आजको खबर
ग्रामिण पर्यटनको केन्द्र बिन्दु तथा जिल्ला कै ब्यबसायिक केन्द्रको रुपमा रहेको हेर्दा नै अति सुन्दर देखिने उत्तर र दक्षिण फैलिएको बेसिशहर बजार लमजुङको सदर मुकाम मात्र नभइ बेसिशहर न.पा.को समेत वा स्थानिय सरकारको ११ वटा वडाहरुको पनि राजधानि हो। देश कै राजधानी काठमाण्डौ त्यसै गरी नेपालकै ब्यापारिक केन्द्र प्रदेश नं ३ को चितवन जिल्लाकोमुल गेट नारायण गढ वजार वा पूर्व पश्चिम राजमार्ग तथा गण्डकी प्रदेश को राजधानी अती रमणिय पर्यटक स्थल पोखरा संग प्रत्यक्ष जोडिएको स्थान हो । लमजुङको सबै भन्दा सुगम र समतल तथा पृथ्थी राज मार्गको डुम्रे सम्म पिच बाटोले जोडिएको तथा अन्नपुर्ण पद मार्गमा पर्ने महंगा महंगा होटल र लज हरुले भरि भराउ भएको तथा मनाङसगँ कच्ची बाटोले जोडने र नेपालकै ऐतिहासिक स्थल गोरखा समेत जोडिएको एक मात्र स्थान हुदा बाहिर बाट आउने र नआउने मानिसहरुले समेत कल्पना गर्ने गरेका छन बेसिशहरमा पक्कै पनि बिद्धुत‚ शिक्षा‚ स्वाथ्य र सरसफाइ‚ सुरक्षा ‚संचार ‚यातायात तथा बजार ब्यबस्थापन लगायतका धेरै सुबिधा होलान र बजार पनि ब्यबस्थित होला। यहा उद्धोग कल कारखाना स्थापित भएका होलान ।जिल्ला प्रशासन प्रमुख समेत यहि रहने हुदा मुल्यमा नियन्त्रण र अनुगमन भएको होला । शान्ति र सुरक्षाको ब्यबस्था चुस्त र दुरुस्त होला। जनताले सहज र सरल किसिमबाट सेवा र सुविधा लिइ रहेका होलान। गुणस्तरिय क्याम्पस र विद्यालय तथा प्राविधक शिक्षालयहरु होलान। केहि मात्रामा भने पनि पढेगुनेका मानिसहरु रहेका हुदा समाज सुसभ्य र परिस्कृत होला। मर्श्याङदी नदी लगायतका खोला नालाले भरिपुर्ण भएको हुदा सिंचाइको राम्रो ब्यबस्था होला। यसलाइ आबश्यक पर्ने हरियो तरकारी अन्न बालीतथा फलफुलमा आत्म निर्भर होला। जनताहरु मिहिनेती र परिश्रमी होलान। खेतियोग्य जग्गा बाँझो देखिने छैन । जता हेरे पनि हरा भरा होला। शुद्ध खाने पानी लगायतका बिषयमा कुनै समस्या छैन होला। आर्थिक र सामाजिक कार्यहरुमा पारदर्शिता होला। जनतामा एकता र मेल मिलाप होला। राजनीति राजनीतिक संस्कारको आधारमा निष्पक्ष रुपमा सक्षम र योग्य ब्यक्तिबाट चलेको होला। राजनीतिक संगठनहरु सबैका साझा र सबैको रगत र पसिनाबाट बनेका हुदा सबैका सबै महत्वपूर्ण पदहरु एउटैले लिन पाउनु पर्दछ भन्ने भावना नेताहरुमा छैन होला। भनसुन र नाताबाद भएको छैन होला र भ्रष्टाचार पनि। न्याय सर्व सुलभ र सहज तथा सरल किसिमबाट निष्पक्ष र स्वतन्त्र रुपमा नगरको कुना कुना सम्म ऐन र नियमअनुसार पुगेकै होला। बिना कामकाज मानिसहरु घर बाहिर निस्कने छैनन। स्थानिय सरकारले बेरोजगारि लाइ रोजगार बनाउने तथा कृषि प्रधान मुलुकको हैशियतले कृषिलाइ महत्व दिइ स्थायी रुपमा उत्पादन बृद्धि गर्न लागि परेको होला । अनाबश्यक गाली गलोज र आलोचना पनि नहुनु पर्दछ । बजार भाउमा पनि अन्यत्रको जस्तो वल्लो र पल्लो पसलमा नै एउटै बस्तुको फरक फरक दर भाउ नहोला । पसल पसलमा दर र भाउको मूल्य सुची टासिएको होला।‚ उद्योग र बाणिज्य क्षेत्रकाले अनुगमन गरेकै होलान आदि इत्यादि।
यस्ता यस्ता भावना र कल्पना बोकेर बेसिशहर प्रवेश गर्ने मानिसले ले जे जे कल्पना र सोंच लिएर बेसिशहर प्रवेश गर्दछन ठिक त्यसको विपरित अनुभव गरि रहेका छन । हिजो मात्र एउटा होटलमा बास बसेर आज होटलबाट बाहिर निस्कदा एक जना साधारण पर्यटकले कुरा गरि रहेका थिए बेसिशहरमा मिनेट मिनेटमा जाने विद्युत यहाको बिशेषता नै रहेछ। यसमा कसैले पनि जिम्वेबारी लिने गरेकै रहेनछन । हिलो र माटो मिसिएर आउने शुद्ध खानेपानीका धारामा पनि कसैको पनि ध्यान पुगेकै रहेनछ । महिनौ महिना सम्म सफा नगरी दुर्गन्धित भै झारले पुरिएका र भत्किएका नालीहरुमा लामखुट्टेले राज गरि सक्दा पनि कसैले थाहा पाएकै रहेन छन। यत्रो बजार हुदा पनि सहि र ब्यबस्थित रुपमा ब्यबस्थित गरी संचालन नगरिएका र नभएका सार्वजनिक शौचालय हरु र फोहोर ब्यबस्थापन प्रक्रिया कमजोर भै जनताको स्वास्थ्यमा गंभिर असर परि रहदा पनि कोहि कसैको पनि बोल्ने आँटै रहेनछ । संघियताको प्रतिफलका कारण आत्मबल र दृढता नदेखाइ सबै अधिकार पाउदा पनि टुलुटुद्यु हेरी समाधान गर्न नसकी सधैका सधै बिवाद र बिग्रहमा राखिएका बिद्यालय र क्याम्पसहरुको दुर्गती देख्दा लाजै लाग्ने रहेछ। सहि र सक्षम ब्यबस्थापन को छनौटमा देखियको ढिलासुस्तिको त कुरै नगरौं। कमजोर क्षमतावान बाट हुने गरेको गुणस्तरको मापन ‚नाम र दामको लागिमात्र हुने गरेको रहेछ। अनुगमन पनि त्यसतै रहेछ। हजारौ हजार योजनाहरु कापीमा राख्दा पनि सबैलाइ रोजगारी दिन सक्ने गरी कृषि र तरकारीमा आत्म निर्भर हुन सक्ने सिंचाइ वा नहर आदिको योजना नै नदेखिनु । अझ बे-मौसमी खेतिको त कुरै छोडौं। करोडौं करोड खर्च गरेर के के न बिकास गरे भनि एक बर्षमा १ किलो मिटर सडक पनि पिच गर्न नसक्नु‚ बनेका पिच‚ भएका सडक र नाली पनि १ वर्ष पनि नटिक्नु ‚ बर्षौ अघी देखि कायम भएको सडक को मापदण्ड नै मिचेर घर आदि निर्माण गर्दा पनि केहि बोल्न नसक्नु‚ बाटो बनाउने नाममा गाँउ घर जान खोलिएका ट्रायकको कारण घरै बगाउन लाग्दा पनि उचित ब्यबस्थापन गर्न नसक्नु‚ हाल सम्म पनि एउटा ब्यबस्थित आम सभा आदि गर्नको लागि नगरस्तरिय मञ्चको उचित ब्यबस्था गर्न नसक्नु‚ रेडियो टि.भी. पत्र पत्रिका लगायतका आम संचारका माध्यमलाइ निष्पक्ष र तटस्थ बनाइ पहुँचवालाको मात्र गुणगान गाउने प्रवृतिलाइ निरुत्साहि तथा हटाउन नसक्नु ‚नगरबासीलाइ न्याय समितिबाट प्रदान गरिने न्यायलाइ सहज र सरल बनाइ चुस्त र दुरुस्त राख्न कार्यपालिकाबाट स्विकृति भै सक्दा पनि एउटा कानूनी सल्लाहकार सम्म पनि राख्न नसक्नु‚ कार्यालय मा नै काम गर्ने कतिपय कर्मचारी असक्षम र कर्तव्य बिहिन भै हल्लिएर हिडदा समेत क्षमता र पद अनुसार कामको बिभाजन गरी ब्यबस्थित तवरबाट कार्यालय संचालन नगरिनु‚ समय सापेक्ष रुपमा योजनाको तर्जुमा वा छनौट‚ कार्यान्वयन र सम्पन्न गर्न नसक्नु‚ नगरले गर्नु पर्ने कामकारवाइ लाइ सर्वसुलभ तरिकाले कसरी नगरबासी समक्ष पुर्याउन सकिएला भनी पक्ष र विपक्ष सबै किसिमका सरोकारवाला र बौद्धिक समुदाय सगँ कहिल्यै पनि छलफल तथा सरसल्लाह लिने दिने काम नगर्नु । त्यसै गरी दलिय सरकारको मर्म र संघियता अनुसारको कर्म गर्न नसक्नु यी आदि इत्यादी कुराहरुको कारणले गर्दा अति सुगम र महत्वपूर्ण स्थानमा रहदा रहदै पनि यस बेसिशहर नगर पालिकाले आशातित लक्ष्यमा पुग्न सकेको रहेनछ भन्ने कुराहरु राखे । जन चेतनाको अभावका कारण र सरोकारवालाले समयमै बिचार पुर्याउन नसक्दा अझ ऐले यस नगरीलाइ डेंगु र कोभिड-१९ले आक्रान्त पार्ने प्रबल संभावना पनि देखिएको हुदा यस बिषयमा नगरपालिकाको मात्र भर नपरी उनिहरुको प्रत्येक कृया कलापको निगराहनी राखि नगरबासी नै सचेत रहनु पर्ने कुरा समेत उल्लेख गरे र आफ्नो बाटो लागे।
यसले बेसिशहर नगरको नेतृत्व गर्ने सबैलाइ र मलाइ पनि अझ झकझक्याइ सचेत र जागरुक हुन संकेत गरेको महशुस गरेको छु । आजको खवरबाट। अस्तु. . . ..
बुद्धिसागर बराल
बेसिशहर ‚लमजुङ
मितिः२०७७।५।१०