।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Sunday, August 19, 2018

                                                     यस वर्षको संबिधान दीवस
न वेत्ति यो यस्य गुण प्रकर्ष सतं सदा निन्दन् नात्र चित्रम् ।
                                       यथा किराती करिकुम्भलब्धं परित्यज्य विमर्ति गुञ्जाम् ।।
अर्थात  जो जसको गुणको यथार्थतालाइ जान्दैन त्यो निरन्तर अरुको निन्दा गर्दछ। जस्तै भिल्लिनिहरु हात्तिका  मस्तकको मेसी छोडेर रातीगेडी लगाउन ।  यो भनाइ हो बिख्यात कुटनीतिज्ञ चाणक्यको । त्यसै गरी कवी शिरोमणी लेखनाथ पौड्याल भन्नु हुन्छ गुण ग्राही जहाँ छैन बेकम्मा छ उहा गुणी कौडिमा पनि मिल्कन्छ भिल्लका देशमा मणी आज नेपालको अवस्था ठ्याक्कै यस्तै छ । नेपालीहरुले माल पाएर भए पनि चाल पाउन सकेका छैनन । हामी सोझा र सिधा  नेपाली जनताले २१सौं शताब्दिमा  आएर बल्ल तल्ल आफु अनुकुलको संबिधान बनायौं बिश्वकै उत्कृष्ट छ भनेर नाक त फुलायौं तर आज कार्यान्वयनमा आएको ३ वर्ष पुगी सक्दा पनि त्यसको मर्म र धर्म बुझेका छैनौ । त्यस भित्र के छ भनेर केलाउने तर्फ लागेकै छैनौ   बुझ्न को त कुरै छोडौ  । अनि कसरी कानूनी शासनको अनुभूति गर्ने । अनि कसरी सबैमा न्यायको पहुँच पुग्ने । संबैधानिक सर्वोच्चताको महशुस कसरी गर्ने । कुनै पनि  संबिधानको सार तत्व वा मगज भन्नु नै त्यसको प्रस्तावना हुन्छ भने त्यस भित्रको आत्मा वा चुरो भन्नु नै जनतालाइ राज्यबाट प्रदान गरिने मौलिक हकहरु हुन । ती मौलिक हकलाइ कत्तिको लागु  वा प्रयोगमा ल्याउन सक्दछ  त्यहि नै सरकारको कसी हुन्छ र मुल्यांकन पनि ।  सफलता र असफलताको ध्योतक पनि हो ।त्यसैले सरकारको  राष्ट्रिय र अनर्राष्ट्रिय रुपमा छवी कस्तो छ भन्ने  मुल्य र मान्यता राख्दछ ।  सबैले जानेकै कुरा हो कागजमा लेख्न र अरुले गरेकोलाइ ठीक भएन भन्न जति सजिलो छ त्यो भन्दा कैयौं गुना कार्यान्वयनमा ल्याउन कठीन छ । माग गर्न जती  सजिलो हुन्छ त्यती नै कठिन हुन्छ गरी पुर्याउन । त्यो भन्दा पनि अझ सजिलो हुने गरेको छ हडताल र आन्दोलन गर्न तथा बन्द गर्न  । संबिधान परिवर्तन भए पनि यहाको संस्कृति र संस्कारमा परिवर्तन भएको छैन । चिन्तन र ब्यबहारमा परिवर्तन भएको छैन । हामीमा अन्तरनिहित हम्व र दम्म तथा घमन्डहरु यथावत छन । सबैलाइ ठूलै हुन मन लाग्दछ। राम्रै लाउन मन लाग्दछ र मिठै खान पनि । तर यस्तो अवस्था र व्यबस्था भै सकेको छ या छैन भन्ने कुरामा हामी ह्याका राख्दैनौ । अर्कालाइ खसाल्न वा खुट्टा तान्न सर्व प्रथम हाम्रा ओठ र इन्द्रियहरु सल्वलाउछन । आफ्नो आंङको भैसी नदेख्नेहरु अरुको आङको जुम्रा देख्न थाल्दछौ अनि भै हाल्छ सोम शर्मा कथा यथा । संबिधान राज्यको मूल कानून हो । यो भन्दा माथी कोही हुदैन तर हामी कहिले काही त्यो भन्दा पनि माथि हुन खोज्छौ अनि तल बजारिएको थाहै पाउदैनौ । यस्तै हुदै हुदै हामी यहा सम्म आइ पुगेको सबैलाइ थाहा छ तर पनि त्यस्तै भै रहनु बिडम्वना नै छ । संबिधान कुनै ठोस बस्तु  न भै गतिशिल बस्तु हो । यो समय र परिस्थिति अनुसार तथा जन चाहना अनुसार परिवर्तन हुन्छ र हुनु पनि पर्दछ । तर त्यसमा सबैले अपनत्व महशुस गर्ने पनि हुनु पर्दछ । आलोचना आलोचनाको लागि मात्र नभे वास्तविकतामा आधारित हुनु पर्छ । आशय मनसाय र भावनाको बिश्लेषण गरेर ठीक र बेठीक भन्ने गर्नु पर्छ । अनिमात्र हामी हानी नोक्सानी मात्र गर्ने नभइ दामी पनि बन्न सक्दछौ ।
अव जाऔं  हाम्रो वर्तमानको ३५ भाग ३०८ धारा र ९ अनुसूची भएको  दुइ तिहाइ संसद सदस्यको बहुमतबाट  संशोधन गर्न सकिने लचिलो संघियतालाइ आत्मसात गरेको राष्ट्रपति संबैधानिक र प्रधान मन्त्री कार्यकारी प्रमुख भै संसदिय प्रणाली अपनाएको २ वर्ष सम्म प्रधान मन्त्रीलाइ अबिश्वासको प्रस्ताव ल्याउन नपाइने प्रधान मन्त्रीले संसद बिघटन गर्न नपाउने संसदमा समावेसी प्रतिनिधित्व हुने मिश्रित निर्वाचन प्रणाली अपनाइने ब्यबस्था भएको प्रतिनिधि सभामा निर्वाचित १६५ र समानुपातिक ११० गरी २७५ सदस्य रहने ब्यबस्था भएको त्यसै गरी राष्ट्रिय सभामा  ७ वटा प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनित ३ जना गरी  ५९ जना सदस्य रहने संघ प्रदेश र स्थानिय गरी तीन तहका सरकार रहने केन्द्रमा बढीमा २५ सदस्य भएको मन्त्री मण्डल रहने चुनावमा पराजय भएका व्यक्ति मन्त्री बन्न नपाउने प्रदेश सभा एक सदनात्मक हुने केन्द्रमा जस्तै प्रदेशमा पनि प्रत्यक्ष तर्फ ६० र समानुपातिक तर्फ ४० प्रतिसत सीट संख्या हुने न्याय पालिका अन्तर्गत केन्द्रमा  सर्वोच्च अदालत प्रदेशमा उच्च अदालत र स्थानिय तहमा जिल्ला अदालत रहने महिला र दलितलाइ आरक्षण दिने  र मौलिकहक सम्बन्मा बृहत ब्यबस्था भै अन्य धेरै बिशेषता भएको  तथा बिश्वकै उत्कृष्ट संबिधानको हारहारीमा पुगेको भनिएको र ९० प्रतिशत भन्दा बढी संबिधान सभाका सदस्यले हस्ताक्षर गरी निर्माण गरी तयार भएको संबिधानको भाग ३ को धारा १६ देखि धारा ४६ सम्म नेपाली नागरिकलाइ प्रदान गरिएको मौलिक हक को प्रसंग र धारा ४७ मा ब्यबस्था गरिएको मौलिक हकको कार्यान्यन को ब्यबस्थाको बिषयमा चर्चा गर्नु आजको आबश्यकता देखिएको छ।
यस संबिधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक भनी त्यसैको () मा प्रत्येक व्यक्तिलाइ सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र () मा कसैलाइ पनि मृत्यु दण्डको सजाँय दिने गरी कानून बनाइने छैन भनिएको छ । यसैको कारणले गर्दा यो संबैधानिक ब्यबस्थालाइ नहटाइकन जती सुकै आवाज निकाले पनि नेपाल सरकारले मृत्यु दण्डको ब्यबस्था गर्न नसकेको हो । त्यसै गरी धारा १७ मा स्वतन्त्रताको हक १८ मा समानताको हक १९मा सञ्चारको हक २० मा न्याय सम्बन्धी हक २१ मा अपराध पिडितको हक २२ मा यातना विरुद्धको हक २३ मा निवारक नजरबन्दको हक २४ मा छुवाछुत तथा भेदभाव बिरुद्धको हक २५ मा सम्पत्ति विरुद्धको हकको ब्यबस्था गरिएको छ । धारा २६मा धार्मिक स्वतन्त्राको हक २७ मा सूचनाको हक २८ मा गोपनियताको हक २९ मा शोषण विरुद्धको हक ३० मा स्वच्छ वाताबरणको हक ३१ मा शिक्षा सम्बन्धी हक ३२ मा भाषा तथा संस्कृतिको हक ३३ मा रोजगारीको हक को ब्यबस्था छ । धारा ३४ मा श्रमको हक ३५ मा स्वास्थ्य सम्बन्धिहक ३६ मा खाद्धय सम्बन्धी हक ३७ मा आवासको हक ३८ मा महिलाको हक  ३९ मा बाल बालिकाको हक ४० मा दलितको हक र ४१ माजेष्ठ नागरिकको हक ४२ मा सामाजिक न्यायको हक ४३ मा सामाजिक सुरक्षाको हक ४४ मा उपभोक्ताको हक ४५ मा देश निकाला विरुद्धको हक तथा ४६ मा संबैधानिक उपचारको हकको ब्यबस्था गरिएको छ । धारा ४७ मा माथि उल्लेख गरिएका मौलिकहकहरुको कार्यान्वयन गर्न आबश्यक पर्ने कानूनहरु राज्यले यो संबिधान प्रारम्भ भएको ३ वर्ष भित्र ब्यबस्था गर्नु पर्ने ब्यबस्था हुदा सरकारले हालै मात्र हतार हतारमा यस सम्बन्धी १६ वटा बिधेयक संसदबाट पास गरी राष्ट्रपति समक्ष पठाएको भन्ने  जानकारीमा आएको छ । ब्यापक रुपमा छलफल नगरी हतार मा  यी बिधेयक पास भएको हुदा कार्यान्वयनमा जटिल समस्याहरु देखा पर्न सक्छन की भन्ने पर्यवेक्षकहरुको भनाइ पनि छ । अझ पर्यवेक्षकले त रोजगार आवाश र निःशुल्क शिक्षा सम्बन्धी बिधेयक कार्यान्वयन गर्न झन जटिल हुने पनि औल्याएका छन । जे होस ढीलै भए पनि यी बिधेयकहरु आएका छन र यसै गरी आबश्यक पर्ने अन्य ऐन कानून पनि सरकारले छीटो भन्दा छीटो ल्याइ जनतालाइ थोरै भने पनी परिवर्तनको आभास दिलावस सबैमा एकता र मेल मिलाप देख्न पाइयोस कसैले पनि  जनताका मौलिकहकको उल्लंघन नगरुन । यो संबिधान सानो प्रयास र परिश्रमले आएको होइन भन्ने ह्याका  नेपाली नेताहरुमा रहि रहोस । सधै माला र खादामा मात्र मोह नराखुन । पदलाइ मात्र ठूलो नसंझुन । पदमा पुर्याइ दिने जनताको चाहनालाइ संझुन । सेकेण्ड सेकेण्डको मूल्यांकन भइ रहेको छ भन्ने पनि बुझुन । माथि शुरुमा उल्लेख गरिए जस्तो गरी यो संबिधानलाइ पनि कौडीको मुल्यमा बिक्री हुने तथा पोतरीमा मिल्काउने लुडो जस्तो नबनाउन। यसवर्षको  संबिधान दिवसको उपलक्ष्यमा यहि शुभकामना । अस्तु . . . . .. ..... ... . 
बुद्धिसागर बराल
बेसिशहर ८ लमजुङ
मितिः- २०७५ साल आश्पिन ३ गते रोज ४ शुभम्


Share:

Related Posts:

स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

1205
Copyright © 2025 श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |