हिजोको डायरी
हिजो २०७७ साल भाद्र ११ गते । कहिले पानी आउने र कहिले घाम लाग्ने भएर बित्यो। मानिसहरु दिक्क भएर घर मै यता र उता हिडने गरि रहेका देखिन्थे। नेपाल सरकारले कोभिड-१९को कारण मुलुकभर लक डाउन गरे देखि५ महिना पुरा गरी छैटौं महिनाको लागि प्रवेश गरेको दिन थियो । त्यसै गरी कोभिड-१९बाट एकैदिनमा ११११ संक्रमित भै १८३ जनाको मृत्यु भै सकेको जानकारी दिइएको थियो। नेपालका अधिकांश जिल्लाका बिभिन्न भागमा कर्फ्यु वा निषेधाज्ञा जारी गरिएको जानकारीहरु आइ रहेका थिए। बैंक तथा अन्य सबै संघ संस्था र कार्यालयहरुका काम पनि ठप्प थिए। मानिसहरु निराश भै घर बाहिर निस्कन नपाइ दिनभर जसो उकुस र मुकुस भै कहाँबाट के कस्ता समाचारहरु आउछन भनी रेडियो टी.भी. पत्र पत्रिका र फोन तथा फेसबुक युटुव भाइवर जस्ता समाचारका माध्यममा झुम्मिएको अवस्था बुझिन्थ्यो। त्यस दिन मेरो उमेरको पनि ६६ वर्षको दौरानमा १ महिना पुरा भएको दिन थियो। उक्त दिन बेलुका सदा झै करिव ८.३० बजे तिर खाना खाइ सके पछि समाचार हरु सुनि रहदा कोभिड-१९ को बारेमा पनि ब्यापक चर्चा भै रहेको थियो। यो किन र कसरी आधुनिक मानिसको पहुँच भन्दा बाहिर रहन पुग्यो। यस्का तथ्य कारण र आधारहरु के के होलान र यस्तो किन भै रहेको छ भन्ने बिषयमा बिभिन्न बिचार र चिन्तनहरु दिमागमा चढीरहेको थियो। यति हुदा हुदै करिव ९.३० बजेतिर आफ्नो नियमित रुपमा सुत्ने प्रचलन हुदा सुते पनि । करिव रातको १२.३० तिर बिउझिएर यसो बाहिर तिर हेर्दा सडक बत्तिको किरणहरु बडो तेजकासाथ बलि रहेका थिए। सबै परिवार मस्त सगँ निदाइ रहेका थिए। हावाले गर्दा एउटा पात सम्म पनि हल्लिएका थिएनन । बार्दलिमा भएका फूलमा बासना भने आइ रहेका थिए । म त अर्कै जगतमा छु की जस्तो भान भएको थियो। चकमन्न र सुनसानमा पानि अलि अलि सिम सिम परि रहेको थियो । त्यही बेला कहि कतैबाट दुःखमा फसेको मानिसको झै गरी केहि गुन गुनाएको जस्तो गरी सुस्त सुस्त रुपमा आवाज आए जस्तो लाग्यो। यताउता केहिबेर हेरे केहि पनि देखिन र के को आवाज होला भनेर ध्यान दिएर सुन्न थाले । “मानिसहरु अत्यन्त अधर्मि भए। घमण्ड र अहंकार निकाली आफ्ना परम्परागत रुपमा मानि आएका र चलिआएका संस्कारहरु परित्याग गरी लोभ र लालचामा फसी एक अर्कालाइ अपमान गर्ने धन र दौलतको तथा शक्तिको आडमा अनेकका लुटपाट‚ हिंशा काटमार र मानव अपहरण लगायतका अनेकौं अपराधिक कृया कलापमा मात्र लाग्ने गरेका छन। अरुको उन्नति र प्रगतिमा डाह र रीसराग मात्र गर्दछन। तथ्य र सत्यलाइ पाखा लगाइ भ्रम र असत्य को मात्र सहारा लिने गरेका छन। कसरी हुन्छ अर्काको सम्पत्तिमा मात्र हात फैलाउने गर्न थालेका छन। चाकडी चापलुसी नाताबाद र कृपाबादलाइ मात्र प्रोत्साहन दिन थालेका छन । सोझा सिधा ‚असहाय र शक्तिको नगिज नपुग्ने मानिस भोक ऐकै मर्ने अवस्था सृजना भएको छ । न्यायको लोप हुन लागि सक्यो । अन्यायी र अपराधिको मात्र बोलावाला छ। तिनको भन्दा अरुको अस्तित्व नरहने भयो। नैतिकता‚ इमान्दारी‚ उत्तरदायित्व कोहि कसैमा रहेन। आफुले हिजो गरेका सबै कर्तुत र गल्ती लुकाइ अरुका कमजोरीमात्र औल्याउन थाले। खास गरेर ब्रमाण्डको सुरुवात देखि नै सनातन रुपमा चलि आएको ब्रम्ह स्वरुपको आर्य संस्कार र संस्कृतिलाइ लुटपाट र दमनको साथै अपहरण गरी गराइ अपमान र अवमुल्यन गर्नलागे। मानिसहरु कौडिको मुल्यमा बेच बिखन हुन थाले। यसका मर्मज्ञहरु पनि आफैलाइ बिर्सि सर्वज्ञ भै चुपचापका साथ जतामल्कु उतै ढल्कु हुन थाले । हाल सम्म यस ब्रह्माण्ड लाइ कस्ले के किन र कसरी चलाइ आएको छ र ब्रम्हतेज वा ब्रम्ह शक्ति भनेको के हो त्यो कहाँ रहेको हुन्छ भन्ने कुरा बुझ्न र खोज्न पनि छोडी सके । यहि कारणले गर्दा जुन शक्तिले हिजो एक पटक मात्र आखाँ उघार्दा वा फुँ गर्दा बिश्व भष्म‚ बिनास वा समाप्त हुन्थ्यो वा सृजना पनि। त्यही शक्ति समय समयमा यहा हुने गरेका यस्ता कुकार्यलाइ समाप्त गर्न तथा अन्यायी र अत्याचारीलाइ समाप्त गर्न राम र कृष्ण जस्ता मानव कै रुपमा अवतरण गरेर होस वा अनेकौ अन्य शक्तिको रुपमा अवतरण भै सत्य र तथ्यकुराको चलन चलाउन आउने गरेको थियो ।म पनि त्यहि शक्ति हुँ । ऐले पनि यस्तै खराव र विकृतिको अबस्था सृजना भएको महशुस गरी र यिनिहरुको बिनास को लागि सर्व प्रथम ब्रम्हतेज रुपी सनातन संस्कारको बिनास गर्न तर्फ लाग्ने वा उन्मुख रहेको जनघनत्वको आधारमा आफुलाइ उच्च र श्रेष्ठ ठान्ने मुलुकबाटकोभिड-१९को रुपबाट अदृश्य रुपमा प्रवेश गरी बिस्तारै धन र दौलत बाट फुर्किएर र मात्तिएर अरु सबैलाइ थिचो मिचो गरी आफ्नो नियन्त्रणमा राख्न कस्सिएका तर्फ उन्मुख हुदै जहाबाट उत्पत्ती भएको हुँ त्यही गएर अन्तिम बिश्राम लिन बिस्तारै नेपाल जस्ता गरिव र निमुखामुलुकको बाटो हुदै त्यतै तर्फ लागि रहेको छु । अहिल्यै मेरो गन्तब्यलाइ कसैले पनि अवरोध गर्न सक्ने अबस्था छैन । तर आफ्नो नैतिकताको विचार गरी‚ आचरण र संस्कारमा रहि ब्रम्हतेजलाइ स्विकार्नेलाइ भने मेरो पनि केहि लाग्ने छैन । यस्को बास्तविकता यहि हो ।अझै पनि यसको यथार्थलाइ नबुझी वा मानवको क्षमता भन्दा बाहिर रहेको ब्रम्हतेजको रुपमा प्रहार गरिएको यस ब्रम्हास्त्रलाइ आधारविना निस्तेज गर्ने प्रयाश गरियो भने र सबै जनतामा चेतना खुलेन भने राम्रो संकेत देखिएको छैन है” भन्दै आवाज बिस्तारै हरायो। म मा यस पछी झन अनेका शंका उपशंका र तन्द्राहरु उब्जन थाले। कतिखेर उठेर स्नान सन्ध्या सकेर लिखत गरौंला भन्ने भयो। निदाउने त कुरै भएन। अस्तु . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितः२०७७ भाद्र१२ गते रोज ६ शुभम्. . . . . . ..