खोज खबर ३२६
सबैलाइ राम्रो र प्यारो
तरकारी पसलमा तरकारी किन्न गएका ग्राहकहरुलाइ हेरी रहेको थिए एकजना मानिसले सर्व प्रथम कलकलाउदो ठुलो रायोको सागको मुठा रोज्यो। त्यसै गरी नजिक मै रहेको अर्कोले छानी छानी ठुलो धनियाको मुठो रोज्यो । यहि क्रममा जो जति ग्राहक थिए सबैले आफुले चाहेका तरकारीको परिकार कुन राम्रो र असल तथा ठुला मुठाहरु छन भनी छानी छानी लिएर गए। त्यस पछी म फलफूलको नर्सरी मा गए त्यहा पनि जे जति ग्राहकहरु आएका थिए ती सबैले आ-आफ्ना चाहना अनुसारका राम्रा लाएकका र ठूला विरुवाहरुको छनौट गरी लिएर गए।त्यसै गरी म अर्को दिन माछा मासु बिक्री गर्ने पसलमा पुग्दा पनि सबैले भनि रहेका थिए ल है मलाइ त अली राम्रो र असल राखि दिनुहोस। अनि हिन्दा हिन्दै जब म कपडाको फेन्सी पसलमा पुगे त्यहा पनि ग्राहकहरु यो राम्रो र त्यो राम्रो यस्तो राम्रो र त्यस्तो नराम्रो भनी भकाभक कपडाहरु झिक्ने र राख्ने गरी रहेका रहेछन। यवं रित सगँ गहना पसलमा पनि त्यसरी नै यो ढाँचा र त्यो ढाँचा राम्रो र असल भनि रहेका थिए। बिबाह बन्धनमा पनि केटा जतिसुकै नराम्रो भए पनि केटी राम्रो चाहिने र केटीहरुलाइ पनि आफु जस्तो सुकै भए पनि राम्रै र असल केटाको खोजी गर्ने गरेको पाए। हुदा हुदै त राजनीतिमा पनि असल र राम्रो ब्यक्तिको खोजी हुदो रहेछ। अझ राजनीतिमा त झन जसले बढी भन्दा बढी छल कपट ढाँटछल षडयन्त्र गर्न सक्दछ‚ आफ्नो बोसलाइ बढी भन्दा बढी अरुको कुरा पुर्याएर चाकडी र चाप्लुसि मार्फतखुसि बनाउन सक्दछ त्यहि असल र सक्षम कहलाउदो रहेछ। सहि र सत्य काम गर्ने जति सधै पछाडी पर्ने रहेछन। ति नराम्रा पनि हुने रहेछन र असक्षम पनि। यसबाट मलाइ के अनुभव भयो भने सबैलाइ सबै चिज वा बस्तु राम्रो र असल चाहिने रहेछ। आफुलाइ सबैले राम्रो र असल तथा सक्षम भन्दा रहेछन । आफ्ना विचार र भावना तथा सिद्धान्तलाइ उत्कृष्ठ ठान्दा रहेछन। आफुले जाने बुझेको र पढेको कुरा मात्र उत्तम ठान्दा रहेछन। अरु त सबै असक्षम खराब र नराम्रा । त्यहि कुरा आफुले गर्दा र बोल्दा ठिक अरुले बोल्दा र गर्दा बेठिक भै रहेको छ। बोल्ने को पिठो बिकि रहेको छ भने नबोल्ने को चामल पनि बिक्रि भएको छैन। यहि आफ्नो अनुहारै नहेरी अरु सबैलाइ खराव देख्ने प्रबृतिको हावी ऐले हाम्रो मुलुकमा पनि बिद्यमान रहेछ । एसैका कारण एक आपसमा अशान्ति द्वन्द कलह बिग्रह बादविवाद आदि भै रहेका रहेछन। राम्रै काम गर्दा पनि आलोचना र नराम्रो कामलाइ पनि प्रोत्साहन दिइरहेको रहेछ। परिवार र समाजको कुलंकार तथा सांघातिक अपराधीलाइ पनि आफ्नो भने पछी प्रशंसा गर्न हामी पछी परेका छैनौ । दुराचारी र ब्यभिचारी तथा भ्रष्टाचारी र ज्यानमारालाइ पनि काधँहाली दुर्गन्धितहुन पनि अघि सरि रहेका छौ। नाममा भने संघिय लोकतान्त्रिक गणतन्त्र भन्ने गरेका छौ। ब्यबहारमा भने नाताबाद कृपावाद मनोवादमा फसेका छौं। सत्यलाइ सत्य र असत्यलाइ असत्य भन्न नसकी रहेका छौं। मान पदवी र पदको लोभलालचा भन्दा अरु चिन्तन नै राख्दैनौ। सके सम्म सबै पदहरु आफै सगँ रहोस भन्ने चाहना राख्दछौ। अनि दोहोर्याइ तेहर्याइ एउटै पदमा रहन्छौ। समानता र स्वतन्त्रताको नारा फलाक्दै हिडछौ अनि हामी प्रजातन्त्र र गणतन्त्रका मसियारा हौ पनि भन्दछौ । यस्ता बिचार र भावनाले आचार विचार संस्कार र संस्कृति सबै लोप हुदा रहेछन। नैतिकता र इमान्दारिताले नेटो काट्दा रहेछन। ऐन नियम र कानून निष्कृय हुने रहेछ। सुशासनको स्थान कुशासनले लिने रहेछ। आफ्नो र अर्काको भनी एक आपसमा ताना तान र हाना हान सम्म पनि हुने रहेछ। दशकौं अघी देखिका साथि भाइ दाजु भाइ र इष्टमित्र पनि बिराना हुने रहेछन। इमान्दारिता सभ्यता र शिष्टताले कुम्लो बोकेर हिड्दा पनि हामी टूलु टुलू हेरी रहनु पर्ने रहेछ। अनि हामि ले नै भनि आएका छौ यहा त बिकास नै भएन ‚ संस्कार नै भएन । यसैले हामी सबै तह र तप्काका जन्ताले के बुझ्न आबश्यक देखिन्छ भने जसरी अरु सबैचिज खोजेर पाइन्छ बाबु र आमा खोजेर पाइदैन भन्ने भनाइ छ त्यसै गरी अरु त खोजे पाइएला तर नैतिकता र संस्कार तथा संस्कृति खोजेर पाउन कठिन हुन्छ । त्यसमा पनि सबैलाइ राम्रो र प्यारोलाग्ने राजनैतिक मुल्य मान्यता तथा संस्कार र संस्कृति। अस्तु. . . ..
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ।
मितिः-२०७७।६।१३