।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Wednesday, June 24, 2020

कोरोना र लक डाउन 
    इ.सं.२०१९ डिसेम्बरको अन्त्य तिर चिनको हुवान प्रान्तमा कोरोना भाइरस कोभिड १९ देखा पर्यो भन्ने बितिक्कै देखी लमजुङ जिल्ला अदालत वार इकाइको केन्द्रिय पार्षदको हैसियतले मेरो हालको कर्म थलो लमजुङ जिल्ला अदालत वार इकाइका साथिहरु बिशेषगरेर वार इकाइका अध्यक्ष कृष्ण प्रसाद अधिकारी वरिष्ठ अधिबक्ता यज्ञ प्रसाद पौडेल उपाध्यक्ष माधव बसौला सचिव अग्नि विलास अधिकारी तथा सदस्य राम बहादुर खत्री का विचमा फुर्सदको समयमा यसको बिषयमा छलफल गरिदै आएको भए पनि वास्तविकता थाहा नपाएको हुदा हामीले  सामान्य रुपमा सतहमा हुने गरेका गफगाफ सरह नै लिएका थियौं। जव चिनबाट आएका एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखियो भन्ने समाचारहरु छ्यास छयास्ति आए अली सतर्क भैयो। सामान्य रुपमा रुघा र खोकीलागे जस्तै घाँटी दुख्ने श्वास फेर्न गाह्रो हुने १०० डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउने र सजिलै सगँ नियन्त्रण नहुने सुख्खा खोकी आउने जिउदुख्ने खानामा कम रुचिहुने आदि जस्ता लक्षण भए कोरोना को संक्रमण भएको हुन सक्ने र दीर्घ रोगी दम प्रेसर आदिभएका र ६० वर्ष उमेर कटेकालाइ बढी असर गर्ने बढी भिडभाड वा समुहमा रहन बस्न नहुने कम्तिमा पनि मानव मानवबिचको भौतिक दुरी १ मिटर हुनु पर्ने यसको संक्रमण अति तिब्र गतिमा हुने हुदा अत्यन्तै सजग रहनु पर्ने   र अझ यो भाइरस नयाँ स्वरुपमा प्रस्तुत भएको र यसको औषधी हाल सम्म पनि बिज्ञानले पत्ता लगाइ नसकेकाले  वा यस विषयमा बिश्वकै अनुसन्धान कर्ताहरु असफल रहेकाले अत्यन्तै संवेदनशिल रहनु पर्ने भनि समाचारका माध्यमहरुले प्रचार प्रसार गरेको सुनिन थालियो । यसैलाइ मनन गरी आफुले ६५ वर्ष पनि पुरा गरि सकेको र गत केहि वर्ष अगाडी देखि नै प्रेसरको औषधी पनि नियमित रुपमा सेवन गर्दै आइ रहेको हुदा  आफ्नो शारिरीक अवस्था समेतलाइ विचार गरी म पनि फाल्गुण को अन्तिम हप्ता देखि नै कर्म स्थलो मा उपस्थित हुन छोडी आज सम्म झण्डै ५० दिन तथा सरकारले लक डाउन गरेको ३५ दिन सम्म सानो बाबु पुष्प लगायतका आफ्ना परिवारका साथ घर मै लकडाउन भै बसि रहेको छु । एक नाति बाबु निमेष र नातिनी प्रेक्षा को समेत बिद्ध्यालयहरु बन्द रहेका हुदा उनिहरु सगै बिबिध विषयमा भएको छलफल तथा बातचितबाट दिनहरु बिति रहेका छन। झण्डै दिनमा एक पटक काठमाणडौमा रहेका ठूलो बाबु तिर्थका परिवार सगँ बाहेक अन्य कोहि र कुनै दाजुभाइ साथि तथा इष्ट मित्र  नाता गोताहरु सगँ सम्पर्क र भेटघाट सम्म पनि हुन सकेको छैन । यस अवधिमा मेरा जिन्दगिका पानाहरु बन्दको बन्दी तथा संक्रामक रोग र नेपाली जनता नामक लेखहरु लेख्ने कोशिस गरे भने एडोल्फ हिटलर अब्राहम लिंकन माओत्सेतुङ विंस्टन चर्चिल महात्मा गांधी नेलसन मण्डेला जर्ज वासिंटन मार्टिन लुथर किंग कार्लमास्क जस्ता राजनितीज्ञ र बैज्ञानिक अल्वर्ट आइन्सटाइन तथा संस्कृतका महाकवि कालिदास कविशिरोमणी लेखनाथ पौडेल आदिकवि भानुभक्त आचार्य तथा महाकवि लक्ष्मी प्रसाद देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरेका जिवनी लगायतका पत्र पत्रिका आदिको अध्ययन गर्ने तथा रेडियो र टी.भी.बाट समाचार सुन्दैमा अन्य समय बिति रहेको छ । समाज र मुलुकको लागि शैक्षिक न्यायिक तथा भौतिक रुपमा केहि न केहि सेवा र सहयोग तथा विकास र प्रगति गर्ने उत्कृष्ट इच्छा हुदा हुदै पनि निश्कृय रुपमा हल न चल रहि यसरी पनि जीवन त चल्ने नै रहेछ भन्ने अनुभव भएको छ । यस्तो समयमा चित्त शान्त गर्नका लागि आध्यात्मिक ज्ञानले मद्धत पुर्याउछ भनि केहि विद्वानहरुले भन्ने गरेको सम्झी केहि वेतान्त शास्त्र तथा उपनिषदको बारेमा अध्ययन गर्ने शोच बनाए तर ११० भन्दा पनी बढी उपनिषदका नेपालीमा पर्याप्त मात्रामा पुस्तकहरु नभएकाले कसरी अध्ययन गर्ने  भन्ने समस्या पर्यो। पछी विचार आयो। जहाँ इच्छा तहा तहाँ उपाय भन्दछन तै पनि कम्पुटरमा गुगल सर्च गर्दा केहि पाइन्छ की त भनी कम्पुटर खोले । विकिपिडियाबाट उपनिषद तथा वेदान्त शास्त्रको विषयमा धेरै कुराहरुको करिव ३ दिन सम्म जानकारी लिए । तै पनि लक डाउन सकिएको छैन। मन फेरी बदलियो र बिचार गर्न लागे सम सामयिक बिषयमा। आफ्नै मुलुकका तीन तहका सरकारले  यस संकटको घडीमा के के गरी रहेका छन । नागरिकको अवस्था के कस्तो छ । विश्वमा  के  र कसो भएको होला । किन आजको चन्द्रमा मा पुग्ने र मंगल ग्रहमा मानव बस्ति बसाल्ने लक्ष्य लिएको मानवको ज्ञान तथा बिज्ञानले कोरोनाको नियन्त्रण गर्न सकि रहेको छैन भन्ने जस्ता जिज्ञासाले जति सुकै रुपमा मनलाइ नियन्त्रण गर्न खोजिए पनि ध्यान वा क्रम भंग भै कुनै बिषयमा पनि अझ गहन रुपमा यति लामो समय सम्म पनि थप  अध्ययन मनन र चिन्तन गर्न सकिएको छैन ।
 यस अवस्थाको बारेमा सुन्दा सुन्दै र बुझ्दा बुझ्दै त मानव जातिलाइ नै चुनौती दिदैं केहि दिनमा चीनको वुहान प्रान्तमा लाखौं संक्रमित भएका हजारौंको मृत्यु भएको र चीनभर लक डाउन र नाका बन्द भएका खवरहरु प्रसारित हुन थाले। बिश्वका अन्य मुलुकहरुले त्यसलाइ चिनको मात्र समस्या देखी चिनको वारेमा आलोचना खिसि टिउरी र ठट्टा तथा आरोप समेत गर्न भ्याए । पुँजीँ र शक्तिको घमण्ड गरे। के किन र कसरी चिन जस्तो महाशक्तिले समेत त्यसलाइ नियन्त्रण गर्न सकेन भन्ने तर्फ ध्यानै दिएनन । हावा सरी आफ्ना मुलुकमा कोरोनाले पंजा फिजाएर नागरिकको ठूलो क्षती भए पछि अहिले बल्ल झल्यास्स भएका छन । अझै पनि कोरोना के किन  र कसरी रहेछ भनेर सत्य तथ्य तथा वास्तविकता पत्ता लगाउन सकि रहेका छैनन । नेपाल सरकार पनि त्यतिबेला सम्म कानमा तेल हालेर बस्यो। खासै तयारी नै नगरी खालि चिनमा रहेका  आफ्ना नागरिकलाइ स्वदेश फर्काउने सुर सार मात्र गराउन लाग्यो । भक्तपुरमा क्वारेन्टाइन तयार गरी सबैलाइ ल्याइ त्यहि १४ दिन सम्म राखी आ-आफ्ना घर तर्फ पठाउन लाग्दा सम्म त कोरोनाले बिश्वमा फडका वा फेरो मारी सकेको थियो ।अमेरिका फ्रान्स इटली बेलायत र स्पेन लगायतका युरोपिय मुलुकमा देखिएको संक्रमित मानिसको संख्या र लासको थुप्रोले अनि बल्ल १ मात्र सरुवा रोगको अस्पताल हाल सम्मै लिएर तर मार्ने गरेका नेपाली राजनीति नेता तथा कार्यकर्ता र शासकहरुको घैटोमा घाम लाग्न थाल्यो । मुलुकलाइ बारम्बार घायल पारी आफ्नो पालामा माखा नमार्नेहरु पनि सरकार माथि खनिन थाले भने सरकार पनि के गर्ने र के नगर्ने भयो । भत्केको घर को जता हेर्यो उतै ढोका बल्ल सरकारले देख्यो र भेट्यो पनि। कहाँको चिकित्सकलाइ आबश्यक पर्ने सामाग्री कहाँका चिकित्सक कहाँको औषधी कहाँका स्वास्थ्य कार्यकर्ता । न अस्पताल न बजेट न राहत। बैठक बस्दैमा र निर्देशन दिदैमा तथा गफ गरेकै भरमा जादुको छडिले झै  कुनै पनि कुरा पुरा हुन सक्ने होइन । त्यसमा पनि  विरोधको भाषा मात्र बोल्ने अबुझ अनुशासन हिन र अराजक मानसिकता बोकेका मानिस रहेको मुलुकमा । हतपतेको काम लतपते हुन थाल्यो।जुन स्वभाविकै पनि थियो । यस्तो समयमा यो मुलुकका सबै  तह र तप्काका मानिसहरु एकजुट भै हातमा हात र काँधमा काध मिलाइ कोरोना सगँ जुध्नुको सट्टा आरोप र प्रत्यारोप तथा ताना तानको खेलले सिमा काट्यो । धेरैको मती भ्रष्ट भयो र अझै पनि धेरैको मति भ्रष्ट हुदैछ भन्ने हल्लाहरु पत्र पत्रिकाले उल्लेख गर्दै आएका छन ।अवसरवादले टाउको उठाउने क्षण सम्झ्यो ।सत्ता र शक्तिको समेत कुराहरु उठन थाले र उठी रहेका पनि छन।  मौलिक हक आदर्शवाद र लोकपृयताका आवाजहरु समेत घन्किए। राहतमा  समेत ब्यक्तिवाद नाताबाद कृपावाद चुनाववाद र लुटतन्त्रको हावी भएको शंका हुन थाल्यो ।सरकारले दैनिकरुपमा ज्यालादारी लिइ मजदुरी गरी जिवन निर्वाह गर्ने वा छाँक टार्ने नागरिकलाइ राहतको व्यबस्था गरी जो जहाँ जे जसरी रहेको छ तेसरी नै त्यहि बस्न आव्हान गरी खान र बस्नको समेत ब्यबस्था गरी लक डाउन जस्तो एक मात्र सामयिक विकल्प रोजी राम्रै काम गरी सर्वमान्य सिद्धान्तको अनुसरण गर्दा पनि मानिसको चित्त बुझेको छैन ।कोहि छोडने पक्षमा छन भने कोहि रोक्ने। राहत किन कस्ले के कति र कसलाइ भन्ने विषय नै बिवादको मुल जरो बनेको छ ।परिष्कृत नभएको फरक फरक विचार र संस्कार विहिन दलिय राजनीति तथा  संक्रमणकालिन संघियताको सबभन्दा अबगुण नै यहि हो ।अर्को यथार्थ के हो भने घोषणा हुने बित्तिकै सबै कुराको व्यबस्थापन गर्न कोहि कसैले पनि सकिने होइन । आफ्नो उत्पादन केहि पनि नभै पुर्णरुपमा परतन्त्रमा निर्भर गराइएको तथा आधारित पुँजीवादी अर्थतन्त्र को मुल मर्म पनि यहि हो । अहिले पुँजिकैलागि र जिवन निर्वाह कै लागि तथा रोजगारीका लागि बिदेशिएका लाखौं लाख नेपालीहरुको  बाबु आमा तथा उनिहरुकै आँखामा आँशुले भरिएको छ । कतिखेर आफ्नो जन्मभुमिमा गएर पाइला टेक्ने  र ढीडो र रोटोले ज्यान बचाउने होला भनेर चिन्तित छन । हुन त केहि मानिसहरु मोज मजा र ऐस आराम तथा सयलको लागि बिदेशिएका पनि छन । त्यस्ता जन्म वा मातृ भूमि नै त्याग गरी नागरिकता नै त्यागेर जानेको विषयमा त चर्चा गर्नै परेन। किनकी तिनिहरु त नेपाली नै होइनन । तर पनि कतिपयले जन्मभुमिको नाताले नेपाली जन्ता प्रति देखाएको सद्भाव र स्नेह देख्दा खुसी नै लागेको छ । उनिहरुलाइ धन्यबाद छ । मुलुक कोरोनाको कारणले बर्षौ बर्ष सम्मका लागि घायल बनेको छ । बिश्वमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या वा तथ्यांक सुन्न र पढन नसकिने भएको छ। शिक्षा स्वास्थ्य र निर्माण जस्ता सबै कार्य बन्द छन। यस्तै अवस्था रहि रह्यो भने संचित खाद्ध्यान्न पनि अब केहि दिनमा समाप्त हुने अवस्था छ । यस विषयमा कोहि कसैले चासो लिएकै पाइदैन । ऐले आएर बैशाख ८ २०७७ तथा २० अप्रिलका दिन संबैधानिक परिषदको काम कर्तव्य र अधिकार तथा राजनैतिक दल सम्बन्धमा जारी भएको अध्यादेशको वारेमा बेमौसमि बाजा भनि व्यापक रुपमा चर्चा परिचर्चा र विरोध भै फिर्ता समेत भै सकेको अवस्था छ । वास्तबिक रुपमा भन्ने हो भने ऐलेको समय भनेको सबैले आ-आफ्ना कामकारवाही र अवस्थालाइ मूल्यांकन गरेर मात्र आलोचना र विरोध गर्ने गर्नु पर्नेमा त्यस्तो भएको भने पाइदैन।  सत्तासिन राजनैतिक दलका व्यक्तिहरुले भने अझ बुझ्न पर्ने मा लोकपृयताकोलागि नबुझेको झै गरिएको छ । यो प्रतिशोध देखाउने बेला होइन  यदि तपाइहरु सच्चा नेता हुनु हुन्छ भने । जनबलको बिषयमा तपाइहरु बिज्ञ हुनु पर्दछ। यसबाट जनअभिमतमा केहि यता उति भयो भने जनताले तपाइहरुको टुप्पीमा समातेर कसरी रिगाउछन भोली तपाइहरुले प्रत्यक्ष देखि हाल्नु हुनेछ ।  किनकी सुत्केरी हुदा कस्तो पिडा हुन्छ भन्ने कुरा सन्तान जन्माएकालाइ मात्र थाहा हुन्छ नकी अन्यलाइ।  यो आबश्यक थियो वा थिएन यो मौसमी हो वा होइन अथवा यसको औचित्य प्रभाव र असर तथा वास्तबिकता के हो भन्ने तर्फ सबैले ध्यान पुर्याउनै पर्दछ । मुखमा राम राम बगलीमा छूरा हुनु हुदैन । धैर्यताका साथ आशय र मनसाय समेत बुझ्न  खोजिनु उपयुक्त हुनेछ । एउटा ब्यक्तिमात्र जानु केहि हुदैन तर . . .आफै बुझ्नु होस । हाल खालि सतहमा रहेर मात्र सबैले विचार व्यक्त गरेको पाइन्छ । यसले के संकेत गरेको रहेछ भने अझै पनि नेपालमा छुट्टै मानिसको जन्म हुनु आबश्यक छ । जसलाइ कसैले पनि पराजय गर्नु नसकुन ।
 अन्त्यमा अव हेर्दै र बुझ्दै जाऔं । केहि समय विकास निर्माण तथा सुख शान्ति र समृद्धिको पनि कुरै छोडौं । हाल यो मुलुकका मानिसले कोरोना र राजनैतिक कारणले कति हद सम्म दुःख दर्द र पिडा सहनु पर्ने र लक डाउनमा रहनु पर्ने हो रहौं र बसौं। त्यसैमा हामी सबैको कल्याण घुसेको छ। अस्तु . .  
                                                                        बुद्धिसागर बराल
                                                                        बेसिशहर ८ लमजुङ
 मितिः-२०७७।१।१० ११.०० बजे बिहान

Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |