।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, July 24, 2019

समानता की भेदभाव ?
     सबैले जानी आएको र बुझी आएको कुरा हो नेपालमा सबै भन्दा पछिल्लो पटक भएको १० वर्षे जन युद्ध वा आन्दोलनमा १७००० भन्दा बढी जनताले बलीदानी दिइ त्यसबाट प्राप्त नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा १८ मा समानताको हकको व्यबस्था गरीएको छ । यस धारामा सबै नेपाली नागरिक कानूनको दृष्टीमा समान हुनेछन । कसैलाइ पनि कानूनको संरक्षणबाट बञ्चित गरिने छैन । सामान्य कानूनको प्रयोगमा उत्पत्ति,धर्म बर्ण जात जाति लिंग शारीरिक अवस्था अपांगता स्वास्थ्य स्थिति बैवाहिक स्थिति गर्भअवस्था, आर्थिक अबस्था , भाषा वा क्षेत्र  वैचारिक आस्था वा यस्तै  अन्य कुनै आधारमा भेदभाव गरिने छैन । त्यसै गरी राज्यले नागरिकहरुका बिच उत्पत्ति ,धर्म,बर्ण,जातजाति,लिंग,आर्थिक अवस्था, भाषा, क्षेत्र वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन। समान कामका लागि लैंगिक आधारमा  पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन । पैत्रिक सम्पत्तिमा  भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भनिएको छ । त्यसै गरी बि.सं. २०७५साल भाद्र १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता२०७४ को परिच्छेद ३मा उल्लेख भएको नागरिक अधिकार सम्बन्धि ब्यबस्थाको दफा १७ मा पनि प्रत्येक  नागरिक कानूनको दृष्टिमा समान हुनेछन , कुनै पनि नागरिकलाइ कानूनको संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ भने त्यसैको दफा १८मा सामान्य कानुनको प्रयोगमा उत्पत्ति धर्म वर्ण जात जाति लिंग शारिरिक अवस्था , अपांगता,स्वास्थ्य स्थिति बैबाहिक स्थिति , गर्भावस्था, आर्थिक अवस्था ,भाषा वा क्षेत्र , वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन। कुनै पनि व्यक्तिलाइ उत्पत्ति, वर्ण,धर्म जात जाति समुदाय , पेशा व्यवसाय ,लिंग, शारीरिक अवस्था ,अपांगता स्वास्थ्य स्थिति बैवाहिक स्थिति , गर्भावस्था, आर्थिक अवस्था  भाषा वा क्षेत्र,वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा निजी तथा सार्वजनिक स्थानमा भेदभाव गरिने छैन  र त्यस्तो आधारमा कुनै पनि व्यक्तिलाइ सार्वजनिक प्रयोगमा रहेका सेवा सुविधा वा उपयोगका कुराहरु प्रयोग गर्नबाट वा सार्वजनिक स्थल वा सार्वजनिक धार्मिक स्थलमा प्रवेश गर्न वा आफ्नो इच्छाअनुसारको धार्मिक कार्य गर्नबाट बञ्चित गरिने छैन । कसैलाइ पनि समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन । कुनै नागरिकलाइ सार्वजनिक वा सरकारी पदमा नियुक्ति गर्दा  कानूनले निर्धारण गरेको योग्यताको आधारमा मात्र गरिने छ । त्यसरी नियुक्ति गर्दा कुनै पनि नागरिक माथि उत्पत्ति धर्म वर्ण ,जात, जाति, लिंग,आर्थिक अवस्था , भाषा वा क्षेत्र ,वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । भनि हात्तिको देखाउने दाह्रा र चपाउने दाह्रा फरक भए जस्तै गरी पुःन त्यसैको दफा १९ मा गएर विशेष ब्यबस्था भएकोमा भेदभाव गरेको नमानिने भनि माथि उल्लेख गरिएका सबै कुराहरुलाइ निलंबन गरिएको छ ।  
   हुनत नेपालमा वि.सं. २०१२ साल भन्दा अगाडी नागरिक अधिकार सम्बन्धी ऐन लागु भएको थिएन । यो  नागरिक अधिकार ऐन २०१२साल कार्तिक १८ गते लाल मोहर लागि २०१२ मार्ग १३ गते राजपत्रमा प्रकाशित भए पछी लागु भएको थियो । यसमा पनि नागरिकको परिभाषा गर्नुको साथै कानुनको दृष्टिमा समानता, धर्म र जातजातिको आधारमा भेदभाव नगर्ने , कुनै विशेष वर्गको निमित्त विशेष ब्यबस्था गर्ने, आदि जस्ता कुराहरुको व्यबस्था थियो। यसरी हेर्दा सुरुदेखि हाल सम्मै कुनै पनि नेपाली नागरिक कानूनको समान संरक्षणबाट बञ्चित हुन नपर्ने देखाइए पनि नेपालको हालको संबिधानको धारा २८३ मा संबैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेसि सिद्धान्त बमोजिम गरिने छ भनिएकोले यहाँ योग्य, सक्षम र बौद्धिक समुदाय जति आफ्नो पेटै पाल्न तथा बाल बालिकाको लालनपालन र घर खर्च जुटाउनैका लागि लाखापाखा लाइ बिदेशिन बाध्य भएका छन र ५० डिग्री से.भन्दा बढी तापक्रममा बसी  पसिना बनाइ २-४ रुपिया कमाइ यिनै योग्यता र क्षमता बिहिन, खुट्टा पसारेर मुख मिठ्ठाइ मिठ्ठयाइ चिन्तन मनन र अध्ययन बिनाकाले संसद देखी तल्लो तह सम्म तर मारेर खानेलाइ रेमिट्यान्स बुझाइ रहेका छन । यहा हाली मुहाली गरेका असक्षम र अर्ध सक्षम ब्यक्तिबाट यो मुलुकको राजनीति र प्रशासन लगाएतका सम्पुर्ण कृया कलापहरुलाइ समावेसी सिद्धान्तको आधारमा चलाइ रहेका छौं पनि भनेका छन । यसैको कारणले गर्दा न यहाँको राजनीतिले चुस्त र दुरुस्त रुपमा गति लिन सकेको छ, न प्रशासनले । प्रशासनमा समयमै छिरेका चोट्टाहरुले सैद्धान्तिक अलमलमा परी मार्ग पहिल्याउनै नसकी समय समयमा आफ्ना बोलि र ब्यबहार फेर्दै अल्मलि रहेका र गन्तब्यमा भने पुग्न नसक्ने देखिएका तथा के कारणले सत्तामा बारम्बार झड्का लागेको हो भन्ने सुइको सम्म नपाउने, जे जे बाहुन बाजे त्यहि त्यहि स्वाहा गर्ने राज नेतालाइ पाउदा प्रशासनको बागडोर  हातमा लिने ब्यक्ति खुसि हुनु स्वभाविकै हो । नातावाद,कृपावाद, पक्षपात ,भनसुन, भ्रष्टाचार र घुसखोरी लगाएतका विषाणुले कप्लक्कै निल्न लाग्दा पनि अलिकति पनि चेत नखुल्नु भनेको कहाँ सम्मको निरिहपना हो । जनताको आशय के हो र के भै रहेको छ । आज सम्म किन चाहेको जस्तो हुन सकेको छैन ,सधै किन कलह र विग्रह हुन्छ भनेर अलिकति पनि चिन्तन गर्न नसक्ने र  आफ्ना वरिपरिमात्र घुमी सबै ठिक ठाक छ हजुर भनी तर मार्न पल्केका आसे पासे चम्चे र हुक्के आदिको  मात्र बिश्वास गर्ने नेपाली राजनैतिक संस्कार र अहंकार नै आजको अवरोधक हो भन्ने सम्म नबुझ्ने आजको सक्षम नेता हुनै सक्दैन । कागतमा लेखिएका काला अक्षर र बिषयहरु आफै सक्रिय हुदैनन । मुखले बोलेका कुरा आफै पुरा हुदैनन । फिल्ड हुदैमा फुटवल आफै चल्दैन वा गुडदैन । गेम जितनको लागि बुद्धि विबेकको उचित प्रयोगको साथै  मिहिनेत पनि गर्नै पर्ने हुन्छ । केहि चिजमा गडबडी हुदैमा समाल्न सकिएन भने भोलीको अवस्था सहज हुदैन भन्न सक्ने सम्मका सल्लाहकार एवं मार्ग निर्देशकहरु साथमा लिन नसक्ने अनि अरुलाइ र जनतालाइ मात्र दोष दिएर अव उम्किने दिन गै सके । अविस्वाश, ढाँटछल र टुटफुट तथा असंगठीत अवस्थाको राजनीतिको आयु छोटो हुन्छ । लोभी पापी र अहंकारी झुण्डको बिश्वास हुदैन । तिनीहरु सुविधाभोगि हुन्छन र सदा त्यसैको लागि, लागी पर्दछन । जता मलेकु त्यतै ढल्कु हुन्छन ।तिनिहरुकै कारणबाट कैयौ राजनैतिक संस्कारहरु र अवसरहरु धरासायी भएका छन।
 जब सम्म राजनीतिमा शुद्धता आउदैन , सत्य र तथ्यलाइ अगालीदैन , राजनीतिक कर्म र धर्मलाइ पहिल्याउन सकिदैन तब सम्म राजनति संङलिदैन । कोहि कसैले पनि कसैलाइ टेर्दैन। अभाव, महंगी, अराजकता र कुशासनको कारणले जनतामा सन्तुष्टी देखिदैन ।, सत्ता र सत्तासिन प्रति सत्ता बाहिर रहनेको आक्रोश बढी रहन्छ। संबिधान र ऐन कानूनले काम गर्दैनन । दैनिकरुपमा देखिएका आन्दोलन र हडतालले जनता दिक्क भै सकेकका छन। अवका वर्ष पनि यस्तै भै रह्यो भने यस पछी तपाइको अवस्था  के होला ? तीन तहका सरकारले के काम गर्लान ? दुइ तिहाइको दम्भले के परिणाम लेला ?मुलुक कता जाला ? संघियताको रुप रंग कस्तो होला ? समावेसिताको के हालत होला ? जनता कसका पछी लाग्लान ? योग्य र सक्षम ब्यक्तिहरु कुन कुन मुलुक पुगेर विदेशीको शरणमा परी सेवा गर्लान ? समावेसीता र आरक्षण कै कारण जात जातिहरुमा बिभेद भै पुन आन्दोलन हुने त निश्चितै छ तर पनि केहि दिन पर्खौ  र हेरौ  आफै र आफ्ना नाता गोता र आसे पासे मात्र मान मर्यादा तथा पदमा आसिन भै रहनु पर्दछ भन्ने भेदभावयुक्त बिचारबाट गाजिएका र नागरिकको समानताको अधिकार लाइ समेत अपहरण गरी आफैलाइ मात्र सक्षम देख्ने राज नेता हुँ भन्ने को कार्य कुशलताको परिणाम । अस्तु .  .
                                                                    बुद्धिसागर बराल
                                                                  बेसिशहर ८ लमजुङ
दिनांकः-२०७६साल श्रावण ७गते मंगलबार


Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |