ऋषि तर्पणी के किन र कसरी ?
आज २०७७सालको श्रावणी स्नान ‚ऋषि तर्पणी ‚जनैपुर्णिमा ‚ रक्षाबन्धन वा अन्तर्राष्ट्रिय लैंगिक समानता दिवस तथा विश्वको सबै भन्दा पुरानो ज्ञानकुञ्ज ग्रन्थ वेद जयन्ती । याज्ञवल्क्य ऋषिले ब्रम्ह(सूर्य)बाट वेद प्राप्त गरेको दिन। शरिर र चित्तलाइ निर्मलिकरण गरी पवित्र भावनाको बिकास गरी जानी नजानी गरेका भुल कमजोरी र गल्ती प्रति प्रायस्चित गरी पवित्रताको कवच यज्ञोपवित वा जनै तथा रक्षाबन्धन गर्ने दिन। पृथ्बीको उत्पत्ति सगैको इतिहास जोडिएको ‚ सनातन रुपमा चल्दै आएको‚ दक्षिण एशियाका ९६ प्रतिसत र बिश्वमा बसोबास गर्ने १ खर्व ५ अरव तथा नेपालमा मात्र बसोबास गर्ने ८१.३प्रतिसत हिन्दुहरुको महत्वपुर्ण पर्व हो यो । मानव मात्रका अग्रज पुर्खाहरु कश्यप‚ अत्री‚ भारद्वाज‚ विश्वामित्र ‚गौतम‚ जमदग्नी‚ वशिष्ट र अगश्त्य तथा बिश्वामित्र र अरुन्धति जस्ता ततःकालिन योगबलका सर्वज्ञ बिद्वान तथा विदुषी ऋषि मुनी तथा पितृ र भविष्यद्रष्ठाको परम्परागत तथा सनातनरुपमा स्मरण गर्ने तथा उनिहरुलाइ तर्पण गर्ने दिन। खास गरेर नेपालमा बसोबास गर्ने १२५ जाति तथा समुदाय मध्ये खस आर्य तथा तागाधारीको रुपमा परिचित तथा केही अन्य समुदायको समेत जनघनत्वको प्रतिनिधित्व गर्ने बौद्ध धर्मको समेत उदगमस्थल सनातन हिन्दु धर्मका अनुयायीको बिभिन्न महत्वपुर्ण चाड पर्व मध्येको एक पर्व हो जनै पूर्णिमा । यो पर्व हरेक वर्षको श्रावण शुक्ल पुर्णिमाको दिन पर्दछ । बिशेष गरेर कृषक समुहबाट आ-आफ्ना खेतिपाती लगाइ सकी थकाइ मार्ने तथा मिठो मसिनो खाने समयको पर्व हो यो। यस पर्वमा खास गरेर ब्राम्हण समुदायबाट शुद्धरुपमा रहेको जमिनबाट उम्रेको कपास बाट ६ वटापय वा डोरा भएको सेतो सुतिको काँचो धागो काती ३-३ वटा पय वा डोरा बनाइ दुइ बेग्ला बेग्लै गाँठो वा शिखा पारी सके पछी एक ठाँउमा राखी यज्ञोपवित वा जनै तयार पारिन्छ। यसका एउटा शिखामा आबद्ध रहेका ३ वटा पय वा डोरा मध्ये एउटालाइ ब्रम्हा‚ दोस्रोलाइ बिष्णु र तेस्रोलाइ शिवको रुपमा मानी बाकी अर्को शिखामा आबद्ध भएका ३वटा पय मध्ये पनि पहिलोलाइ कर्म‚ दोस्रोलाइ उपासना र तेस्रोलाइ ज्ञानको योगको रुपमा मानिने गरिएको छ । त्यसै गरी जनैलाइ ब्रम्ह शुत्र पनि भनिन्छ किनकी यसलाइ ब्रम्हले निर्माण गरी‚ बिष्णुले तीन गुण ज्ञान‚ कर्मकाण्ड र उपासना युक्त बनाए पछी शिवले शिखा पारेर गायत्री माताले मन्त्रोच्चारण गरीएको हुनाले जनैमा ब्रम्हा ‚बिष्णु र शिव को बास हुन्छ भन्ने जनयुक्ति रहेको छ । यसको ग्रहणले मन तथा आत्मा स्वच्छ र सफा तथा शरिर रोग रहित हुने हुदा यो मानवको रक्षा कवच हो भन्ने मान्यता पनि छ । सामान्य तया यो जनै हिन्दुहरुले बाल्यकालको समाप्ति पछी ज्ञान आर्जन गर्ने उमेरमा उपनयन कर्मको विधि विधान अनुसार मन्त्रणा गरिएको जनै वाँयाकाँधबाट छडके पारेर दाँया हात मुनी खोकिला सम्म पुग्ने तर नाभी भन्दा तल माथि नजाने गरी मन मष्तिस्क र चित्तशुद्धिका लागि प्रज्ञाचक्षु खोली दिन ‚तेस्रो आँखाको रुपमा ‚सर्व प्रथम खास गरेर हिन्दुका सोह्र संस्कार मध्येको एक संस्कार उपनयन वा व्रतबन्ध गर्दाका समयमा वैदिक वा वेदमन्त्रोणाका साथ गुरुले गाएत्री मन्त्र सुनाइ पहिराइ दिने चलन छ । पछि कम्तिमा ४-४ महिनामा वा यसै जनै पुर्णिमाको दिन नयाँ यज्ञोपवित धारण गरि आ-आफ्ना गुरु पुरोहित बाट पहाड तिर रक्षाबन्धन वा धागो बाध्ने परम्परा छ भने तराइ तिर दिदी बहिनीले दाजुभाइलाइ राखी बाधी दिने चलन छ । यसमा धागो र बन्धनको काम हुने हुदा यसले शरिरमा देखा पर्ने बिभिन्न किसिमका रोग ब्याध लगायतका अपसकुनबाट रक्षा गर्ने वा रक्षा कबजको रुपमा काम गर्ने ‚निष्ठामय धर्म र सत्यको बाटो अवलम्वन गर्ने दृढ संकल्प बिकास गर्ने र आर्य संस्कृतिको अस्तित्व बचाइ राख्न मद्धत पुग्ने पौराणिक भनाइहरु छन। अझ यसका ज्ञाता त गायत्री मन्त्रको उच्चारण मात्रले पनि शारिरीक ‚मानसिक र आध्यात्मिक सामर्थ्यको बिकास तथा बृद्धि हुने विश्वास गर्दछन ।
उनिहरु अझ अघी बढेर के भन्दछन भने यज्ञोपवित धारण गरे पछी मात्र मानवको रुपमा पाइला टेक्दछ र उ सबै किसिमका सनातन रुपमा चलि आएका सबै किसिमका कर्महरु गर्न योग्य हुन्छ । सबै बिषयको जानकारी राख्ने हुन्छ ।आत्मिय शुद्धता तर्फ अघी बढछ। अरुको भलाइ र उपकारमा लाग्दछ। सत्य र तथ्यको महत्व बुझ्ने हुन्छ । गाँउघर र समुदाय तथा दाजुभाइ र दीदी बहिनीहरु बिचको माया ममता स्नेह र सद्भाव बिकास गर्न सक्षम बन्दछ । सबैलाइ समान दृष्टीले हेर्न सक्ने हुन्छ । नेपालमा जनै पुर्णिमाको पावन अवसरमा काठमाण्डौको पशुपतिनाथ‚ भक्तपुरको कुम्भेश्वर‚ रसुवाको गोसाइकुण्ड ‚जनकपुरको गंगा सागर र धनुष सागर‚ सोलुखुम्बुको दुध कुण्ड ‚ खोटाङको हलेसी‚ जुम्लाको दानसाँघु‚ नगरकोट को महादेवस्थान तथा त्रिवेणी लगायतका देशभरका शिव पिठहरुमा मेला लाग्ने गरेको छ । यस रक्षा बन्धनको बिषयमा भविष्य पुराण तथा श्रीमद्भागवत पुराणमा पनि उल्लेखभएको कुरा यसका अध्ययनकर्ताहरुले बताउदै आएका छन । जसअनुसार बलीराजाले आफ्नो जप तप र दान शक्तिको आडमा भगवान बिष्णुलाइ आफ्नो समिपमा रहन बाध्य बनाए पछी दिक्क भएकी भगवान विष्णुकी अर्धांगिनी लक्ष्मीले बाचाबन्धन गरी बिष्णुलाइ आफ्नो भाइ बनाइ रक्षाबन्धन वा राखी बाधी बलीबाट छुटाएर लगेकी तथा यमुनाले रक्षाबन्धनकै क्रममा भाइलाइ बचाएका कुराहरु आउदछन । यसै गरी बिष्णुले यहि रक्षाबन्धन बाधि बचन बद्ध गराइ महापराक्रमि बली राजाबाट तिनैलोक आफ्नो अधिनमा ल्याएका थिए भन्ने भनाइहरु पनि पाइन्छ । त्यसै गरी यसदिन नरभक्षी घण्टासुरलाइ भ्यागुतालेबाटो बिराएर गइ ढावमा गाडिदिएको प्रसंग पनि आउछ ।
रक्षा बन्धन वा जनै पूर्णिमाको दिन पुरोहितहरुले “ येन बद्धोबलिराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामी रक्षेमा चल माचल”
अर्थात भगवान वामन अवतार रुपी विष्णुले दानवराज बलिराजालाइ उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए त्यही बन्धनले तपाइको हातमा पनि बाँधि दिएको छु भन्ने मन्त्र पढेर रक्षा बन्धन बाध्ने प्रचलन छ। भनिन्छ यसै दिन भगवान बिष्णु सानो रुप लिइ समुन्द्रमा बरको पातमा सुती रहेको अवस्थामा ब्रम्हाजीले सर्व प्रथम बिष्णुलाइ बेद (ज्ञान )सुनाएका थिए अरे र पछी ब्यासले त्यसैलाइ चार भागमा बिभक्त गरेकाले उनको नाम वेद व्यास रहन गएको हो भन्ने भनाइ पनि प्रवल छ । यसै कारण जनै पुर्णिमा एउटा ज्ञान आर्जन र प्रवाह गर्ने दिनको रुपमा रहेकोले यसलाइ वेद जयन्तिको रुपमा मनाउने गरिएको हो ।तर वेद बिश्वकै पहिलो र जननी भाषा संस्कृतमा लेखिएको र यसका ज्ञाताहरु प्रथमत कमहुदै गएका र त्यसमा पनि बढी संकृर्णता तर्फ उन्मुख भै समयमै सतर्क नभइ दिनाले यसका सकारात्मक तथा सबल पक्षलाइ जन समक्ष पुर्याउन कठिन भएको कुरा चाही सत्य हो
पौराणिककालमा जनै सुनको बनाउने गरिन्थ्यो अरे पछी गएर चादीँ र हाल आएर धाँगाको बनाउने गरिन्छ।
केहि मानिसहरुको भनाइ छ जनै भनेको जनाउ वा
जानकारी दिने साधन हो। किनकी जनै लगाएको मानिस हिन्दु नै हुन्छ भने अर्कोतिर उसले
दिशा पिशाव गरेर हात मुख नधुदा सम्म जनै बाँया कानमा राखेको हुन्छ। धोइ सके पछी भित्र
लैजान्छ। यसै गरी जनैको शिखाले पनि गोत्र र प्रवर संकेत गर्दछ। जनै पूर्णिमाको दिन
सबै परिवार र इष्टमित्र समेत जम्मा भै दुःखसुख तथा सन्चो र विसन्चोको कुराहरु आदान
प्रदान गरीआनन्दका साथ मिठो मसिनो खानुको साथै शरिरलाइ स्वस्थ तथा फुर्तिलो वनाइ राख्नको लागि नौ थरिका गेडागुडी मिसाएर
टुसा निकालेर पकाएको शक्तिवर्धक खानेकुरा क्वाटी समेत खाने प्रचलन पनि छ ।
यस्तो बिश्वमै वेद जयन्ती जस्तो महत्वपुर्ण
दर्शन बोकेको र देशका ८१ प्रतिसत भन्दा बढी जनता प्रभावितहुने जनै पुर्णिमाको
पर्वको दिन खुसियालीका साथ मनाउन सनातन रुपमा बिदा दिदै आइएकोमा धर्म निरपेक्षता
घोषणा गरी केहि समुदायलाइ मात्र काखीच्यापी बहु संख्यकको प्रतिनिधित्व गर्ने
समुदाय प्रति उपेक्षा गर्दै र निराश बनाउदै हालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक
भनिने सरकारले सरकारी कार्यालयहरुमा औपचारिक रुपमा बिदा नदिदा जनतामा संघियता र
सरकार प्रतिको दृष्टिकोण नकारात्मक हुदै गएको छ।यसैलाइ मनन गरी अलिकति चेत आएर
ऐलेको जनपुर्णिमा भने गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जानकारीमा आएको
छ।यसको लागि गण्डकी प्रदेश सरकारलाइ धन्यबाद छ। यसको महत्व र प्रभावको विषयमा
केन्द्रिय सरकारले समयमै सोच्न नसकेमा हेरौं यसको परिणाम वा प्रतिफल भोलीको दिनमा
के होला त्यो भने हेर्न बाँकी छ । अस्तु . . . .
बुद्धिसागर बराल
बेसिशहर
८‚ लमजुङ
जनै पुर्णिमाको दिन २०७७साल