।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Monday, July 20, 2020

  खोज खबर ३१७

                           काम भन्दा कुरो बढी 

 आज २०७७ साल श्रावण ६ गते नेपालका बिद्ध्यालयहरु कोभिड १९को कारण  सरकारले बन्द गराएको ठ्याक्कै ४ महिना पुरा भयो। अझै पनि कहिले खुल्ने भन्ने अनुमान समेत सरकारले गर्न सकेको छैन। बिद्धयार्थीहरु छरिएर कँहा पुगेका छन र कुन अवस्थामा छन थाहा छैन ।शिक्षकहरुलाइ घर घरै खोज्न पठाउने प्रचलन बढेको छ । अभिभावकहरुले आफ्ना सन्तानको बिषयमा  चिन्ता जाहेर गरेका त छन तर बिद्धयालय खुली हाले पनि तत्कालै बिद्धालयमा पठाउने की नपठाउने दोधारमा छन । किनकी सरकारले अन्यत्र बिकल्प खोज्दै नखोजी बिना दुर दृष्टी र सोच तथा बिचारै नगरी हजारौं हजार बिद्धयालयमा लगेर क्वारेन्टाइन राखि दिएको छ। कतिपय त त्यहि कोभिड १९ बाट संक्रमित भएका छन भने कतिपयले त्यहि आत्म हत्या गरि रहेका छन। यो अवस्था कहिले सम्म रहने हो त्यसको बिषयमा सबै अनभिज्ञ छन । सामुदायिक बिद्ध्यालयका शिक्षकहरु कहाँ जाने के गर्ने के नगर्ने भएका छन। त्यसै गरी स्थानिय तहहरु पनि  के गर्दा ठीक हुने हो वा बेठिक हुने हो अन्योल भएका छन । निजी वा संस्थागत विद्यालय हरु भने आलस तालस भै छटपटाउन थाली सकेका छन । त्यसै त नेपालको शिक्षाको ब्यबस्थान बिधि र पद्धति कमजोर त्यसमा पनि कोभिड१९ले डामी दिदा शिक्षा क्षेत्र उठनै नसक्ने गरी पछारिएको छ । जनताको आँखामा छारो हाल्नको लागि र सरकार त्यसै बसेको छैन भन्ने देखाउनको लागि तथा कर्मचारीले जागिरको सोझो गर्नको लागि खुला अनलाइन पद्धतिको हौवा मच्चाए पनि नेपालको पहुँचमा यो  संभव छैन र प्रभावकारी पनि देखिएन।

 हुन त शिक्षामा आमुल परिवर्तन ल्याउछु भनेर भनेर वर्तमानको नेकपाको सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ तर्जुमा गरी बिद्यालय सुधार योजनाको घोषणा गरेको छ शिक्षित सभ्य स्वस्थ र सक्षम जनशक्ति सामाजिक न्याय रुपान्तरण र समृद्धि भन्ने दुर दृष्टि र सबै तहको शिक्षालाइ प्रतिश्पर्धी रोजगार मुलक र उत्पादनमुखी बनाइ देशको आबश्यकता अनुरुपको मानव संशाधन बिकास गर्ने भनि लक्ष्य पनि लिएको छ । त्यसै गरी नेपाललाइ निश्चित बिषयहरुमा बिश्वस्तरको शिक्षा उपलब्ध गराउने शैक्षिक केन्द्रको रुपमा बिकास गर्नु पर्ने पनि भनेको छ। यी कुराहरु प्राप्त गर्न नसक्ना कारण  सार्वजनिक वा सामुदायिक बिद्ध्यालयहरुले नागरिकहरुमा बिश्वास दिलाउन नसकेकाले र वाताबरण प्रतिकुल हुनाले हो भनी दोष जति अन्यत्र लगेर थुपारेको छ । यसरी हेर्दा नीति र कार्यक्रम बनाउन तथा निर्देश र आदेश गर्न वा जनतालाइ अलमल्याउन कुनै पनि समयका नेपाली नेताहरु  तथा मन्त्रीहरु कमजोर छैनन । यी सबैमा एउटै कमजोरी छ त्यो हो समय सापेक्षरुपमा  उपलब्ध साधन र स्रोतको सहि उपयोग गरी नीति र कार्यक्रमको कार्यान्वयन गर्न नसक्नु । काम भन्दा कुरो बढी गरी दोष जति अरुको थाप्लोमा थोपार्नु ।

 आज मुलुकभरका ३५०५५ वटा सामुदायिक बिद्ध्यालहरुमा अध्ययन गर्ने छात्र छात्राहरु मध्ये प्रारम्भिक बाल बिकासमा ९७४००० र आधारभूत तथा माध्यमिक तहमा ७२१४५५२ छन। त्यसै गरी आजिवन शिक्षा बिकासका लागि भनी २१५१ सिकाइ केन्द्र प्राविधिक तथा ब्यबसायिक तालिम केन्द्र अन्तर्गतका ४५ वटा बहु/ प्राबिधिक शिक्षालय ३९७ वटा प्राविधिक बिद्ध्यालय तथा निजी लगानिका ४२९ वटा प्राविधिक बिद्धयालयहरु तथा १३०५ वटा प्राविधिक तथा ब्यबसायिक तालिम केन्द्रहरु संचालन हुदै आएकोमा ती सबै बन्द छन । झण्डै यसैको हारा हारीको संख्यामा बिध्यार्थिहरु अध्यापन गराउने निजी बिध्यालयहरुको अवस्था र शिक्षकको ब्यबस्थाको त झन कुरै नगरौं । यस्तै हालत छ  राज्यको आत्माको रुपमा रही मुलुक हाक्ने जन शक्ति उत्पादन गर्ने उच्च शिक्षाको पनि । परीक्षाहरु हुन सकेका छैनन । कहिले हुने हो त्यो पनि थाहा छैन। अध्ययन र अनुसन्धानको माध्यमबाट नेपाललाइ निश्चित बिषयहरुमा बिश्व स्तरको शिक्षा उपलब्ध गराउने शैक्षिक केन्द्रको रुपमा बिकसित हुनु पर्ने बिश्व बिद्धयालयहरुको अबस्था देख्दा अत्यास र टीठ पनि लाग्दछ। जहाँ जे नहुन पर्ने हो त्यहि हुन्छ । जुनसुकै सरकारले पनि शिक्षालाइ सिप सगँ सिपलाइ उत्पादन सँग उत्पादनलाइ बजार सँग बजारलाइ रोजगार सगँ रोजगारलाइ मुलुकको आर्थिक विकास समृद्धि र जनताको सुख सगँ जोडन सक्ने जन शक्ति उत्पादन बिश्व बिद्धयालयबाट होस भन्ने अपेक्षा राख्दछ । अनि बिश्व बिद्ध्यालयले पनि आ-आफ्नो मुलुकको साधन र स्रोतको सर्बपक्षिय आधार तथ्य र कारणको आधारमा उद्ध्येश्यहरु तय गर्नु पर्दछ । जस्तै बिकाससिल देश मध्येको नेपालको त्रि.बि.बि.ले नेपालको बिकासको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको छ भने बंगलादेशको ढाका बि.बि.ले नया ज्ञान आर्जन  गर्ने र आफ्ना विद्ध्यार्थी मार्फत समुदायमा लैजाने उद्ध्येश्य राखेको छ । त्यसै गरी भारतको इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी ले भारतको औद्धोगिकरणको लागि चाहिने प्राविधिक जन शक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ । मध्यम आय भएको चीनको पेकिङ बि.बि.ले आधुनिकरण प्रकृयामा देशले माग गरेको बिशिष्टिकृत ज्ञान र ब्यबसायिक सीप भएको जन शक्ति उत्पादन गर्ने उद्देश्य लिएको छ। यसरी नै रुसको मस्को बि.बि.ले एप्लाइढ विज्ञानमा जोड दिएर देशलाइ चाहिने विज्ञहरु उतपादन गर्ने उद्देश्य राखेको छ । यसै गरी उच्च आय भएको जापानको टोकियो बि.वि.ले औद्धोगिक प्रतिष्ठान सरकार र शिक्षा क्षेत्रको लागि चाहिने जन शक्ति उत्पादन गरी जनताको आकांक्षा पुरा गर्ने उद्देश्य राखेको छ भने बेलायतको क्याम्ब्रिज बि.बि.ले शिक्षा सिकाइ र  अनुसन्धानबाट अन्तर्राष्ट्रिय तहमा  पहिचान बनाउन सक्षम नेता उत्पादन गर्ने उद्ध्येश्य लिएको छ। हार्वर्ड बि.बि.ले शिक्षा सिकाइ र अनुसन्धान मार्फत बिभिन्न बिधाका नेताहरुको बिकास गर्ने जसले बिश्वलाइ फरक बनाउन सकोस भन्ने उद्देश्य लिएको छ । त्यसै गरी अक्सफोर्ड बि.बि.ले शिक्षण सिकाइ र अनुसन्धानको बिश्व केन्द्र बन्ने उद्देश्य लिएको पाइन्छ । यसरी हेर्दा कुनै पनि मुलुकको शिक्षा प्रणाली कसरी चलेको छ र कस्तो किसिमको मुलुक हो भन्ने कुरा  त्यस मुलुकका बि.बि.को उद्देश्य र शिक्षा प्रणालीबाट नै इंगित हुन्छ ।

 यसै क्रममा हाल  हाम्रो मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने बिध्यार्थी ४८६६२३ छन भने साधारण र प्राविधिक बिषय अध्ययन गर्नेको अनुपात ८०/२० रहेको छ। उच्च शिक्षा प्रदान गर्ने १७ वटा बि.बि.हरु छन। यिनीहरु मध्ये ११ वटा बि.बि. अन्तर्गत र ६ वटा स्वास्थ्य बिज्ञान सम्बन्धी छन। ५ वटा प्रस्तावित रहेका छन । गण्डकी प्रदेशमा मात्र हेर्ने हो भने १३९ वटा क्याम्पस र २९५०० बिद्ध्यार्थी रहेका छन । जस मध्ये ३०प्रतिशतले प्राविधिक बिषय अध्ययन गरिरहेका छन। यो शिक्षा प्रणालीमा सुधार गर्न पर्यो भनी कति आयोग बने होलान कस्ता कस्ता सुझाव सल्लाह र प्रतिवेदन आए होलान ती कहा र कस्तो अवस्थामा होलान केहि थाहा छैन। यसरी यी सबै को अबस्थालाइ नियाली हेर्दा ज्यादै टिठ लाग्दछ। यहाको हावा पानी र माटो नै त्यस्तै भएर हो की जस्तो पनि लाग्दछ कहिले काहि त । राजनैतिक दवाव र प्रभावका कारण कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष भएर काम गर्न नपाउने । कहिले बिद्ध्यार्थीको आन्दोलन हुन्छ भने कहिले कर्मचारीको । कहिले अभिभावकले ताला लगाउछन भने कहिले  शिक्षकले । कहिले कालोमोसोले सिगारिनु पर्दछ भने कहिले बसि राखेको कुर्सी समेत जल्न पुग्छ ।ऐले आएर कोभिड १९ को कारण सरकार ले बिचारै नगरी बिद्ध्यालमा विबेकहिन तवरले क्वारेन्टाइन राखेको देख्दा र यी सबै सम्झिदा कहिले काही त धन्य धन्य नेपालको शिक्षा पद्धति र नेपाल को सरकार भनि धिक्कार पनि लाग्दछ ।  अस्तु  . ..

                                                        बुद्धिसागर बराल

                                                       बेसिशहर ८ लमजुङ

 मितिः-२०७७/४/६

 


Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |