।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, December 12, 2018

                                   होश गरौं   

   Barking dog seldom bite भन्ने अंग्रेजी भनाइ र नमच्चिने पिङको सय झडका भन्ने भनाइहरु सम्झदा नेपालको सबै भन्दा ठूलो राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणा पत्रको याद आयो । घोषणा पत्रमा के छ र के काम भएकोछ त्यो कसैले हेर्नेवाला छैन । ।  २०७४ साल आश्विनमा एकता हुने भनि गरिएको भनाइको पनि संझना आयो तर  आज सम्म पनि स्थानिय तह सम्म एकता को समिति बन्न सकेको छैन गाँउ र टोलको त कुरै छोडौ । मानिसहरु माथि पुगि सके पछी तलको सबै कुरा बिर्सदा रहेछन । न उनिहरुलाइ संगठनको आबश्यकता पर्दो रहेछ  न कार्यकर्ता र जनता को नै । गीद्धले सिनोलाइ लुछाचुडी गरे जै गरी पदहरुलाइ लुछाचुड गरे भै हाल्दो रहेछ । आधार वा जगलाइ नै बिर्सिदिए पछी के होला भनेर सोच्न पनि पर्दो रहेनछ । नेता माथि पुगे पछि सबै राजनीतिक दलका त्यस्तै हुदा रहेछन र पो सत्तामा हुदा हुदै पनि निर्वाचनमा जनताले हराउदा रहेछन । लोकतान्त्रिक पद्धतिको सुरुवात भयो अब नेपालमा केहि हुन्छ की भनी एक आपसमा कुराकानी पनि हुने गरेको थियो ।  नेपालको राजनैतिक इतिहासमै दुइ तिहाइ मत प्राप्त गरी जनताबाट भारी मतबाट अनुमोदन भएको राजनतिक दल अनेक किसिमका संघर्ष र आन्दोलनबाट खारिएर सत्तामा पुगेको पार्टी नेपाली जनताको दुःख र सुख तथा काख र पोल्टामा हुर्केर बढेको  तथा   रगत र पसिनाको मुल्य चुकाएको पार्टी हिमालको पाखा पखेरा डाँडा काडा देखी तराइको समथर भूमी सम्म भिजेको र भिजाएको पार्टी नेपाल  र नेपालीको समृद्धि को चाहना राख्ने पार्टी अझ भन्नु पर्दा कडा अनुशासन नैतिकता र इमान्दारी भनी कहलाएको पार्टीजनताको आबाज बोल्ने पार्टी जे बोल्छ त्यही गर्छ भनी पत्याएको पार्टीआर्थिक पारदर्शिता र समानतामा बिश्वास राख्ने तथा स्वतन्त्रता र कानूनी शासनको साथै बिकास र प्रगतिमा कोहि कसै सग पनि संझौता नगर्ने पार्टी तथा राष्ट्रियताको पक्षधर भनि चिनिएको राजनैतिक दल को सरकार बनेको पनि १ बर्ष हुन लागि सकेछ ।
यस्तो शक्तिसाली राजनैतिक दल पाउदा खुसी नहुने कोही थिएन । सबैमा आशाका किरणहरु पलाएका थिए । प्रतिपक्ष राजनैतिक दल ले समेत पनि बहुमतको कदर गर्ने प्रतिबद्धता ब्यक्त गरि रचनात्मक कार्यको लागि सहयोग गर्ने बिचार ब्यक्त गरी रहेको अबस्थामा र साथै छर छिमेक तथा बिश्वका अन्य मुलुकले समेत सहयोग र समर्थन गरि रहेको अबस्थामा सरकारले जनताले चाहे जस्तो काम गर्न नसकि रहेको अनुभव गरेका छन । समय समयमा आफना असन्तुष्ठ बिचार पनी ब्यक्त गरेकै छन । यस्ता सुझाब र सल्लाह तथा आलोचनालाइ सरकारले सहर्ष रुपमा स्विकार गर्न सक्नु पर्दथ्यो र यसलाइ  सजगताको रुपमा ग्रहण गर्नु पर्दथ्यो । तर त्यस्तो भएको भने पाइएको छैन ।  एकातिर प्रदेश सरकारहरुले संघिय सरकार ले संबिधानमा उल्लेख गरेका अधिकार समेत कुण्ठित गरी रहेको भनेका छन भने स्थानिय सरकारहरु पनि आफ्ना हक र अधिकार लाइ हस्तान्तरण गर्न हिच्किचाइ रहेको भनि रहेका छन । अर्को तिर संघियताको नयाँ अनुभव बिना ऐन कानून तथा कर्मचारीको ब्यबस्थापन गरी सरकारले कार्य थालनी गरेको भए पनि यत्रो समय बिति सक्दा पनि भीत्रै भएका कर्मचारीलाइ समेत समन्वय गरी मिलाउन सकि रहेको देखिदैन ।  तलव र सुविधा नबढाइ दिएको झोकमा ठूला कर्मचारी को बिदेश भ्रमणको योजना अझै सकिएको देखिदैन भने साना कर्मचारीहरु सरकारले गरेको कामको रमिते बनेको पनि देखिएको छ । संघियतालाइ तथा सरकारलाइ असफल बनाउने प्रयास हो की जस्तो पनि देखिने गरेको छ । मन्त्री र अन्य निर्वाचित पदाधिकारीलाइ भने आ-आफ्ना सुविधाको हिसाव किताब गर्न र माला र खादाले सिगारिनै ठिक्क भएको जस्तो पनि देखिन्छ । भ्रष्टाचार र घुसखोरीलाइ न्युनीकरण गर्न को त परै जावोस झन झन बृद्धि हुदै गइ दिन दिनै यो कर्मचारीले यती घुस खाएको ले अख्तियारले पकडिएको छ भन्ने खवर आउन छोडेका छैनन । यसले गर्दा घुसखोरी र भ्रष्टाचारको आधार र स्रोत के र को रहेछ भन्ने कुरा छृर्लंग्याएको छ । सुशासनको मन्त्र जपेर आएको सरकारको काम कार्वाही कुशासनमा गएर बिश्राम लिएको छ । बल्ल तल्ल घन घोटी बन्चरोको रुपमा नेपालको संबिधान २०७२ त आयो तर त्यहा उल्लेख गरिएका संघ प्रदेश र स्थानियका हक र अधिकारलाइ अझ सम्म प्रष्ट्याउन तथा छुट्टयाउन सकेको पाइदैन । अझ ऐन नियममा देखिएका नमिलेका विषयको त कुरै छोडौ । बिकास र निर्माणका कामको गति कछुवाको गतिमा पुगेको छ । कोहि कुनै सम्पन्न भएका भए पनि टिकाउ हुने देखिदैनन । पीच भएको सडकको पिच हप्तादिन भरमै उक्किन्छ । पिउने पानीको टंयाकी र धारा निर्माण भएको दिन देखी नै चुहिन थाल्दछ । पुलहरु बनि नसक्दै भाचिन्छन । भुकम्प पिडितले टाँगेको पाल कुहिएर गै सक्यो अहिले सम्म पनि रकम भुक्तानी दिने सुर सारै छैन । बाटा र घाटाहरु धुलो र मैलो ले नदेखिने भएका छन । दिन दहाडै मानिसहरु बलात्कार र अपहरण भएका छन । महिनौ महिना बित्दा पनी सरकारी संयन्त्रले एउटा बलात्कारीलाइ पत्ता लगाउन सक्दैन । सुशासनको त कुरै छोडौं एउटा सम्म पनि नयाँ कार्यक्रम र दृषटिकोण तथा ब्यबस्थापन कसरी गर्ने खाका समेत सरकारले देखाउन सकेको पाइदैन । सरकार गठन भएको १ वर्ष पुग्न लाग्दा बल्ल पहिलो पटक राष्ट्रीय योजना आयोगको बैठक बसेको भन्ने जानकारीमा आएको छ । यो कस्को कमजोरीले होला स्थानिय सरकार प्रदेश सरकार वा केन्द्रिय सरकार राजनैतिक दल की देशको डाडु पनियो समातेर बसेका कर्मचारीको वा जनताको । बुझ्नै सकिएन । अवाक भैएको छ । सबैले मुख हेराहेर त गर्ने गरेका छन तर बोली हाल्न भने सकेका छैनन ।
  मानिसहरु आत्तिइ सकेका छन । हात्ति आयो हात्ति आयो फुस्स  भयो । के खोज्दा के हुन गयो भनी रहेका छन । के यो संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था बिश्व मै नभएको  व्यबस्था भएर त होइन भनि शंका पनि गर्न थालेका छन। संघिय ब्यबस्था स्वभाविक रुपमा खर्चालु ब्यबस्थै हो। समायोजन र ब्यबस्थापन कार्यमा जटिलता हुने नै ब्यबस्था हो । यसमा कोहि कसैको पनि दुइ मत हुन सक्दैन तर यसको सहि रुपमा ब्यबस्थापन गर्न नसक्नु तथा कार्यान्वयन गर्न नसक्नु  भनेको कमजोरी नै हो । यो सत्य र साँचो कुरालाइ नेतृत्व कर्ताले बुझ्नै पर्ने देखिन्छ । बकेर मात्र केहि पनि हुदैन त्यसको कार्यान्वयन पक्ष  सफल रहनु पर्दछ । जनताले त मूल्यांकन गरी हाल्दछ र गरि रहेकै छन। बोलेको कुरा पुर्याउने तर्फ ध्यान नपुर्याउदा माछो माछो भन्दा भन्दै भ्यागुतो हात पर्ला वा भुक्ने कुकुरले कहिले पनि टोक्दैन भन्ने भनाइ सत्य होला  होस गरौं।  अस्तु.  . . .
                                                           बुद्धि सागर बराल
                                                            बेसिशहर ८ लमजुङ
  मितिः- २०७५।८।२४


Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |