।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Monday, June 29, 2020

  खोज खबर ३१४
                           राजनैतिक पलायन ?
  राजनीति र राज्य कुन अगाडी आयो होला भनेर चर्चा गर्नु अण्डा र कुखुरी मध्ये कुन अघी आयो होला भनेर छलफल गर्दा अन्त्य नभए जस्तै हुन्छ। त्यसैले राज्य र राजनीतिलाइ अघि पछीका भन्दा पनि एक अर्काका पुरकको रुपमा राख्दा उपयुक्त हुने देखिन्छ ।  नङ र मासुको सम्बन्ध जस्तै एउटा सगैँ अर्को पनि आएकै हुन्छ। राज्य संचालनको हतियार वा साधन नै राजनीति हो । अर्को शब्दमा भन्दा राज्य संचालन गर्ने सर्बोच्च नीति नै राजनीति हो। त्यसैले राज्यमा रहेका सबै मानिसले आफु रहेको राज्यको नीति वा राजनीति संबिधान र ऐन कानून जानेकै हुनु पर्दछ । यो मानिसको कर्तव्य वा बिशेषता भित्रै पर्ने चिज हो।राजनीति एउटा अमुर्त शब्द भएकोले यसलाइ मुर्त वा सक्रिय बनाउने प्रमुख अंगहुन बिभिन्न विचार चिन्तन र धारणा तथा सिद्धान्त बोकेका राजनैतिक दलहरु।यी दलहरु को नेतृत्व अधिकांस त्यस बिचार र चिन्तन प्रति प्रतिबद्ध जनताहरुको बिश्वास जितेका नेताहरुबाट हुन्छ। यिनीहरु मध्ये जुन बिचारधारालाइ जनताले बढी बिस्वास मान्छन र मत दिन्छन त्यहीराजनीतिक दलको नेताले राज्य संचालन गर्दछ र अन्य दलहरुले सहयोग गर्नु राज्यको शास्वत मर्म र धर्म पनि हो । बिश्वमा हाल यसैलाइ आधार बनाइ बिधि बिधान बनाइ राज्य चली र चलाइ रहेका छन । मानिस सामाजिक प्राणि भएकोले उसका लागि आबश्यक पर्ने खाने लाउने र बस्ने समस्याहरु समाधान गर्न तथा शान्ति र सुरक्षाको ब्यबस्था गर्नका लागि पनि समाजको साथै राज्यको आबश्यकता परी हाल्दछ । त्यसैले राज्यहाक्ने राजनीति र नेता दुरगामि दृष्टिकोण राख्ने सबल र दक्ष हुनु पर्दछ ।तर नेता बन्न वा चाहना राख्दैमा बन्न भने सकिदैन। त्यसमा पनि सक्षम ठहरिन सजिलो छैन तर.ऐले त जस्ता पनि नेता  ... । राजनीती अस्थिर र अन्योलमा गुज्रिएको राज्यका जनता युगौं युग सम्म पनि मार्ग बिहिन भै असभ्य अज्ञानी र पछाडी परि रहेका हुन्छन । बिकासले गति लिन सक्दैन।  कमिशन भ्रष्टाचार र घुसखोरीको विग विगि हुन्छ।आन्तरिक र बाह्यरुपमा एकले अर्कोलाइ आरोप प्रत्यारोप लगाउने तथा खुट्टा तान्ने वा झिक्ने प्रवृतिको बोलवाला हुन्छ। अभावै अभावमा हुर्किएका हुदा धनमा मात्र मन जान्छ।यसैको नमूना राज्यको रुपमा हाल नेपाल देखिएको छ ।
  नेपालका राजनीतिज्ञले पनि अरु मुलुकले संचालन गरेको राजनीति देखेकै छन र जानेकै पनि छन। जेल र नेल भोगेकै पनि छन ।बेला र मौकामा भन्ने पनि गर्दछन तर पनि किन सहि मार्गमा आउन सकेका छैनन।सधैको कुकुर र बिराला। नेपाली जनताले यो अत्यन्तै बुझ्न पर्ने कुरा भएको छ। यसै प्रसंगमा हालको नेपालको सत्तारुढ राजनैतिक दल नेकपालाइ लिँउ त । यस दलका अधिकांश नेताहरु राजनीतिमा बढो खारिएका र दरियका पनि छन । एकका एक सिद्धान्तका ब्याख्याकार पनि छन।यो देशको हावा पानी माटो र जनताको भावना र आकांक्षा बुझेका पनि छन । जनताले पनि आशा बिस्वासका साथ उनिहरुको मनो भावनालाइ बुझी दिएका पनि छन ।  एकता बद्ध भइ एक चित्त एक मन र एक साथ रहेर काम गर्न म्यान्डेड पनि दिएका छन। तर बुझी बुझी बुझ पचाइ सधै किचलो  गरेको देख्दा जनता निराश भै आफैलाइ धिक्कार्न पनि थालि सकेका छन।
  यसरी हेर्दा नेकपाका नेता अझै पनि राजनेता बन्न सकेका रहेनछन भन्ने सर्व साधारण सबैले महशुस गरेका छन। पद र पैसा भनेका चल हुन यिनिहरु जुनसुकै बेला जो सुकैको हातमा पनि जान सक्दछन। अचल बनाउने भनेको यिनैको सहयोगमा गरिने नाम र काम हो । नाम र कामलाइ अजर र अमर बनाउन सक्नु नै राजनैतिक सक्षमता हो ।
 देशको आबश्यकता र जन चाहना अनुसार यस राजनैतिक बिचारमा आबद्ध नेता तथा जनताहरु  एकताबद्ध हुने भन्ने बचन बद्धता र दृढताको आधारमा  नेकपाको औपचारिक जन्म मिति २०७५ जेठ २ गते भएको हो । अध्यक्ष र कार्यकारी अध्यक्ष समेत गरी २ जना अध्यक्ष भएको त्यस कमिटिको त्यहि जेठको ३ गते४४१ जना केन्द्रिय समितिका सदस्यले समेत सपथ लिएका थिए भने हाल सम्म यसको स्थायि समितिमा ४५ जना दिग्गज दिग्गज नेताहरु रहेका छन।केन्द्रिय कमिटिको पहिलो बैठक २०७५ साल जेठ १० गते बसेको थियो । यस्ता दिग्गज नेता र बृहत समिति हुदा हुदै र झण्डै दुइ तिहाइबहुमतको संसद र सरकार रहदा रहदै पनि यस बाट भए गरेका काम कारवाइ नेताहरुको बोलीचाली आनिवानी र चाल चलन तथा ब्यबहारको बिषयलाइ लाइ लिएर सडक देखि संदन सम्म पनि आलोचना भइ रहनु यसका सामान्य भन्दा सामान्य समर्थक र शुभ चिन्तकका लागि पनि दुःखदको बिषय बनेको छ। प्रतिपक्षको त कुरै छोडौं। यी कुराहरु मलाइ म सडकमा हिन्दा हिन्दैको अवस्थामा नजिकै बोलाएर एक जना ६५ वर्ष कटेका बृद्दले कानमा आएर खुसुक्क भन्नु भएको थियो ।     यसैको केहिबेर अगाडी मैले पनि १४ आषाढ २०७७को नयाँ पत्रिका दैनिक पढदा बालुवाटारमा बैठक बसेको विषयमा बढो आलोचना भएको पाएको थिए। त्यहा बरिष्ट राजनितिक बिश्लेषक कृष्ण खनालले भन्नु भएको थियो  बालुवाटार बन्यो नेकपाको अड्डा सरकारी स्रोतको दुरुपयोग ओली र प्रचण्डको स्वार्थले नेकपा गाँजिएको छ।बालुवाटारलाइ पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर  नेकपाले राजनीतिक मात्र होइन आर्थिक रुपमा पनि राज्यलाइ दोहन गरि रहेको छ। पार्टी अन्तर्कलह मिलाउन दिन दिनै भै रहेका भेट औसत १५ दिनमा हुने गरेका सचिवालय बैठक भेला र भोज भतेरको खर्चमा हिसाव किताव छैन  नेकपा पार्टी छ भन्नु धोका हो । आकार नै ग्रहण गर्न नसकेको. . दुइजनालाइ मात्र छोडी दिए हुन्छ . . त्यसै गरी ज.स.पाका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए नेकपामा कुर्सी र कमिसनका चिन्ता सुनिन्छ अनि कांग्रेसका प्रबक्ता बिश्व प्रकाश भन्दै थिएबालुवाटारका बैठक हिजो पनि ठिक थिएन र आज पनि ठिक छैन । त्यसैमा झलनाथ खनालको भनाइ थियो प्रधान मन्त्रिको स्वास्थ्य प्रति संवेदनशिल भएर बिषय जोडदार रुपमा उठाइएको छैन। त्यहि भिम रावल भन्दै हुनु हुन्थ्यो अहिले त उहा बिरामी पनि हुनु हुन्न बैठकमा उपस्थित पनि हुनु हुन्न हाम्रा सुझाव सुन्न पनि चाहनु हुन्न । अनि मैले सडकमा हिन्दै मन मनै विचार गर्न थाले यस भन्दा अघिका सरकारका पालामा पनि बालुवाटारमा त्यसरी नै बैठकहरु बस्थे होलान कहि कतै त्यसरी आलोचना भएको सुनिएन आज किन भै रहेको छ भनि बुझ्दा त ३ फाल्गुण ०७४ मा के.पी. ओली प्रधान मन्त्री भए पश्चातका नेकपाको बिधान अनुसार १५-१५ दिनमा बस्ने सचिवालयको वैठक हाल सम्म ४ दर्जन भन्दा बढी बालुवाटारमा नै र २ वटा बैठक धुम्बाराहिमा भएको पाइयो । त्यसै गरी के.पी. सगँ सम्बन्धित बंश भेला बर्थ डे नवबर्ष र पारिवारिक भोज समेत यहि हुने गरेकाले यो कम्युनिष्ट आचरणको भएन भनि राजेन्द्र राइ ठाकुर गैरे लेखनाथ न्यौपाने र राम कुमारी झाक्री समेतले भोज बहिष्कार गर्ने गरेका जानकारी भयो ।
  यसरी हेर्दा नेकपा पार्टिमा अझै पनि सोँच बिचार गर्ने जनताको आवाज सुन्ने र बुझ्ने लगायतका निम्न कुराहरुमा कमजोरी भएको देखिन्छ । संसारका श्रमजिवि एक हौं भनी आफ्नो कम्युनिष्ट घोषणा पत्रमा समेटिएका कुराहरुको ख्याल गर्न नसक्नु सबैलाइ समानरुपमा समेटी तेरो र मेरो नभनी एकतालाइ तल्लो तह सम्म पुर्याउन नसक्नु तल्लो तह सम्मका सदस्यतालाइ ब्यबस्थित गर्न नसक्नु पद र मान मर्यादा को भोको सबै सधै हुनु अरुलाइ पालो नदिनु र  कार्यकर्ताको संरक्षण नगर्नु सधै आफैमात्र पदमा रहन खोज्नु पुराना सतिसाल झै शुरु देखि आज सम्म उभिएकालाइ वेवासता गर्नु र नेतृत्वलाइ सहज किसिमले स्विकार्न नसक्नु तथा नेतृत्वले पनि आफु मात्र सक्षम छू भन्ने ठानी अरुसगँको सहयोग सल्लाह र छलफल गर्न नचाहनु कार्यकर्ता र समर्थकलाइ पार्टीको आधार वा जगको रुपमा लिनु पर्नेमा दास वा सेवकको रुपमा मात्र लिनु कम्युनिष्ट चरित्रबाट बिमुख रहनु जन चाहनालाइ बुझ्न नसक्नु उच्च ओहदामा रहदा पनि आफुले गरेको कामको असर र प्रभावको सहि मूल्यांकन गर्न नसक्नु तामझाम मोज मजा र सौखिनमा रमाउनु अरुले गरेको राम्रोकामको पनि अवमुल्यन गर्नु बिधान अनुसार नचल्नु आफुले गरेको गल्ति र कमजोरीको महशुस नगर्नुआदि हुन। यसले सधै पार्टी भित्र असहजता पैदा भइ मन मुटाव हुदा पनि समययमै निराकरण तथा उपचार तर्फ  नलाग्नु भनेको के राजनैतिक पलायन ? त होइन। अस्तु. .
                                                         बुद्धिसागर बराल
                                                        बेसिशहर ८ लमजुङ
 असार पन्ध्र २०७७ साल ।

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |