खोज खबर ३२७
सम्बृद्धी नारामा
मात्रै
हाल आएर
नेपाली मानिसहरुले भन्ने गरेका छन पृथ्विमा रहेका यावत चिज वा बस्तुहरुमा
प्राकृतिक कारणले होस वा कृत्रिम कारणले होस रुप रंग रहन सहन खान पिन लबाइ खबाइ बसाइ र बोलाइ
तथा गराइमा समेत फेरबदल र परिबर्तन आएको
छ। यो समयको चाहना र माग हो । आबश्यकताको परिपुर्ति हो। यसैलाइ बिकास भनिन्छ।
यसैलाइ अझ स्पष्टसगँ भन्दा कुनै पनि बस्तु वा ब्यक्तिको आकार प्रकार स्वभाब र
चरित्रमा वा विशेषतामा देखिने परिवर्तन नै बिकास हो। बिकास हुनका लागि गुणात्मक
रुप मै मानिस बस्तु वा परिस्थितिमा नै परिवर्तन हुनु पर्दछ। अझ संक्षिप्त रुपमा
भन्दा कुनै पनि चिज वा बस्तुले साविकमा भै
रहेको अवस्थालाइ परित्याग गर्दै नयाँ नयाँ अवस्था वा स्वरुपमा प्रस्तुत तथा
रुपान्तरण हुदै जानु नै बिकास हो । त्यसै गरी बिकास भन्नु नै संक्रमणको अवस्था हो
जसको अन्त्य नै हुदैन वा यो अन्त्य हिन हुन्छ। बिकास अन्तर्गत भौतिक‚ आर्थिक‚ राजनैतिक‚ सामाजिक‚ मनोबैज्ञानिक‚ भाषिक र बौद्धिक लगायतका सबै मानविय मुल्य र
मान्यताहरु पर्दछन।
ऐले यहि बिकास सगँ ब्यापक
रुपमा जोडिएर समृद्धि आएको छ। हेर्दा यिनीहरु समानार्थी शब्द जस्तो देखियता पनि
यसका पारखीहरु केहि फरक किसिमबाट प्रस्तुत भएका छन।सम्बृद्धि शब्द ल्याटिन भाषाको प्रस्चिरस भन्ने शब्द बाट
उत्पत्ती भएको हो। जसको अर्थ राम्रो गुणस्तरिय र असल भन्ने हुन्छ। बिकासले जब
उच्चस्तरिय रुप धारण गरी गुणस्तरिय‚ राम्रो‚ असल र स्थायित्व लिदै जान्छ र दिगोरुपमा रहन्छ ।अनि अभाव रहित किसिमबाट जनतालाइ सुख ‚शान्ति ‚वैभब र सुविधा तथा मनोरञ्जन प्राप्त
हुदै जान्छ यी सबैमा एकता देखिन्छ। त्यो
नै उन्नत‚ भौतिक‚ राजनैतिक‚ सामाजिक‚ सांस्कृतिक ‚ आर्थिक ‚मनोवैज्ञानिक तथा बौद्धिक सम्बृद्धि
हो भन्ने
बिचार तथा धारणाहरु आएका छन। यसरी हेर्दा बिकासको पुर्ण रुप भन्नु नै सम्बृद्धि रहेछ। यसले बिकासका धेरै पाटाहरु
समेटेको देखिन्छ। जे होस आन्तरिक रुपमा फरकपना देखियता पनि हामिले सामान्य रुपमा
हेर्दा र भन्दा बिकास र सम्बृद्धि एक अर्काका परिपुरक देखिन्छन तर बिकासका धेरै
चरण वा पाटाहरु पुरा भए पछी मात्र समृद्धि हुन्छ भन्ने कुरा चाहि बिर्सनु हुदैन
रहेछ।
हाल आएर त झन नेपाल सरकारको
बिकास र सम्बृद्धि नै केन्द्रिय नीति
बनेको छ र बिकास भनेको भौतिक समृद्धि मात्र हो भन्ने गरेको पनि पाइन्छ । अझ बुझ्ने नबुझ्ने सबैले
अबस्तुवादी र अब्यबहारिक किसिमले आश्वासन बाडने गरी भाषण ठोकी बिकास र समृद्धिको परिभाषा दिने गरेका पनि छन। न
बस्तुवादी किसिमले छलफल र बहस चलाउने गरिएको छ न अर्थशास्त्रिय दृष्टिकोणले
ब्याख्या गर्ने गरिएको छ। न भौगोलिकता को बिचार गरिन्छ न ट्राफिक ब्यबस्थापनलाइ
बिचार गरिन्छ।प्रशासक ‚ राजनैतिक नेता र
इन्जिनियरले अरु मुलुकमा गएर देखेको भरमा हचुवा किसिमले आठलेनको सडक बनाउने
निर्देश गर्दछौ। बास्तवमा चौडा र फराकिलो सडक निस्चित आर्थिक करिडोर अन्तर्गत
राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यापार उत्पादन तथा आयात र निर्यात भौगोलिक अवस्था सामाजिक गतिविधि मापन र अध्ययन
तथा समग्र आर्थिक पक्षको बढो सोच बिचार गरि बनाउनु पर्नेमा हामिलाइ अहिल्यै
संरचना निर्माण गर्नै नसकिने स्थानमा ठूलो र
फराकिलो तथा चौडा भवन र सडक चाहिएको छ। आयात निर्यातको लागि स्थायित्व र दिगोपनलाइ
तथा फाइदा र बेफाइदाको बिचारै नगरी कती
लामो र कति भार बोक्न सक्ने गाडी को सडक खन्दा कति वन जंगल नष्ट हुन्छ कति पहिरो
वा भुक्षय भइ उर्वराहुने जग्गा नष्ट हुन्छ
र बाढी पहिरो जान्छ आदि आदिको र अनाबश्यक रुपमा फराकिलो बनाउदा हुने खर्चको पनि
बिचार गर्दैनौ। खालि गाडिको कच्चा लिग गाँउमा पुगे पछी सबै किसिमको बिकास भएको
हामी सम्झन्छौ । यस्तो किसिमको बिकासले संमृद्धि हुन सक्ने देखिदैन।
मानिस समाज मै जन्मेर समाजमै हुर्केर त्यही रहने हुदा उसको चरित्र
त्यहि समाज मै निर्माण हुन्छ। यदि समाजले एउटा असल र सक्षम नागरिक उत्पादन गर्न
सक्यो भने त्यसको उपयोग परिवार समाज र
राष्ट्रले समेत गर्न पाउछ । त्यसैले
नागरिकको सामाजिक बिकास हुनु पनि समृद्धिको एउटा पाटो हो । त्यसै गरी नागरिक सुखि
हुन र शान्त सगँ बस्नकोलागि नागरिकमा आर्थिक ब्यबस्था उचित हुनु पर्दछ। मानविय
श्रम र साधनको उचित उपयोग गरी आर्थिक बिकास हुनु तथा बस्तु वा सेवाको उत्पादनमा
बृद्धि भै आर्थिक बृद्धि हुनु समृद्धिको दोस्रो पाटो हो । राजनैतिक स्थिरता र
परिपक्वता तेस्रो पाटो हो भने सांस्कृतिक लगायतका अन्यलाइ चौथो पाटोमा राखिएको छ ।
यी सबैको समानुपातिक रुपमा बिकास भएका मात्र मुलुक संबृद्धी तर्फ लाग्छ। यसै
बिषयलाइ लिएर अर्थशास्त्री टोरोडाले भनेका छन बिकासको न्युनतम वातावरण निर्माण
गर्नका लागि सबै जनताहरुको आधारभुत आबश्यकताको परिपुर्ति‚ आत्म संमानको अनुभुति ‚स्वतन्त्रताको प्रत्याभुति गरिनु पर्दछ। अनि
मात्र समृद्धि तर्फ उकालो लाग्दछ। तर यस्तो नेपालमा हाल हुन सकेको छैन ।
हामी सबैलाइ थाहा छ देशमा
जत्ति बढी दक्ष जन शक्तिको उत्पादन हुन्छ त्यति नै बढी उत्पादन हुन्छ। हामी उर्वरा
भूमिको क्षेत्रफल बढाउन सक्दैनौ तर जनताले उत्पादन गर्न सक्ने क्षमता र दक्षता बढाउन सक्छौ। जति जति छिटो जनताको असिमित आबश्यकता र दक्षताको पहिचान गरी
नीति निर्माण र कार्यक्रमहरु बनाउछौ र कार्यान्वयन गर्न सक्दछौ त्यति त्यति
समृद्धि तर्फ उन्मुख हुन्छौ। यसो हुनको लागि हामीलाइ अर्को कुरा पनि थाहा छ जब
सम्म बिज्ञान र प्रबिधिमामा आधारित जन शक्ति उत्पादन हुदैन‚ जब सम्म कृषि तथा उत्पादनमा जोड पुर्याउने
जनशक्ति परिपुर्ण हुदैन र भौतिक बिकासका पुर्वाधारहरुको निर्माण हुदैन तब सम्म
समृद्धिको कल्पना सम्म पनि गर्न सकिदैन । त्यसैले हाम्रो मुलुकका राजनैतिक नेता तथा सरकारको डाडु पनियो लिएका
प्रशासकहरु सग के अनुरोध छ भने यदि तपाइहरुको मन र वचनमा साच्चिकै नेपाललाइ समृद्ध
बनाउने चाहना छ र मुलुकबासीलाइ खाडीमुलुकको ज्यानमारा गर्मि ‚ जापान र कोरियाको
जोखिमपुर्ण कार्य ‚अमेरिकाको अमानविय
कृयाकलाप ‚पश्चिमा मुलुकको दवाव
प्रभाव रआर्थिक लोलुपता तथा छिमेकी मुलुकहरुको हेपाहा र मिचाह प्रवृतिबाट जोगाउनु छ भने तथा आत्म संमानका साथ
नेपाली नागरिक बाच्न पाउने चाहना गर्नु हुन्छ र गरिव नेपालीको श्रम र पसिनाबाट
तिरेको करको सदुपयोग गर्न तथा धनिले बाटोमा गाडी गुडाउदा गरिवले पनि पैसा तिरेर
भने पनि गाडी चढन सक्ने बनाउन‚ दैनिक
रुपमा १८०० जना भन्दा बढी पैसा कमाउन विदेश जान लाम लागेकालाइ रोकी रोजगारको पहुच
बडाउन र बिभेदको अन्त्य गर्नको लागि मुलुकका सबै राजनैतिक दलहरुले एक आपसमा सदभाव
सहकार्य र मेल मिलापको बातावरण सृजना गरी हातमा हात मिलाइ राजनैतिक प्रतिशोधको
अन्त्य गरी अघि बढौं। यदि तपाइहरु सच्चा राजनीतिज्ञ हुनु हुन्छ र जनता प्रति
समर्पित हुनु हुन्छ भने। राजनैतिक स्थिरता कायम गरी आर्थिक सामाजिक र संस्थागत
बिकास तर्फलागि तटस्थ प्रतिबद्ध र प्रभावकारी प्रशासनिक संयन्त्रक निर्माण गर्नु
होस।तेरो र मेरो नभनी ब्यबहारिक र कार्यान्वयनमुलक योजनामात्र छनौट गर्नु होस। जन
सहभागिता‚ समन्वय र जन समर्थन
हुने कृयाकलाप मात्र अघी बढाउनु होस । उपलब्ध साधन र स्रोतको उचित प्रयोग गर्नु
होस। भ्रष्टाचारीलाइ कडा भन्दा कडा कारवाही गरी भ्रष्टाचारलाइ न्युनिकरण गर्न तर्फ
लाग्नुहोस । आर्थिक पारदर्सिता र दुरदर्शिताको नमूना बन्नु होस। अनि मात्र नेपाल बिकास हुदै समृद्धितर्फ उन्मुख होला नत्र
समृद्धि नारामा मात्रै सिमित होला। अस्तु ... .
बुद्धि सागर बराल
बेसिशहर ८ लमजुङ।
मितिः२०७७साल आस्विन २० गते।