।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Monday, June 15, 2020

                       छाँयामा परेको  शहर, बेसिशहर
   जसले जे भने पनि हामी प्रत्यक्षरुपमा साक्षी छौं नेपालको संबिधान २०७२ जारी गर्न जसरी नेपालका अन्य शहरहरुमा बसेका जनताले बलिदान गरे त्यसै गरी लमजुङको बेसिशहरमा बसोबास गर्ने जनताहरुले पनि बलिदान गरेकै हुन । आन्दोलनका अन्तिम १९ सै दिनमा दैनिक रुपमा शसक्तता प्रदान गरेकै हुन । त्यसैको फल स्वरुप नेपालमा संघिय लोकतान्त्रिक गणतन्लाइ संस्थागत गर्ने संबिधान निर्माण भै कार्यान्वयन गर्न पनि सहयोग मिले कै हो । त्यसैको आधारमा स्थानिय ,प्रदेश र  केन्द्रिय वा संघको निर्वाचन सम्पन्न भै १ वर्ष बिति पनि सकेको छ । तीनै तहमा बहुमत प्राप्त शक्तिसाली सरकारहरु गठन भएका पनि छन ।  राजनैतिक रुपमा यस्तो अभुतपूर्व अवस्था वा अवसर नेपालमा न हिजो आएको थियो न भोली आउला भनी सरोकारवालाहरुले भनि रहेका पनि छन । जनतामा अत्यन्तै उत्साह जाँगर र जोस बढैको पनि हो। सकारात्मक  आशा पनि जागेकै छ । ७ वटा प्रदेश र ७५३ वटा स्थानिय सरकार को गठन भए पछी घर घरमा बिकास र निर्माणका कार्यहरु आइ जनप्रतिनिधिको अगुवाइमा खाने पानीको धारामा निरन्तर रुपमा पानी आएको , बिद्धुत नियमिय भएको ,सामुदायिक विद्धयालयमा गुणस्तरिय पढाइ भएको ,न्युन भन्दा न्युन स्तरका जनताले निशुल्क रुपमा स्वास्थ्योपचारको सुविधा पाएको,सडक तथा बाटा घाटामा रहेका खाल्टा खुल्टी मात्र भने पनि पुरीएको ,कार्यालयहरुमा हुने काम काजमा छिटो छरितो भइ सरलता र सहजता भएको भइ बिकासले फड्को मारेको देख्ने तथा घुसखोरी र भ्रष्टाचारलाइ निर्मुल गरी आधारभुत आबश्यकता परिपुर्ति हुने अभिलासा पनि सबैले गरेकै हुन । त्यसै गरी एक आपसमा हुने बोलीचाली र ब्यबहार लगायतका थुप्रै कुराहरुमा परिवर्तन आउने पनि आशा गरेकै हुन । सानो तिनो भने पनी रोजगारी आफ्नै स्थानमा प्राप्त हुने अभिलाषा पनि राखे कै हुन । तर त्यस्तो हुन सकेको पाइएन । सबै आशा र अभिलाषाहरु वालुवामा पानीहाले सरी भए ।सबै किसिमका जनप्रतिनिधिहरुमा आडम्बर हिजोको जस्तै रह्यो। बोली चाली र भेष भुषा पनि त्यस्तै रह्यो । जनताको आवाज र आबश्यकताको बोध हुन छाड्यो । न  हिजोको आचरण र स्वभाव भन्दा फरक चिन्तन, बिचार र सोच आउन सक्यो। न काम कारवाइमा फरक पना । हिजो जहाँ जहा छाँया परेको थियो आज पनि त्यहि त्यही छाँया र दराज परेकै छ । चाकरी र चापलुसी यथावत छ । सेवा सुविधा र सहुलियत साना र ठूला सबैलाइ चाहिएकै छ । धन र पदको मोह छुटेको छैन । कर ,बल र छलले भने पनि सबै पदहरु आफैले हत्याउन पाए हुने थियो भन्ने भावना झन जल्दो बल्दो रुपमा देखिएको छ ।धन देख्दा महादेवका तीनै नेत्र खुलेकै देखिन्छ । नाता वाद र कृपावाद अझ मौलाउदो छ । बोल्नेको पिठो बिकी नबोल्नेको चामल पनि नबिक्ने परम्परा यथावत नै छ । पहुचँवालालाइ सबै छुट छ । जनताको आबश्यकता र स्तर तथा क्षमता अनुसारको ऐन नियम र कानून अझ निर्माण भै सकेका छैनन । संघियताको बिषय मै प्रश्न उठ्ने हो की भन्ने भै सकेको छ ।सबै किसिमका राजनैतिक दलहरुमा रहेका गुट उपगुट र विवादहरु यथावत छन । केन्द्र देखी तल्लो तह सम्मका आफ्ना संगठनहरुलाइ कुनै पनि दलले अझै पनि पुर्णता दिन सकेका छैनन । न आफ्ना भातृ तथा भगिनी संगठनहरुलाइ ब्यबस्थित र नियमित गराउनै सकेका छन । कर्मचारी र शिक्षक लगायतका पेशागत संघ संस्थामा रहेको राजनीतिले सिमा नाघि सकेको छ । कोही कसैको नियन्त्रण मै छैन । आफ्नो कर्तव्य र दायित्वको बिषयमा कसैलाइ सोच्ने फुर्सदै छैन । आफ्नै सेवा र सुविधा बृद्धि गर्न मात्र ब्यस्त देखिन्छन ।अझ चरम राजनीतिकरण त बिकास र निर्माणमा देखिएको छ ।
 यस्तै यस्तै चपेटा र परम्परागत रुप देखिनै छायामा परेको जिल्ला लमजुङ हो र लमजुङको पनि राजनीतिक पहुँचको अभावमा छायामा परेको र हाल सम्म पनि सक्षम नेतृत्व नपाएको शहर हो बेसिशहर । बेसिशहरका जनताले धेरैलाइ उच्च स्थानमा पुर्याए । लाहुरे,शिक्षक, पर्यटक तथा गैर नेतालाइ समेत मन्त्री बनाए ।  नेतृत्व हस्तान्तरणमा पनि सदासयता देखाए , पर्ख र हेरको सिद्धान्त पनि अपनाए तर पनि हाल सम्म पनि न  बिकासको पूर्वाधार बन्न सकेका छन न समृद्धिका संकेत । खानेपानी धारामा दिनको एक पटक मुस्किलले  तपतप चुहिन्छ , बिद्धुत घण्टामा सयौ पटक आउने जाने गर्दछ, स्वर्ण जयन्ति मनाउन पर्ने बेसिशहरको चक्र पथ ले न पुर्णता पाउन सकेको छ न ब्यबस्थित हुन पाएको छ । कैयौ पटक यहाका मन्त्री र मुख्य मन्त्री , तथा संघ र प्रदेशका प्रमुख सचेतक लगायतका साँसद  सगँ यो चक्र पथले निर्वाचनको बेला गरेको प्रति बद्धता सम्झाइ बुझाइ दाँत ङिचंच्याइ सकेको छ तर पनि सुनुवाइ नै हुदैन । नजरमा पर्न सकेको छैन। २०३४ सालमा मुल बजारमा रहेको सडकको बिस्तार गर्ने गरी निर्णय भए पनि आज सम्म पनि कोही कसैले पनि चासो देखाएकै छैनन । सके सम्म अझ पर लैजाने कोशिस भएको हो की भनि सरोकारवाला हरुले शंका समेत गरि रहेका छन । पुरातात्विक बस्तुको संरक्षण र संबर्धन गर्ने भनी अनेकका भाषणिक हवाला सुनिने गरे पनि नेपालका सबै शहर भन्दा  जेठो शहर को हविगत यस्तो छ ।बेसिशहर नगरपालिका नामाकरण भए पनि नगर पालिका जस्तो बन्न सकेको छैन । न यहाँ सार्वजनिक शौचालयहरु छन न ढलको ब्यबस्था छ ।न ब्यबस्थापनमा चुस्त र  दुरुस्त छ । खाली अस्त ब्यस्तता मात्र देखिन्छ । न यस बिषयमा कुनै छलफल नै हुने गरेको छ न सल्लाह। सदरमुकाम घोषणा भएको ४७ वर्ष पार हुदा पनि सदरमुकाम जस्तो बन्न सकेको छैन । केहि दिन अगाडी मात्र यहाँका स्थानिय निकायका जनप्रतिनिधि प्रमुख दलका नेतागण ,प्रदेश सांसद र संघिय सांसद लगायतका बसी  गोप्य रुपमा यसै बिषयमा छलफल गरेका थिए अरे भन्ने सुन्नमा आए पनि  बिशेषज्ञ र सरोकारवालाहरुको अनुपस्थित रहेको भन्ने सुन्नमा आएको र मेडियाले समेत खासै चासो लिएको नदेखिएकोले नतिजा उपलब्धिमुलक हुने भने देखिदैन । हेर्दा र बुझ्दा यहा सबै थोक देखिन्छ तर यताउता हेर्दा र बुझदा केहि पनि नभएको, छायामा परेको र सधै छाँया मै रहने जस्तो देखिएको छ । हेर्दै जाँउ यो पहुँच बिहिन र नेता बिहिन छायाँमा परेको शहर बेसिशहर कहिले सम्म  यसरी नै रहला ।  अस्तु . . . .
                                                    बुद्धिसागर बराल
                                                    बेसिशहर लमजुङ
 मितिः-२०७६/१/१०


Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |