खोज
खबर ३१२
विबादको समाधान
दुइ वा
दुइ भन्दा बढी ब्यक्ति ब्यक्तिका विचमा होस वा मुलुक मुलुकहरुका बिचमा होस
सोचाइमा वा कामगराइमा मनमुटाव हुन गयो ‚ मन र
काममा एकता हुन सकेन तथा सधै तेरो र मेरो हुने अवस्था भै रह्यो भने त्यसलाइ विवाद‚ झगडा
वा मुद्धा पनि भन्ने गरिन्छ । यसले लामो रुपमा हाँगा फिजाउन थाल्यो भने जीवन भर
द्वन्द भै रहन्छ।प्राकृतिक रुप मै प्रत्येक मानिसमा फरक फरक मन र मानसिकता विचार
र सोचाइ हुने हुदा यसलाइ सामान्य रुपमै
लिनु पर्ने हुन्छ। अधिकांश नकारात्मक
चिन्तन भएका मानिसहरुको स्वभाव नै बिभिन्न ऐन कानूनको उल्लंघन गर्ने ‚ साँध
सिमाना मिच्ने ‚ लिखित कागजात हुदा हुदै पनि लेनदेनमा अविश्वास
कायम गराउने‚ समयमा रकम नबुझाउने ‚ झुट र
असत्य ब्यबहार गरी सत्य र बास्तबिकता लुकाउन खोज्ने ‚ अरुको
सम्पत्ति तथा जिमि जग्गा प्रति लोभ लालचा देखाउने ‚
अनाबश्यक कुरा कानी तथा छुल्याइ र फट्याइ गरी एउटालाइ उचाली अर्कोलाइ पछार्ने ‚ सन्धि संझौता र सहमतिको उल्लंघन
गर्ने ‚ जानि
बुझीकन पनि बुझ पचाएर कुराकानी गर्ने‚ ठूलो सानो र धनी गरिब भनी उचाल्ने र
होच्याउने तथा अवहेलना गर्ने ‚ पदिय घमण्ड गर्ने ‚ जानी
जानीकन भ्रष्टाचार र नैतिकपतन हुने कृया कलापमा संलग्न हुने ‚
सन्तान र सम्पत्तिको गुणगान गर्ने ‚ बल
र शक्तिको अभिमान गर्ने ‚ अर्कोले अपनाउदै आएको धर्म संस्कार
र संस्कृति तथा चाल चलन र रहन सहनको आलोचना र घृणा गर्ने ‚ अरुले
अवलम्वन गर्दै आएको राजनैतिक बिचारधारा मुल्य र मान्यता प्रति रिस राग र बितिष्णा
पैदा गरि रहने‚ सामाजिक मुल्य र मान्यता प्रति समन्वयात्मक
भावनाको बिकास नगराइ सधै आलोचनात्मक र आक्रामक बनी रहने ‚ अरु
सगँको खानपिन तथा रहन सहनमा समावेस नहुने र घृणा गर्ने जस्ता मानविय गुणले सदा
मानव मानव र मुलुक मुलुक बिच झै-झगडा‚ बैमनष्य र द्वन्द तथा विवादहरु भै
हाम्रो युगौ युगदेखिको अत्यन्त सकारात्मक समय त्यसैमा बिति रहेको छ। अशान्ति र
अस्थिरता सधैको लागि भै रहेको छ। मानवले मानवलाइ नै बिनाश गर्नका लागि भनी मानवले
नै अनेकौ अश्त्र र शस्त्रको निर्माण र प्रयोग गरि रहेको देखिदा र मानवलाइ नै दण्ड
र सजाँय गर्नको लागि भनि ऐन र कानूनको निर्माण भएको देख्दा कहिले काही त मानव देखी
पनि घृणा जागेर आउछ। मानव भन्दा असभ्य र अज्ञानी केहि चिज वा बस्तुहरु नै छैनन की
जस्तो लाग्दछ । किनकी आफैलाइ मास्ने र आफैलाइ कारागार पठाउने अस्त्रको निर्माण
गर्ने‚ अरुको
प्रगति र विकासको डाह र रिस गर्ने तथा जग्गा जमिन मिच्ने र विवाद सृजना गरि रहने न
त अन्य कुनै प्राणिले नै गरेको छ ‚ न त बनस्पति नै ।
यसको उदाहरण ऐले नेपाल र भारत बनेका छन। यि
मुलुकहरु परम्परागत रुप मै एक आपसमा धर्म संस्कार र संस्कृति तथा रहन सहन‚ भाषा
र भेष तथा बोलि चालि र ब्यबहारमा समानता भएका घनिष्ट मित्र ‚ दुःख
र सुखका साथि ‚एक अर्काको परिपुरक‚ रोटी र बेटीको
सम्बन्धमा समेत समेटिएका तर सदा सर्वदा सार्वभौम रहि सह अस्तित्व र
स्वाभिमानको परिचय गराएका छिमेकी मुलुकहरुहुन ।तर यती हुदा हुदै भारतले सधै आफु
नेपाल भन्दा ठूलो र शक्तिसालि छु भन्ने घमण्ड देखाएर परम्परा देखी नै सहमति‚ सन्धि र संझौताको उल्लंघन गर्दै‚ नेपाल
माथि थिचो मिचोगर्दै र हेप्दै तथा साधँ
सिमाना मिचदै आएको र लाजै नमानी समय समयमा नाका बन्धी
समेत गरी बिबाद गरी आएको कुरा नेपाली को त कुरै छोडौं
बिश्वलाइ थाहा छ । यही हेपाहा प्रवृतिका कारण ले गर्दा भारतको वरपरका सबै
छिमेकीहरु सगँको सम्बन्ध पनि राम्रो छैन । कुनैपनि ब्यक्ति वा मुलुक भौतिक वा शारिरिक
रुपमा मात्र ठूलो देखिएर होइन मानसिक रुपमा ठुलो हुन सके मात्र महान बनिन्छ ।
बिवादको समाधान कहिल्यै पनि वलले मात्र हुदैन बुद्धिनै चाहिन्छ। नेपालले साध र
सिमानाको समाधानको लागि पटक पटक वार्ताको लागि अनुनय विनय गर्दा पनि वास्ता नगर्नु
ले झिजाले पनि मुढो लाइ सल्काउछ भन्ने कुरा भारतले समय मै बुझ्नु पर्दथ्यो।
बुद्धिको प्रयोगका चरण भनेका भेटघाट‚ आदान प्रदान ‚छलफल
वार्ता र सहमति तथा अन्तिममा संझौता नै हो भन्ने जान्नु पर्दथ्यो । अनी काम गर्नु
नै छ भने किन इज्जतमा दाग लागे पछी मात्र गर्ने भन्ने पनि सम्झनु पर्दथ्यो। समय मै
छलफल र वार्ताबाट समाधान गर्न पाएको भए यसमा लगाउने समय अन्यत्र लगाउन सकिन्थ्यो
होला ।
बिश्वकै प्रजातान्त्रिक मुलुक हुँ भनी बिश्व मञ्च मै समानता र स्वतन्त्राको
नारा फलाक्दै हिडने अनी बिश्व मै शक्तिसाली राष्ट्रको पहिचान बनाउन चाहने ले साना
र झन आफैले तिनै तिरबाट घेरिएको छिमेकी मुलुक प्रति देखाएको यस्तो व्यबहारले शक्ति
र प्रजातन्त्र कै झज्जी उडाएन र ? बल र शक्ति भनेको
आफु भन्दा शक्तिसाली वा आफु सरहको सगँ देखाउने हो कमजोर सगँ हैन । भारत ले आफैले
एक तर्फी किसिमबाट नया नक्सा सार्वजनिक
गर्ने‚ सिमामा रहेका २३ जिल्लाको ७१
स्थानमा सिमा अतिक्रमण गरी विवाद ल्याउने‚तथा लाज शर्मै नमानी दलबलका साथ नेपालको भूमिमा प्रवेश गर्ने र अन्य
कतिपय स्थानमा समेत अतिक्रमण गर्ने गरी रहेको सबैलाइ जग जाहेरै छ। यस्तो कृया कलापले गर्दा नेपालीहरुले धेरै
दुःख र कष्ट पाएका छन र उनिहरु असन्तुष्ट हुनु पनि स्वभाविकै हो ।अवका दिनमा पनि
यस्तो अन्याय सहनु भनेको अस्तित्वको समाप्ती हो भन्ने नेपालीले बुझैकै कारण ऐले
कालापानी लिपुलेक र लिम्पियाधुरा समेटी नयाँ नक्सा सार्वजनिक गरी नेपालको राष्ट्रियता र सार्वभौम अक्षुण्ड
राख्नका लागि अभुतपूर्व एकताका साथ कालापानी‚
लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नेपालको नक्सा निशाना छापमा राख्नको लागि
प्रतिनिधि सभाबाट संविधान शंसोधनको पक्षमा
दुइ तिहाइ भन्दा बढी मतबाट पारित भएको छ । यसले नेपालको इतिहास मै महत्वपुर्ण चरण
थपेको छ। तर यो पारित भएको दुइ घण्टा पनि नवित्दै पुःन भारतिय विदेश मन्त्रालयका
प्रवक्ता अनुराग श्री वास्तबले“ नेपालको दावीको पछाडी ऐतिहासिक तथ्य
वा प्रमाण नभएको नेपालको प्रतिनिधि सभाले भारतियभूमि समेटने गरी नेपालको नक्सा
परिवर्तन सम्बन्धि सविधान संशोधन बिधेयक पारित गरेको हामिले जानकारीमा लिएका छौं
हामिले यस बिषयमा पहिले नै हाम्रो धारणा प्रष्टपारि सकेका छौ यो कृत्रिम बिस्तार
गरिएको दावी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन यसको वचाउ गर्न पनि सकिन्न ।
साथै थाती रहेका सिमा मुद्धाबारे वार्ता गर्ने हाम्रो वर्तमान समझदारिको विपरित छ” भनि
गरेको प्रतिकृया वा टिप्पणिले सहजै किसिमबाट यो काम सम्पन्न हुन्छ र नभएमा यसलाइ
अन्तर्राष्ट्रिय करण गर्छौ भनि सोच्नु पनि
केटाकेटि पना नै हुन्छ । किनकी अन्तर्राष्ट्रिय करण गर्न पनि सोचे र भने जस्तो
सजिलो छैन । किनकी अन्तर्राष्ट्रिय अदालतमा पुगेका ५० वर्ष अघिका मुद्धा समेत अझै
अलपत्र परि रहेका छन। त्यसैले नेपालले यो विवाद स्थायीरुपमा समाधान गर्नका लागि
कुटनैतिक माध्यमबाट अत्यन्तै बुद्धिमत्ता र धैर्यताका साथ अझ बढी जनएकता देखाइ ऐतिहासिक तथ्य र प्रमाणको
खोजीगरी अघी बढनु पर्ने अवस्था देखिएको छ । हुनत भारतिय रक्षा मन्त्री राजनाथ
सिंहले असार १ मा भिडियो कन्फरेनस मार्फत एक कार्यक्रमलाइ संबोधन गर्दा नेपाल र
भारतको सम्बन्ध रोटी र बेटीमा तथा जय महाकाली आयो रे गोर्खाली भनी गोर्खे पल्टनसगँ
लगेर जोडदै यसलाइ हामी बसेर छलफलका माध्यमबाट हल गर्ने छौ भनिय पनि बारम्बार
कुटनीतिक चलाखीका साथ नेपालीलाइ पछि पार्न चतुर सगँ सतर्क रहनै पर्ने देखिन्छ। यसै क्रममा नेपाल सरकारले यसको सहि र
तथ्ययुक्त प्रमाण जुटाउनको लागि कार्यदिशा
समेत तय गरी नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेतिको संयोजकत्वमा
अन्तर्राष्ट्रिय कानून बिद सूर्य प्रसाद सुवेदी‚
इतिहासविद रमेश ढुंगेल‚ कानूनबिद बिपिन ‚अधिकारी
जलबिज्ञानविद जगत भुषाल‚ नापि विभागका पूर्व महा निर्देशक तोयनाथ बराल ‚अवकास
प्राप्त मेजर जनरल हिमाल थापा‚ महिला प्रतिनिधि अप्सरा चापागाइ
सदस्य तथा परराष्ट्र मन्त्रालयका सह सचिब
राम प्रसाद सुवेदी सदस्य सचिव रहने गरी एक विज्ञ समुह गठन गरेको जानकारीमा आएको छ
। यसले अबस्य पनि दिर्घकालिन रुपमा नेपाल र भारत बिचको सिमा लगायतका सम्पुर्ण
बिबादको समाधान हुने गरी प्रमाणहरु जुटाउने छ र छिटो भन्दा छिटो छलफल र वार्ता भै
वर्तमान लगायत भविष्यका नेपालीले आनन्दले श्वास फेर्न पाउने छन । अस्तु . .
बुद्धिसागर बराल
मितिः-२०७७ आषाढ २ गते बेसिशहर ८‚ लमजुङ