दुष्कृति के हो
अहिले हामीले
सामान्य आँखाबाट हेर्दा पनि हाम्रो मुलुक नेपाल गंभिर संकटमा छ । एकातिर वर्षाका
कारण बाढी पैह्रोबाट हुन गएको धनजनको क्षती र अर्कातिर कोभिड -१९को प्रभावबाट पर्न
गएको आर्थिकमन्दी। रकम अत्यधिक आबश्यक
पर्ने बेला र त्यसै गरी त्यति नै मात्रामा अवरोध आएको बेला। यस्तो अवस्थामा सरकार
आफ्नो जिम्वेबारी र दायित्वमा अटल रहि जनताका आधारभुत एवं मौलिक हक र अधिकारलाइ
निर्बिबाद रुपमा प्रचलन गराइ रहन अत्यन्त चनाखो हुनु पर्ने बेला । ऐन नियम र
कानूनको समय सापेक्ष रुपमा कार्यान्वयन गर्न सजकतापूर्वक लागु गर्नु पर्ने समय
।राज्यमा अनुशासन हिनता अराजकता र अन्यायलाइ नियन्त्रणमा राख्नु पर्ने समय ।
ब्यक्तिबादमा भन्दा सार्वजनिकबादमा जोड दिनु पर्ने बेला ।अबरुद्ध शिक्षा र
दिक्षाको माध्यमबाट पारिवारिक व्यबस्थापनको साथै राजनैतिक र सामाजिक चेतना र ज्ञान
तथा सिप जनतामा भर्नु पर्ने बेला । त्यसै गरी जनता पनि आ-आफ्नो हक र अधिकारको
प्रचलनको लागि तथा स्वास्थ्य र सुरक्षाको लागि सजक‚ सचेत‚ धैर्य
र संयमी रहनु पर्ने समय। तर अहिले के देखिएको छ र सुनिएको छ भने यस राज्यमा रहेका ठूला
देखि साना सम्म कोहि कसैले पनि आफ्नो जिम्वेवारी र दायित्व बहन गरेका छैनन। सबैले
राज्यलाइ दोहन गरी अर्काको हक अधिकार र सम्पत्तिमा आँखा गाडने गरेका‚ एकले
अर्कालाइ प्रभाव र दबाव देखाउने गरेका ‚अर्थ को अनर्थ लगाइ
सत्यलाइ असत्यमा परिणत गर्ने गरेका ‚आफै मात्र
सक्षम र आफैलाइ मात्र सबै मान र पदको
चाहना राख्ने गरेका । पक्षले विपक्षी र विपक्षीले पक्षलाइ दोष दिइ आफु पानी माथिको
ओवानो बन्ने गरेका । आफ्नो आँगको भैसी
नदेख्नेले अरुको आङको जुम्रा देख्ने गरेका ‚नेताले कर्मचारीलाइ
र कर्मचारीले नेतालाइ दायित्व र जिम्बेवारी पुरा नगरेका भनि दोष दिने गरेका। त्यसै
गरी असफलताको लागि हाकिमले तल्ला कर्मचारी र तल्ला कर्मचारीले हाकिमलाइ दोष लगाइ
पन्छिने गरेका छन। प्रत्येक स्थानमा ढिला सुस्ति र भ्रष्टाचार यथावत कायमै छ।
जनताका आबश्यकता माग र चाहना जस्ताका तस्तै छन। तीन तीन तहका सरकार आ-आफ्ना सुविधा
र सेवा वृद्धिगर्न तथा नातागोता र आफ्ना नगिचकालाइ पद बाड्न तछाड र मछाड देखिन्छन।
त्यसै गरी जनता पनि आफ्नो वारीमा खुर्सानी समेत नफलाइ गन्ने फुलाउने‚ आफ्नो
घरको पिढीको ढुंगा खस्दा पनि नपन्छाइ घर घरमा सिंह दरबार आएको छ भनि आफ्ना सबै काम
र कर्तव्य छोडी उभो फर्किएर सरकार ले के के न गरि दिन्छ भनि हेरी रहेकाछन। उता तिर
जनताले झण्डै दुइ तिहाइ मत प्रदान गरी पठाएको सरकारले भने साढे दुर्इ वर्ष बिती
सक्दा पनि नेतालाइ न पद पुर्याउन सकेको छ न कार्यकर्तालाइ चित्त बुझाउन सकेको छ ।
न त मुलुकबासीलाइ आफ्नो नीति र कार्यक्रम तथा सिद्धान्त अनुसार मुलुकको संबिधान‚ ऐन नियम र कानून को नै जानकारी गराउन सकेको छ ।
जनताले पनि खासै चासो लिने गरेको पनि पाइएको छैन । जुन मुलुकका जनताले आफ्नो
मुलुकको संबिधानमा के लेखेको छ ‚आफ्ना आफ्ना आधारभुत
तथा मौलिक हक हरु के के हुन‚ ऐन कानूनमा के
छ भन्ने समेत थाहा पाएका हुदैनन ती जनताले
कसरी सरकार र आफ्ना काम कर्तब्य तथा हक अधिकारको उपयोग गर्लान बढो चिन्ताको बिषय
बनेको छ। कसरी यो मुलुक चलेको छ कुन्नी केहि भन्न सकिने अबस्था छैन।
यसै
प्रसंगमा कानूनको बिद्धार्थीको हैसियतले अरुले जे जसो गरेता पनि आफ्नो दायित्व र
जिम्वेवारी पुरा गर्ने ध्ययले यस भन्दा अघिका ऐन कानूनमा कहि कतै पनि ब्यबस्थित
नगरिएको तर २०७४ सालमा जारी गरिएको मुलुकी देवानी संहिताको भाग ५ परिच्छेद १७ र दफा ६७२ देखी६८४ सम्ममा
ब्यबस्थित गरिएको दुष्कृति सम्बन्धि कानूनको बिषयमा यहा केहि मात्रामा चर्चा गर्न
पर्ने आबश्यकता महशुस गरी सामान्य प्रयास गरेको छु ।
खास गरेर
दुष्कृती शब्द ल्याटिन शब्द Tortum को नेपाली अनुवाद हो र यसलाइ रोमनमा Delict र
फ्रेञ्चमा Tort भनिन्छ। नेपाली कानूनी शब्द कोशले यसलाइ
क्षतिपुर्ति सम्बन्धी मामला ‚ अपकार‚ खति‚ क्षति
वा नोक्सानी भनि भनेको छ भने यसलाइ Salman र Fresor जस्ता कानून शास्त्रीले
civil wrong को रुपमा लिएको
पाइन्छ। सर्व प्रथम रोजर्स विरुद्ध राजेन्द्र दत्त १८६० र एम आइ ए १०३ भएको
मुद्धामा प्रिभि काउन्सिलको न्यायिक समिति द्वारा “दुष्कृति भनेको एक
यस्तो दोष हो जस्ले अर्को ब्यक्तिको कुनै बैधानिक अधिकार को हनन गर्दछ र निजलाइ
हानी नोक्सानीको दावी गर्ने अधिकारी बनाउछ”। भनि ब्याख्या भए
पछि मात्र दुष्कृति भनेको त्यस्तो दोष रहेछ जसले दायित्व र जिम्वेदारी सुम्पियर
बिश्वासमा परेका नागरिकको हक र अधिकारको हनन गर्दछ हानी नोक्सानी र क्षति गराउछ
अनि हानी वा नोक्सानी पुगेको ब्यक्ति क्षति गराउने सगँ क्षतिपुर्ती माग गर्न वा
न्याय माग्न अदालत पुग्नु पर्दछ भन्ने थाहा पाए। यस पछीका कानून शास्त्री एवं
न्यायाधिसहरुले समय समयमा ब्याख्या र बिश्लेषण गरी यसलाइ सामान्य कानूनको रुपमा
देवानी कानुन बमोजिम उपचार हुने बताउदै आए पनि १९सौं शताब्दि सम्म पनि बिना
नामाकरण नै रहि महत्वपुर्ण भूमिका भने खेल्दै आएको थियो । कानूनका ज्ञाताका अनुसार
यसमा ३ वटा तत्वहरु रहेका हुन्छन। १. यसमा कुनै अन्य ब्यक्ति द्वारा प्रयोग वा
कार्य गरिन्छ।२.यसको उपचारको लागिसरोकारवालामा बैधानिक हक रहन्छ।३. हानी
नोक्सानीको दावीकोलागि बैधानिक उपचारको
ब्यबस्था हुन्छ। यी आदि इत्यादी बिषयबाट के बुझिन्छ भने दुष्कृति भन्नाले कोहि
कसैले आफैले वहन गर्नु पर्ने दायित्व वा कामकारवाहीमा अरु कसैको गल्ति कमजोरी
त्रुटी वा अकर्मण्ड्यता तथा हेलचक्राइ वा लापरवाहीबाट कसैको जीउ ज्यान वा
सम्पत्तिमा तथा कानून बमोजिम संरक्षित हक
र अधिकारमा हानी नोक्सानी पुग्न गयो भने त्यसलाइ बास्तबिक रुपमा दुष्कृति भनिन्छ।
तर यस किसिमको अकर्मण्ड्यताको बिषयमा त्यस हानी नोक्सानी पुर्याउने पक्ष सँग करार
भएको भए करार कानून अनुसार नै हुने ब्यबस्था छ । तर दुष्कृति भएको तथ्य आधार र
कारणबाट देखिएमा भने जिम्वेवार सबैले हानी नोक्सानीको मात्रा अनुसार समान रुपमा
क्षतिपुर्ति ब्यहोर्नु पर्ने हुन्छ। यसको महत्वपुर्ण सिद्धान्त मध्ये “जहा
अधिकार वा अकर्मण्ड्यता त्यहा उपचार” भन्ने हो ।
अकर्मण्ड्यता भन्नाले कसैले गर्नु पर्ने काम नगरी नगर्नु पर्ने काम गरेको‚ बहन
गर्नु पर्ने वा जिम्मा दिएको पद अनुसारको जिम्वेबारी पुरा नगरेको ‚ आफ्नो
पद र प्रतिष्ठाको दुरुपयोग गरेको तथा आफ्नो स्वेच्छाले काम गरेको भन्ने बुझिन्छ। यसमा
अज्ञानता र भुललाइ क्षमा दिइदैन र अदालतमा स्थान पनि हुदैन । अनैतिकताको आधारमा
कुनै अधिकारको सृजना पनि हुदैन। बैध अधिकारको हनन र नोक्सानीमा मात्र कारवाही
हुन्छ । त्यसै गरी यस बिषयमा अर्को एक सिद्धान्तको पनि बिकास भएको छ जसलाइ
प्रतिनिधिक दायित्वको सिद्धान्त भनिन्छ।
यसमा जसले अपराध गर्दछ त्यहि अपराधी हुन्छ।
निर्देशन दिने वा अह्राउने अपराधी हुदैन । गल्तिको परिणामको आधारमा अकर्मण्डेता
गर्नेले सजाँय पाउछ। हरेक ब्यक्ति आफुले गरेको कार्य प्रति उत्तरदायि हुन्छ। तर
कहिले काहि यस्ता परिस्थितिरु आउछन जसमा
एउटाले गरेको कामको परिणाम वा दायित्व अरुले ब्यहोर्नु वा भोग्नु पर्दछ । जस्तै
हाल नेपालमा जारी भएको र माथि उल्लेख गरिएको ऐनको दफा ६७३ मा चौध वर्ष उमेर पुरा
नभएको बालकले गरेको दुष्कृतिबापत निज सगँ बसेका आमाबाबु वा बाबु नभए निज उपर मातृक
वा पैत्रिक अधिकार प्रयोग गर्ने ब्यक्तिले
दायित्व ब्यहोर्नु पर्ने ब्यबस्था छ भने दफा ६७४मा संरक्षक वा माथवरले दायित्व
ब्यहोर्नु पर्ने दफा ६७५मा काम लगाउने ब्यक्तिले दायित्व ब्यहोर्न पर्ने दफा ६७६मा
पशुले गरेको हानी नोक्सानी वापत पशुधनीले दायित्व ब्यहोर्नु पर्ने दफा ६७७मा घर
भत्किइ हानी नोक्सानी भएमा घर धनीले दायित्व ब्यहोर्न पर्ने दफा ६७८मा सम्पत्ति
धनिले दायित्व ब्यहोर्न पर्ने दफा६७९मा घरको मुलीले दायित्व व्यहोर्न पर्ने ६८०
दफामा अनधिकृत प्रवेशको दायित्व प्रवेश गर्नेले व्यहोर्न पर्ने ६८१दफामा संयुक्त
रुपमा दायित्व ब्यहोर्नु पर्ने तथादफा ६८२मा दायित्ववापत क्षतिपुर्ति ब्यहोर्नु
पर्ने र ६८३ दफामा छुट्टै ब्यबस्था भएकोमा भने दायित्व व्यहोर्न नपर्ने ब्यबस्था
तथा दफा ६८४ मा यस परिच्छेद बमोजिम भए गरेको काम कारवाहिबाट मर्का पर्ने ब्यक्तिले
सो काम कामकारवाही भए गरेको मितिले छ
महिना भित्र नालिस गर्न सक्ने गरी यस ऐनलाइ ब्यबस्थित गरिएको छ।
ऐले आएर
यदा कदा एउटाले गरेको अकर्मण्डयताको बिषयमा अर्कोले दायित्व लिन पर्ने वा
व्यहोर्नु पर्ने कुरा अन्यायपुर्ण भएको भनाइहरु
आइ रहेता पनि बास्तबिक के हुनु न्यायपुर्ण देखिन्छ भने जसले त्यसबाट लाभ वा फाइदा
प्राप्त गरेको छ वा जो लाभान्वित भएको छ उ नै दोषी हुनु नै जन कल्याणकारी र
न्यायोचित देखिन्छ। किनकी कर्मचारी लगायतका सबैराष्ट्रसेवक ले सरकारले दिएको आदेश
र निर्देशनमा रही सरकारको Good will को लागि र सेवकले पनि मालिकको Good will को लागि काम गर्ने हुदा उनिहरु दोषी हुनु
हुदैन। आदेश र निर्देशन दिने तर सहि रुपमा अनुगमन र मुल्यांकन गर्न नसक्ने सरकार र
मालिकले नै दुष्कृती गरेको ठहरी उनिहरु नै दोषी हुनु स्वभाविक देखिन्छ भन्ने आम
धारणा पाइन्छ। अस्तु .. .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मिति-२०७७।५।२०