।।कानूनी सेवा र परामर्शका लागि हामीलाई सम्झनुहोस् ।।

Friday, August 14, 2020

 

                                            

  

                              हामी मान्छे बन्नेकी कु-मान्छे

हामीले युगौ युगको संघर्ष पछी जनतामुखी संबिधान बनायौं। ऐन कानून र नियम बनायौं । बहुदलिय प्रणालीलाइ अंगिकार गरी सोहि अनुसारका राजनैतिक दलहरुले आफु र आफ्नो दल संचालन गर्ने  बिधिबिधान र नीति नियमहरु पनि बनायौं। कानून र नैतिकतालाइ एकै सिक्काका दुइपाटा हुन भनि पनि ब्याख्या र बिश्लेषण गर्दै आइ रहेका छौ तर तिनैको कार्यान्वयन गर्न हामी हिच्किचाइ रहेका छौं।अरुलाइ भन्ने गरेका छौं संबिधान अनुसार फलानाले यति काम गरेन। सरकारले यतिकाम गरेन। नैतिकताको पालना भएन। यसले यति गरेन उसले त्यति गरेन तथा सांसद सरकार वा अन्य कसैले यति गरेन वा गर्दिएन भनेर चुटकी बदाउछौ तर आफुले के गरेको छु  के गर्न पर्ने हो कति उत्तरदायित्व र जिम्वेदारी निभाएको छु अथवा नागरिकको नैतिकता के हो? कर्तव्य र दायित्व के हो ?‚त्यो भने भन्दैनौ । हामी सधै आफैलाइ मात्र बिचारवान विवेकी असल सक्षम र स्वाभिमानी पनि ठान्छौ । अरुको आलोचना तथा टिप्पणी गर्न रुचाउछौं । हामी यता उति छर छिमेक पनि हेर्दौनौं। सधै वरपर रहने पशु पंछी किट पतंग र बोट बिरुवा पनि देख्दैनौ। आखाँले नदेखिने ब्याक्टेरिया र भाइरसको त कुरै छोडौं। उनिहरुको रहन सहन आचार विचार र ब्यबहार पनि नियाल्दैनौ।त्यसै गरी प्रत्येक रात आकाशमा देखिने आकाशिय पिण्ड लगायत दिनमा देखिने सूर्यको पनि ख्याल गर्दैनौं। कस्तो बिधि र प्रक्रियाबाट उनिहरुको  गती र जीवन चलेको छ । उनिहरुको गतिमा थोरैमात्र परिवर्तन भयो भने के हुन्छ। त्यसले हाम्रो वानी ब्यबहारमा के असर र प्रभाव परेको छ त्यो पनि बिचार गर्दैनौ । कुन मित्रृ र कुन शत्रु हो हामीलाइ थाहै छैन। खाली अरुलाइ उचाल्ने र पछार्ने कार्य गर्न पाए पुगी हाल्यो। हामीले  अमुल्य निधीको रुपमा रहेका हाम्रा सामाजिक र सांस्कृतिक लगायत राजनैतिक संस्कारलाइ चटक्कै बिर्सि सकेका छौ। अझ साच्चै भन्ने हो भने हामिले आफैंलाइ बिर्सि सकेका छौं ।यसको प्रमाण हो हामीले सनातन रुपमा चलिआएका र भोगी आएका संस्कार र नैतिकता नै बिर्सनु। दायित्व जिम्वेवारी र कर्तब्य बिर्सनु । यसको प्रत्यक्ष प्रमाण त अझ हाल कोभिड १९बाट उत्पन्न प्रभाव र यसको रोकावटको लागि गरिएको लकडाउनमा देखिएको छाडापन र  सत्य तथ्य र इमान्दारितामा देखिएको प्रश्न चिन्ह । हामीले नैतिकताले मानव जातिको मुल्य र मान्यतालाइ कायम राख्दछ। खराव आनी बानी र ब्यबहारलाइ सुधार गर्दछ ।इमान्दारी पूर्वक अरु मानिससँगको सहयोग र सह अस्तित्वलाइ स्विकार्दछ। मित्रता र बिश्वासको आधार सृजना गर्दछ । अन्त्यमा  सुख शान्ति र आनन्द प्रदान गर्दछ भन्ने कुरा थाहा पाएकै छैनौ वा थाहा पाइ पाइ कन पनि बुझ पचाएका छौं।

  मानिस एक विवेकशिल र सामाजिक प्राणि भएकोले उसका जन्म देखी मृत्यु सम्मका सबै आबश्यकताहरु समाजबाटै पुरा हुन्छन । यसैले अब हामिले थाहा पाउनु पर्यो मानव जिवन र समाजलाइ स्थायित्व प्रदान गर्दै सबैको सुख शान्ति र समृद्धिका लागि सबै भन्दा असल बस्तु के हो त्यो कहाँ र कसरी प्राप्त गर्न सकिन्छ त्यो के मा आधारित छ भन्ने कुराको ज्ञान थाहा पाउने प्रयाश गर्नु पर्दछ। भावनामा मात्र हो की शारिरीक रुपमा पनि प्राप्त गर्न सकिन्छ बिवेकपूर्ण रुपमा सचेत  भै रहन सक्नु पर्दछ। यसरी मानवको दायित्व जिम्वेबारी र कर्तव्यको बोध गराउदै बिश्वासी र इमान्दार बन्ने मार्ग देखाउने परम्परागत रुपबाट चल्दै वा मान्दै आएका लिखित हुन वा मौखिकहुन क्रमबद्द प्रस्तुत भएका धर्म संस्कार वा संस्कृति तथा चाल चलन र आचरण तथा ब्यबहारलाइ हामीले सामान्यरुपमा नैतिकता (Morality) भन्ने गरेका छौं। यहि विवेकमा आधारित नैतिकताको आँडमा जसरी भमराले रसलिने बेलामा फूलको रंग वा सुगंधलाइ बिगार्दैन त्यसै गरी हामिले पनि आफ्नो जीवन र मुलुकलाइ नविगारिकन संसारमा विचरण गर्न सक्नु पर्दछ।

नैतिकताले आफ्नो र अर्काको भन्दैन सत्य र तथ्य तथा आधार र कारण भन्दा बाहिर जादैन अरु प्रति अहंकार रीस राग र घमण्ड गर्दैन सधै न्यायको मात्र पक्ष लिन्छ । बिवेकपूर्ण निर्णयको पक्षपाती रहन्छ। यसै कारण कानूनविद काशिराज दहालले आफ्नो एउटा लेखमा लेख्नु भएको छ कानून भन्दा माथि न्याय हुन्छ र त्यो भन्दा पनि माथि नैतिकता हुन्छ। भनिन्छ अहंकारी मानिस कहिल्यै पनि नैतिकतामा रहदैन। त्यसै गरी नैतिकता नभएको मानिसले उत्तरदायित्व पनि पुरा गर्दैन ।अझ अल्पज्ञानी त कहिल्यै पनि नैतिकवान बन्नै सक्दैन । हामी सबैलाइ थाहा छ जसरी प्रकृति कसैको पनि बिना रोकतोक स्वतन्त्र रुपमा चलिरहेको छ त्यसै गरी मानिस पनि स्वतन्त्र छ तर स्वच्छन्द होइन।त्यसै गरी नैतिकता पनि सबै मानवको भलाइको लागि निरन्तर रुपमा सनातन देखि चलि आएकै छ यो कहिल्यै पनि रोकिदैन । केहि स्थान र समयमा केहि बिचार र भावनामा बहकाउ आए पनि नैतिकताले विश्राम लिएको छैन । समुदाय समाज र राजनीतिलाइ सहि मार्ग देखाएकै छ। अनुशासित बनाएकै छ।अराजकतामा जान बाट मानिसलाइ बचाएकै छ ।राज्यलाइ उत्तरदायित्व बहन गर्न होस वा इमान्दारिता र बिश्वास दिलाउन होश यसले मद्धत गरेकै छ । बिश्वबन्धुत्वको भावना बिकास गरी मानव मानवका बिच सदाचार सहयोग र सद्भाव बिस्तार गर्न तथा ब्यक्तिलाइ जीवन सफल गराउन पनि होस्तेमा हैसे गरेकै छ । बिस्तृत रुपमा भन्दा बिश्व नै नैतिकतामा अडेको छ वा नैतिकताले नै बिश्व ब्रमाण्ड चलाएको छ ।

 यति हुदा हुदै पनि ऐले हाम्रो जस्तो मुलुकका केहि मानिसहरुले नैतिकतालाइ धरापमा राखी संघिय लोकतान्त्रिक गणतन्त्रलाइ हात्तीको देखाउने दाँत मात्र बनाइ सत्य र तथ्यलाइ मारि दिएका छन भने इमान्दारिता र बिश्वासलाइ बेचिदिएका छन। जसरीपनि पद र प्रतिष्ठा हत्याउने चेष्ठाका साथ  अलल्य वा मनग्य रुपमा भौतिक सम्पत्ति जम्मा गरी सुःख शान्ती सगँ  सफल जीवन यापन गर्ने होडबाजी गरेको पाइन्छ। यति हुदा हुदै पनि उनिहरु सन्तुष्ठ भने हुन सकेका छैनन किनकी त्यस  सगै त्यसैलाइ कसरी अरुसगँ जानबाट जोगाइ राख्ने वा ब्यबस्थापन गर्ने भन्ने चिन्ताले दुखी बनाइ रहेको छ । यसैका कारण प्रतिदिन बिरोधीहरु बढी रहेका छन धेरै मानिसले मन पराउन छोडि सकेका छन बढी आलोचना हुने गरेका छन सहयोग कम हुन गइ अल्पमतमा समेत परि सकेका छन। अझ हिजो जनताबाटै पालिएका र संरक्षित भनिएका नेताहरु आज जन्ता समक्ष जानै डराइ रहेका छन। यस्तो किन र कसरी हुन गयो भनि तै पनि चेत खुल्न सके जस्तो छैन।एक आपसको मिलन सद्भाव प्रेम र मित्रताबाट मात्र सफल हुन सकिन्छ भन्ने कुरा बिर्सि सके। नैतिकताको त कुरै छोडौं । त्यसैले नैतिकताका पारखिहरुले भन्दै आएका छन मानिसको जीवन त्यती बेला मात्र सफल हुन्छ जतिबेला धेरै भन्दा धेरै मित्रहरु हुन्छन र नजिकिएका हुन्छन। संबिधान ऐन कानून र बिधि बिधानलाइ सजिलै सगँ कार्यान्वयन गर्न सकिन्छ। राजनीति नैतिकताको बलमा इमान्दारी पूर्वक गरिन्छ र संस्कारयुक्त हुन्छ । सत्ताधारी वा शक्तिवालहरु  इमान्दार जिम्मेवार र कर्तब्यनिष्ट देखिन्छन । जनताले राज्यबाट शोषण हुदैन भन्ने बिश्वास गर्दछन। ढाँट छल र कपट तथा झुट हुदैन ।हत्या हिंशा र यौन दुरराचार हुदैन सत्य र तथ्यको मात्र खेति गरिन्छ।सेवाकर्मिहरुलाइ भ्रष्टाचार र सम्पत्तिको लोभ लालचामा नलाग्न जहिले सम्म  नैतिक शिक्षाले मार्ग निर्देश गरि रहेको हुन्छ र एक आपसमा भावनात्मक सम्बन्धको विकास भएको हुन्छ तथा बैयक्तिक नैतिकता गएर राज्यसँग जोडिन्छ अनि मात्र मानवको जिवन वा राज्य सफल भएको मानिन्छ।त्यसैले जो जस सगँ नैतिकताको गुण रहेको छ उ मात्र  सफल नेता कार्यकर्ता सेवा कर्मी शासक वा मानिस  बन्न सक्छ नत्र उ कु-मान्छे  वा अराजक तथा अनैतिक नै रहन्छ । अब हामी आफै बिचार गरौं नैतिकतामा रही हामी मान्छे बन्ने की कु-मान्छे ।अस्तु 

                                                                             बुद्धिसागर बराल

                                                                        बेसिशहर ८ लमजुङ।  

 श्रावण ३० २०७७साल

 

Share:
स्थानीय तहहरुको विवरण

महानगरपालिका

उप-महानगरपालिका
११

नगरपालिका
२७६

गाँउपालिका
४६०

जम्मा नपा/गापा
७५३

जम्मा जि.स.स
७७

जम्मा वडा संख्या
६७४३

जम्मा जनसंख्या
२५४४२९५१


Total Pageviews

Copyright © श्री बेसीशहर कानूनी सेवा केन्द्र | Design by:- Pushpa Sagar Baral |