खोज खबर ३२८
कोभिड १९ को संकटबाट
कोभिड १९ बाट सबै भन्दा
बढी प्रभावित क्षेत्र भनेको शिक्षा हो । यसले छात्रछात्रा अभिभावक तथा शिक्षकलाइ
समेटेको हुदा यी ३ वटामा नपर्ने शायद मानिसहरु कमै होलान। जती सुकै अनलाइन‚ खुला वा जुम आदिबाट विद्ध्यालय र बिश्व बिद्यालय
शिक्षालाइ अगाडी बढाउन खोजे पनि सबैका सबै सगँ इन्टर नेट टि.भी. मोवाइल कम्प्युटर
लगायतका साधन स्रोतको पहुँच नभएकोले नेपालमा प्रभावकारी बन्न सकेको छैन र बन्दैन
पनि । यो सत्य वचन हो। फेरी सरकारी तह र तप्काबाट छिन छिनमा फेरिने गरेको सूचना
जानकारी र निर्देशन को कारणले कति खेर के हुने हो भन्ने अनिस्चितताको कारणले
प्रत्येक दिनका कार्यक्रमहरु पनि अन्योल
मै रहने गरेका छन। केन्द्र प्रदेश र स्थानिय तह हुदै आखिर ब्यबस्थापनको जिम्मेदारी
बिद्यालयलाइ नै हस्तान्तरण हुदै गएकोले पनि सबै बिद्यालयहरुमा कार्यक्रममा एकता
हुन नगइ झन भद्रगोल भएको छ। सरकार शिक्षकलाइ बिद्यालयमै गएर बस भन्दछ भने शिक्षकलाइ
कोभिड१९ अनियन्त्रित रुपमा बढेकोले बिद्यालय जान नपरे हुन्थ्यो भन्ने छ ।बिद्यार्थी
नै नभएको बिद्यालयमा गएर के गर्ने भन्ने ठोस कार्य क्रम पनि छैन । यदाकदा गाँउघर
घुमघाम गर्ने कार्यक्रम बिद्यालयले बनाए पनि कोरोनाको संक्रमणको कारण खासै
प्रभावकारी बन्न सकेको छैन। अर्कोतिर शिक्षकले
बिद्यालयमा नियमित रुपमा उपस्थित नै नभइ तलव भत्ता बुझ्न आटेका भनि कुराकाटने
हरुको लर्को पनि त्यत्ति कै छ। शिक्षकहरु पनि के कसरी वर्तमानको संकटमा शिक्षालाइ
सबैको पहुचमा पुर्याउन सकिएला भनी छलफल चिन्तन र मननमा लागि परेको पनि पाइदैन। कल
बल र छल गरी बिद्यालय जान नपरे हुन्थ्यो भन्ने धेरै शिक्षकहरु पनि पाइएकै छ।यस विषयमा सोच बिचार चिन्तन मनन गर्ने
अभिभावकको पनि कमि नै छ। अर्कालाइ त गालि गर्ने तर आफ्ना घरमा भएका २-३ जना बाल
बालिकालाइ नियन्त्रण गर्न नसकी सडकमा अनियन्त्रि रुपमा छोडेका देखिन्छ ।त्यसै गरी
पढाइमा कसरी ध्यान पुर्याउन सकिन्छ होला भनी चासो र जिज्ञासा लिने र सरकारी निर्देशन मान्ने गरेका विद्यार्थी पनि
पाइएको छैन ।यसरी शिक्षा क्षेत्र धरासायी भै प्रभावकारी भने हुन सकेको छैन । गरिव
र कमजोर आय भएका बाल बालिकाहरु बिचल्ली भएका छन भने धनी वा इन्टरनेटको पहुँच
भएकाहरु भने मोवाइल र टि.भी.तथा जुम र कम्प्युटरमा
झुलेर र भुलेर बसेका सम्म छन। दिन प्रतिदिन कोरोनाको कहर बढ्दो छ। जनताहरुले यस अवस्थामा पालना गर्नु पर्ने सबै
कुराहरु तथा नियम र कानूनका कुरा पनि जानेका सुनेका र थाहा पाएका पनि छन। ६६३
भन्दा बढीको मृत्यु भै सकेको र संक्रमित
हुनेको संख्या बढेर कुनै दिनमा ५००० भन्दा बढी भएको पनि सुनि रहेका छन । सरकारबाट
हुने गरेको निषेधाज्ञा र नाकाबन्दी
जस्ताका कारणले हुने गरेको आर्थिक अभाव पनि झेली रहेकै छन तर पनि बजारमा जादाहोस
वा अन्य बैंक लगायतका सार्वजनिक स्थानमा वा मानिसको बढी जमघट भएको स्थानमा जादा अपनाउनु
पर्ने नीति नियम वा सरकारी निर्देशन को भने वास्ता गरेका छैनन । चेतनाबिहिन जस्ता
बनी आफ्नो त जीवन बर्वाद गराउन लागेका छन छन तर पनि यिनीहरुले अरुको जिवनमा
पनि खेलबाड गरि रहेको महशुस भएको छ।
नबुझेका लाइ बुझाउन सजिलो हुने रहेछ । बुझी बुझी बुझ पचाउनेलाइ भने बुझाउन कठिन
हुने रहेछ। रोगलागे पछि के उपचार गर्ने भन्दा पनि रोग लाग्नै नदिनु बुद्धिमानी
हुन्छ।यसलाइ कसरी दीर्घकालिन रुपमा समाधान गर्ने भन्ने बिषयमा सरकार बेखवर छ। न
पर्याप्तरुपमा उपचार गर्ने स्थान छ न औषधी । सरकार शिथिल भएको जस्तो देखिएको छ। तर
यसका केहि जानिफकारहरुले भने यसको एक मात्र उपाय को वारेमा बिचारहरु बाहिर ल्याउन
थालेका छन। समाजका चेतनाका संवाहक तथा विद्याका सर्जक वा विद्यादान गरेर कहिल्यै
नथाक्ने जनताका तथा समाजका बिश्वास पात्र राजनैतिक
नेता का पनि नेता तथा सांस्कृतिक गुरुको रुपमा स्थापित भएका र गाँउ गाँउ पुगी
समाजको बास्तविकता बुझेका सक्षम र नैतिकवान शिक्षकहरुको परिचालन । जसको आज्ञा वा
वचन कोहि कसैले पनि उल्लंघन गर्न सक्दैन।
तर २००७ सालबाट नेपालमा शिक्षाले अग्रगति लिइ अभिव्यक्तिमा स्वतन्त्रता
प्रदान हुदै आएता पनि हाल सम्मकै सरकारले शिक्षकहरुलाइ सौतने ब्यबहार गरिरहेको
देखिन्छ। न शिक्षकको मुल्य र मान्यता गरेको छ न
संमान नै दिन सकेको छ। न अरु समान
तह र तप्काले उपभोग गर्दै आएका निम्नतम सेवा र सुविधा नै प्रदान गरेको छ। न सहि
रुपमा काममा लगाइ बिश्वास नै कमाउन सकेको छ। यहि कारणले जुनसुकै राजनैतिक दलको
सरकार होस वा जस्तो सुकै किसिमको राजनैतिक
ब्यबस्था आए पनि नेपालमा खासै फरक परेको पाइदैन।त्यसैले सामुदायिक विद्यालयहरु दिन
प्रतिदिन धरासयी हुदै गएका छन।यहि कारणले सरकारले कहिल्यै पनि शिक्षकलाइ दाहिना
बनाउन सकेको छैन र छैनन पनि । नेताका झोला बोक्ने केहि झोले र आफ्नो कर्तब्यबाट
च्युत भएका तथा नैतिकता बिहिन शिक्षक बाहेक ।
भनाइ नै छ आफुले उसबाट केहि
सम्मान लिनु छ भने आफुले पनि त्यति नै
सम्मान दिन सक्नु पर्दछ। नेपालका शिक्षकहरुले यस्तो कहिल्यै अनुभव गर्नै पाएका
छैनन । अर्को तिर एकता र अनुशासन तथा नैतिकताको पाठ पढाउने शिक्षक आफै त्यस्तो
बन्न सकेका छैनन । षडयन्त्रमुलक तवरले फुटाउ र शासन गर भनी धुर्त सरकारले रचेको
जालमा परी राजनैतिक नेतृत्वको झोले बनेर अनेकका गुट र उपगुटमा बिभक्त शिक्षकहरुको
आबाज पनि कमजोर भएको छ। सरकार ले पनि आफुले गरेका राम्रा र सकारात्मक कार्यहरुको
व्याख्या र विवेचना गर्न लगाउन सकेकै छैन । तर सबैले बुझ्न पर्ने कुरा के छ भने
शिक्षक नेताको पनि नेता हो। बिशेषज्ञको पनि बिषेशज्ञ हो ।त्यसै गरी शिक्षक स्थानिय
जनताको ज्ञान सिप दाता र उत्प्रेरक पनि हो भन्ने कुरा कहिल्यै पनि कसैले पनि
नबुझेकै कारण नेपाली राजनीतिले गति लिन नसकेको हो । ऐले हाम्रो शिक्षा प्रणाली
कमजोर भएर आशातित उपलब्धि हासिल गर्न नसक्नुको कारण पनि यहि हो। अझ साच्चि नै
भन्नु पर्दा राजनैतिक नेतृत्वले भन्दा पनि स्थायी सरकारको रुपमा रहेको
कर्मचारीतन्त्रले यी कुराहरु बुझ्नु पर्नेमा उनिहरु त खाली सरकारको काम कहिले जाला
घाम भनी बसि रहेका छन।कर्मचारीको काम भनेको कसरी बढी भन्दा बढी आफ्ने सेवा र सुविधा
बढाउने भन्ने तर्फ लाग्नु नै नेपालीले भोग्नु परेको दुर्दशा हो । छिटो छीटो
परिवर्तन भै रहने राजनैतिक नेतृत्वलाइ सल्लाह दिने राम्रो नराम्रो जे भए पनि हुन्छ
हजुर भन्ने दलियगुटको आधारमा बनेको र ऐन नियम र कानूनले नमिल्ने बिषयलाइ पनि
मिल्दैन भन्न नसक्ने तथा भ्रष्टाचारको शिर देखी पाइताला सम्मको ज्ञान भएका आफुले
अकुत सम्पत्ति कमाउदा पनि अरुको भलो भएको देख्न नसक्ने प्रशासन संयन्त्रको कमजोरी
वा असक्षमताको कारण देश र जनताले गल्ली गल्ली
चाहरेर हिडने कुकुरले भन्दा पनि बढी दुःख र सास्ति पाइ रहेका छन।
साच्चिकै भन्ने हो भने र
सेवा सुविधाको बिषयमा पक्षपात नगरी सरकारले स्पष्ट नीति निर्धारण गरी शिक्षकलाइ
आँत खोलेर अध्यापन कार्यमा जुटन प्रोत्साहन मात्र गरी दिदा पनि देशले नयाँ अनुहार
देखाउन सक्ने अनुमान गरिएको छ । कलम र वोली मा जत्तिको शक्ति अन्यत्र कहि कतै पनि
हुदैन भन्ने कुरा सबैले बुझ्नु पर्ने हुन्छ । हामी सबैलाइथाहा छ देवताका पनि गुरु थिए
र दानवका पनि । गुरुहरुकै नीति वचन र निर्देशनमा अघि बढदा सबै सफल भएका उदाहरणहरु
हाम्रा पौराणिक इतिहासहरुले देखाएकै छन ।
अझ स्पष्ट सगँ भन्नु पर्दा भगवानको रुप भनेर मानिएका श्री रामका समेत गुरु थिए र
संकटको समयमा गुरुकै मार्ग निर्देशमा चलेकै कारण जीवनभर सफल भएका कुराहरु हाम्रा
अध्ययनबाट जानकारीहरु प्राप्त भै रहेका छन । त्यस कारण गुरु वा शिक्षक हुन पाउनु
ठुलो गौरवको कुरा सम्झौं। शिक्षक पेशा अपरम्पार छ। उसले दान गरेका शिक्षा र
ज्ञानले मुलुक सभ्यता र समृद्धिको शिखर चुम्न सफल हुन्छ र भएको पनि छ। सरकार ले बडो
बिश्वासका साथ चेतना ज्ञान र सिप दिएर मुलुकभर शिक्षकलाइ परिचालन गरेमा अबश्य पनि
वर्तमानको कोभिड १९को संकटबाट मुक्त हुन सहज होला नत्र २-४ वर्ष शिक्षा क्षेत्र
डामाडोल नै रहने संकेत देखिएको छ। अस्तु . . . . .
बुद्धिसागर बराल
बेसिशहर न पा वडा नं ८
मिति२०७७।६।२७