।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Sunday, August 23, 2020

   प्रकृतिको बिधान पनि अचम्मको छ । प्रत्येक बोट बिरुवा देखि शुक्ष्म से शुक्ष्म जीव र ठूला देखि ठूला प्राणि सम्मका रुप रंग अनुहार बानी ब्होरा र स्वभाव फरक फरक बनाइ दिएको छ। सबै आफुलाइ सबल सक्षम र प्रभावकारी ठान्दछन। सबैले आ-आफ्नै किसिमबाट जीवन निर्वाह गरेकै छन । सबैलाइ प्रकृतिले नै आबश्यक पर्ने आहारा बिहार र बासस्थानको ब्यबस्था गरि दिएको छ तर शास्वत के छ भने कोहि कुनैले पनि अलिकति भने पनि परिश्रम नगरी  आफ्नो पेट भर्न पाउदैनन । यसबाट के बुझिन्छ भने सबैले परिश्रम गर । जत्ति बढी परिश्रम र मिहिनेत गर्दछौ त्यत्ति बढी सुविधा पनि प्राप्त गर्न सक्दछौ। परिश्रमको फल मिठो हुन्छ यो प्राकृतिक नियम हो । यसको उल्लंघन गर्नेले सोहि अनुपातमा बिना पक्षपात दण्ड को भागि पनि हुनुपर्दछ । परिश्रमकै कारण नयाँ नयाँ चिज वा बस्तुहरुको आबिष्कार भै रहेको छ र अझै पनि हुनेछ। यसैलाइ लिएर होला कवि शिरोमणी लेखनाथ पौडेलले भन्नु भएको 

 प्रत्येक पुष्पको रंग रुप अनेक छ

 तर सौन्दर्यको ज्योति तिनको भित्र एक छ ।

 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |