बिग्रेको कुलो
सोझ्याउन सकिएला तर . . .
नेपाली जनताको अथक प्रयास र
हजारौ हजारको बलिदानीबाट केहि वर्ष अघि देखि मात्र नेपाल एउटा संघिय लोकतान्त्रिक
गणतन्त्रात्मक सार्वभौमसत्तासम्पन्न धर्म निरपेक्ष मुलुक बन्न गएको हो । यसमा ७
वटा प्रदेश र ७५३ वटा स्थानिय निकायहरु छन। यसबाटै के जानकारी हुन्छ भने संघिय ,
प्रदेश र स्थानिय सरकार भए पनि संघिय सरकारले नै सम्पुर्ण राज्य कै प्रति वर्ष
नियमित रुपमा बार्षिक नीति तथा कार्यक्रम
बनाइ बजेट प्रवाह गर्ने चलन रहेको छ । देशलाइ सभ्य र सुसम्बृद्ध तथा परिष्कृत
बनाउने ध्येयका साथ सरकार द्वारा यी नीति तथा कार्यक्रमहरु तय गरिन्छ । ती नीति
तथा कार्यक्रम सुरुमा राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गराइ लोकतान्त्रिक बिधि र प्रकृया अनुसार जन प्रतिनिधि समक्ष छलफल गराइन्छ। तिनै
नीति तथा कार्यक्रम सम्पन्न गर्न तथा कार्यान्वयन गर्न प्रत्येक शिर्षकमा छुट्टा
छुट्टै रुपमा रकमको विनियोजन गरी समग्ररुपमा
बजेटको स्वरुप दिइ घोषणा गरिन्छ।
नेपालको वर्तमानको संबैधानिक
परम्परा अनुसार उक्त बजेट जेष्ठ १५ गते संसदमा प्रस्तुत गर्नु पर्ने हुन्छ ।
त्यसैको लागि २०७६ साल बैशाख २० गते यस वर्षको लागि दुइ तिहाइ बहुमतको नेकपाको
सरकारले नीति र कार्यक्रम बनाइ राष्ट्रपति वाट घोषणा गराएको छ ।
४६ पृष्ठको उक्त नीति तथा
कार्यक्रममा के.पी ओली प्रधान मन्त्री भए देखी मूल मन्त्रको रुपमा भन्दै आइएको “ समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाइ जोड दिइएको छ । यसका अलावा “बारिका पाटा र खेतका गरा ,हुन्छन सबै हराभरा”
“चिनौ आफनो माटो,बनाऔं आफ्नो देश” र
“कोही भोकै पर्दैन , भोकले कोही मर्दैन” भन्ने थप ३ नाराहरु पनी तय गरीएको छ ।
अत्यन्त भावयुक्त रुपमा
मुलुकको समग्र बिकासलाइ समेट्न खोजी प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रमले
पन्ध्रौ योजना अवधी भरमा ९० प्रतिशत भू-भागमा सिंचाइ सुविधा पुर्याउने र यो सुविधा उपलब्ध गराउन जल
बिद्युत निकालिएका तथा ननिकालिएका नदीनाला तथा खोलाहरुबाट खेर गै राखेको पानीलाइ
लिफ्टप्रणाली मार्फत उपयोग गरी सिंचाइ सुविधा पुर्याउने नयाँ अवधारणा अघिसारिएको छ
। यसले पहाडी क्षेत्रमा कृषि विकास र प्रवर्धन
गर्न सहयोग पुग्ने बिश्लेषकहरुको भनाइ छ । साथै स्नातक उत्तिर्ण छात्र
छात्राहरुलाइ गुणस्तरिय शिक्षाको ब्यबस्था गरी इन्टर्नसिपको माध्यमबाट गाँउ गाँउमा
बिभिन्न किसिमका अभियानहरु परिचालन गरी जनतालाइ सशक्त र जागरुक बनाउने , गरिबीको
मनो बिज्ञान हटाइ सबै नागरिकमा आत्म बिश्वास जगाउने र कृषि उत्पादनमा बृद्धि गर्ने । मौलिकहकको
कार्यान्वयनबाट सबै नागरिकलाइ शिक्षा, स्वास्थ्य,खाद्यान्न र रोजगारीको
ब्यबस्थागरी गरिबीको अन्त्य गर्ने उल्लेख गरिएको
छ । त्यसै गरी एक वर्षमा ४५६वाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको निर्माण
कार्य सम्पन्न गर्ने, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने, ५लाखलाइ रोजगारी
उपलब्ध गराउने लक्ष्य लिइएको छ । आज सम्म
पनि कर्णाली करिडोरका हुम्ला र डोल्पा जिल्लाको सदर मुकाममा गाडी चल्ने सडक
नबनेकाले त्यहा गाडी चल्ने सडक पुर्याउने लक्षय पनि लिइएको छ । सबै गाँउ तथा नगर
पालिकाका वडाहरुमा स्वास्थ्य केन्द्र पुर्याउने , सबै सामुदायिक मा.वि.मा
ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने , सबै ३ करोड नेपालीलाइ स्वास्थ्य बिमा
उपलब्ध गराउने ,अमलेखगंज- रक्सौल मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट आगामी
बर्ष देखी पेट्रोलियम पदार्थको आयात गर्ने आदि समेत उल्लेख गरिएको छ । काठमाण्डौमा ३००० ब्यक्ति अटाउने वा
क्षमताको सम्मेलन केन्द्र बनाउने ,भुकम्पबाट क्षतिग्रस्त क्षेत्रको बाकीँ काम
सम्पन्न गर्ने, युवा बैज्ञानिक सम्मेलन गर्ने , ५० हजार युवालाइ स्वरोजगार बनाउने
, र तातोपानी नाकालाइ चालु गर्ने आदि पनि उल्लेख गरिएको छ । सबैका सबैलाइ चित्त
बुझाउन नसके पनि र आलोचनाको लागि आलोचना गर्नेको चित्त नबुझे पनि एक द्वार आर्थिक
नीति अबलम्वन गरी सबै सेवालाइ डिजिटल माध्यमबाट संचालन गर्ने नीति तथा
कार्यक्रमलाइ नराम्रो मान्न सकिदैन ।हुन त यस भन्दा अघिका नीति र कार्यक्रम पनि
नराम्रा थिएनन खाली कार्यान्वयन पक्ष कमजोर हुदा नीति र कार्यक्रमहरु भाषण मै
मात्र सिमित भै योजनाहरु अधुरा रहने , रकमको दुरुपयोग भै भ्रष्टाचार हुने गरेको हो
। अब त्यस्तो होला नहोला दुइ तिहाइको शक्तिशाली सरकार भएको बेला । पर्खौ र हेरौं ।
यसरी हेर्दा कतिपय नीति र
कार्यक्रमहरु बिगतको तुलनामा आकर्षक,आशा र लोभ लाग्दा नै छन भने कतिपय शंका लाग्दा
र भर परि हाल्न हुने जस्ता देखिदैनन ।
नियतबस हो वा तयार पारी दिनेको
गल्तीले हो गत वर्ष भन्दा यस वर्ष फरक किसिमबाट प्रस्तुत भएको नीति तथा
कार्यक्रममा प्रस्तुत भएका केहि शब्दहरुले नागरिकहरुमा अलिकती शनसनी पैदा गरि
दिएको चाहि पक्कै हो । त्यसैत फोस्रो आश्वासन र गतिहिन नीति र कार्यक्रम भनि रहेको
अवस्थामा यसरी जाना जान प्रतिपक्षले खुराक पाउने र जनतालाइ अपाच्य हुने किसिमबाट
अभिब्यक्ति आउनाले सगोत्री राजनीतिक
कर्मिहरुको साखमा चोट लागेको छ । शिर निहुरिएको छ । सक्षम नेता तथा राजनीतिज्ञ हुन
सजिलो रहेनछ । कहिले काही नखाएको वीष पनि लाग्छ भन्ने कुरा सत्य सावित भएको छ ।
कहिले काही अबस्था र परिस्थिति अनुसार लहै लहैमा भन्दा पनि स्वविवेकले शब्दको चयन
गर्न सक्ने पनि हुनु पर्छ । बिग्रेको कुलो सोझ्याउन सकिएला तर बिग्रेको कुरो
सोझ्याउन कठिन पर्दछ । यस्ता कुरामा तयार गर्ने र गराउने तथा वाचन गर्ने तीनै थरी
सचेत हुनै पर्ने देखिन्छ ।अस्तु . . . . . . .
बुद्धिसागर बराल
बेसिशहर ८ ,लमजुङ
मितिः-२०७६/०१/२१