।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Monday, June 29, 2020

    खोज खबर ३१५
                        टुटफुट र गुट  . ..
 जति सुकै नैतिकता  तथा अनुशासन र ज्ञान गुन को शिक्षा दिए पनि पद र प्रतिष्ठामा पुगे पनि तथा  जति सुकै राम्रो ऐन कानून र संबिधानको निर्माण गरे पनि मानिसको मनस्थिति ब्यबहार र नियति नै त्यस्तै भए पछि कसैको केहि लाग्ने रहेनछ । म कसरी किन र  के का लागि यस ठाउमा कस्को सहयोगबाट आइ पुगेको हुँ भन्ने कुरा जानी जानी बिर्सि दिए पछी बाहिरबाट कराएर मात्र केहि हुने रहेनछ । सियो भएर पस्ने र हात्ति भएर निस्कने आज सम्म कै राजनैतिक खेलको चरित्र जति वयान गरे पनि सकिने रहेनछ । अब त सुध्रियो होला भन्ने सोच्यो फेरी उस्तै । यस्तो नेपाली राजनीतिको श्रृखला र वरपरको थिचोमिचोबाट नेपाली जनताले कहिल्यै पनि पार पाउने देखिएन । बिहान बेलुका जेनतेन हातमुख जोर्ने र एकसरो कपडाले अंगहरु छोप्ने तथा शान्ति सग बस्न पाउने नेपालीको चाहना कहिल्यै पुरा हुने भएन । राजनैतिक ब्यबस्थाका कारणले होकी भनौं भने यहाँ सबै किसिमका सिद्धान्त तथा ब्यबस्थाको अनुभव र प्रयोग भै सकेको छ  राजनैतिक पार्टीको कारणले भनौं भने बिश्वमा देखा परेका सबै  बिचार र किसिमका राजनैतिक दलले पनी शासन गरी सके जनता कै कारणले भनौं भने जनता पनि सक्रिय भै लागि परि रहेकै पाइए कै छ।मुलुक र जनताको लागि होस्तेमा हैंसे मिलाइ एकजुट भै जोडतोडले आवाज उठाएकै पाइन्छ । आबश्यक पर्दा सहयोग पनि गरेकै छन। हावा पानी र भौगोलिक बनावट पनि त्यति कमजोर छैन। भै रहेका  वा उपलब्ध साधन र स्रोतलाइ सहि तरिकाले परिचालन तथा ब्यबस्थापन मात्र गर्न सके पनि यहाँ सुन फल्न सक्ने बिज्ञहरुले उदघोष पनि गरि रहेकै छन। यसरी हेर्दै र खोज्दै जादा एउटै कुराको अभाव नेपालमा देखियो त्यो हो कुशल कुटनैतिक तथा ब्यबस्थापकिय दक्षता र क्षमता भएको बिश्वासिलो इमान्दार सहि र सत्यकुरा बोल्ने सक्षम तथा निडर नेतृत्वको अभाव।पूर्वाग्रही चिन्तनबोक्ने  लोभी र पापी तथा अपराधिक र घमण्डी अनि क्रोधी मनस्थिति भएको मानिसबाट गरिएको नेतृत्व कहिल्यै पनि सफल हुदैन। राजनैतिक नेतृत्व तेत्तिबेला मात्र सफल हुन्छ जति बेला उसले अत्यन्त संयमित भै सबै मामलालाइ आन्तरिक रुपबाट बुझेर कुटनैतिक माध्यमबाट समाधान गर्न छलफल र वार्तालाइ अघि बढाउन प्रयत्न गरी रहन्छ।ठूला र साना सबै सगँ छलफल गरी बिचार र भावनालाइ एकत्रित गरी सहयोग र सद्भावको हात फैलाइ रहन्छ सहि र सत्य कुराको पक्षधर रहन्छ निडर भै मुलुक र जनताको लागि सदा शान्ति समृद्धि र स्थिरताको लागि वकालत गरि रहन्छ। गल्ति र कमजोरी तथा आलोचनालाइ आत्मसाथ गरी सुधारात्मक मार्ग अपनाउछ। जनताको अभिमतलाइ शिरोधार्य गर्दछ। यिनै हतियारहरु प्रयोग गरेर बिश्वका अधिकांश नेताहरु सफल भएका  मुलुकलाइ शान्ति र समृद्धी तर्थ उन्मुख गराएका थुप्रै उदाहरण हुदा हुदै पनि नेपालका नेता भनाउदामा अलिकति पनि चेत नआउनु सानोतिनो कुरामा पनि विवाद निकाली बाधा र अडचन सृजना गरी सधैको कल झगडा फुट र वैमनश्य खडा गरी विखण्डन हुनु भनेको विडम्वना नै भएको छ । देश र जनताको चाहना तथा समय र परिस्थिति नवुझी मेरा गोरुका बाह्रैटक्का भनि आफु भए सबै ठिक र अरु हुदा सबै बेठिक भनि दाउपेच र षडयन्त्र रची बे-मौसमी बाजा बजाउन रमाउने पनि के को नेता। के यस्तैलाइ पद र प्रतिष्ठा दिन शहिदहरुले बलिदानी दिएका थिए होलान ?  राणाको एकतन्त्रिय शासन काल राजाको पंचायती शासनकाल र कांग्रेसको नाम भने लोकतान्त्रिक तर काम भने अलोकतान्त्रिक र मिचाह शासनकालमा पनि देशले गति लिन सकेन मुहार फेराउन पर्यो भनी यतीबेला झण्डै दुइ तिहाइको बाहुबललिइ नेपालको साढे २ वर्ष अघि देखि शासन चलाउदै आएको नेकपाका नेताहरुको नियती र हालत देख्ता त झन नेपाली जनता आफैमा मत र बिवेकको कमी भयको होकी भनि तीन छक परि रुनु  न हास्नु भएका छन । शान्ति स्थिरता र समृद्धिको चाहना राखी बिकासको गोरेटो कोरिने बेलामा यस्तो अवस्था देख्दा वरपरका छर छिमेक र अशुभचिन्तकहरु यस्तो जात्रा देखेर हाँसेर ताली पडकाइ रहेका छन।नेता भनाउदाहरु मामाको काखमा बसेर आमाको उछितो काढीँ रहेको देखिन्छ तर पनि उनिहरुलाइ लाजै छैन तै नाइ की मै नाइ भै राखेको छ ।एकथरी मरिगए नछोडने अर्काथरी नलिइ नछोडने । के यसरी दुवैको माग पुरा होला ? कोभिड १९ ले उठनै नसक्ने गरी पछारी आर्थिक लगायतका पक्षले थला परेको मुलुक अझ राजनैतिक उल्झनमा पर्नु पर्दा जालमा फसेका  माछा सरी भएको छ । बिकास निर्माण देखी उद्धोग झन्दा तथा पठन पाठन र पेशा ब्यबसाय  ठप्प छन । यस तर्फ ध्यान छैन ।झण्डै दुइ तिहाइ मत दिएर केन्द्र देखी स्थानिय तह सम्मै सर्बशक्तिवान बनाएर पठाउदा पनि यस्तो हविगत देखाउनेहरु अब कसरी जनताका अगाडी उभिउला वा नाक र मुख देखाउला भन्ने सोचेका छन कुन्नी । हुन त मदन भणडारीले भन्ने गरेका राजनीतिमा कोहि पनि मित्रु र कोहि पनि शत्रु हुदैन भन्ने भनाइ र बुढा पाकाहरुले राजनीतिमा लाज र शरम हुदैन भन्थे यो साच्चि नै रहेछ।जो सगँ पिण्डपानी टुटेको घोषणा गर्दथे उसैसगँ घाँटी जोर्न पनि पछी नपर्ने।  यसैले होला रातोलाइ कालो र कालोलाइ रातो भन्ने गरेका नेताहरुले । यस्ताको पहिचान त समय समयमा जनताले गरेकै छन तर पनि बे समयमा केहि पनि गर्न नसकिने रहेछ भनी महशुस गरि रहेका  पनि छन र जुर्मुराउन पनि छोडेका छैनन ।
    जनताको बिश्वास प्राप्त गर्न जति कठिन हुन्छ त्यो भन्दा कैयौ गुना सजिलो गुमाउन हुन्छ। भडखालो पर्न सुरु हुदा नै तुरुन्त पुर्दा जति सजिलो हुन्छ परी सकि पछी कैयौ गुना कठिन हुन्छ। त्यसै गरी एउटा कार्यकर्ता र एउटा समर्थक बनाउन कति परिश्रम पर्दछ र त्यसको मूल्य कति हुन्छ? लाखौलाख भडकिदा के हुन्छ? भन्ने कुरा पनि नेताभएर हिडेकालाइ स्वभाविक रुपमा थाहा छ। त्यसै गरी रिस र घमण्डले आफु लगायत आफ्ना वरपर हिडने आसेपासे समेतलाइ पतन गराउछ भन्ने पनि बुझेकै हुन्छन र अनुभव गरी आएकै पनि छन। अर्को कुरा फुटेर भन्दा जुटेरै सफलता हासिल हुन्छ भन्ने पनि बुझेकै हुन्छन। संकटको अवस्थामा धैर्य सहनसिल र संयमित हुनु पर्दछ भन्ने पनि बुझेकै हुन्छन । त्यसै गरी सधै र सबै पद र प्रतिष्ठा तथा मान र पदवी योग्य र  सक्षमलाइ भन्दा आफै र आफ्नैलाइ मात्र लिदा र दिदा पनि जनताबाट टाढा भइन्छ र मित्रहरुबाट टाढा भइन्छ भन्ने पनि बुझेकै हुन्छन। तर पनि यसैमा लिप्त भै रहनु भनेको मुर्खता हैन र ? कोहि पनि मानिस सर्बगुणले सम्पन्न हुदैन  र काम गर्न सक्ने क्षमता पनी समान हुदैन। जो सुकैले काम गर्दा पनि केहि न केहि कमजोरी र गल्ती हुन्छन तिनलाइ स्वभाविकै ठानी सच्च्याउदै र सुधार्दै जानु नै महानता हुने हुदा देशको अबस्था र परिस्थिति बुझी जनताको मन नकुडिने गरी रिस राग र कलह परित्याग गरी टुटफूट र गुट छोडी महान बनौ यसैमा हामी सबैको कल्याण छ । अस्तु . . .
                                                         बुद्धिसागर बराल
                                                      बेसिशहर ८ लमजुङ
मितिः-२०७७ आषाढ २३ गते रोज ३ शुभम्. .  ... .. . ..  . . . .

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |