।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, August 19, 2020

 

 खोज खबर ३२२

                         साइबर कानुन  र सरकार

 अध्ययन मनन र चिन्तनको पाटो तथा खोज र अनुसंधानको क्षेत्र यति फराकिलो छ की जसको छेउ कुना र उचाइ तथा गहिराइ फेला पार्न कठिन हुन्छ । केहि मानिसहरु भन्ने गर्दछन मानिसले धेरै कुराको खोज र अनुसन्धान गरी सकी जान्ने र सुन्ने तथा सभ्य भइ सके । पृथ्वीमा रहेका यावत चिज वा बस्तुको साथै समुन्द्रको पिंध र अन्तरिक्षमा रहेका आकाशिय पिण्डहरुलाइ समेत बाँकी राखेनन। यी भनाइहरुलाइ खण्डन गर्दै अर्काथरिले भनेका छन अझै खोज र अनुसंधान गर्नु पर्ने कुराहरु अनगिन्ति छन जसको तुलनामा हाल सम्मको खोज र अनुसन्धान त नगण्य नै हुन्छ । यसरी जसले जे भनेता पनि हामी के भन्न सक्छौ भने अनुसन्धान र खोज भएको छ र अझै निरन्तर रुपमा भैरहने छ। यसरी खोज भैरहेको र हाल मानव जीवनमा अत्यन्तै प्रभाव पार्ने एउटा चिज वा बस्तु हाम्रो सामु  छ जसलाइ खाली अनुभव मात्र गर्न सकिन्छ ।न छुन सकिन्छ र न देख्न नै सकिन्छ त्यो हो बिद्बुत वा बिजुली । अब यसको पहिचान कहिले र कस्ले गर्यो होला भन्ने विषयमा बिभिन्न अभिलेखहरुमा खोज्दै जादा ऋषि कणादले आजभन्दा २५०० वर्ष अगाडी वेदमा लेखि दिएका सुत्रको आधारमा  John Dalton  ले विद्युतमा आधारित हालको परमाणु सिद्धान्तको बिकास गरेका थिए भन्ने पाइन्छ भने अर्को तिर इसापुर्व ६०० वर्ष अगाडी पूर्व युनान निवासी थोलिज ले कुनै बस्तु रगडदा वा रगडिदा त्यहा एक किसिमको शक्ति पैदा हुन्छ जस्को नजिक अन्य बस्तुहरु जादा वा लैजादा आफुतिर आकर्षण गर्छ । त्यही शक्तिलाइ बिद्धुत भनिन्छ भनि जानकारी दिए जसलाइ हाल सम्म पनि static electricity भनिन्छ। त्यसको उदाहरण दिन पर्यो भने शिक्षकहरुले ऐले सम्म पनि बिद्यार्थीलाइ तिमिहरुले कपाल कोर्ने काइयो कपालमा रगडेर केहि कसिंगर नगिज लैजादा आफुतिर तान्दछ त्यहि शक्ति नै static electricity  हो भनि भन्दछन । यहि शक्तिको विषयमा यस पछीका बिभिन्न बैज्ञानिकहरुले धेरै खोज र अनुसन्धान गरे पछी  बिद्युतको आधार भनेको कुनै  बस्तुको परमाणुमा रहने अती हलुका इलेक्ट्रन हुन । यिनिहरु एकठाँउबाट अन्यत्र सजिलै सगँ गतिसिल हुन सक्दछन ।यिनिहरुको  कुनै दिशामा हुने गतिको प्रवाहलाइ नै बिद्युत-धारा भनिन्छ र यसको चुम्बकिय क्षेत्र लगायतका अनेकन प्रभावहरु हुन्छन भनी पत्ता लगाए। यस पछी बिश्वभरमा विद्युतको चमत्कारिता बढन थाल्यो । सबै किसिमका उद्योग कलकारखाना पेशा र ब्यबसायमा प्रयोग हुन थाल्यो ।सबैका घर घरमा यसैबाट चल्ने कम्प्युटर नेट वर्कमोवाइल हिटर खाना पकाउने राइस कुकर पढने पढाउने रेकर्डहरु रेडियो टी भी मुभिज लुगाधुने र पिध्ने मेशिन तथा सूचना र संचार यातायात र हतियार तथा पारमाणविक हतियार लगाएतका अनेकौं उपकरणहरु पुगे।यसरी यो मानव जिवन कै अपरिहार्य र बहु उपयोगी बस्तुको रुपमा परिचित भयो ।अहिले  बिश्वका सबै मानिस यसैको अधिनमा रहेका छन। यसैमा उडेका बुडेका र डुबेका छन।

 यति हुदा हुदै पनि यसका उपकरणहरुवाट कतिपय मानिसहरुले दुरुपयोग गरेर साइवर आपराधिक कृया कलाप समेत गर्न थालेका छन। यो बढी मात्रामा कम्पयुटर र नेटवर्क तथा बिज्ञान र प्रविधि सगँ जोडिएको अपराध भएकोले भनिन्छ हाल नेपालका २० देखी ३० वर्ष उमेरका मानिसहरु यहि बिद्युतिय कारोवार सम्बन्धि वा साइवर अपराध सम्बन्धी काममा संलंग्न छन ।यसैको कारणले गर्दा यस बिषयमा थप कानूनको बिकास हुन आबश्यक पर्यो । अनि मात्र नेपालमा पनि विद्युतिय तथ्यांक आदान प्रदानको माध्यमबाट वा अन्य कुनै बिद्युतिय संचार माध्यमबाट हुने कारोवारलाइ भरपर्दो र सुरक्षित बनाइ बिद्युतिय अभिलेखको सृजना  उत्पादन प्रशोधन सञ्चय प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता सत्यता अखणडता र बिश्वसनियतालाइ प्रमाणिकरण तथा नियमित गर्ने ब्यबस्था गर्न र बिद्युतिय अभिलेखलाइ अनधिकृतवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानूनी तवरबाट परिवर्तन गर्ने कार्यलाइ नियन्त्रण गर्नका लागि कानूनी ब्यबस्था गर्न बाञ्छनिय भएकोले भनी बिद्युतिय कारोवारको  कानूनको रुपमा २०६३सालमा ऐन बनाइएको छ । यसै ऐनबाट साइवर अपराधका घटनाको पनि अनुसन्धान र कारबाहि हुने गरेको छ । यसै अन्तर्गत यसको परिच्छेद ९ को दफा ४४ देखी ५९ सम्म कम्प्युटर स्रोत संकेतको चोरी नष्ट वा परिवर्तन गर्ने कम्प्युटर सामाग्रीमा अनधिकृत पहुच पुर्याउने कम्प्युटर सूचना प्रणालीमा क्षति पुर्याउने गोपनियता भंग गर्ने झुट्टा ब्यहोराको सूचना दिने  झुट्टा इजाजत पत्र वा प्रमाण पत्र पेश गर्ने वा देखाउने तोकिएको विवरण वा कागजात दाखिला नगर्ने कम्प्युटर जालसाजी गर्ने कम्प्युटर सम्बन्धी कसुर गर्न दुरुत्साहन गर्ने र बिद्युतिय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने   दफा ४७ () मा कम्प्युटर इन्टरनेट लगायतका विद्युतिय संचार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्बका सामाग्री वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा बिभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाइ खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने महिलालाइ जिस्क्याउने हैरानी गर्ने अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्याधित कार्य गर्ने  वा गर्न लगाउने ब्यक्तिलाइ १ लाख रुपिया सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजाँय हुन सक्ने र त्यसैको () मा कुनै ब्यक्तिले उपदफा () बमोजिमको कसुर पटक पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजाँयको डेढी सजाँय हुने ब्यबस्था छ। यसै गरी मतियार र नेपाल राज्य बाहिर कसुर गरेमा पनि सजायँ गरिने ब्यबस्था छ । त्यसै गरी पिडितलाइ कसुरबाट हुन गएको हानी नोक्सानी बिचार गरी न्यायाधिकरणले कसुरदारबाट मनासिव क्षतिपुर्ति भराइ दिने ब्यबस्था पनि छ। न्यायाधिकरण हाल सम्म पनि गठन नभएकाले नेपाल सरकारले यस किसिमका मुद्बा हेर्न काठकाण्डौ जिल्ला अदालतलाइ तोकेको छ ।यसै ऐनलाइ सहयोग गर्ने बिद्युतिय कारोवार नियमावली २०६४ छापाखाना तथा प्रकाशन ऐन २०४८को दफा१४ (ग१) र मुलुकी फौजदारी संहिता २०७४को दफा ३०७ पनि छन। यति हुदा हुदै पनि नेपालमा बैंक तथा बित्तिय क्षेत्र र सुचना तथा संचारको क्षेत्रमा मा इन्टरनेटको प्रयोग मार्फत ब्यक्तिको चरित्र हत्या गर्ने हिंसा फैलाउने तथा यौन जन्य हिंसा धोकापडी क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी बैंकिङ कसुर आदि साइबर अपराधको अबस्था वा घटनाहरु बृद्धि हुदै गएका छन ।खास गरेर साइबर अपराध कम्प्युटर लक्षित र प्रयोग मार्फत हुने गरेका छन । त्यसमा पनि लक्षित अन्तर्गत ब्यक्ति सम्पत्ति समाज र राज्य बिरुद्बमा हुने गरेका छन। यसरी यी माथिका बिषयमा कसुर ठहर्ने गरी कुनै कुरा भएमा थाहा पाएको मितिले ३५ दिन भित्र उजुर गर्न सकिने र यस किसिमको मुद्बा नेपाल सरकार वादी भै चल्ने तथा कसुर ठहरेमा कसुरदार बाटै क्षतिपुर्ति भराउने ब्यबस्था छ। यसो हुदा हुदै पनि सरकारी तर्फबाट ऐनको सहि रुपमा कार्यान्वयन गर्न नसकी ब्यबस्थापन प्रक्रिया खुकुलो हुन गै सुरक्षाका प्रभावकारी उपाय तथा ब्यबस्था हुन नसकेकोले साइबर अपराध बृद्धिहुनुमा राज्य कै नीतिलाइ जानिफकारहरुले दोष दिदै आएका छन । उनिहरुको भनाइ अनुसार सूचना र प्रविधिको सहि उपयोग र प्रयोगबाट मात्र यस्ता अपराधहरुलाइ न्युनिकरण गर्न सकिनेमा त्यस्तो हुन सकेको छैन। यस बिषयमा नेपाल सरकारले समयमै थप कुरा सोच्नु पर्ने देखिन्छ । नत्र यसले पछी बिकराल रुप लिन सक्दछ । अस्तु ..  . . .

                                                          बुद्धिसागरबराल

                                                        बेसिशहर ८ लमजुङ

 भाद्र १ २०७७साल

Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |