बेसिशहर को यातायात एक सरोकार
आजको बिकासको मुख्य आधार भन्नु नै बाटा घाटा
‚पुल पुलेसा वा सडक तथा यातायातलाइ नागरिकहरुले
लिने गरेका छन । त्यसैले प्रत्येक गाँउघर र टोल टोलका आमा समुह‚ वाबा
समुह‚युवा समूह तथा क्लवहरुमा सम्मिलित भएका सबै मानिसहरुको माग नै कच्चिरुपमै भए पनि बाटो हुन
पुगेको छ । प्रतिनिधि तथा प्रदेश सभाका सदस्यका निर्वाचनका उम्मेदवार सगँ होस वा
स्थानिय तहको सरकार सगँ होस बाटा घाटा तथा यातायातको बिषयमा बढी माग‚ छलफल र
आबश्यकताको पहिचान गराउछन जनताहरु ।
साधारण रुपमा बुझ्दा कुरो ठीकै हो की जस्तो पनि लागेको छ । यातायात प्रगति र
समृद्धिको साच्चिकै मुल आधार रहेछ । लमजुङ कै प्रसंगलाइ कोट्टयाउदा पनि यातायातको
बिकासले जिल्लाको प्रगतिमा ठुलो भूमिका खेलेकै पाइन्छ । वि.सं २०२८ सालमा कुन्छामा
रहेको सदरमुकाम बेसिशहरमा सर्दा सरकारी कार्यालयहरु राख्ने घर वा भवनहरु थिएनन ।
सामान्य घरहरुमा छरिएको रुपमा सरकारी कार्यलयहरुलाइ येन केन मिलाएर राखिएको थियो ।
एउटा कार्यालयबाट अर्कोमा जादा १०-१५ मिनेट हिढेर जान पर्ने र त्यसमा पनि हिडने
गोरेटो बाटो पनि थिएन । उपयुक्त बजार ब्यबस्थापनको कुरै छोडौ एउटा सामान्य सामान
किन्न पनि पोखरा वा नारायणगढ जानु पर्दथ्यो । नुन तेल पनि ८-९ दिन लगाएर
नायणगढबाटै ल्याउने गरिन्थ्यो । सदरमुकाम आए पछी सबैको प्राथमिकता यातायात मै पर्दा
पनि झण्डै एक दशक पछी मात्र सदरमुकामा
गाडी देखा पर्न सक्यो । ततःकालिन अबश्थामा
कच्चि रोडमा शक्तिमान जस्ता माल गाडी चल्दा डुम्रेबाट बेसिशहर आइ पुग्दा हातमा
उठेका ठेला अहिले सम्म पनि नहराएका बुढा पाकाहरु कुरा गरि रहन्छन । डेढ दशक पछी
बल्ल तल्ल ४२ कि.मि बाटो कालो पत्रे हुन त सक्यो । यसले अलिकति श्वास फेरेको अनुभव
त भयो तर साह्रै नै साँघुरो रुपमा हुदा
हाल सम्म पनि पुर्ण श्वास फेर्न सकिएको छैन । जसको कारणले गर्दा खाल्टा खुल्टी परी छिटो भन्दा छिटो बाटो बिग्रन
गयो । जनताले सास्ति पाएका छन । मुखले मात्र बकबक गर्ने लमजुङका हुतिहारा र तन्दुरी
नेताले हाल सम्म
पनि केही पनि गर्न सकेका छैनन । तनहुँ क्षेत्रमा पर्ने बाटो भने प्रभाव साली
नेताको कारणले हाल सम्म पनि त्यती बिग्रन
पाएन । आकाश पाताल जोडी ताराबाजी लगाउने
तर क्षमता र ब्यबहारमा भने शुन्य भएका तथा अरुको छायामा मात्र बाच्न रुचाउने राजनैतिक नेताका कारणले हाल सम्म पनि बाटो क्षत
बिच्छेदकै अबस्थामा देखिएको छ । जे जस्तो भए पनि झण्डै लमजुङको मुटु वा केन्द्र
बिन्दु भएर मनाङ जाने हुदा डुम्रे बेसिशहर
मार्गले लमजुङको बिकासमा महत्वपुर्ण टेवा दिएकै छ । ऐले आएर सदरमुकाम सगँ जिल्लाका
अधिकांश भाग कच्ची रोडले जोडिएको छ। केहि सुबिधा भएको महशुस त भएको छ तर कच्चि रोडमा गाडी चलाउदा
जनताले तिर्न परेको भाडाको दर र खतराको कुरा सुन्दा जिभ्रो टोक्नु पर्ने अवस्था छ
। यस बिषयमा सबै तै चुप र मै चुप देखिन्छन । त्यसै गरी गाडी सञ्चालनको अस्त ब्यस्त
ब्यबस्थापन । न यहाँ टिकटिङको राम्रो ब्यबस्था छ न समयको ख्याल गरिन्छ। न सेवाग्राहिको
सुबिधा नै ख्याल गरिन्छ । गाडी काउन्टरमा आइ नपुग्दै र एउटा पनि टीकट नकाटदै रित्तो चलानी दिएर गाडि फुल भयो भनिन्छ । अझ
कतिपय दिनमा त टिकट लिन पर्दैन गाडीमा गएर बसे हुन्छ । उहि टिकटको ब्यबस्था हुन्छ
भनिन्छ । गाडिमा बसेको केही छिन पछी टिकट माग्दा टिकट त काउन्टरले दिने हो हामीले
होइन भनी तोकीएको दर भन्दा पनि बढी रकम मागिन्छ । नदिए निस्कने धम्की समेत दिइन्छ ।
यो कुरा सबै बस ब्यबसायि समिति प्रहरी प्रशासन राजनैतिक नेता तथा स्थानिय सरकारलाइ
समेत थाहा छ तर कोही पनि सेवा ग्राहि जनता वा उपभोक्ताको हित र भलाइको लागि अहिले
सम्म उभिएको वा एक शब्द बोलेको पाइएको छैन । यहा हामीले सुन्दा पृथ्वी राजमार्ग बस संचालक समिति ‚
नारायणी बस ब्यबसायी समिति ‚ लमजुङ कालिका
माइक्रो बस संचालक समिति ‚ नेपाल माइक्रो तथा
मर्स्याङदी यातायात एण्ड ट्रान्सपोर्ट सेवा लगायतका थुप्रै समितिबाट बस संचालन
गरेको पाइन्छ । एक जना काउन्टर इन्चार्ज र अन्य ३ जना गरी ४ जना भएको मर्स्याङदी
यातायत एण्ड ट्रान्सपोर्ट समितिले मात्र बेसिशहर बाट मनाङ तर्फ ७० वटा बोलेरो र १०
वटा म्याकस गरी ८० वटा गाडी सचालनमा ल्याएको र प्रत्येक दिन बिहान मानिस भरिए पछि
३ बजे सम्म चामे पुग्ने गरी पठाउने जानकारीमा आएको छ ।
त्यसै गरी १९ जना समावेस भै संचालक समिति बनेको
लमजुङ कालिका‚ नेपाल माइक्रो ‚ नारायणी तथा पृथ्वी
राजमार्ग माइक्रो बस ब्यबसायी समितिले संयुक्त रुपमा बेसिशहरबाट बिहान ५.५० देखी
दिउसो ३ बजे सम्ममा प्रत्येक २०-२५ मिनेटको फरकमा काठमाण्डौको लागी २७ वटा ‚
पोखराको लागि बिहान ६.३० ‚ ७.४०‚ ८.०० र
९.४५ र दिवामा २.००‚३.०० र ४.०० बजे गरी ६ वटा ‚ नारायण
गढको लागि बिहान ७ बजे‚ मध्यान्ह१२.१५ बजे र दिवा २.००बजे गरी ३
वटा गाडी पठाउने गरेको जानकारीमा आएको छ ।
त्यस्सै गरी ८ जना कर्मचारी रहेको पृथ्बी
राजमार्ग बस संचालक समिति ले ठुला बसहरु बिहान ६ बजे डुम्रे ‚ ६.१०मा सुनौली ‚ ६.२०मा
गोर्खा‚ ६.३०मा नारायण गढ‚६.४०मा काठमाणडौ ‚ ६.५०मा केवुलकार
‚ ७ बजे चनौली ‚ ७.१५मा काठमाण्डौ ‚ ७.३०मा
पोखरा ‚ ७.४५मा नारायणगढ ‚ ८ बजे डुम्रे ‚ ८.१०मा
काठमाण्डौ ‚ ८.२०मा काठमाणडौ ‚ ८.३०मा पोखरा ‚८.४० मा
खुदीबाट काठमाण्डौ‚ ८.५५ मा नारायणगढ ‚ ९.००बजे पोखरा‚ ९.१५ मा
काठमाणडौ ‚ ९.३० मा नारायण गढ ‚ ९.४० मा काठमाण्डौ ‚ १०.१० मा
नारायण गढ ‚ १०.२० मा काठमाण्डौ ‚ १०.३०मा डुम्रे ‚ १०.५० मा
पोखरा ‚ ११.०५ मा डुम्रे‚ ११.०५ मा नारायण गढ‚ ११.२० मा
काठमाण्डौ ‚ ११.३०मा डुम्रे ‚ ११.५० मा नारायण ‚ १२.०५ मा
पोखरा ‚१२.२० मा चनौली ‚ १२.४० मा पोखरा ‚ १.०० बजे
डुम्रे‚र यस पछी १५ मिनेट को फरकमा
डुम्रे सम्म ५ बजे सम्म १४ वटा बस संचालन गर्ने तालिका भएको पनि जानकारीमा आएको छ
। त्यसैगरी स्थानिय रुपमा ८.बजे प्यार्जुङ ‚ ८.३० मा
खत्री ठाँटी‚ ९ बजे डुम्रे ‚ ९.३०माखत्री ठाँटी ‚ १० बजे
डुम्रे ‚ १०.३० बजे डुम्रे ‚ ‚ ११.२०
डुम्रे ‚ १२. १० प्यार्जुङ ‚ १२.३० मा नेटा
बांग्रे ‚ १.१०मा चीती हिले १.१० मा ठूलो स्वाँरा‚ १.३० मा भोर्लेटार ‚ १.५० र३.३०
मा छोटे खोला ‚ १.५० मा बोराङ कुयाले ‚२.१० मा
जीता सात्धारे ‚ २.१५ मा पाचोक ‚ २.३०मा च्यानपाटा‚ २.३५ मा
ओखरी ‚ २.५० माजीताकोट.‚ ३.१० मा चीति हिले ‚ ३.१० मा
भोर्लेटार ‚ ३.३०मा बोराङ खोला‚ ३.५० मा धुसेनी ‚ ४.०० मा दुवार
‚५.१०‚ ५.३० ‚ ५.५० मा र ६ बजे मा
खत्री ठाँटी ‚ २.४० मा पुरानो कोट र ३.३० मा नाल्मा
गाडीहरु जाने कार्यतालिका सार्वजनिकरुपमा प्रकाशन गरेता पनि तोकिएको स्थान समय र
नम्बरको गाडी उचित ब्यबस्थापनका साथ
नचल्ने गरेको जिल्लाबासीहरुले बताउने गरेका छन । बेसिशहरको चक्रपथ तथा अन्य लिंक
रोडहरु समेत मर्मत संभार गरी तीनमा समेत गाडी संचालन गर्ने र गराउन पर्नेमा न
यहाँको स्थानिय सरकार लागेको छ न नेता र प्रशासन तथा बस ब्यबसायी समिति नै ।
बजारको बिचको रोडलाइ मात्र बेसिशहर सम्झने पुरातन र स्वार्थी बिचार ऐले सम्म पनी हटन
सकेको छैन । बाटोको केन्द्रबाट दुबैतिर १0-१0 मिटर चौडा बनाइ मुल
सडकलाइ बिस्तार गर्ने कुरा पनि गर्भ मै तुहियो
। दुनियादारको जिमि जग्गा मासेर बनाइएका अन्य कच्ची सडकहरु पनि हाँसेर बसेका छन ।
किन यहाँका ठुला र बढा हुँ भन्नेले समानता र स्वतन्त्रता तथा लोकतन्त्रको कुराहरु
गर्दा होलान पर्यवेक्षकहरु दंग परेका छन । न यहाँ नयाँ सोँच र बिचार देखा परेको छ
न फरक ब्यबहार । न सल्लाह र छलफल नै हुने गरेको छ न प्रजातन्त्रिक आचरण र संस्कार
छ र न संस्कृति । न कानूनी शासनको प्रत्याभुति छ न नैतिकता को । अन्य जिल्लाका
सदरमुकामका नगर पालिकाहरुमाभएका फराकिला बाटाघाटाहरु तथा त्यहा नियमित रुपमा संचालन भएका नगर बस ‚ म्याजिक‚ टेम्पो‚ इलेक्ट्रिक रिक्सा
लगाएतका आधुनिक यातायातका साधनहरु देख्दा मन त कल्पिन्छ तर के गर्ने पुर्पुरै
अभागी भए पछी । ठिक र उचित समयमा जनताले
यातायातको सुबिधा नपाएका धेरै गुनासाहरु सार्वजनिक भएता पनि सरोकारवालाहरु ले
ध्यान पुर्याएको नपाइदा जनतालाइ अब कहिल्यै पनि नचाहिने गरी अवहेलना भएको छ । त्यसमा पनि लमजुङको सदरमुकाम रहेको बेसिशहर
न.पा.को यातायातको ब्यबस्था कुकुरको पुच्छरलाइ बाह्र बर्ष सम्म ढुंग्रामा राखेर
निकाले जस्तै छ । त्यसैले पुःन एक पटक स्थानिय सरकार र प्रशासन तथा बस
ब्यबसायीहरुलाइ ब्यक्तिगत फाइदा मात्र नहेरी सच्चा जन सेवक बनी तलका कुराहरुमा
ध्यान पुर्याइदिन आम सेबाग्राहीको तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।
१.
अनिवार्य
रुपमा ब्यबस्थित तरिकाबाट नगर बसहरु
संचालन गरी दिने ।
२. टिकट काउन्टर बाटै
टिकट दिएर यात्रुहरु सबैको नाम र ठेगाना
उल्लेख गरी चलानी लिएर मात्र ठीक समयमा बस संचालन गर्ने ।
३. प्रहरी ले
चेकपोष्टमा चेक गर्दा यात्रुलाइ सिट संख्याको आधारमा टीकट दिएर बस संचालन गरेको छ
छैन अनिवार्य रुपमा चेक गरेकै हुनु पर्ने र
त्यसको निस्सा गाडीवालालाइ दिनु पर्ने।
४. स्थानिय प्रशासन तथा स्थानिय सरकार ले माथि
उल्लेखित कुराहरु भए नभएको अनुगमन गर्ने ब्यबस्था मिलाउने र कानून बमोजिम
नगर्नेलाइ तेरो र मेरो नभनी आबश्यक दण्ड सजाँय गर्ने।
५. बस ब्यबसायी समितिले बस रिजर्भमा पठाउदा पनि
अर्को ब्यबस्था गरेर मात्र पठाउने ।
६. गाडीहरु कन्डिसनमा भए नभएको काउन्टरले चेक गरेर
मात्र हिडने अनुमति दिने ।
७. कदं
कदाचित गाडी बिच बाटामा बिग्रिएमा यात्रुहरुलाइ टिकटमा उल्लेख भएको स्थानमा पुर्याउन र यात्रुहरुको
सामानको सुरक्षा को जिम्मा गाडीवालाले लिनै पर्ने।
८. माथिका कुरा हरु हुन नसक्दा यात्रुहरुले
सम्बन्धित ब्यक्तिलाइ जानकारी गराउन एउटा कल सेन्टर को ब्यबस्था बस ब्यबसायि
समितिले मिलाउने । आदि
यति मात्र मिलाउन सके पनि बेसिशहर न. पा.
अलिकती शहरको रुपमा देखा पर्न सक्थ्यो की । नत्र त कुन्नी । अस्तु. . . .. ..
बुद्धिसागर बराल
बेसिशहर न.पा ८ लमजुङ
मितिः-२०७४ मार्ग २० गते रोज ४ शुभम्. .. . .
.. . .