।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Sunday, June 14, 2020

                 नेताको घैँटोमा
                          म एउटा प्रशासनिक कृया कलापलाइ चुस्त र दुरुस्त बनाइ कर्मचारीहरु मालिकको रुपमा नभइ जनताको सेवकको रुपमा रहि प्रशासनिक संयन्त्र संचालन हुनु पर्दछ । प्रशासन भनेको राज्यको आत्मा हो । सक्षम र सवल प्रसाशनले मात्र सहि रुपमा राज्यका नीति र नियमलाइ कार्यान्वयन गर्न सक्दछ । बिधायकलाइ सहि मार्ग निर्देशन र सल्लाह प्रदान गर्न सक्दछ । यदि कोहि कसैले भ्रष्टाचारलाइ न्युन गराउन बिकासको गतिलाइ तिब्रता दिन चाहन्छ भने तथा आर्थिक कृया कलापलाइ चुसत दुरुस्त र पारदर्सी गराउन चाहन्छ भने कर्मचारी प्रशासनलाइ नै चुस्त र दुरुस्त बनाउने प्रयास गर्नु पर्छ । आफ्नो कर्तब्य बिर्सने सुबिधाको मात्र चाहना राख्ने जिम्मेवारी पन्छाउने  कतिखेर जागिर छोडुला र विदेश गएर मोजमजा गरी बसौला भन्ने होइन ढीडो रोटो आफ्नै मुलुकको खान्छु र यहि जीवन बिताउछू भन्ने देशभक्त सच्चा र कर्तब्यनिष्ठ कर्मचारीको छनौट गर्न सक्नु पर्दछ । नत्र जो सुकैको सरकार आए पनि र जस्तो सुकै राज्य ब्यबस्था आए पनि केहि हुनेवाला छैन । कुनै पनि सरकारले सरकारी काम काजमा गतिलिन नसक्नु को मुख्य कारण नै सहि र जिम्मेवार कर्मचारी नहुनु नै हो । आज जनताको रगत र पसिनाबाट संकलन भएको कर र राजस्वबाट तलब भत्ता खाने कर्मचारी सरकार ले खटाएको स्थानमा कोहि जान नमान्ने अरे उनिहरुले चाहेकै स्थानमा जान पाउनु पर्ने अरे गएर पनि तोकिएको काम नगर्ने अरे । यस्ता बिस्व मै नभएका गैर प्रजातान्त्रिक र अराजक कुराहरु नेपालमा भै आएका छन । यो शास्वत हो कसैले स्विकार्नु होस वा नकार्नु होस  भन्ने चिन्तन गर्ने नागरिक अभियन्ता हुँ । अझै जन प्रसाशनको बिद्ध्यार्थी को हैशियतले बि.सं. २०२८ सालमा  लमजुङको सदर मुकाम कुन्छा बाट बेसिशहरमा सरे पश्चात आज सम्म पनि जिल्ला प्रशासन कार्यालयले गर्ने र गराउने प्रसाशनिक कार्यहरुको विषयमा नगिचबाट नियाल्ने काम गरि रहेकै छु । त्यसमा पनि बढी मात्रामा प्रमुख जिल्ला अधिकारी को कृया कलापक कर्तव्य र जिम्मेवारीको । हालका लमजुङका प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकाल भन्दा अगाडी का एक दुइ बाहेक सबै जसो को स्वभाब र कार्य शैली एकै किसिमको थियो । जनाताको काम कहिले जाला घाम भनेर बस्ने ।  घोडालाइ रक्सी खुवाएर जन भेलामा जथाभावी दौडाउने  देखि जनतालाइ अनाबश्यकरुपमा कुट्ने पिट्ने र दुःख दिने लगायतका कार्य मा ब्यस्त रहने । अझ जन आन्दोलनताकाका प्र.जि.अ.को अनुहारमा त हेर्नै नसकिने थियो ।बोल्ने र भेट्ने त कुरै छैन ।
 जे भए पनि समय परिवर्तन भयो नेपाली जनताले आन्दोलनकै कारणले केहि राहत पाएँ। त्यस्ता कृया कलाप हरुमा केहि  कमि आए पनि खासै राम्रो र उपलब्धिमूलक काम प्रजिअ बाट भएको महशुस हुन नसकि रहेको अवस्थामा  २०३१सालमा श्यांजा जिल्लाको फापरथुंग गा.वि.स. वडा नं ६ मा जन्मेका २०४७ सालमा एस.एल.सी पास गरि बि.सं २०५४ सालबाट सह लेखापालबाट जागिरको सुरुवात गरे पछि  जनआन्दोलनलाइ सहयोग गरेको भन्ने आरोपमा जेल परि बि.सं. २०६० सालको शान्ति वार्ता पछी जेलबाट छुटी बि.सं. २०६३ सालमा  लोक सेवा आयोगबाट अधिकृतमा नाम निकाली १६ महिना सम्म काठमाण्डौ महानगर पालिकामा अधिकृतको रुपमा काम गरी महिला तथा बाल बालिका मन्त्रालय हुदै  गृह मन्त्रालयको विपद ब्यबस्थापन शाखामा काम गरी लमजुङ आउनु भन्दा अगाडी अन्य दुइ जिल्लाको प्र.जि.अ भै काममा प्रसस्ति कमाएका  झंकनाथ ढकाल मिति २०७५ साल बैशाख १९ गतेबाट लमजुङको प्र.जि.अ. को रुपमा कार्यरत हुनु हुन्छ । उहाँले लमजुङ जिल्लाको प्र.जि.अ.को जिम्म्वारी सम्हाले देखि नै नागरिक बडा पत्रमा उल्लेख भएका कार्यहरुलाइ जनता समक्ष सरल र सहज तरिकाले तथा छिटो र छरितो सगँ पुर्याउन तल्लिन भै पत्रकारहरु  र सेवा ग्राहिहरुसगँ खुला र पारदर्शि बन्न थाल्नु भयो । हामी सगँ भेटघाट तथा कुराकानी हुदा उहाँ भन्नु हुन्थ्यो म कोहि कसैले मेरो प्रसस्ती गाइ देओस भनेर यी कामहरु गरि रहेको छैन केवल मेरो जिम्म्वारीको कार्य मात्र गरि रहेको छु। मेरो कर्म जनताको सेवा गर्नु हो । मेरो बुताले भ्याए सम्म गर्ने हो । उहाँको कार्य कक्षमा म भ्रष्टाचार गर्दिन म भ्रष्टाचार हुन दिन्न म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने जस्ता भनाइ र गराइ देख्दा हाम्रो मन ढुक्क हुने गरेको छ । दैनिकरुपमा नागरिकताको प्रमाण पत्र लिन आउने लगभग ४० जना पासपोर्टको लागि २० जना पेन्सन पटटा मिलाउन १५ र अन्य ३० जना गरी झण्डै १०५ जना जति सेबाग्राही हाल जिल्ला प्रशासन कार्यालयबाट सेबा लिइ रहेको सहायक प्र.जि.अ मनोहर थापाले बताउनु भएको छ ।
  प्र.जि.अ. झंकनाथ  ढकालले सर्व प्रथम आफ्नो कार्यालयको साथै मालपोत तथा नापी जस्ता कार्यालयमा हुने गरेको बिचौलिया प्रथालाइ अन्त्य गरी सोधा र सिधा जनतालाइ छिटो र छरितो तथा सरल र सहज किसिमबाट कामहरु सम्पन्न गर्ने परिपाटीको सूरुवात गर्नु भएको छ भने सबै किसिमका निवेदनहरु कार्यालयबाटै भराइ दिने नागरिकता तथा पेनसन पट्टाका लागि आबश्यक पर्ने प्रतिलिपहरु आफ्नै कार्यालयबाट फोटो कपी गरि निकाली दिने जिल्ला प्रसाशन कार्यालयबाट जारि गरिने सूचना र जानकारीको लागि मोबाइल एप तथा फेसबुक एकाउण्ट संचालन गरिएकोबिगत समय देखि कार्यालयहरुमा हुने गरेको बिद्धुतको समस्या जेनेरेटर र सोलरब्याकपको ब्यबस्था गरी हल गरिएको जिल्लाका बिभिन्न स्थानमा संचालन हुने गाडीहरुको भाडा दरको अलपत्रतालाइ ब्यबस्थित गरिएको  सेवाग्राहिको काम सके सम्म सम्बन्धित फाँट बाटै सम्पन्न गर्ने गरी प्रयास गरिएको  जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्धा मामिलाको लागि इजलास डेस्क निर्माण गरिएको अब्यबस्थित अभिलेखलाइ कम्पुटराइज गरि अनलाइनको सुबिधा प्रदान  गर्नुको साथै सिसि टि.भी को समेत ब्यबस्था गरिएको सामान्य भन्दा सामान्य मानिसलाइ पनि भेटघाट र छलफलको सुविधा प्रदान गरिएको  सबै जिल्लास्तरिय तथा अन्य कार्यालयहरु बिचमा बैठक बसी तथा भेलाको आयोजना गरी  त्यहा भए गरेका निर्णयहरु २४ घण्टा भित्र सबैलाइ जानकारी गराउने  गरी एक आपसमा सहयोग र सद्भावको बिस्तार गरी समन्वय गर्ने प्रयास गरिएको छ। पासपोर्ट र नागरिकतालाइ द्रुतसेवाको माध्मबाट उपलब्ध गराउने  मुद्धा मामिला ठिक समयमा फर्छौर्ट गर्ने  शान्ति र सुरक्षालाइ अग्रता लिइ चुस्त र दुरुस्त बनाउन मालिङ र पाउदीमा दुइवटा अस्थायी प्रहरी चेक पोष्ट थपिएको  र २०७५ साल श्राबण २६ गते देखी २८ गते सम्म लमजुङ मा आएको बाढी र पैह्रो बिशेष गरेर मर्स्याङदी गाउ पालिकामा भएको धनजनको क्षतिमा राहत पुर्याउदा  त्यहाको स्थानिय तहको सरकारका प्रतिनिधि राजनैतिक कार्यकर्ता तथा रेडक्रस र अन्य दात्री निकाय सगँको मिले मतोमा मृतकको परिवारलाइ एक लाख पूर्ण क्षति भएकालाइ पचासहजार  र आंशिक क्षतिभएका पिडितलाइ ५ देखी २५ हजार सम्म र प्रदेश सरकार सगँ पाल समेतको सहयोग मागी ७२ घण्टा भित्रै सबै किसिमको राहत उपलब्ध गराउन प्र.जि.अ.झंक नाथ ढकाल लगाएत  दुइ जना सहायक प्र.जि.अ. मनोहर थापा र काजी मान सुनार तथा डी.एस.पी यादव ढकालले  खेलेको भूमिकालाइ सबैले सह्रानिय कार्य  भनि  प्रशंसा गरेको पाइन्छ । अझै प्रशंसा त  २०७५ साल आषाढ  ३१ गते बाट प्रत्येक आइतबार आफ्नै कार्यालयमा संचालन गर्दै आइएको स्वास्थ्य परिक्षण कार्यक्रम र बेसिशहर नगर पालिका र लमजुङ उद्धयोग बाणिज्य संघको सहयोगमा संचालन गरिदै आएको  बजार अनुगमन तथा बजार र अन्य सार्वजनिक स्थलको सरसफाइ कार्यक्रममा देखिएको प्र. जि.अ. को सक्रियताले यहाका सबै राजनीतिक दलका नेताहरु  र घरको ढोका भन्दा बाहिर ननिस्किने बेसिशहरका बजारबासीहरु लाज र शरमले शिर निहुराइ नतमस्तक बनेका छन । अझ कोहि कोहि सर्ब साधारण जनता त कानेखुसी पनि गर्न थालेका छन यदि सि.डि.यो. चुनावमा उठने हो भने सजिलै सगँ चुनाव जित्छन।  आफ्नो कार्यालयमा कर्मचारीको कमि हुदा हुदै पनि दुइजना सहायक प्र.जि.अ नायव सुब्बा ३ खरदार ३ कम्पुटर सहायक १  लेखापाल १ र सहयोगी कर्मचारी ४ जनालाइ साथमा लिइ बडो तत्परताका साथ कार्यमा खटिएको देख्दा जनताहरु दंगदासमा देखिन्छन ।
   अन्त्यमा सि.डि.ओ साहेव कुनै दिन यहिका जनताले सि.डि.यो ले गरेको कामको मूल्यांकन गरी घाँटीमा सुगुरको पाठो झुण्ड्याइ कालो मोसो दलेका थिए आज तिनै जनताले मुक्त कण्ठले प्रशंसा गर्ने काम गर्नु भएकोमा धन्यबाद छ । यसै गरी अझै पनि हामी सबै लमजुङे जनताको सद्भाव र माया ममता जित्न सफल हुनुहोस । तपाइका अबका दिनका कार्यहरु  अझै सशक्त रुपमा अघी बढुन हाम्रो शुभ कामना छ । चाहे के हुने रहेनछ र हाम्रा यहाँका नेताको घैटोमा  घाम लगाइ दिनु भएको छ। पुःन धन्यबाद  । अस्तु ..
                                                                 बुद्धिसागर बराल
                                                                 बेसिशहर  ८ लमजुङ
 मितिः-२०७५।८।१२


Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |