शंका पो लाग्न थालेको छ
मानिसहरुमा हुने फरक फरक विचार र चिन्तन का कारणले
मानिसलाइ गतिशिल‚ सृजनशिल र परिवर्तनकारी बनाउछ र त्यहा
वर्ग संघर्ष हुन्छ अनि द्वन्द निम्तिन्छ।
यसैका कारण समाजमा नयाँ नयाँ कुराहरुको आबिष्कार र खोजको प्रयोग पनि भै रहेको
हुन्छ । यहि संघर्ष र परिवर्तन पछि सृजना हुने त्यस्तो गतिशिल अवस्था जसले जनताका
हक र अधिकारलाइ एकमुष्ठमा संरक्षण र सम्बर्धन गरी समानताको रुपमा अगाल्दछ‚ ठुलो
सानो ‚धनी गरिव भन्ने भावनालाइ न्युन गर्दछ ‚
ब्यक्तिगत सम्पत्तिको तथा पद मान र प्रतिष्ठा तथा मर्यादाको भन्दा जनताको आबश्यकता
र ब्यबस्थालाइ ध्यान दिन्छ त्यसलाइ मार्क्सवाद‚ कम्युनिजम वा
साम्यवाद भनिन्छ भन्ने भनाइ छ । त्यस्तो साम्यवादमा आधारित राज्य ब्यबस्थाका
अनुयायी तथा पृष्ट पोषकलाइ साम्यवादी‚ कम्युनिष्ट वा वाम
पन्थी तथा प्रगतीवादी ‚ प्रगतीशिल आदि आदि भनि चिनिदै आएको हो ।
यिनिहरुले नै गठन गरेको राजनीतिक दललाइ कम्युनिष्ट पार्टी भनिने पनि गरेको छ
। यस्तो संगठन सर्व प्रथम सन १८३०मा
सेक्रेट सोसाइटिको नाममा पेरिसमा भएको थियो भन्ने कुरा बिखिन्न आलेखहरुमा पाइन्छ ।
यसै क्रममा सर्वहारा वर्ग वा शोसित र पिडित समाजमा हुन्छन र यी शक्तिसाली ‚इमान्दार
र शसक्त पनि हुन्छन। यसले आफ्नो मुक्तिको
बाटो आफै खोज्न सक्दछ भनेर कार्लमाक्सले यो वर्गलाइ नेता मान्नु पर्ने बताएको
पाइन्छ । कार्लमाक्सले यो सिद्धान्तलाइ आफैले प्रयोग नगरे पनि ४०-५० को दशकमा समय
सापेक्ष रुपमा परिवर्तन गरी लेनिन‚ ट्रटस्कि‚
बुखारिन‚ कार्लकाउस्की ‚माओत्सेतुङ आदिले
रुस क्युवा चीन लावोस भियतनाम उत्तर कोरिया कम्बोडिया आदिमा प्रयोगमा ल्याएका थिए
। परिवर्तनमा आधारित सिद्धान्त भएकाले त्यतीबेला यो विचारले संसारभर प्राथमिकता
पनि पाएको थियो । त्यस पछि यस बिचारधाराले केहि
समय मन्दि पनि ब्यहोर्नु पर्यो । यीनिहरुले बोल्दा र लेख्दा तथा ब्यबहार
गर्दा जनताका आबश्यकताका कुरा ‚ मौलिक
हक र अधिकार तथा अन्तर्हृदयका कुराहरु उजागर गर्ने हुदा यस्ता राजनैतिक दललाइ
जनपक्षिय राजनीतिक दल पनि भनिने गरिन्छ । नेपालको पहिलो कम्युनिष्ट पार्टीको रुपमा
२००६ साल बैशाख १० गते भारतको कलकत्ता स्थित श्याम बजारमा गठन भएको थियो । त्यसका
संस्थापक पुष्पलाल श्रेष्ठ ‚ नर बहादुर
कर्माचार्य ‚ निरञ्जन गोविन्द बैद्ध्य ‚ नारायण
बिलास श्रेष्ठ र मोती देवी थिए । स्थापनाकालको ४ वर्ष पछि २०१० सालमा पहिलो
महाधिवेसन भएको थियो । यस महाधिवेसन बाट महासचिवमा मनमोहन अधिकारी निर्वाचित भएका
थिए । बि.सं २०१४ सालमा भएको दोस्रो महाधिवेसनले केशर जंग रायमाझी महासचिवमा
निर्वाचित भए पछी यस पार्टीमा खटपट सुरुभएको थियो । किनकी २०१७ साल पुष १ गतेमा
राजा महेन्द्रले सत्ता हातमा लिएर वि.पि. लाइ जेल हाल्दा केशर जंग रायमाझीले
स्वागत गरेका कारणले । २०२३ सालमा त
कम्युनिष्ट पार्टी झण्डै अवसानको संघारमै पुग्यो । वि.सं. २०३५ सालमा पुष्पलालको निधन भयो । २०४६
सालको जन आन्दोलनले पञ्चायती ब्यबस्थाको अन्त्य गरे पछी मन मोहन अधिकारीले नेतृत्व
गरेको मार्क्सवादी पार्टी र सी.पी.
मैनालीले नेतृत्व गरेको कम्युनिष्ट पार्टी
विच एकता भै एमाले बन्यो भने महासचिव मदन भण्डारी बने । अनी बल्ल बहुदलिय
ब्यबस्थामा चुनावी प्रतिश्पर्धा गरी समाजवाद तर्फ जाने बहुदलिय जनवादको सुत्रपात
भयो । तर २०५० सालको जेठ ३ गते चितवन जिल्लाको दास ढुंगामा मदन भण्डारीको
दुर्घटनामा परी निधन भए पछी सोचे जति गति लिन नसके पनि केहि समय पश्चात गतिशिल हुन
थाल्यो । जसलाइ आज सम्म पनि कायमै राखिएको
छ । यसैका कारणले आज ७० वर्षको अवधीमा यसले धेरै उतार चढाव तथा गठन र पुनर्गठनको
झमेलाको सामना समेत गर्नु परेता पनि हाल यसले सफलता हासिल गरेको पर्यवेक्षकहरुले
बताउने गरेका छन । अझ एमाले र माओवादी
पार्टीको एकता पश्चात एउटै विचार र चिन्तन बोकेको कम्युनिस्ट पार्टी बन्दा नेपाली
जनताको बिस्वास पाइ ऐले नेपालमा सबै भन्दा
ठुलो राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी
बनी नेपाली जनताले दुइ तिहाइ बहुमतका साथ केन्द्र‚ प्रदेश र स्थानिय
सरकारमा पुर्याएका छन । सरकारी काम काजमा कोहि कसैले रोकतोक र बाधा अडचन गर्न
सक्ने अवस्था छैन । यदि जनताको पक्षमा काम गर्न चाहने हो भने । कुनै कुराको लोभ
लालचा नगरी नेपाल र नेपालीजनताको बिचमा गरेको कबुल स्मरण गर्ने हो भने । नातवाद र
कृपावादलाइ तिलाञ्जली दिइ‚ आसेपासे र
चाकडीबाजको कुरा नसुन्ने हो भने ।अन्तर्राष्ट्रिय रुपमा पनि समय अनुकुल नै देखिन्छ
। जनताले यस सरकार प्रति निकै ठूलो आशा र भरोसा पनि राखेका छन । तर यति बेला सम्म पनि यो काम त राम्रो भएको छ ‚ उपलब्धिमुलक छ‚ केहि
समय धैर्य गरौं भनेर सम्म कसैले भन्नै पाएका छैनन । जताततै भ्रष्टाचार‚ बलात्कार‚
अशान्ति ‚असुरक्षा ‚ ढीला सुस्ती‚ महंगी‚ अभाव र
असुविधाले घेरिएको तथा हडताल र आन्दोलन भै रक्षक नै भक्षक भएका जस्ता अराजकता वा
घटनाले डामेको देख्दा जनता भने निराश देखिएका छन । भन्न नहुने ब्यथा भने साह्रो
भएको छ । जनताहरु मुखा मुख हेरेर जिभ्रो टोक्न थाली सकेका छन । दुइ-दुइ जना
अध्यक्ष हुदा पनि ऐले सम्म जिल्ला स्तरको
संगठन आधिकारिक रुपमा बन्न सकेको छैन । वर्गिय संगठनको त कुरै छोडौं । राणा र राजा
ले पद र मदमा भुलेर दरवार भित्र रमाएर जनतालाइ भुले जस्तै अनुभव भएको छ । को आफ्नो
हो को आफ्नो हैन भनेर नेताहरुले चिन्न समेत छोडि सकेका छन । साखमा धक्का लागि सके
जस्तो देखिन्छ ।हक र अधिकार बिकेन्द्रीत हुनुको सट्टा केन्द्रीकृत भएको देखिन्छ ।
केन्द्रमा बसेका को ब्यबहार र बोली सुन्दा जनता छटपटाउन थाली सकेका छन । कसैलाइ
पदमाथि पद खप्ट्याइको पाइन्छ र चाहिन्छ भने कतिपयलाइ झोली तुम्बा भिरेर हिडनु
पर्ने अवस्था भएको देखिन्छ। ऐले सम्म पनि संघियताको मर्म अनुसारको कर्म भएको
पाइएको छैन । ठूलालाइ चयन र सानालाइ ऐन भएको छ । गीता गाउनेलाइ सिता र नगाउनेलाइ
भित्ता पुर्याइयको देखिएको छ । राज्य सबैको हो र सरकार पनि सबैको हो भन्ने अनुभुती
हुन सकेको छैन । गुट र फुटको दम्भ हराएकै छैन । संघियतालाइ हतियार बनाइ कर मात्र
बढाइ जनताको ढाड सेक्ने साधनको रुपमा प्रयोग गरिएको छ । ट्रयाक मात्र खोलिएका बाटा
घाटा‚ खाने पानीका योजना ‚सिंचाइका नहर‚
बिद्धुतका आयोजनाहरु ‚कृषि बिकासका कार्यक्रमहरु‚
सामुदायिक विद्धयालयको अवस्था हेर्दा आगामी ५ वर्ष सम्ममा पनि सम्पन्न गरिने
कार्यक्रमको त के कुरा लक्ष्य सम्म पनि छैन ।
ऐले सम्म पनि संबिधान र संघियताको मर्म अनुसारको स्थानिय सरकारले काम गर्न
पाएको छैन र दिइएको पनि छैन । प्रदेशको त कुरै छोडौं । अझै पनि स्थानिय सरकारको हक
र अधिकारलाइ कुण्ठित गर्ने कोसिस भएकै देखिन्छ । बारबन्धन र अडचन तेर्सिएकै
देखिन्छ । केन्द्रिय सरकार के हेरेर बसेको छ कुन्नी ।ऐन कानूनलाइ पूर्णता दिइ एउटा
कर्मचारीको सम्म पनि ब्यबस्थापन गर्न सकेको छैन । अरुको के कुरा गर्ने । न आफु
ब्यबस्था गर्ने न स्थानिय सरकारलाइ ब्यबस्था गर्ने अधिकार दिने । त्यसै गरी साधन र
स्रोतको बाँडफाडमा समानता देखिदैन । यस्तै अवस्था रहि रहने होभने आगामी ४ वर्ष पनि
उपलब्धीमुलक नहुने यसका जानिफकारहरुले बताउन थालेका छन । अझ अध्यक्ष प्रचण्ड बाटै
सरकारको कामकाज प्रति असन्तुष्ट रहेको कुरा समाचारका माध्यमबाटआउनु र कम्युनिष्टको
सरकारको चालामाला यस्तै रहेमा बिकल्पको खोजी गर्नु पर्ने भन्ने जस्ता अभिव्यक्ति
आउनु पनि जनताले सुखद मानेका छैनन । आफ्नो आँगन भत्किदा पनि आफुले केहि नगरी
सरकारले बनाइ दिएन भन्ने र के के न पाउँला भनि मुख आँ गरि बस्ने नेपाली जनतालाइ‚ आफ्नो
मर्नु अरुको हाँस्नु तथा हात्ति आयो‚ हात्ति आयो फुस्स हुने त होइन शंका पो
लाग्न थालेको छ नेपालको राजनैतिक इतिहासमा ऐले सम्म कै शक्तिशाली र ठूलो
कम्युनिष्टपार्टिको सरकार प्रति । अस्तु ..
. . . ..
बुद्धिसागर
बराल
बेसिशहर लमजुङ
मितिः-२०७५ आश्विन ९ गते रोज ३ शुभम् . ..
. .