।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Saturday, August 8, 2020

 

                                     भिरको डिलमा पुगेको   

  अहिले नेपालमा द्वन्दका बिशेषज्ञ कहलिएका  तथा टुट फुट र गुटको समेत अनुभव सगालेका नेकपाका दुइ अध्यक्ष वा हस्तिहरु बिच को सफल र को असफल भन्ने बिषयमा विवाद र द्वन्द बढी रहेको छ। यस भन्दा अघि सम्म दुवैलाइ नेपाली जनताले सफलै मान्दै आएका थिए र बिश्वास पनि दिएकै थिए ।नेपालमा विगतमा  घटेका अकल्पनिय घटनाहरुको रातारात ब्यबस्थापन गरी नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सक्षम भएका पनि थिए। त्यसैको फल स्वरुप नेकपा  दुइ तिहाइको नजिक पनि पुगेको थियो ।एकताकै कारण सर्बोच्च पद पनि प्राप्त गरेकै थिए। विश्वले पनि यो अवस्थालाइ गौण भै अध्ययन गरि रहेको थियो । जनतामा पनि केही आशाहरु पलाएका थिए। छिमेकीहरु पनि सतर्क र सशंकित थिए। तर आज ती नेताहरु विच देखिएको यो द्वन्द ले नेकपालाइ कहाँ पुर्याउला तिनै नेताको अवस्था के होला नेपालको राजनीतिले कस्तो मोडलेला भनी सडक र गल्ली गल्लीमा चर्चा परिचर्चाहरु पनि भै रहेको छ। महिनौ महिना बित्दा पनि समन्वय र समझदारी कायम गरी बैठक सम्म पनि बस्न सकि रहेका छैनन । झन आरोप र प्रत्यारोप बढी रहेको छ । यो  के को लागि भनि मानिसहरुले केलाइ रहेका छन र भन्ने गरेका छन हो संगठनमा द्वन्द हुनु पर्दछ। द्वन्द नभएमा संगठनमा मुर्दा शान्ति छाउछ र मुलुकलाइ नै हानिकारक हुन्छ। यो एउटा परिवर्तनको कारक पनि हो यसले नयाँ कुराको अनुसन्धान र आबिष्कार गर्न सहयोग पनि पुर्याउछ। संगठनलाइ गतिशिल अनुसाशित र फुर्तिलो तथा स्वच्छ र विश्वासिलो पनि बनाउछ। जनतालाइ सचेत र चिन्तनशिल पनि बनाउछ। सत्य र तथ्यको छानविन गर्न मद्धत पनि गर्दछ। जानी नजानी गरेका गल्ति र कमजोरीहरुलाइ सुधार गर्न पनि मद्धत गर्दछ ।  तर त्यो द्वन्द देश काल र समय अनुसार मुलुक र जन्ताको लागि हुनु पर्दछ।ब्यक्तिगत पद र प्रतिष्ठाको लागि होइन। जो जो सर्वोच्च पदमा आसिन छन उनिहरुले नै द्वन्दको समाधान गर्नु पर्नेमा यो जात्रा किन भै रहेको छ र उनिहरुले यो दायित्व किन बुझेका छैनन वा बुझि बुझि पचाएका छन। जन्ताले पनि त्यही आशा गरेका थिए छीटै समाधान हुन्छ भनेर। तर यहा त सर्बोच्च पदमा आसिनले नै द्वन्दको मार्ग अपनाय पछी कस्ले समाधान गर्ने । बाटो उल्टो पर्यो। यो मार्गलाइ द्वन्द ब्यबस्थापनका बिज्ञहरुले पार्टि हाक्ने ब्यबस्थापककै कमजोरी ठहर्याएका छन । किनकी सबैलाइ समेटेर लैजाने जिम्मा नेतृत्व कै हुन्छ । समेटन नसकेमा पदिय दायित्वबाट हट्न पनि सक्नु पर्दछ यदि लोकतान्त्रिक मुल्य र मान्यतालाइ अवलंवन गर्ने हो भने । तर संगठनलाइ बन्धकीमा राखी क्षत बिच्छेत गर्न तथा जनताको आशा भरोसा र बिश्वासलाइ कुठराघात गर्न भने पाइदैन।  विवाद वा द्वन्दको ब्यबस्थान गर्नु पुर्व त्यसको बास्तविक तथ्य आधार र कारण वा मुल जरो सके आफैले पत्ता लगाउनु पर्दछ नसके अरुसगँ भने पनि सहयोग लिनु पर्दछ।

 द्वन्द ब्यबस्थापनको बिषयमा  समाज विज्ञानमा फरक-फरक मत पाइन्छ। मानव शास्त्रीहरु भन्दछन समाज र संस्कृति हरु विच हुने फरकले द्वन्द निम्त्याउछ। त्यसै गरी अर्थशास्त्रीहरु भन्छन स्रोत र साधनको बाँडफाँटमा हुने असमानताले द्वन्द निम्त्याउछ। मनोबैज्ञानिकहरु भन्छन सामुहिक र ब्यक्तिगत हितको परिधिभित्रको विभेदले द्वन्दको सृजना हुन्छ ।त्यसै गरी राजनीतिज्ञहरु भन्दछन राजनैनिक सोँचमा आउने वा देखिने नीतिगत बिविधताले तथा कमजोर कुटनैतिक क्षमताको कारणले अहं वा घमण्ड पैदा भै द्वन्दको उत्पत्ती हुन्छ। अब यी सबैलाइ तुलना गर्दा हाल नेकपामा देखिएको द्वन्द यि माथि उल्लेख गरिएका लगायत तथा नीतिगत कारणले नभइ जुँगाको लडाइ हो भनी यसका पारखीहरुले भन्दै आएका छन। हुनत हाम्रो नेपाली उखान छ निउँ झिक्न बिऊँ चाहिदैन । जे सुकै कारण भन्न पनि सकिन्छ तर त्यो कारण सबैमा पाच्यहुन पर्यो । आज शिर्षस्थ नेताहरुमा देखिएको द्वन्द र विवादले पछिल्लो पुस्ताका नेता तथा कार्यकर्तामा नैराश्यता र बिभाजनको धडकन बज्रिएको छ। एक आपस बिचको खाडल झन गहिरिने संभावना छ जुन खाडल पुरा गर्न अब द्वन्कारहरुले आफ्नो जीवन काल भरी सक्ने छैनन । आपसमा यदाकदा भनाभन भएका खबरहरु पनि आएका छन। केन्द्रमा जे जस्ता र जतिसुकै जना समावेस गरी  समितिहरु बनाए पनि स्थानिय तहमा संगठन अब्यबस्थित तथा अस्त र ब्यस्त छ । को संगठित हो को होइनको समर्थक हो को होइन को शुभ चिन्तक हो वा होइन केहि थाहा छैन। फेरी वर्षौ वर्ष देखि सतिसाल झै अडिग रहेका पुराना र त्यागीलाइ पछी पारी आउरे वाउरे र कुरौटैको साथै जतामल्कु उतैढल्कु हुने तथा नेताको अघिपछीलागि फोटोमात्र खिचाउन रुचाउने र सबैपद र प्रतिष्ठा आफै मात्र लिन रुचाउनेलाइ अघी लगाइएको छ। अझै चुनाव जितेर जानेले त आफ्ना समर्थक शुभचिन्तक सहयोगि साथि भाइ र समकालिन समेतलाइ बिर्सि सकेका छन।बधाइ दिन फोन गर्दा पनि उठाउदैनन । यसले गर्दा कर्मचारी-कर्मचारी बिच निर्वाचित पदाधिकारी र कर्मचारी बिच हितसमुह र स्वार्थ समुह विच संगठन भित्रै औपचारिक तथा अनौपचारिकरुपमा मनोमालिन्य अन्तर्विरोध मतभेद र टकराव बढी रहेको छ । अझ यसका पारखीहरुले बिश्लेषण गरी रहेका छन नेकपा भित्र अधिकारको स्पष्ट ब्याख्या र कार्य विवरण छैन सर्बोच्च ब्यबस्थापक र कर्मचारीहरुबिच संबाद र कार्यनिर्देश छैन स्वार्थ समुहको हावी छ संगठनको लक्ष्य उद्देश्य र नीति तथा कार्यक्रममा एकता छैन अन्याय र असमान ब्यबहार तथा विभेदपूर्ण नीतिको बोलावाला छ एकले अर्कोलाइ गर्ने आदर सत्कार र भाइचाराको अवस्था लोप हुदै गएको छ  र नीति र सिद्धान्तमा विचलन आएको छ जसको कारणले ऐक्यबद्धता हुन सकेको छैन । यसको कारणले संगठनमा द्वन्द वा विवाद हुदा संगठनका कृयाकलापहरु राम्रोसग अघी बढन सक्दैनन। लक्ष्य र उद्देश्यमा पुग्न सकि रहेका छैनन। संगठनमा कलह र हिंशा बढेको छ । उत्पादकत्वमा ह्रास आउएको छ। आपसी बिश्वास र सद्भाव खल्बलिएको छ। आयस्रोतमा कमि आइ साख र ख्यातिमा समेत ह्रास आइसकेको छ। यसको साथै एउटा परिबारका मान्यवरमा विवादहुदा परिवारको हालत के हुन्छ  भन्ने कुरा पनि बुझिएकै छ ।

 हुनत आजको बहुलवादी संघिय लोकतान्त्रिक गणतन्त्रात्मक युगमा संगठन भित्र विवाद हुनु स्वभाविकै हो  ता पनि तपाइहरु सर्बोच्च पदमा आसिन नेताहरुले समस्या वा विवादलाइ उल्झाउन भन्दा पनिसुल्झाउने तर्फ लागि त ठूलो की म ठूलो नभनी अहं र घमण्ड तथा पद र प्रतिष्ठानै त्यागनु पर्दछ भने पनि त्यागि हाल सम्म भए गरेका सबैका नकारात्मक पक्षलाइ छोडी सबैका सुझाव र राय सल्लाहलाइ मनन गरी पारदर्शी वनी एक आपसमा बिचार र भावनालाइ खुलस्थ रुपमा राखी खुला दिलले उदारता देखाइ न्याय र समानताको पक्षमा लागि सक्षम नेतृत्व दिने तर्फ लाग्नुहोस । आत्मियता बढाउनु होस। अराजकता र अनियमिततालाइ घटाउनु होस। एक आपसको आदर सत्कारलाइ बढाउनु होस। सबैको सल्लाह र सहमतिमा काम अगाडी बढाउने गर्नुहोस। मेरा गोरुका बाह्रै टक्का भनि कसैले पनि ब्यबहार नगर्नु होस। द्वन्द वा विवादको घाउँमा मलहम पट्टी लगाउनु होस ।कोहि पनि फुटेर भन्दा जुटेरै तथा असहनसिल भएर भन्दा सहनसिल भएरै महान भएका छन। सोच बिचार गर्नुहोस र धैर्य रहनुहोस।क्षणिक लाभलाइ नहेर्नु होस। संगठन लाइ उन्नति र प्रगतिको पथमा लगी आधुनिकतामा परिवर्तन गर्नुहोस ।त्याग र धैर्यता नै महानता हो। यसैबाट ज्ञानी बनिन्छ ।यसैमा सबैले गौरव गर्दछन । दुराग्रहिहरु परास्त हुनेछन । समयले पनि साथ दिने छ। धर्ती र माटोले आशिर्वाद दिनेछ। कामकाजमा कमीकमजोरी र विवाद हुनु स्वभाविक हो यसलाइ सुधारेर जानु महानता हो। गल्ति र कमजोरी औल्याइ दिने गुरु हो भन्ने संझौ । यसैबाट विवादको अन्त्य हुनेछ ।यसो भनि रहदा पनि यदि कहि कतै यसमा कमजोरी भएमा यस्तो अवसर र जनताको सहानुभुति तपाइहरुले अब कहिल्यै पनि पाउनु हुने छैन । यो सहि र सत्य वचन हो ।  अन्यथा भिरको डिलमा पुगेको गोरुलाइ राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन। अस्तु

                                                               बुद्धिसागर बराल

                                                              बेसिशहर ८ लमजुङ।  

 मितिः-२०७७साल श्रावण २५ गते गते रोज १ शुभम्     

 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |