।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 15, 2020

  खोज खवर ३१६

                           विपदको जोखिमी .... 

  हाल बिश्वभर बिपद निम्त्याउदै आएको कोभिड १९ ले आज सम्म नेपालमा पनि १७०६१ जना भन्दा बढीमा संक्रमण गरी ३९ जनाको ज्यान समेत लिइ सकेको छ । १०२९४ निको भएर घर गएका र ६६१३ सक्रिय संक्रमित रहेको नेपाल सरकारबाट जानकारी गराउदै गर्दा बाढी पैह्रोले पनि वितण्डा मच्चाउदै ८५ जनाको ज्यान लिइ सकेको छ। ४६ जना पैह्रोमा हराइ रहेका तथा १४ जिल्लाका ११००० भन्दा पनि बढी घर बिस्थापित हुने अवस्थामा रहेका समाचारका माध्यमहरुले जानकारी गराइ रहेका छन । यसबाट विपदले झन पंजा फैलाएको महशुस भएको छ । यसैलाइ लिएर अनुसन्धानकर्ताहरुले पहिरो आउने पूर्व सुचना प्रणाली बिकास भै नसकेको र पानीपर्ने र बाढी आउने ३ दिन अघी सम्म सूचना  दिन सक्ने प्रणालीको भने बिकास भएको भन्दै आएका छन।यसरी प्रकृतिमा घटने अनेक प्रकारका घटनाका कारण मानिसले गर्भासयमा बास गरे देखि नै सुख र दुःख वा विपद भोगी आएका  हुन्छन । जन्मको साथै ति पनि जन्मन्छन हुर्कन्छन र बढछन। अनि रोग ब्याध लगायतका अनेक किसिमका दुःख र कष्ट झेलि रहनु परेको हुन्छ। प्रत्येक पल पलमा यिनीहरु सगँ पंखे जुरेली खेल्नु पर्दछ। यसैलाइ आधार बनाएर हाम्रो परम्परागत धारणा छ जन्मको समयले नै मानिस भोली सुखी हुने वा दुःखी हुने वा भाग्यमानी र अभागी हुने भन्ने पनि संकेत गर्दछ। अथवा उसको भाग्य निर्माण हुन्छ । यो कर्मको खेला हो ।ढीलो चाडो यो भै हाल्दछ । हुनेकुरा कसैले केहि गरी टार्न सक्दैन। हामी त एउटा खेलौना पात्र मात्र हौं ।खेल खेलाउने त अर्कैछ। यस्तो वास्तविकता बुझि बुझी हामी पाखुरा खैंचिएर तेरो र मेरो भनेर नाटक खेली  रहेका छौं ।कल झगडा रीस राग र एक आपसमा वैमनस्य बढाइ रहेका छौं भन्ने भनाइहरु सुनिदै आएको छ । यसरी जसले जे भने भने मानिसले यस पृथ्विमा स्थायित्व लिनको लागि प्रकृतिमा घटने भुकम्प बाढी पैह्रो चट्याङ हिम पहिरो आगलागी अनाबृष्टी अतिबृष्टी र संक्रामक रोग लगायतका अनेकन  समस्या सगँ जुझेर बाझेर वा संघर्ष गरेर बाच्नु पर्ने कुरामा भने दुइ मत छैन । प्रत्येक वर्ष  कुनै न कुनै ठाउका मानिसहरुमा कुनै न कुनै किसिमका यस्ता विपत्ति तथा संकटहरु आइ परी रहेकै हुन्छन। यो प्रकृति को नियमै देखिन्छ।यसलाइ प्रकृति छनौंटको सिद्धान्त तथा  बाच्नको लागि संघर्ष हो भनि बैज्ञानिक हरुले भन्ने गरेका छन । यस्ता विपद र संकटलाइ  सहि रुपमा व्यबस्थापन गर्न नसक्दा  दुःख र कष्ट हुने कुरा शास्वत देखिएको छ । त्यसैले समय र परिस्थितिको मागअनुसार बडो सुझबुझ र चलाकीका साथ जो सुकैले पनि विद्धयमान विपद वा संकट कम गर्न अघी बढनु को बिकल्प देखिदैन ।

 अर्कोतिर सबैलाइ थाहा छ संकट वा विपत्ति जानकारी दिएर आउदैन। यसले गर्दा जतिसुकै तयारी हुन्छु भने पनि तयारी हुन सकिदैन। अनि मानवजातिले धेरै नोक्सानी बेहोर्नु परी रहेको हुन्छ। यी सबै कुरालाइ ध्यानमा राखेर केही न केही पूर्वाधारहरु तयार गरी सजग र सतर्क रहनु नै पर्ने हुन्छ । उपलब्ध साधन र स्रोतको सहि उपयोग गरी जनताको सहयोग र सल्लाहमा यस्ता पुर्वाधारहरु तयार गर्ने जिम्मा भनेको सरकारको हो तर नेपालमा भने यतिबेलै कोरोनाको महामारी बाढी पैह्रो र डुवानको महामारी भएको अबस्थामा अत्यन्त सुझबुझ र संयमी भै काम गर्नु पर्ने बेलामा सरकार भित्र नै पनि पद प्रतिष्ठाको महामारी पसेको देखिन्छ। त्यसै गरी छिमेकी मुलुक सगँ बिग्रिएको सम्बन्धको कारण उब्जिएको महामारी ले के के गर्नि हो र क-कस्लाइ कहाँ कहाँ पुर्याउला भन्ने कुरा पनि थाहा छैन ।त्यसै गरी आर्थिक संकटको पनि कुरै नगरौं ।यी सबै कुराको गहन किसिमले चिन्तनमनन र अध्ययन गर्दा नेपाली जनताको लागि  यो वर्ष शुभ  देखिएको छैन। साच्चै भन्नु पर्दा शान्त भएर निदाउने अवस्था पनि छैन ।

  हुनत विपद ब्यबस्थापनका सबै कृया कलापको समन्वयात्मक र प्रभावकारीरुपमा ब्यबस्थापन गरी प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट सर्व साधारणको जिउज्यान र सार्वजनिक नीति  तथा ब्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक संपदा  र भौतिक संरचनाको  संरक्षण गर्न  बिपद जोखिमि न्युनि करण तथा ब्यबस्थापन सँग  सम्बन्धित प्रचलित कानूनलाइ संशोधन र एकिकरण गर्न बाञ्छनिय भएकोले भनि २०७४ सालमा नेपालको संबिधानको धारा २९६को उपधारा १ बमोजिम ब्यबस्थापकिय संसदले पास गरी संशोधित ऐन २०७४/०७/०५मा प्रमाणित गरी विपद तथा जोखिमी न्युनीकरणको लागि भनी लागु गरिएको पाइन्छ । यस संबन्धी नीति निर्माणको लागि केन्द्रिय स्तरमा प्रधान मन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद रहने र कार्यान्वयनको लागि गृह मन्त्रीको अध्यक्षतामा कार्यकारी समितिको गठन हुने ब्यबस्था छ। आबश्यक परेमा मन्त्रालयले नै ५ जना सम्म रहने बिषेश समिति गठन गर्न सक्ने पनि ब्यबस्था छ । यसलाइ अझ प्रभावकारी बनाउन विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन नियमावली २०७६ पनि जारी भएको छ । यसभन्दा अगाडी दैविक प्रकोप उद्धार ऐन २०३९ थियो जुन दक्षिण एशिया कै पहिलो  विपद सम्बन्धि ऐन थियो ।

  त्यसै गरी प्रदेश स्तरमा पनि मुख्य मन्त्रीको अध्यक्षतामा   प्रदेश स्तरिय बिपद ब्यबस्थापन समिति बन्ने प्रावधान छ भने   प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समितिको प्रतिनिधि जिल्ला भित्रका स्थानिय तहका अध्यक्ष/प्रमुख जिल्ला स्तरिय स्वास्थ्य प्रमुख सुरक्षा निकायका प्रमुखहरु जिल्ला स्थित पूर्वाधार तथा सामाजिक बिकास सँग सम्बन्धित कार्यालयका प्रमुखहरु राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख वा प्रतिनिधि नेपाल रेडक्रश सोसाइटीका जिल्ला प्रमुख गैह्रसरकाररी संस्था महासंघको जिल्लास्थित प्रमुख उद्धयोग बाणिज्य संघ जिल्ला प्रमुख सदस्य र प्र.जि.अ.ले तोकेको एक जना सदस्य सचिव रहने गरी जिल्ला तथा स्थानिय विपद ब्यबस्थापन समिति र गाउँपालिका अध्यक्ष वा नगर पालिकाका प्रमुखको अध्यक्षतामा तोकिय बमोजिमका सदस्यहरु रहने गरी स्थानिय विपद ब्यबस्थापन समिति रहने ब्यबस्था छ। त्यसै गरी विपद ब्यबस्थापन गर्न तथा खोज र उद्धारकाको लागि आबश्यक पर्दा नेपाली सेना तथा प्रहरीहरु समेत परिचालिन गर्न सक्ने कानूनी प्रावधान रहे ता पनि कानून आफै घटना स्थलमा पुग्ने नसक्ने र प्रक्रियामा भर पर्ने परम्परा हुदा सबैले समयमै आ-आफ्नो जिम्वेवारीलाइ पुरा नगरी दिनाले तथा सबै मा त्यो किसिमको ज्ञान र सिप पनि नहुने हुदा ब्यबस्थापनमा जटिलता थपिन गै विपद पिडितहरु अझ पिडित बन्ने गरेका धेरै उदाहरणहरु देखिएका छन । अझै आधुनिक यन्त्र तथा साधन स्रोतको  कमी हुन गै त्यसमा पनि प्रयोग गर्न नजान्दा झन मर्का परि रहेको छ।  

 माथि जे जस्ता कुराहरु उल्लेख गरिएता पनि र समिति को व्यबस्था गरिए पनि नेपाल जोखिमिको दृष्टिकोणले बिश्वमा सोँह्रौ स्थानमा रहि भौगोलिक विकटताले परिपुर्ण भएको नेपालीमा संस्थागत रुपमा बिकास हुदै आएको अराजक चिन्तन अनुशासन हिन कार्य र काम भन्दा कुरो बढी गर्ने र बिकास र निर्माणको लागि भुस्खलन बढी गर्ने प्रचलनले बाढी पैह्रो र संक्रामकरोग जस्ता बाट हुने विपद तथा जोखिमिलाइ नियन्त्रण र ब्यबस्थान गर्नु जटिल कार्य बनेको छ। हाम्रै अगाडी वि.सं १९९० सालमा गएको ८.४ रेक्टर स्केलको  भुकम्पबाट ८६९० जनाको मृत्यु र १९००० घर ध्वस्त भएका थिए भने वि.सं. २०७२ सालमा गएको ७.६ रेक्टर  स्केलको भुकम्पबाट ८९००को मृत्यु ४००० जना अंगभंग तथा ६लाख घर को पूर्ण क्षति भयो ।यो देख्दा मानिसले विपद ब्यबस्थापनमा जतिसुकै बल गरे पनि कम नै हुन्छ । त्यसैले यस बिषयमा समय मै सजकता अपनाइ समुदाय वा जनतालाइ यस सम्बन्धि पूर्व ज्ञान  र जानकारी दिएर बिपत्तिको लेखा जोखा गरेमा  केहि राहत होला होला नत्र बिपदको जोखिमिलाइ नियन्त्त्रण र रोकथाम गर्न कठिन हुने देखिन्छ । यो दीर्घकालिन रोग हो । अस्तु . . .

                                                                बुद्धिसागर बराल

                                                              बेसिशहर ८लमजुङ

 मितः-२०७७/०३/३०

 


Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |