्रदान
गर्दछ।ठुलालाइ सम्मान र सानालाइ माया गर्न सिकाउछ। नैतिकवान र अनुशासित हुनु
पर्दछ। आफुले जानेका ज्ञान गुन र सिप आदि दिएर कहिल्यै नसकिने हुदा सबैकुरा बाड्ने वा दिने गर्नु पर्दछ। अनि मात्र असल
नागरिक बनी देश र जनताको सेवा गर्न सकिन्छ भन्ने जस्ता अर्ति र उपदेशहरु संझन पुगे
। यसै कारणले आमा र बुबा बिनाको घर तथा गुरु बिनाको शिक्षा तरकारीमा नुन नहालेको
जस्तो अल्नो ‚ खल्लो र अध्यारो
हुने रहेछ। अनि यसै कारणले गर्दा आमा बुबाको समिपमा नरहेका र बिद्धयालय पुग्न
नसकेका वा गुरुको साथमा पुग्न नसकेका दाजुभाइ तथा दिदी बहिनीहरुको आचरण र स्वभाव
तथा ब्यबहारमा अलि फरकपना आउने गरेको रहेछ।
आदि आदि सोच र तर्क बितर्क
आउदै गर्दा ४.००बजी सकेछ। तिन धारेमा पानी बोक्न जाने महिला तथा पुरुषहरु लाइट बालेरै
भने पनि निस्कने बेला भयो भन्ने संझना आयो। अनि आफ्नो नित्य कर्म स्नान सन्ध्यादि
तर्फ लागे। आधा घण्टाको आफनो नियमित व्यायाम सक्दा ५ बजी सकेको रहेछ। रेडियो खोले।
आज अन्तर्राष्ट्रिय बाल दीवस भन्दै धार्मिक कार्यक्रमबाट भक्ति गितहरु आइ रहेका
थिए। त्यहि बिचमा आफुले सधै सेवन गर्ने गरेका दुइ गिलास मन तातो पानी र एक गिलास कालो
चिया पिउदै गर्दा आफुले ३७.७ बर्षे विद्यालयको जागिरे कालमा देशको भविष्यका
कर्णधार बाल बालिकाहरु सगै उनिहरुकै सिगान र आँशु पुछ्दै दिसा पिसाव सोहर्दै तथा बाल बालिकाकै हाँसो खुसी रोदन र न्याय
संपादनमा दिन रात बिताउनुको साथै झण्डै ३ कार्यकाल सम्म ततःकालिन जिल्ला बालकल्याण समितिमा रहि
उनिहरुको कल्याण तथा हक र अधिकारको संरक्षणमा बिताएको तथा बिगत १० वर्षको जागिरको
अवकाश पछि पनि बालबालिका कै बाल श्रमको शोषण‚ बाल बिबाह‚ बालयौन हिंसा‚ बलात्कार वा दुर्ब्यबहार‚ गैर कानूनी ओसार पसार ‚अनाथ र असहाय बाल बालिकाको संरक्षण तथा बाल
अधिकारहननको बिरुद्धमा वकालत गर्दै आइ रहेको अबस्था तथा बेसिशहर नगरपालिकाको नगर
शिक्षा समितिमा रहि हाल सम्म पनि बाल बालिका को हक र हितको संरक्षणमा लागिरहेको संझनाले
गर्दा बाल दिवस सम्बन्धि जानकारी लिन कम्प्युटर खोले । नागरिक न्युज सेतो पाटी
गोरखापत्र कान्तिपुर वनलाइन खबर जस्ता केहि पत्रिकाहरु पढे। एउटा पत्रिकामा
राष्ट्रपतिले बाल बालिका सम्बन्धमा ब्यक्त गरेका विचार र एउटामा विपद्मा “बाल
अधिकारको सुनिस्चता हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ शिक्षा तथा मानव स्रोत बिकास
केन्द्रले सुरक्षाका माप दण्ड अपनाउदै कक्षा ९ र १० कक्षाका बिद्धयार्थीका बिच बाल
दिवस मनाउनु भनेर प्रदेश तथा स्थानिह तहलाइ आदेश गरेको भन्ने भन्दा अरु केहि
पाइएन। यसै गरी प्रदेश सरकार र स्थानिय तहले पनि कहि कतै यस सम्बन्धमा चासो लिएको
तथा कार्यक्रम गर्ने भनेको पनि पाइएन ।यसले कता कता मेरो मनमष्तिष्कमा छोयो । एक
छिन घोरिय। सं.रा.सं को बाल अधिकार
सम्बन्धी महासन्धी १९८९‚ ३० वर्षको वयस्क हुदा पनि अझै नाबालक नै रहेछ
की भन्ने सम्झिए । अनि त्यसै गरी मुलुकका
कर्णधार भविष्यका निर्माता वा उज्वल ताराको अपमान भएको सम्झिए। देशको शिक्षा नीति
बनाउने र हाक्ने को अनुहार पनि सम्झिए। उनिहरुले त बाल बालिका को भन्दा पनि आफ्नै
अनुहार मात्र ऐनामा हेर्न जानेका रहेछन। ६ -७ महिनाको अवधी हुदा पनि दर दराजमा
रहेका बाल बालिको अध्ययनमा कोरोनाको कारणले पारेको प्रभाव लाइ कसरी न्युन गरी उचित
ब्यबस्थापन गर्ने भन्ने ठोस कार्यक्रम सम्म ल्याउन नसकी उथल पुथल रुपमा देखिएकोमा
शैक्षिक वर्षलाइ नै खेर फाल्न लागेको आधुनिक संघिय लोकतान्त्रिक गणतन्त्रातमक भनिने
ब्यबस्थापकिय सोच‚ बिचार तथा चिन्तन बिहिन सरकार ले
Child shows the
man, as Morning show the day भन्ने
भनाइ त थाहै पाएका रहेनछन ।के को आजको अन्तर्राष्ट्रिय बाल दिवस थाहा पाउने। अस्तु. . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः- भाद्र २९ ‚२०७७